11 September 2024  |   बुधबार, भदौ २६, २०८१

प्रदेश नं. ३

खुल्यो जग्गाको कित्ताकाट

खुल्यो जग्गाको कित्ताकाट

    प्रकाशित मितिः बुधबार, भदौ २६, २०८१       |
काठमाडौँ । जग्गा वर्गीकरण नहुँदा रोकिएको कित्ताकाट सरकारले फेरि खुलाएको छ । सरकारले भू–उपयोग नियमावली, २०८० संशोधन गर्दै जग्गा वर्गीकरणका लागि आगामी असारसम्म समय थप गर्दै कित्ताकाट खुलाएको हो । देशभरका ७ सय ५३ पालिकामध्ये १ सय ३३ पालिकाले मात्रै हालसम्म पूर्ण जग्गा वर्गीकरण गरेको नापी विभागले जनाएको छ । पालिकाहरूले जग्गा वर्गीकरण नगर्दा भदौयता ६ सय २० पालिकामा कित्ताकाट रोकिएको थियो । सरकारल
दसैँअघि सडकका खाल्डा पुर्न मन्त्री दाहालको निर्देशन

दसैँअघि सडकका खाल्डा पुर्न मन्त्री दाहालको निर्देशन

    प्रकाशित मितिः सोमवार, भदौ २४, २०८१       |
काठमाडौँ । दसैँ, तिहार जस्ता चाडपर्वमा हुन सक्ने सडक तथा सवारी दुर्घटना न्यूनीकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चासो देखाएको छ । चाडपर्वको समयमा काठमाडौँबाट बाहिरिने यात्रुको चाप अत्यधिक हुने र त्यस्तो समयमा दुर्घटनाको समेत जोखिम उच्च हुने भएकाले नियन्त्रणका लागि मन्त्रालयले चासो देखाएको हो । आइतबार मन्त्रालयमा सरोकारवालाहरूबीच छलफल कार्यक्रम आयोजना गरिएको थियो । सो छलफलम
पर्यटन मन्त्री र पर्यटन व्यवसायीबीच छलफल

पर्यटन मन्त्री र पर्यटन व्यवसायीबीच छलफल

    प्रकाशित मितिः शुक्रबार, भदौ २१, २०८१       |
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुदूरपश्चिम प्रदेश धार्मिक पर्यटन क्षेत्रका रूपमा भर्जिन क्षेत्र रहेको बताएका छन् । बिहीबार सुदूरपश्चिम पर्यटन व्यवसायीहरूसँगको छलफलका क्रममा मन्त्री पाण्डेले सो कुरा बताएका हुन् । ‘सुदूरपश्चिम पर्यटकीय रूपमा भर्जिन छ । तर पनि राज्यबाटपछि परेको छ । मानव विकास सूचकांकका दृष्टिकोणले समेत पछाडि परेको छ,’ उनले भने, ‘सुदूपश्चिमको
ऊन बिक्री नहुँदा भेडापालक किसान चिन्तित

ऊन बिक्री नहुँदा भेडापालक किसान चिन्तित

    प्रकाशित मितिः बिहिबार, भदौ २०, २०८१       |
भोजपुर । व्यावसायिक भेडापालनमा लागेका भोजपुरका किसान ऊन बिक्री नभएपछि चिन्तामा परेका छन् । किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ऊन बिक्री नभएपछि उनीहरू चिन्तामा परेका हुन् । गाउँघरमा परम्परगत रूपमा गरिँदै आएको राडीपाखी बुन्ने पेसा लोप हुन थालेपछि उत्पादन भएको ऊन बिक्री हुन छाडेको टेम्केमैयुङ–२ का भेडापालक किसान गोविन्द कठेतले जानकारी दिए । मैयुङ क्षेत्रका भेडापालक किसानसँग रहेको गत व
दसैँमा नयाँ नोट नपाइने

दसैँमा नयाँ नोट नपाइने

    प्रकाशित मितिः बुधबार, भदौ १९, २०८१       |
बाँके । नेपाल राष्ट्र बैंकले यस वर्ष दसैँतिहारमा नयाँ नोट बजारमा नपठाउने भएको छ । अघिल्ला वर्षहरूमा मुख्य चाडपर्वकै लागि भनेर तीन चार महिनाअघि नै नोट छपाइ गर्ने गरेको बैंकले यसपटक सो काम रोकेको हो । दसैँतिहार तथा छठमा बजारमा ठूलो परिमाणमा सुकिला (नयाँ) नोटको माग हुने भए पनि यसपटक काम चलाउन सक्ने पहिला नै छापिएका नोटहरूलाई प्रयोग गर्नेगरी रिप्रिन्टमा ध्यान नदिएको राष्ट्र बैंकका सहप्रवक्ता डिल
महको बजारीकरण गरिदिन किसानको माग

महको बजारीकरण गरिदिन किसानको माग

    प्रकाशित मितिः शनिबार, भदौ १५, २०८१       |
चितवन । स्थानीय रूपमा उत्पादन भएको महको बजारीकरण गरिदिन चितवनका किसानहरूले माग गरेका छन् । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीलाई भेटेर किसानहरूले महको उत्पादन र बजारीकरणमा देखिएको समस्या समाधान गरिदिन माग गरेका हुन् । कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीसहित काठमाडौँ पुगेका किसानले यही अवस्था रहिरहे किसान पलायन हुन बाध्य हुने बताएका थिए । नेपाल मौरीपालक महासंघका निवर्तमान अध्यक
टुँडिखेलमा प्रधानमन्त्री ओली र देउवासहितका नेताविरुद्ध नाराबाजी

टुँडिखेलमा प्रधानमन्त्री ओली र देउवासहितका नेताविरुद्ध नाराबाजी

    प्रकाशित मितिः मङ्लबार, भदौ ११, २०८१       |
काठमाडौँ । काठमाडौँको टुँडिखेलमा गौरा पर्व मनाउने क्रममा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरूविरुद्ध युवाहरूले नाराबाजी गरेका छन् । गौरा पर्व मनाउने क्रममा मञ्चमा रहेका प्रधानमन्त्री केपी ओली शर्मा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताविरुद्ध नाराबाजी भएको हो । टुँडिखेलमा भएको गौरा पर्व विशेष कार्यक्रममा प्रधानमन्त्री ओली, कांग्रेस सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्
प्रेस सङ्ग्रहालयलाई नमुना बनाउने काउन्सिलको तयारी

प्रेस सङ्ग्रहालयलाई नमुना बनाउने काउन्सिलको तयारी

    प्रकाशित मितिः बिहिबार, भदौ ६, २०८१       |
काठमाडौँ । प्रेस काउन्सिल नेपालले विभिन्न कालखण्ड पत्रिका छापिने मेसिनसहितका सञ्चार सामाग्रीलाई प्रेस सङ्ग्रहालयमा राख्न अभियान थालेको छ । काउन्सिलले ३ वर्ष अघि सुरु गरेको प्रेस सङ्ग्रहालयमा त्यस्ता मेसिन, टाइपराइटर, कम्पयुटर, विभिन्न पत्रपत्रिकासहितका सामाग्री अवलोकन गर्न सकिन्छ । विश्वमै नमुना हुन सक्ने यस खालको सङ्ग्रहालयका लागि सञ्चार सम्बद्ध ऐतिहासिक महत्वका सामग्री उपलब्ध गराउन बिहीव
समाजलाई तर्साउन प्रेस कार्डको दुरुपयोग नगरौंः अध्यक्ष बस्नेत

समाजलाई तर्साउन प्रेस कार्डको दुरुपयोग नगरौंः अध्यक्ष बस्नेत

    प्रकाशित मितिः बुधबार, भदौ ५, २०८१       |
काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाजलाई तर्साउन प्रेस कार्डको दुरुपयोग नगर्न आग्रह गरेका छन् । प्रेस कार्ड दुरुपयोग गरेको पाइए कुनै पनि पत्रकारलाई कडा कारबाही गर्ने उनले चेतावनीसमेत दिए । बुधवार काउन्सिलमा भएको एक अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले समाजलाई तर्साउन र धम्क्याउन नभइ सिर्जनात्मक काम गर्नका लागि हतियारका रुपमा प्रेस परिचयपत्र उपलब्ध हुने बत
यती एअरलाइन्सले पायो अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड

यती एअरलाइन्सले पायो अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड

    प्रकाशित मितिः बिहिबार, साउन ३१, २०८१       |
काठमाडौँ । यती एअरलाइन्सले अन्तर्राष्ट्रिय हवाई यातायात संघ(आईएटीए) को मानक सुरक्षा कार्यक्रमको मापदण्ड (आईएसएसए) हाँसिल गरेको छ । उड्डयनको क्षेत्रमा आईएसएसएको यो प्रमाण–पत्र उत्कृष्ट हवाई सुरक्षा कायम गर्ने एअरलाइन्सलाई मात्र प्रदान गरिन्छ । यस विषयमा यती एअरलाइन्सका सीईओ सुभाष सापकोटाले भने, ‘आईएसएसएको प्रमाण–पत्र प्राप्त गर्न पाउँदा हामी धेरै नै गौरवान्वित छौं । हवाई सुरक्षा र परिचालन प्र
शान्ति सम्झौताको १८ वर्षपछि प्रतिनिधि सभाबाट टीआरसी विधेयक पारित

शान्ति सम्झौताको १८ वर्षपछि प्रतिनिधि सभाबाट टीआरसी विधेयक पारित

    प्रकाशित मितिः बिहिबार, साउन ३१, २०८१       |
तत्कालीन नेकपा माओवादी र सरकारबीच २०६३ मंसिर ५ मा दश वर्षे माओवादी विद्रोहलाई अन्त्य गरेको घोषणा गर्दै शान्ति सम्झौतामा हस्ताक्षर भएको १८ वर्षपछि दलहरूले बुधबार संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक प्रतिनिधि सभाबाट पारित गरेका हुन् । काठमाडौँ । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक प्रतिनिधि सभाबाट बुधबार पारित भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्र

सरकारविरुद्व माओवादीद्वारा संघर्षका कार्यक्रम घोषणा

    प्रकाशित मितिः सोमवार, साउन २८, २०८१       |
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी माओवादीले ओलिसरकार विरुद्ध जन संघर्षका कार्यक्रम घोषणा गरेको छ पार्टीको हालै सप्पन्न पदाधिकारीको बैठक द्वारा उक्त संघर्षका कार्यक्रम सार्बजनिक गरेको माओवादी ले बताएको छ । नेकपा माओवादीले यो दलाल संसदीय व्यवस्था नेपालमा मात्रै नभई विश्वभर नै असफल सिद्ध भैसकेको भन्दै विरुद्ध विगत केही समय देखि जनविद्रोह मार्फत यो व्यवस्थाको अत्य गर्दै जनवादी व्यवस्थाको स्थापन