20 July 2024  |   शनिबार, साउन ५, २०८१

प्रदेश नं. २

वैद्यको प्रतिक्रिया: एमाले–माओवादी केन्द्रको एकता अवसरवादीहरुको मिलन

वैद्यको प्रतिक्रिया: एमाले–माओवादी केन्द्रको एकता अवसरवादीहरुको मिलन

    प्रकाशित मितिः मङ्लबार, अशोज १७, २०७४       |
  काठमाडौं– नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले एमाले र माओवादी केन्द्रबीच हुने भनिएको एकता प्रक्रियालाई अवसरवादीहरुको मिलन भनी टिप्पणी गरेका छन् । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कार्यगत एकता गर्दै पार्टी एकता संयोजन संयोजन समिति गठन भएपछि नेपाली राजनीतिमै नयाँ तरंग उत्पन्न भएको छ ।  वैद्यले एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रियालाई दक्षिणपन्थी
बाबुरामको नयाँशक्ति पनि एमाले-माओवादी गठवन्धनमा मिसिने

बाबुरामको नयाँशक्ति पनि एमाले-माओवादी गठवन्धनमा मिसिने

    प्रकाशित मितिः मङ्लबार, अशोज १७, २०७४       |
काडमाण्डौँ, १७ असोज/  नेकपा एमाले र माओवादी केन्द्रको एकीकरण तथा चुनावी गठवन्धनमा बाबुराम भट्टराईको नयाँशक्ति पार्टी पनि मिसिने भएको छ। केपी ओली र भट्टराईबीच मंगलबार बालकोटमा भएको भेटघाटपछि नयाँशक्ति पनि मिसिने टुंगो लागेको भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिए। यसबारे एक सातादेखि छलफल भइरहेको उनले बताए। आज साँझ ५ बजे राष्ट्रिय सभागृहमा डाकिएको पत्रकार सम्मेलनमा
देशभरका अस्पतालमा ओपीडी सेवा नियमित संचालन

देशभरका अस्पतालमा ओपीडी सेवा नियमित संचालन

    प्रकाशित मितिः मङ्लबार, अशोज १७, २०७४       |
काठमाडौं, असोज १७ / नेपाल चिकित्सक संघको साता दिन लामो आन्दोलन र दशैं बिदा पश्चात देशभरका अस्पतालमा आजबाट ओपीडी सेवा नियमित सञ्चालनमा आएको छ । लामो समय सेवा बन्द हुँदा अस्पतालहरुमा बिरामीको घुइँचो लागेको छ । ओपीडी सेवा बन्द हुँदा धेरै सास्ती पाएका बिरामी अहिले पनि अस्पतालको सेवाप्रति सन्तुष्ट देखिएनन् । गत असोज २ गते बसेको मन्त्रिपरिषदको बैठकले चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भए
एमाले–माओवादी एकताको घोषणा ५ बजे राष्ट्रिय सभागृहमा

एमाले–माओवादी एकताको घोषणा ५ बजे राष्ट्रिय सभागृहमा

    प्रकाशित मितिः मङ्लबार, अशोज १७, २०७४       |
  काठमाडौं– एमाले र माओवादी केन्द्रबीचको एकता घोषणा सभा आजै साँझ ५ बजे हुने भएको छ । घोषणा सभाअघि पार्टी एकताको अन्तिम प्रयासस्वरुप दुवै पार्टीका शीर्ष नेताहरु ललितपुरको एक घरमा गोप्य छलफलमा जुटेका थिए । छलफलमा दुवै पक्षका बार्ता समितिका सदस्यहरु सहभागि भएका थिए । जसमा माओवादीका तर्फबाट अध्यक्ष प्रचण्डसहित नेता नरायाकाजी श्रेष्ठ, रामबहादुर थापा, बादल छन भने एमालेका तर्फबाट अध्यक