‘मोबाइल एप म्यासेन्जरमा भएको कुराकानीको स्क्रिन सर्टका आधारमा कसरी यौन दुव्र्यवहारको मुद्दा बन्न सक्छ ?’ एक कानुनका जानकारले भने, ‘पीडितले व्यक्तिगत गोपनीयताविरुद्धको मुद्दा भने दिन सक्छन् ।’
कोहलपुर ।
कोहलपुरस्थित त्रिभुवन नमुना माध्यमिक विद्यालयको भनिएको ‘यौन दुव्र्यवहार’ काण्ड अहिले बीच बाटोमै अलपत्र परेको छ । विद्यालयका एक शिक्षकले आफ्नै एक छात्रामाथि यौन दुव्र्यवहार गरेकाले उनीमाथि कारबाही हुनपर्ने माग गर्दै विद्यार्थीको एउटा समूहले दुई महिनायता आन्दोलन गरिरहेको छ ।
तर पीडित पक्ष कानुनी उपचारमा अदालत जानुपर्नेमा न अदालत गएको छ, न पीडितका नाममा विद्यार्थीहरूले आन्दोलन नै गर्न छाडेका छन् । यौन दुव्र्र्यवहारमा प्रहरीमा उजुरी दिन चाहेको पीडित पक्षलाई सो शीर्षकमा प्रहरीले उजुरी लिन नमिल्ने भएकाले सोझै अदालत जान सुझाए पनि पीडित पक्ष अदालत पनि गएको छैन । तर पीडितका नाममा विद्यार्थी समूहले सडकमा आन्दोलन गर्न पनि छाडेका छैनन् ।
सोमबार मात्रै पनि विद्यार्थीले सोही विषयलाई लिएर कोहलपुरमा आन्दोलन गरेका थिए । उनीहरूले विद्यालयका ससाना बालबालिकाको प्रयोग गर्दै जथाभावी तोडफोडसमेत गरेका थिए । तोडफोडबाट विद्यालय तथा नगरपालिकाका केही भौतिक संरचनामाथि क्षति पनि पुगेको छ ।
एउटा मोबाइल एपको च्याटमा भएको कुराकानीको स्क्रिन सर्टका आधारमा यौन दुव्र्यवहार भएको भन्दै आन्दोलन गरिरहेको विद्यार्थीहरूको समूहले सुरुमा पीडित पक्षलाई अगाडि ल्याउन नै सकेको थिएन । चाडबाड मनाउन पीडित कोहलपुरबाहिर गएकाले उजुरी दिन ढिला भएको भन्दै आएको सो समूहले ढिलो गरी पीडितलाई प्रहरीसम्म पु¥याएको थियो ।
पीडित पक्षले ढिलो गरी यौन दुव्र्यवहारमा प्रहरीमा उजुरी दिन खोज्यो । तर प्रहरीले यौन दुव्र्यवहारको मुद्दा प्रहरीको क्षेत्राधिकारभित्र नपर्ने भन्दै उनीहरूलाई अदालत जान सुझाव दियो । तर पीडित पक्ष अदालत पनि गएको छैन भने पीडितका नाममा विद्यार्थीले सडक तताउन पनि छाडेका छैनन् । अहिले पनि यो विषय न अदालती प्रक्रियामा प्रवेश गर्न सकेको छ न सामसुम नै भएको छ । अहिले यो घटना रहस्यमय बनेको छ ।
पीडित पक्ष अदालतसम्म आएको जानकारी नभएको बाँके जिल्ला अदालतका श्रेस्तेदार गोविन्द आचार्यले जानकारी दिए । ‘खै मलाई जानकारी भएन,’ श्रेस्तेदार आचार्यले भने, ‘त्यस्तो मुद्दा अदालतमा आएको मलाई जानकारी छैन ।’
सामाजिक सञ्जालमा सार्वजनिक भएको मोबाइल एपको च्याटमा भएको कुराकानीको स्क्रिन सर्टलाई हेर्दा अदालतमै पुगे पनि यो मुद्दा यौन दुव्र्यवहारसम्बन्धी मुद्दा बन्न नसक्ने कानुनका जानकारहरू बताउँछन् ।
यौन दुव्र्यवहार मुद्दाका लागि प्रमाण नपुग्ने उनीहरू बताउँछन् । ‘मोबाइल एप म्यासेन्जरमा भएको कुराकानीको स्क्रिन सर्टका आधारमा कसरी यौन दुव्र्यवहारको मुद्दा बन्न सक्छ ?’ एक कानुनका जानकारले भने, ‘पीडितले व्यक्तिगत गोपनीयताविरुद्धको मुद्दा भने दिन सक्छन् ।’
पीडित भनिएकै व्यक्तिका सम्बन्धमा पनि अनेकौँ सन्देश पैदा भएको उनले बताए । कानुनी प्रक्रियामा पनि नजाने तर पीडितका नाममा आन्दोलन पनि भइरहने कुराले यो घटनालाई रहस्यमयी बनाएको छ । यो घटनाले पीडित भनिएकै व्यक्तिका बारेमा पनि अनेकौँ आशंका उब्जाएको छ । घटनामा कसको के स्वार्थ लुकेको छ भन्ने कुरा नै अनुसन्धानको विषय बनेको छ ।
प्रतिक्रिया दिनुहोस्