उपचार नपाएर ज्यान गुमाउँदै सीमाबासी



भैंसाही नाकामा फैंलिएको औंलो नियन्त्रणका लागि पुगेको स्वास्थ्यकर्मीको टोली बिरामीहरूको उपचार गर्दै ।

शिवु खनाल । दाङ ।

घटना : १

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा मंगलबार उपचारका क्रममा राजपुर गाउँपालिका– ७ भैंसाही नाकाकी २५ वर्षीया डिलसा बुढाको मृत्यु भयो ।

कडा खालको ज्वरो आएपछी मात्रै घर परिवारका सदस्यले डिलसालाई उपचारको लागि अस्पताल पु¥याएका थिए । बेहोस अवस्थामा अस्पताल पु¥याइएकी उनीलाई सघन कक्षमा राखेर उपचार सुरु गरिएको गरिएपनि स्वास्थ्य अवस्थामा सुधार आउन नसकेपछि मृत्यु भयो ।

घटना : २

भारतसँग सीमा जोडिएको गाउँ जेलवाङ् खोलाकी १५ वर्षीया कृष्णा बुढाको समेत मृत्यु भएको एक साता पुगेको छैन । भारतीय सीमावर्ती गाउँ जेलवाङ् खोला राजपुर गाउँपालिका– ७ मै पर्छ ।

बिरामीले थलिएकी कृष्णालाई आफन्त र स्थानीय मिलेर भारतीय सिरसियामा रहेको अस्पताल पु¥याएका थिए । अस्पतालले केही औषधी दिएर घर पठाएको दोस्रो दिन साउन १८ गते बेलुका कृष्णाको घरमै प्राण गएको थियो ।

पछिल्लो एक सातामा मात्र भारतसँग सीमा जोडिएको यो वडामा दुई जनाले समयमै उपचारका नपाउँदा अकालमा ज्यान गुमाइसकेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्यका अनुसार नेपालगन्जमा मृत्यु भएकी डिलसाको औंलो संक्रमणका कारण मृत्यु भएको थियो । कृष्णाको भने परीक्षण हुन नपाएकोले औंलोको कारण मृत्यु भएको हो की होइन भन्ने थाहा हुन नसकेको उनले बताए ।

स्वास्थ्यकर्मीहरूले भने कृष्णाको समेत औंलो संक्रमणका कारण मृत्यु भएको हुनसक्ने आंशका गरेका छन् । उनका अनुसार टिएफ मलेरिया अर्थात कडा खालको औंलो संक्रमणका कारण डिलसाको मृत्यु भएको थियो । उपचारको लागि अस्पताल पु¥याउन ढिलाई भएका कारण डिलसाको मृत्यु भएको आचार्यले जानकारी दिए ।

‘औंलो उपचारपछि निको हुन्छ । उपचारको लागी अस्पताल पु¥याउन ढिलाई हुँदा बिरामीको अवस्था जटिल भएको देखिन्छ’ उनले भने, ‘केही दिन अघि उनको नन्दको पनि मृत्यु भएको थियो । त्यो मृत्यु औंलोबाट भएको हो होइन भन्ने बारेमा पुष्टि भने हुन सकेको छैन ।’

भैंसाही नाका, जेलवाङ् खोलागाउँ लगायतका सीमावर्ती क्षेत्रमा अहिले औंलोको संक्रमण फैंलिएको छ । बुधबार मात्रै सो क्षेत्रमा राजपुर गाउँपालिकाको स्वास्थ्य शाखा र जिल्ला स्वास्थ्य कार्यालय दाङबाट स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ ।

सहज यातायात र स्वास्थ्यको सुविधा नहुँदा नागरिकहरू बिरामी हुँदासम्म गाउँमै बसिरहेका छन् ।

सीमावर्ती गाउँमा अस्पतालसम्म बिरामीहरू पु¥याउनको लागि सडकको राम्रो सुविधा नहुँदा नागरिकले अकालमा ज्यान गुमाइरहेको वडा सदस्य सन्देश विकले बताए ।

‘पानी नपर्दा त नेपालकै बाटो भएर अस्पतालसम्म बिरामी लैजाने राम्रो सडकसँगै सवारी साधनको समेत व्यवस्था हुँदैन’ उनले मिसन टुडेसँग भने, ‘बर्खा लागेसँगै सबैतिर जाने बाटोहरू बन्द भइसके भारतमा जान समेत हिड्नुपर्छ । गाउँमा घरैपिच्छे बिरामीहरू छन् ।’

सीमावर्ती गाउँमा एक साताबाट फैंलिएको संक्रमणबाट डेढ दर्जन बढी मानिसहरू बिरामी रहेको राजपुर गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । उनीहरूको जिल्ला र गाउँपालिकाबाट भारतीय बाटो हुँदै पुगेका स्वास्थ्यकर्मीहरूले उपचार गरिरहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल रोकायले जानकारी दिए ।

बिरामीहरूमा ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने जस्ता लक्षण देखिएको बताउँदै उनले सीमावर्ती गाउँमा औंलोको संक्रमण फंैलिएको पुष्टि भइसकेको छ । स्थानीयका अनुसार बिरामीहरूलाई उपचारका लागि ल्याउन समेत बोकेर भारतीय भूमिसम्म पु¥याएर गाडी राखेर अस्पतालसम्म पु¥याउनुपर्ने बाध्यता रहेको छ ।

औंलो लामखुट्टेको टोकाइका कारणले लाग्ने रोग हो । औंलो लागेका बेलामा ज्वरो आउने, थकान महशुस हुने, बान्ता हुने र टाउको दुख्ने जस्ता सामान्य लक्षणहरू देखिन्छन् । यो रोगले गम्भीर रूप लिएमा छाला पहेँलो हुने, सिजरहरू आउने, कोमामा जाने वा मृत्यु हुने सम्भावना हुन्छ ।

लामखुट्टेले टोकेर परजीवी शरीरमा प्रवेश ग¥र्यो भने त्यसको १० देखि १५ दिनमा लक्षणहरू देखिन सुरु हुन्छ । औलोको राम्रोसँग उपचार गरिएन भने केही महिनापछि दोहोरिन पनि सक्ने जोखिम रहने चिकित्सकहरू बताउँछन् ।

प्रकाशित मिति : २०८१ साउन २५ गते शुक्रबार