सबै विधामा अब्वल गोरखा युनाइटेड



बाँकेको कोहलपुर नगरपालिका–२ आनन्दनगरमा अवस्थित गोरखा युनाइटेड पब्लिक स्कुल पश्चिम क्षेत्रकै एउटा अब्बल विद्यालयको रूपमा चिनिँदै आएको छ । पर्याप्त शैक्षिक पूर्वाधार, आयामिक शिक्षण सिकाई र गुणस्तरीय नतिजाका कारण गोरखा यस क्षेत्रका विद्यार्थी तथा अभिभावकहरूको पहिलो रोजाइ बन्दै आएको छ ।

विद्यालयले मेधावी विद्यार्थीहरूका लागि विभिन्न अवसरहरू समेत प्रदान गर्दै आएको छ । एसइई परीक्षामा सर्वोकृष्ट स्थान हासिल गर्ने १ जना मेधावी विद्यार्थीलाई मावि तहको शिक्षा आप्mनै विद्यालयमा अध्ययन गर्न चाहेमा विद्यालयले शतप्रतिशत छात्रवृत्ति पनि दिँदै आएको छ ।

विद्यालय व्यवस्थापन समितिको निर्णयबाट विद्यार्थी वर्गमा पढाइप्रति थप उत्प्रेरणा र सकारात्मक ऊर्जा थप्नका लागि यो व्यवस्था गरिएको विद्यालय सञ्चालक समितिका अध्यक्ष केशरबहादुर आलेले जानकारी दिए । तर चाहँदैमा जो कोही पनि सजिलै भर्ना हुन नसक्ने आलेको भनाइ छ ।

सुखी सम्पन्न विद्यार्थीहरु मात्रै नभइ जुनसुकै वर्गका विद्यार्थीले अध्ययन गर्न सक्ने शुल्कबाट विद्यालय सञ्चालन भइरहेको अध्यक्ष आले बताउँछन् । विद्यालयले हरेक शैक्षिक सत्रमा विपन्न, गरिब, अपाङ्गता भएका, दलित, द्वन्द्वपीडित, मिहिनेती, जेहेन्दार, खेलाडी लगायतलाई समेटेर छात्रवृत्ति प्रदानबाट अभिभावकको अभिलाशा पूरा गर्न सफल भएको उनको भनाइ छ ।

‘काम जस्तो कुरा गर, कुरा जस्तो काम गर’ भन्ने विश्वप्रसिद्धि नाटककार शेक्सपियरको भनाइलाई विद्यालयले चरितार्थ गर्दै आएको उनले बताए । अध्यक्ष आले भन्छन् ‘हाम्रो उद्देश्य स्वदेश मै गुणस्तरीय शिक्षा प्रदान गरेर दक्ष जनशक्ति तयार गर्नु हो ।’ विद्यार्थीलाई विश्व सामु प्रतिस्पर्धा गर्न सक्ने क्षमतावान बनाउनु नै आजका विद्यालय तथा शिक्षाकर्मीको दायित्व भएको उनी बताउँछन् ।

प्रमाणपत्र मात्रै नभई विद्यार्थीको मनोविज्ञानको गहन अध्ययन गर्दै अनुसन्धानमूलक राम्रो शिक्षा प्रदान गरि उज्ज्वल भविष्य निर्माण गर्न सक्नु नै गुणस्तरीय शिक्षा भएको उनको बुझाइ छ । भूपू ब्रिटिस आर्मी भएकाले देश–विदेश घुम्दा आफुले देखा र अनुभव गरेको शिक्षा पद्दती गोरखा युनाइटेड पब्लिक स्कुलमा लागू गर्न खोजिरहेको उनले बताए । प्राप्त गरेको उपलब्धीलाई टिकाई रहन र कायम गर्न अत्यन्त मेहनत गरेर रातदिन लागि परेको जानकारी दिए ।

‘विद्यालयले अहिलेसम्म कमाएको पूँजी भनेकै विश्वसनीयता र गुणस्तर हो’ अध्यक्ष आलेले भने, ‘तसर्थ, संस्थाले फराकिलो बाटो अँगाल्दै जाँदा विद्यालयको शैक्षिक पक्षमा कमि कमजोरी देखा नपरोस् भनि सम्बन्ध पक्षलाई सचेत पारेको छु ।’ कुनै पनि काम गर्ने इच्छाशक्ति भयो भने बनाउन सकिने रहेछ भन्ने पुष्टी भएको उनले बताए । जसकारण अहिले सन्तुष्टि मिलेको अनुभव गरेको उनको भनाइ छ । विद्यालयमा भर्ना गर्दा विद्यार्थीले अन्तर्वार्ता र प्रवेश परीक्षा दुवै पार गर्नुपर्छ तैपनि बढीभन्दा बढी विद्यार्थीको आवेदन पर्ने गरेको विद्यालयका प्रधानाध्यापक साधना थापाको भनाइ छ ।

‘हामी विद्यार्थीलाई ठूलो मान्छेभन्दा पनि असल मानिस बनाउने प्रयत्नमा छाँै,’ उनी भन्छिन्, ‘कुशल व्यवस्थापन, शिक्षक एवम् अन्य कर्मचारीको लगनशीलता, विद्यार्थीको अनुशासन तथा अभिभावक वर्गको विश्वास नै यस विद्यालयको सफलता हो ।’ विद्यालयले पठन पाठन मात्रैनभई अतिरिक्त क्रियाकलमा पनि जोड दिएको थापाले बताइन् ।

जसको फलस्वरूप २०६२ सालमा विद्यालय स्तरीय लोक गीत र लोक नृत्यतर्फ मध्यपश्चिमबाट तृतीय स्थान, वि.स.२०६३ सालमा बाँके जिल्लाको इतिहासमै पहिलो पटक निजी विद्यालयबाट ३१औँ अन्तर मावि रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता भव्यताको साथ सम्पन्न, वि.स.२०७१ सालको राष्ट्रिय बिज्ञान दिवस कार्यक्रममा मध्यपश्चिम क्षेत्रबाट प्रथम स्थान हासिल गर्न सफल भएको उनले जानकारी दिइन् ।

त्यस्तै राष्ट्रव्यापी विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम २०७३ मा समाचार वाचन विधातर्फ प्रथम स्थान, कोहलपुर नगरपालिकाबाट आयोजित २०७८ सालको चौथो मेयर कपमा पुनः प्रथम उपाधि प्राप्त र त्यसैगरि वि.स. २०७४ सालको १०औं राष्ट्रपति रनिङ्गशिल्ड उपाधी उचालेर प्रथम स्थान हासिल गरेको उनले जानकारी दिइन् ।

त्यसैगरी आर्थिक वर्ष २०६९÷०७० मा आयकरतर्फ शिक्षा क्षेत्रमा बाँके जिल्लाबाट उच्चतम् कर सहभागिता भएकोमा तेस्रो राष्ट्रिय कर दिवस २०७१ बाट पनि उत्कृष्ट करदातारूपमा सम्मानित भएको थियो । हिमाल खबर पत्रिका (अषाढ अकं–२०७६) मा प्रकाशित देशभरका अब्बल राम्रा १०७ विद्यालय नाम सूचिकृत गरेको मध्ये ३६औं ंस्थानमा पर्न सफल भएको उनले जाकारी दिइन् ।

विद्यालयले शिक्षा ऐन र विद्यालयको विद्यान तथा विनियममा व्यवस्था भए बमोजिम योग्य, अनुभवी र दक्ष शिक्षक छनौट गर्ने गरेको छ । शिक्षक तथा कर्मचारीको कार्य प्रतिको जिम्मेवारी तथा लगनशिलतालाई वार्षिक कार्य सम्पादन र मूल्याङ्गन मापनका आधारमा विद्यालय ब्यवस्थापन समितिले तहगत बढुवा, एक जना शिक्षक तथा कर्मचारीलाई उत्कृष्ट वर्ष घोषणा पुरस्कारबाट पुरस्कृत गर्दै आएको छ ।

विद्यार्थीहरूको पढाइमा असर नरोस् भनेर कुनै शिक्षक बिदामा रहँदा उक्त शिक्षकको पूर्तिका लागि बिषयगत विभाग शिक्षक मार्फत बन्दोबस्त गरिएको जनाएको छ । विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूलाई सरकारी स्तरको सेवा सुविधा, कर्मचारी हितको लागि सञ्चय कोष, सामाजिक सुरक्षा कोष लगायतको व्यवस्था गरेको छ ।

गोरका स्कुल गुणात्मक र गुणस्तरिय शिक्षा दिन कटिबद्ध छ । शिक्षक तथा कर्मचारीहरूका लागि पाँच लाखसम्मको निःशुल्क २४ घण्टे सामुहिक दुर्घटना बीमा नीति अपनाएको विद्यालयल व्यवस्थापन समितिका अध्यक्ष आलेले बताउँछन् ।
छ । विद्यालयले काम विशेषले विद्यार्थी अतिरिक्त क्रियाकलापम सहभागी गराउन विभिन्न स्थानहरू जाँदा–आउँदा प्रयोग गरिने सवारी साधनको भाडावापत दिइने भ्रमण भत्ता पनि उपलब्ध गराउँदै आएको उनले जनाए । यस्तै विविध सुविधाको कारण विद्यालयको भावी शैक्षिक कार्यक्रमहरू सफल पार्न र अझ सफलताको शिखरमा पु¥याउन समेत सहयोग पुग्ने उनको विश्वास छ ।

विद्यालय स्थापनाको वर्षदेखि हालसम्म बेलाबेलामा विभिन्न तह र स्तरका बौद्धिक ब्यतिmत्वहरू, जिल्ला शिक्षा अधिकारी, क्षेत्रीय शिक्षा निर्देशकहरूबाट विद्यालय निरीक्षण तथा मूल्याङ्गन हुने गरेको छ । शैक्षिक सत्र २०५९ मा तत्कालिन शिक्षा सहायक मन्त्री रविन्द्र खनाल र शिक्षा सचिव लव कुमार देवकोटा विद्यालयले निरीक्षण तथा विद्यालय भ्रमण गरेका थिए । यसले विद्यालयको शिक्षाको विकासलाई राष्ट्रिय स्तरसम्म पु¥याउन थप प्रेरणा प्राप्त ग¥यो ।

विद्यालयको शैक्षिक लगायत अन्य प्रगतिलाई अभिभावक तथा विद्यार्थीबीच वार्षिक रूपमा व्यवस्थित र भव्यताका साथ मनाइने अभिभावक दिवस तथा वार्षिकोत्सव जस्ता कार्यक्रममा अभिभावकहरूको राय सुझावलाई पनि सकारात्मक रूपमा लिई आजसम्ममा विद्यालयले सफलता हासिल गरेको छ । विद्यालयबाट अध्ययन पूरा गरेका विद्यार्थीहरूले देशको विभिन्न ठाउँमा व्यवसायिक प्रशासक व्यक्तित्वहरू उत्पादन गर्न विद्यालय सफल भएको छ ।

नेपालकै शिक्षण संस्थाहरूको अध्ययन अवलोकन भ्रमणमा आउनेहरूको अवस्था हेर्दा वार्षिक करिब ५० वटा शिक्षण संस्थाहरूको सयौं सञ्चालक, प्रिन्सिपल तथा अन्य सदस्यहरू गोरखा स्कुल पुग्दा संस्थामा आएर अन्तरक्रिया गरेको तथ्याङ्कबाट पनि संस्थाको छबी र ख्याति राष्ट्रिय रूपमा नै बढिरहेको अवस्थाले पनि गौरभाविन्त भएको विद्यालय परिवार बताउँछन् ।

विद्यालयको लगानी शिक्षा र कम्पनी ऐनमा आधारित रहि वैधानिक स्वरूप पारदर्शितामा सञ्चालन भएको कारण लागानीकर्ताहरू विश्वस्तका साथ शिक्षण संस्था जस्तो धरोहर सेवामुखी क्षेत्रमा लगानी गर्दै देशको शैक्षिक विकासमा आफूलाई अब्बल दर्जामा स्थापित गर्न सफल भएका छन् ।

विद्यालयले २०७३ सालमा भूपू विद्यार्थी संगठन स्थापना समेत गरेको छ । प्रथम पटक २०७४ सालमा रक्तदानको आयोजना गरी नेपाल रेडक्रस सोसाईटीले विद्यालयलाई एकै पटकमा सबैभन्दा बढी ९२ युनिट रगत संकलन गरेकोले उत्कृष्ट संस्थागत रक्तदाताको कदर पत्रका साथ सम्मानित गरेको थियो । सामाजिक उत्तरदायित्व वहन गर्दै दैविक प्रकोप, बाढीपीडित, भूकम्प पीडित लगायतलाई सहयोग गर्दै आएको छ ।

क्यान्सर अस्पताल खजुरा बाँकेलाई आर्थिक सहयोग गरी शिलालेखमा आफ्नो नाम अभिलेखका रूपमा समेत लेखिएको छ । त्यस्तै नीलसागर बृद्घाश्रम नेपालगन्जमा बसेका बृद्घ आमाबुवालाई नगद तथा जिन्सी समानबाट सहयोग समेत गरेको थियो । विद्यालयले स्थानीय बाटो निर्माण ग्रावेल बिछ्याउने, वृक्षारोपन तथा सरसफाई अभियान, चेतनामूलक कार्यक्रम, खेलकूद क्षेत्र आदि विभिन्न सामाजिक सेवामा समर्पित रहि सामाजिक क्रियाकलापमा विद्यार्थी तथा विद्यालयको सहभागिता भइ सम्मानित समेत भएको छ ।

हाल शिक्षा ऐन २०२८ को आठौं संसोधन २०७३ अनुसार नेपाल सरकारले नयाँ शिक्षा नीतिमा व्यवस्था भए अनुरूप शैक्षिक सत्र २०७३÷०७४ देखि कक्षा १२ सम्मलाई विद्यालय शिक्षा बनाउने गरी शैक्षिक सुधार कार्य योजना स्वीकृत भएको छ । राष्ट्रिय शिक्षा आयोग गठन गरी शिक्षा क्षेत्रको पुनसंरचना गर्ने कार्य योजना स्वीकृत गरेको छ ।

परीक्षा प्रणालीमा राष्ट्रिय परीक्षा बोर्ड गठन भई अबदेखि कक्षा १२ को अन्तिम परीक्षा नै राष्ट्रिय (एस.एल.सी.), कक्षा १० को परीक्षा प्रदेश÷क्षेत्र र कक्षा ८ को स्थानीय तह स्तरीय हुने गर्छ । शिक्षा ऐन नवौ संसोधन २०७४ अनुसार शैक्षिक–सत्र २०७६ देखि कक्षा ११ को परीक्षा विद्यालयले लिने र कक्षा १२ को अन्तिम परीक्षा राष्ट्रिय परीक्षा बोर्डले लिने गरेको छ । तर्सथ, यसले समग्र विद्यालय शिक्षाको गुणस्तर व्यवस्थापनमा चुनौती थपेको छ ।

तैपनि विद्यालयले ऐनमा व्यवस्था भए बमोजिम दुवै तहलाई आवश्यक योग्यता पुरा गरेका शिक्षक नियुक्ति गर्ने सम्बन्धमा पनि कार्यरत शिक्षकहरूलाई सचेत गराउँदै आएको छ । पर्याप्त तयारी र शैक्षिक सामाग्री सहित योजनाबद्ध रूपमा कक्षाकोठा प्रवेश गर्ने गरेका
छन् । तालिमा हासिल गरेका सीप र ज्ञान कक्षाकोठा भित्र उपयोग गरौं । खोजविधिहरू प्रयोग गर्दै विद्यार्थीकेन्द्रित शिक्षण सिकाइ गरौं । कक्षाकोठालाई रोचक र मनोरञ्जक बनाउने प्रयास गरौं । हाम्रो विद्यालय राम्रो विद्यालय बनाउन सहयोग गरौं भन्ने आशय रहेको छ ।

विद्यार्थीको प्रतिभा पहिचान र प्रस्फुटन गर्न विद्यालयले अतिरिक्त क्रियाकलाप जोड दिदैँ आएको छ । हाल विद्यालयमा केजीदेखि मावि (कक्षा १२) र स्नातक तह कृषि बिएसएजी गरी जम्मा १ हजार ७ सय १० जना विद्यार्थी अध्यानरत रहेका छन् । छात्रवासतर्फ ९५ जना विद्यार्र्थी आवासमा रहेका छन् भने शिक्षक मावि तर्फ ८५ जना, प्रशासनिक कर्मचारी ३७ र कृषि कलेजमा प्राध्यापक र कर्मचारी ५ जना गरी जम्मा १२७ जना कर्मचारीहरू कार्यरत रहेका छन् ।

विद्यार्थीलाई गुणस्तर शिक्षा प्रदान गर्न शिक्षकहरू तल्लिन रहेका छन् । अभिभावकहरूको विश्वासलाई कुनै किसिमको घातहुन नदिइ कटिबद्घतारूपमा लागि परेको बताए । पटक–पटक राष्ट्रिय पुरस्कार पाउँदै आएको विद्यालय आगामी दिनहरूमा थप विद्यार्थीको रुची र आवश्यकता अनुसारको पठनपाठन गर्नेमा प्रतिबद्घ रहेको जनाएको छ ।

विद्यालयको सम्पूर्ण भौतिक स्रोत र साधनलाई पनि आजको आवश्यकताअनुसार सुधार र स्तरोन्नति गर्दै जानुपर्ने देखिएकाले आगामी वर्षमा सम्पूर्ण शिक्षण सेवालाई अझ गुणस्तरीय रूपमा उपलब्ध गराई उचित प्रतिफल दिलाउनेतर्फ क्रियाशील रहने जनाएको
छ । विद्यालय स्थापना भएको २२ वर्षपूरा गर्दा विद्यार्थी तथा अभिभावकहरूले देखाएको स्नेह, समर्थन तथा विश्वसनीयताका लागि विद्यालय हृदयदेखि नै आभार व्यक्त गर्न चाहेको अध्यक्ष आलेले बताए ।

प्रकाशित मिति : २०८० फागुन १० गते बिहीबार