अहिले हामी नेकपा माओवादी पार्टीसँग सत्ता साझेदार गरिरहेका छौँ । निर्वाचनका बेला हातेमालो गरेर निर्वाचनमा गयौँ । कतिपय ठाउँमा हामीले माओवादीलाई भोट हाल्यौँ उनीहरूले नेपाली कांग्रेसलाई हाले । दुर्भाग्य त्यहीँबाट सुरु भयो । २०५१ सालमा माओवादीले जनयुद्ध सुरु गरेपछि यो देश दुर्दशामा फस्न सुरु भएको हो ।० नेपाली कांग्रेसले भर्खरै लुम्बिनी प्रदेशमा सम्पन्न गरेको सम्मेलनमा के कस्ता विषयमा छलफल भए ?
सातवटा प्रदेशमध्ये नेपाली कांग्रेसले पहिलो प्रदेश सम्मेलन लुम्बिनी प्रदेशको बुटवलमा सम्पन्न गरेको छ । त्यो सम्मेलनमा पार्टीका केन्द्रीय सभापतिदेखि महामन्त्रीलगायतका क्रियाशील कार्यकर्ताहरूको उपस्थित रहेको थियो । नेपालको वर्तमान पस्थितिका बारेमा नेपाली कांग्रेसको धारणा कस्तो हुनुपर्छ ? नेपाली कांग्रेसले कस्तो खालको धारणा पारित गर्ने ? भन्ने दुविधामा हामी थियौँ । तर पाटी सभापति शेरबहादुर देउवाको सभापतित्वमा भएको सम्मेलनमा पार्टीका पदाधिकारी र सदस्यहरूले पार्टीको मात्रै नभई देश र जनताको हितका लागि असाध्यै राम्रो विचार राख्नुभयो । नेपाली कांग्रेस नयाँ तरिकाबाट सञ्चालन गर्न र जनतालाई डेलिभरी दिन नसके पार्टी दुर्घटना पर्न सक्छ भन्ने उहाँहरूको तर्क थियो । नयाँ मोडलमा नेपाली कांग्रेस पार्टीलाई अघि बढाउने निर्णय भएकाले अब हिजोभन्दा नेपाली कांगे्रस पार्टी परिवर्तन भएर जान्छ भन्ने हामीले विश्वास लिएका छौँ ।
० केन्द्रीय नेतृत्वबाट आमनागरिका समस्या कसरी समाधान गर्ने कुरा भए ?
पटक–पटक नेतृत्वसँग भेटघाट गर्दा हाम्रो देशभरका नेपाली कांग्रेस कार्यकर्ताहरूको एउटै मात्रै स्वर छ । नेपालको समृद्धि नेपाली कांग्रेसले मात्रै गर्न सक्छ र गरिरहेको छ । देश अहिलेसम्मकै कमजोर परिस्थितिमा रहेको छ । आर्थिक अवस्था जर्जर, निजी क्षेत्र ध्वस्त भएका छन् । गरिबी निवारण हुन सकेको छैन । कलकारखाना, निजी क्षेत्रलगायतका बारेमा चिन्तित बनेर नयाँ कार्यनीति लिएर अगाडि बढ्ने कुरा भएका छन् । पुराना दलहरूप्रति जनताको असाध्यै अविश्वास देखा परेको छ । त्यसको प्रमुख कारण जनताप्रति जवाफदेहिता हुन नसक्नु देखिएको छ । सेवा सुविधामा नेताहरू लिप्त भए भन्ने आम जनताको बुझाइ छ । त्यसलाई चिर्न जरुरी छ । देश कमजोर बनाउनेभन्दा पनि देश र जनतालाई कसरी बलियो बनाउन सकिन्छ भन्ने नयाँ रणनीतिमा पार्टी जानुपर्छ ।
० अहिले हरेक क्षेत्रमा कमिसन, भ्रष्टाचार व्याप्त भयो भनेर आरोप लाग्ने गरेको छ । यसलाई चिर्न नेपाली कांग्रेस कसरी अगाडि बढ्छ ?
नेपाली कांग्रेस पार्टीले यसकै लागि अख्तियार अनुसन्धन आयोगलगायतका आयोगहरूको तयारी गरेको हो । तर, जुनखालको कार्यान्वयन हुनुपर्ने हो त्यसमा कतै कमीकमजोरी भयो कि ? भने हाम्रो बुझाइ छ । २०६२÷६३ को जनआन्दोलनपछि अहिले नेपालमा संघीयता लागू भएको छ । तर यसमा हामीले सबैको सहभागिता उपस्थिति गराएर सहभागितामूलक बनाएको भए अझ चुस्तदुरुस्त हुने थियो भन्ने मलाई लाग्छ । तीन तहको सरकार आएपछि कर वृद्धि भयो र महँगी बढ्यो । निर्वाचन प्रणाली पनि खर्चिलो भयो । यसलाई सुधारेर जानुपर्छ । दलित, अपांग, पिछडिएका वर्गलगायतका सम्बन्धका बौद्धिक व्यक्तिहरू सहभागी गराएर अघि बढेमात्रै देश विकास हुन्छ । आसेपासे र कार्यकर्ता पोसेर मात्र देश बन्दैन ।
० केन्द्रदेखि स्थानीय तहसम्म दलहरू गुट उपगुटमा विभक्त छन् । यी गुटलाई चिर्न पार्टीले कस्तो रणनीति अपनाउनुपर्ला ?
नेपाली कांग्रेसबाट बनेका मन्त्रीदेखि वडाध्यक्षसम्मलाई भेट्दा उनीहरू पनि खुसी देखिँदैनन् । उनीहरू ‘मुख्यमन्त्रीलाई समेत अधिकार छैन । यो कस्तो खालको व्यवस्थामा ल्यइदिएछन् नेताहरूले । हे भगवान् !’ भनिराखेका छन् । यो व्यवस्थादेखि को खुसी छ त ? उनीहरूको खोजेको के हो ? मैले बुझ्न सकिराखेको छैन । व्यवस्थामाथि प्रश्नचिह्न खडा भएको छ । अहिले सत्ताभन्दा बाहिर रहेका कतिपयले मिसन २०८४ भनिरहेका छन् । सत्तामा रहेका हाम्राले पनि मिसन २०८४ भन्दिछन् कि भन्ने डर लाग्छ । काम गर्नका लागि मिसन ८४ कुरिरहनुपर्छ र ! २०८४ भन्दा अहिले नै हामी जुन ठाउँमा छौँ त्यसबाट कसरी सेवा सुविधा दिने, जनताले पाउनुपर्ने सुविधा छिटोछरितो कसरी दिने र काम गरेर देखाउने हाम्रो मिसन हो ।
० अहिले लाखौँ युवा विदेशिएका छन् तर सत्तामा रहेकाहरूले उनीहरूलाई रोक्न किन चासो नदिएका होलान् ?
अहिले हामी नेकपा माओवादी पार्टीसँग सत्ता साझेदार गरिरहेका छौँ । निर्वाचनका बेला हातेमालो गरेर निर्वाचनमा गयौँ । कतिपय ठाउँमा हामीले माओवादीलाई भोट हाल्यौँ उनीहरूले नेपाली कांग्रेसलाई हाले । दुर्भाग्य त्यहीँबाट सुरु भयो । २०५१ सालमा माओवादीले जनयुद्ध सुरु गरेपछि यो देश दुर्दशामा फस्न सुरु भएको हो । हिजो माओवादी आन्दोलनको कमान्ड गर्ने प्रचण्ड प्रधानमन्त्री छन् । एउटा प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा अस्थिरता छ । माओवादीकै कार्यकर्ता विदेशलगायतका खाडीमा जानेबाहेक विकल्प पाइरहेका छैनन् । नेपाल सरकारले युवाहरूलाई विदेश जानबाट रोक्न जरुरी छ । युवाहरूका लागि नेपालमै सम्भावनाको खोजी गरिनु पर्छ ।
० कोहलपुर नगरपालिका–१० मा वडाध्यक्ष हुँदा फेसबुकदेखि गाउँघरमा नाम र कामको वाहवाही पाउनुभएको थियो । अहिले फर्केर हेर्दा कस्तो लाग्ने गरेको छ ?
म पहिलोपटक निर्वाचित भएको थिएँ । मैले कोहलपुरको विकासका लागि हिजोका दिनमा केही काम गर्ने प्रयास गरेको थिएँ । अहिले हाम्रो पार्टीबाट बहुमतसहित नगरपालिकामा नेतृत्व रहेको छ । अहिले विरोध नआउनु भनेको विकास र सशासन राम्रो काम भएको सजिलै बुझ्न सकिन्छ । वर्तमान मेयरसाब राजनीतिक पृष्ठभूमि र लामो संघर्षबाट आएको नेतृत्व भएकाले नयाँ ढंगबाट कोहलपुरको विकास गर्न चाहिरहनुभएको छ जस्तो लाग्छ । हिजो जनप्रतिनिधिहरूले भ्युटावर, बसपार्क नबनाउने र थोरै पैसाले राम्रो काम ग¥यौँ भन्नु हुन्थ्यो । अहिले यिनै संरचना घाँडो भएका छन् । यसबाट पनि राम्रो पाठ सिकेर होला अहिलेका मेयरसाबले शिक्षा, स्वास्थ्य, पूर्वाधारका क्षेत्रमा कामहरू गरिरहनुभएको छ ।
० युवा नेतृत्वबाट नगरबासीले सोचेअनुसार काम नभएको गुनासो गरेका छन् नि ?
एउटा कुरा त नगरपालिका जनप्रतिनिधिले नयाँ योजनाका साथ जानुपर्ने हुन्छ । अर्काे पक्ष जनताले पनि विकासको काममा हातेमालो गर्नुपर्छ । पछिल्लो समय केही सुधारहरू देखा परेका छन् । जस्तैः लामो समयदेखि नगर विकासमा स्थगित रहेको ढल विकासको काम भएको छ । गाउँलाई सहरसँग जोड्नुभएको छ । उत्पादनहरूलाई सहजै बजारमा ल्याउन दुर्गम वडामा पूर्वाधार विकास गरिरहनुभएको छ । एउटा बजार र निजी क्षेत्रको व्यवस्थापन र गाउँलाई उत्पादनमुखी बनाएर उत्पादनलाई सहजै बजारसम्म ल्याउन सहज पूर्वधार निर्माण गर्न लागिपरेको जस्तो मलाई लागिरहेको छ ।
० तपार्इं वडाध्यक्ष हुुँदा लाखौँको लगानी गरेर भ्युटावर, बसपार्क बनाउनुभयो तर,पकेट क्षेत्र किन घोषणा गर्न सक्नुभएन ?
कोहलपुर नगरपालिकामा भौगोलिक र मानवबस्तीहरूको समिश्रणले सुन्दारता थपिएको छ । कोहपुरको साँच्चिकै विकास गर्ने हो भने वडाहरूलाई आ–आफ्नै पकेट क्षेत्र घोषणा गर्न र दिनु राम्रो हुन्छ । २, १२, १३ नम्बरका जनता कृषिमा जति चिन्तित छन् अरू वडामा त्यति चिन्तित छैनन् । किनभने उनीहरूले आरक्ष भएकाले लगाएका बाली स्याहार गर्न पाउँदैनन् । त्यो क्षेत्रमा रहेका जनतालाई उत्पादनमा जोड्न शान्ति शुरक्षा दिएर कागती अर्थात् जंगली जनावरले नष्ट नगर्ने बाली उत्पादनमा जोड दिनुपर्छ ।
० पुरानो बसपार्कमा सुकुम्बासीका नाममा नयाँ बसोबासीहरूले जग्गा पाउनुपर्ने माग गरेका छन् । यो माग कत्तिको जायज लाग्छ यहाँलाई ?
दलका हिसाबले भन्दा कतिपय साथीहरूलाई दुःख लाग्न सक्छ । नेकपा माओवादीले २०५१ सालबाट गरेको खेतीको उपज नै यही हो । अझ भाग्यमानी रहेछौँ हामी । डिएसपी सुन्दर तिवारीको क्षमता र कुटिलताका कारण कोहलपुर नगरपालिकामा आएका लगभग १३ सय जनालाई ट्रकमा हालेर चिसापानीबाट छिन्चु नपठाइदिएको भए यो जमिन सबै कब्जा हुने थियो । उहाँलाई धन्यवाद दिन चाहन्छु । सधैँ कब्जा नै गर्ने शिक्षा भएको एकथरी समूहले विकासमा असर गर्छ । नेतृत्वलाई दुःख र विकास गर्न नदिने रणनीति कोबाट भएको छ भने सहजै बुझ्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्