नेपालमा ल्याएको चिनी प्रतिकेजी व्यापारीले किन्दा नै १९५ रूपैयाँ होलसेल रेट पर्छ । तर भारतमा त्यो चिनी १६०–७० मा पाइन्छ । व्यापारीले १९५ मा किनेको चिनी २०० वा २०५ रूपैयाँमा बेच्नुप¥यो जबकि त्यहीँ पारि गयो भने १६०–७० मै पाइन्छ । अनि व्यापारीले कसरी चिनी बेच्न सक्छ ? हाम्रा नेताहरूले पनि सदनमै अलिअलि ल्याउन दिनुपर्छ भनेर कुरा उठाइदिनुहुन्छ । भनेपछि ती ग्राहक त नेपालमा नरोकिने भए ! घरका लागि चिनी किन्न दिने हो भने मलाई पनि घरकै लागि एउटा गाडी चाहिएको थियो । राज्यले मलाई भन्सार छुट गरेर गाडी किन्न किन नदिने त ?
० अहिले आर्थिक मन्दीका कारण व्यापारीहरू मारमा परेका छन् । बाँसगढीमा पनि त्यो अवस्था पक्कै छ । यसको समाधानका लागि के कस्ता प्रयासहरू गर्नुभएको छ ?
पक्कै पनि कोभिडपछि व्यापारमा निकै गिरावट आएको छ । बाँसगढीमा पनि त्यसको असर नपर्ने कुरै भएन । बाँसगढीमा कतिपय सटर खाली भइसकेका छन् भने कतिपय पसल बन्द हुने अवस्थामा पुगेका छन् । यही स्थिति रह्यो भने कतै बजारै सकिएर गाउँमा परिणत हने त होइन भन्ने स्थिति सिर्जना भएको छ । त्यसैले विगतमा संघको तर्फबाट हामीले घरबेटीहरूलाई घरभाडा छुटका लागि आह्वान पनि गरेका थियौँ । केही हदसम्म छुट पनि दिलाउन सफल भयौँ । त्यस्तै, पालिकामा कर छुटका लागि पनि पहल ग¥यौँ । त्यहाँ हामीले ७५ प्रतिशतसम्म कर छुट गराउन सफल भयौँ । यसै कार्यक्रममार्फत म यस क्षेत्रका व्यापारीहरूलाई के पनि जानकारी दिन चाहन्छु भने पालिकाले छुटसहित पुस मसान्तसम्म तिर्नुपर्ने करको समयावधि ३ महिना बढाएर चैत मसान्तसम्म पु¥याएको छ ।
० अर्कोतिर बैंकको चर्को ब्याजबाट पनि व्यापारी पीडित भएको सुनिन्छ । पालिकामा कर छुटको माग गरिरहँदा बैंक व्याज मिनाहाका लागि के गरिरहनुभएको छ ?
हामीले सम्बन्धित ठाउँहरूमा कुरा पु¥याएका छौँ । नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाइमा हामीले आन्दोलन नै छेडेका छौँ । बैंकको ब्याजबाट आज ठूला साना सबै व्यापारी प्रभावित भएका छन् । हिजो हामीले ८ प्रतिशतमा लिएको ब्याज आज १६ प्रतिशत पुगिसकेको छ । एकातिर व्यापार घटिरहेको छ अर्कातिर ब्याजदर बढिरहेका कारण व्यापारीको ऋण बढिरहेको छ । त्यसैले ब्याजदर कम गरेर तिर्ने समयावधि थप गर्न हामीले माग उठाइरहेका छौेँ ।
० चुनावका बेला सामूहिक समस्या समाधानमा लाग्छौँ भनेर आश्वासन दिने तर चुनाव जितिसकेपछि व्यापारीका नेतृत्व पनि राजनीतिक नेताहरूझैँ व्यक्तिगत स्वार्थमै कुद्ने गरेको धेरै व्यापारीहरूको गुनासो रहने गर्छ । के भन्नुहुन्छ ?
अन्य ठाउँहरूको अवस्था के छ मलाई थाहा भएन । तर हाम्रो ठाउँमा हिजो पनि हामीले जे गर्न सक्थ्यौँ । त्यही आश्वासन दिएका थियौँ । र त्यही गरिरहेका छौँ । हामीले हिजो घुमेन्ते व्यापारीलाई नियन्त्रण गर्न पहल गर्छौं भनेका थियौँ । हामीले त्यो पहल पनि ग¥यौँ । त्यसमा धेरै हदसम्म नियन्त्रण पनि भएको छ । त्यस्तै, करका सवालमा पनि हामीले सामूहिक पहल गरिरहेका छौँ । बेलाबेला हामीसँग आबद्ध व्यापारी व्यवसायीलाई परेका अप्ठेरामा हामी संघका तर्फबाट समाधानको पहल गरिरहेका छौँ ।
० भारतीय बजार र त्यहाँबाट आउने व्यापारीका कारण नेपाली व्यापारी मारमा परेको भन्ने गुनासो सुनिन्छ । त्यसको रोकथामका लागि पालिका वा स्थानीय प्रशासनसँग यहाँहरूले कसरी समन्वय गरिरहनुभएको छ ?
नेपालको भूसंरचना वा भूबनोटका कारण पनि नेपालको तराईका बजारहरूलाई भारतीय बजारहरूले पेलिरहेको अवस्था छ । सीमा क्षेत्रका भारतीय बजार नै नेपालीको किनमेलका लागि प्रमुख बजारजस्तो देखिइरहेको छ । नुन–तेलदेखि हरेक घरायसी सामान किन्न भारतीय बजारमै जाने प्रचलन बढ्दै गएको छ । यसलाई न्यूनिकरण गर्न हामीले पहल गरिरहेका छौँ । तर अझै पनि पूर्ण रूपमा नियन्त्रण भएको छैन । यसलाई जबसम्म राज्यले नै रोकिदिँदैन तबसम्म व्यापारीले मात्र रोक्न खोजेर रोकिँदैन । जस्तो नेपालमा ल्याएको चिनी प्रतिकेजी व्यापारीले किन्दा नै १९५ रूपैयाँ होलसेल रेट पर्छ । तर भारतमा त्यो चिनी १६०–७० मा पाइन्छ । व्यापारीले १९५ मा किनेको चिनी २०० वा २०५ रूपैयाँमा बेच्नुप¥यो जबकि त्यहीँ पारि गयो भने १६०–७० मै पाइन्छ । अनि व्यापारीले कसरी चिनी बेच्न सक्छ ? हाम्रा नेताहरूले पनि सदनमै अलिअलि ल्याउन दिनुपर्छ भनेर कुरा उठाइदिनुहुन्छ । भनेपछि ती ग्राहक त नेपालमा नरोकिने भए ! घरका लागि चिनी किन्न दिने हो भने मलाई पनि घरकै लागि एउटा गाडी चाहिएको थियो । राज्यले मलाई भन्सार छुट गरेर गाडी किन्न किन नदिने त ? आखिर घरकै प्रयोजनका लागि किन्ने हो मैले पनि ! यसरी त राज्य चल्दैन नि ! राज्यले गाडीमा कर लगाउँछ भने चिनीमा पनि कर लगाओस् भन्ने हाम्रो भनाइ हो ।
० त्यसरी दैनिक रूपमा भन्सारबाट घरायसी प्रयोजनका लागि भन्दै नेपाल भित्रिने सामान कति हुन्छ ? त्यसको अवलोकन तपाईंहरूले गर्नुभएको छ ?
गएका छौँ । हामी संघको टिम नै गएर लौकाही, बलैगाउँजस्ता नाकाबाट कस्ता किसिमका सामान बढी नेपाल भित्रिँदा रहेछन् भनेर अनुगमन नै गरेका छौँ । त्यसबाट के पाइयो भने अहिले गाउँगाउँबाट दुई–चार जना मिलेर चार–पाँच सयमा एउटा अटो रिजर्र्ब गरेर लौकाही वा बलैगाउँ जाने चलन रहेछ । यसरी मिलेर जाँदा भ्रमण जस्तो पनि भयो, पारि गएर किनमेल पनि भयो । घरायसी प्रयोजनका लागि भन्दै नुन, तेल, चिनी, चियापत्ती, सस्ताखालका लत्ताकपडा इत्यादि सामान त्यही अटोमा लिएर आउनुहुँदो रहेछ । घरायसी प्रयोजनका लागि हो भनेपछि त्यहाँको पुलिस प्रशासनले पनि छोडिदिने रहेछ ।
० सर्वसाधारणलाई त व्यापारीले दोष लगाउँछन् । तर स्वयम् व्यापारीहरूले नै क्यारिअरमार्फत ल्याएर त्यहीँको सामान बिक्रीवितरण गर्छन् भन्ने आरोप पनि लगाइन्छ नि ?
हो, मैले अघि नै चिनीको उदाहरण दिएँ नि ! आज पनि कोहलपुर, बाँसगढीमा १७५–८० मा चिनी बिकिरहेको छ । तर यहाँ व्यापारीले नै किन्दा १९५ रूपैयाँ पर्छ । भनेपछि त्यो चिनी कहाँबाट कसरी आएर बिकिरहेको छ त ? त्यो त त्यताबाट नल्याई त सम्भव नै छैन । यो त राज्यले नै सिर्जना गरेको अवस्था हो । यसबाट राज्यलाई नै घाटा भइरहेको छ । त्यही भएर राज्यले एउटा विधि र मापदण्ड बनाओस् भन्ने नै हाम्रो माग हो ।
० चिनीको मात्र कुरा होइन, लत्ताकपडा, खाद्यान्नदेखि हरेक सामान व्यापारीले उतैबाट ल्याएर बेच्छन् भनिन्छ नि ?
त्यसरी आएको भए त व्यापारीले किन सटर बन्द गर्नुपर्ने अवस्था आउँथ्यो र ! भारतीय बजारसँग यहाँका व्यापारीले प्रतिस्पर्धा गर्न सकिहाल्थे त । व्यवसायीले ल्याउन सकेनन् । व्यापारीले ल्याउँदा अनुगमन हुने, छापा मारिने हुन थाल्यो । तर उपभोक्तालाई छुट भयो । त्यही भएर यहाँका व्यापारी विस्थापित हुने अवस्थामा पुगे । सीमामा कार्यरत नेपालका भन्सार वा सुरक्षाकर्मीले इमान्दारीपूर्वक काम गरिदिने हो भने पनि केही नियन्त्रण गर्न सक्ने अवस्था रहन्छ । जस्तो विगतमा कुनै पनि व्यक्तिले एक सय रूपैयाँभन्दा बढीको सामान भारतबाट ल्याउन नपाउने निर्णय हुँदा त्यसको प्रभाव सकारात्मक परेको थियो ।
० अलिकति प्रसंग बदलौँ तपाईहरूले यही २९ गतेदेखि बाँसगढी महोत्सव राख्नुभएको छ । यो महोत्सव राख्नुको उद्देश्य के हो ?
हो, यही पुस २९ देखि माघ ९ गतेसम्म छैटौँ औद्योगिक, कृषि पर्यटन व्यापार मेला तथा बर्दिया माघ महोत्सव २०८० सञ्चालन गर्न गइरहेका छौँ । बाँसगढी मुख्य बजारको पश्चिमपट्टि रहेको चौरमा यो मेला लाग्दै छ । माघ भनेको यो क्षेत्रमा बाहुल्यता रहेको चौधरीहरूको महत्वपूण चाड हो । त्यसैले त्यो चाड मनाउने एउटा उद्देश्य हो । अर्को बजारलाई पनि अलिकति चलायमान बनाउने हो । हामीले संघको भवनमा माथिल्लो तला निर्माण गर्दै छौँ । यो मेलाबाट उठेको पैसा हामी त्यही भवन निर्माणमा खर्चिने र त्यसमा एउटा योगा हल बनाउन योजनामा हामी छौँ । त्यसैगरी यहाँको कृषि तथा पर्यटन क्षेत्रको प्रचार–प्रसार गर्ने उद्देश्य पनि मेलाले राखेको छ ।
० मेलाको नारा त निकै सुन्दर राख्नुभएको छ नि । यो नारालाई सफल बनाउन कस्ता प्रयासहरू भइरहेका छन् ?
हामीले यस मेलामा ‘कृषि, पर्यटन, उद्योग व्यापार तथा संस्कृतिको पहिचान ः विकास र समृद्धि हामी सबैको अभियान’ भन्ने नारा तय गरेका छौँ । मेलामा यस क्षेत्रका कृषि, पर्यटन, उद्योग आदि सबै क्षेत्रलाई समेट्ने हाम्रो प्रयास हो । यसमा हामीले कृषि क्षेत्रका डेरीलगायत कृषि उत्पादनको प्रदर्शन तथा बिक्रीवितरणका लागि निःशुल्क स्टल उपलब्ध गराउने व्यवस्था मिलाएका छौँ । त्यस्तै, घरेलु तथा साना उद्योगहरूलाई पनि स्टल छुट्याएका छौँ । बर्दियाका पर्यटकीय स्थलहरू जसले बर्दियाको पहिचान दिएका राष्ट्रिय निकुञ्ज, तालतलैया, सीमसार क्षेत्र, धार्मिक मठमन्दिर जस्तै केदारेश्वरधाम आदिको पनि जानकारी दिने प्रयास मेलामा गरिएको छ । बर्दियामा केही ठूला उद्योग पनि सञ्चालनमा छन् । तिनलाई पनि मेलामा समेट्ने प्रयास भइरहेको छ । समग्रमा सबै क्षेत्रलाई समेटेर बर्दियाको पहिचानलाई अझ उजागर गर्ने हाम्रो निरन्तर प्रयास जारी छ । यहाँको स्थानीय भाषा संस्कृति संरक्षणका लागि पनि हामीले पहल थालेका छौँ । यहाँको थारु समुदायले माघीका बेला गाउने नाच अहिले लोप हुने अवस्थामा छ । त्यसलाई विभिन्न हिन्दी गीतले विस्थापित गर्दै लगेका छन् । त्यसैले तिनको संरक्षण गर्नु हाम्रो कर्तव्य हो ।
० अहिले जताततै मेला महोत्सव भइरहेका बेला बाँसगढी मेलालाई सिर्जनात्मक ढंगले फरक बनाउन के गरिरहनुभएको छ ? मेलाको फरक विशेषता के हुनेछ ?
विशेषगरी थारु समुदायको बसोबास रहेको क्षेत्र भएकाले माघ महिना यसै पनि मेला महोत्सवमय महिना हो । माघ १ गते बर्दियाको ठाकुद्वारामा भव्य मेला लाग्छ । त्यही महोत्सवमय महिनालाई अझ महोत्सवमय बनाउन हामीले यो मेलाको आयोजना गरेका हौँ । हाम्रो मेला यस मानेमा पनि अन्य स्थानका मेला भन्दा केही फरक छ । त्यसलाई अझ सिर्जनात्मक र प्रवद्र्धनात्मक बनाउन हामीले प्रयास गरेका छौँ । थारु समुदायको कला, संस्कृति र उनीहरूका रीति, थिति र परम्परालाई मेलामा सकेसम्म स्थान दिने सोचमा हामी छौँ । यसपालि हामीले विगतभन्दा केही फरक खालको व्यवस्थापन गर्ने कोसिस गरिरहेका छौँ ।
० मेला व्यवस्थापनको काम कसरी अगाडि बढिरहेको छ ?
हामी मेलाकै तीव्र तयारीमै जुटिरहेका छौँ । बाँसगढी नगरपालिकाको प्रमुख संरक्षकत्वमा बाँसगढी उद्योग वाणिज्य संघले यो मेला आयोजना गर्न लागेको हो । हामीले मेलामा यस क्षेत्रका सबै पेसा, व्यवसाय तथा आम सर्वसाधारणलाई समेत समेट्ने गरी कार्यक्रम बनाइरहेका छौँ । सम्बन्धित क्षेत्रको जिम्मेवारी सम्बन्धित व्यक्ति वा समुदायलाई नै सुम्पिएका छौँ । मेलामा ज्येष्ठ नागरिक, विद्यार्थी, अपाङ्गता भएका व्यक्तिहरूलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाएका छौँ । अहिले २ सय जति विभिन्न खाले स्टल रहने व्यवस्था गरिएको छ । जसमा ७५ वटा स्थानीय र १२५ जति बाहिरबाट आउने अनुमान गरिएको छ । एक लाख दर्शकले हाम्रो मेला अवलोकन गर्नुहुन्छ भन्ने हामीले अपेक्षा गरेका छौँ।
प्रतिक्रिया दिनुहोस्