गोरखा स्कुलमा किट जिन बैंक स्थापना



कोहलपुर।
गोरखा युनाइटेड स्कुलमा किट जिन बैंक स्थापना गरिएको छ । आइतबार कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले उक्त बैंकको रिबन काटेर उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै मेयर आचार्यले नगरपालिका आर्थिक र भौतिक रूपमा नजोडिए पनि नैतिकरूपमा जोडिएको बताए ।  गोरखा युनाइटेड स्कुलमा स्नातक तहमा कृषि प्राविधिक धारको कक्षा सञ्चालन हुने भएकाले पनि किट जिन बैंक अझ बढी सान्दर्भिक रहेको उनले बताए ।

पछिल्लो समय आधुनिकताका नाममा अरूको नक्कल गर्नाले परम्परागत, सांस्कृतिक, धार्मिक र प्राकृतिक पक्ष कमजोर हुँदै गएको उनको भनाइ छ । पालिकाहरूका सम्बन्धित विद्यालय, सामुदायिक वनमा मौरी प्रजातिका कीराहरूको संरक्षणको जिन बैंक स्थापना गर्न आफू सकारात्मक रहेको मेयर आचार्यले बताए । आउने दिनहरूमा स्थानीय रैथाने बालीहरू र जिवजन्तुको संरक्षण गरी अगाडि बढ्ने प्रतिबद्धतासमेत जनाए । एक्लो प्रयासले नेपालको पहिलो घरायासी किट जिन बैंक पुरमल घरायसी किट जिन बैंक स्थापना गरिएको सामुदायिक जिन बैंक सञ्जाल नेपाल, बाँकेका अध्यक्ष पुरमल बस्नेतले जानकारी दिए ।

 

संसारमा मौरी र किटहरू लोप भए भने मानिसहरूको आयु ५ वर्ष नहुने अध्ययनले देखाएको छ । उनले भने, ‘मौरी जातका किराहरू भेट्दा यसको महत्व नबुझेर हामीले घरमा मौरी आए आगो लगाउने, मार्ने, मह खाने मौरीलाई नास गर्ने गर्छौं ।’ पृथ्वी साझा हो । साना भुसुनादेखि हात्ती गैँडासम्मको एउटै अधिकार हो भन्ने मान्यता भएको उनले बताए । यसको संरक्षण र प्रवद्र्धनमा एक्लो प्रयासले नभएपछि सामुदायिक जिन बैंकको रूपमा नार्कसगँ जोडिए काम गर्न सुरु गरेपश्चात केही फड्को मारेको उनले जानकारी दिए ।

‘कोहलपुर नगरपालिकामा पनि नेपालकै नमुना कुराहरू ओझेलमा परेका छन्,’ उनले भने, ‘जो बाहिर ल्याउन सकेका छैनौं ।’ नेपालमा भमरा पाल्न सुरुवात, कट्का मौरी, कठ्यौरी मौरी कोहलपुरमै रहेको र पाल्दै आएको पनि उनले जानकारी दिए ।कोहलपुर नगरपालिकाभित्र जुनसुकै ठाउँमा भए पनि नेपालकै नमुना किट पाठशाला स्थापना गरी अध्ययन, अनुसन्धान र भिजिट गर्ने वातावरण बनाउन आग्रह गरे । आफ्नो ठाउँमा केही गर्नुपर्छ भनेर आफू लागिपरेको उनले बताए ।

अहिले ग्रिन पिस, बालजोति विद्यालयमा पनि जिन बैंक स्थापना गरिएको वरिष्ठ खोज तथा अनुसन्धानकर्ता वैज्ञानिक मुकुन्द भट्टराईले बताए । कठ्यौरी मौरी नेपालमा ०.५ प्रतिशत मात्रै रहेको उनले जानकारी दिए । यसको संरक्षणमा लागिपर्नुपर्ने उनले बताए । कीरा भन्नेबित्तिकै मार्नुपर्छ भन्ने बुझाइ हाम्रो छ । यसो नभई मौरी प्रजातिका कीराहरूले फलफूल बालिनाली फल्नमा पनि ठूलो योगदान पु¥याउने बताए ।

 

विभिन्न ठाउँमा सामुदायिक भ्यू बैंक देखि लिएर बीउको सञ्जालसम्म जोडिएर कीराहरू संरक्षण र अनुसन्धान गर्ने अभियानमा लागेको उनले बताए । विदेशबाट ल्याएका धूपिभन्दा नेपालकै एउटा फलफूल लगाउँदा कसैले न कसैले त्यसको अपनत्व लिन सक्ने उनको भनाइ थियो । अबको दुई महिनापछि सुन्तलालाई राष्ट्रिय फलको रूपमा घोषणा गर्न लागिएको उनले जानकारी दिए । स्थानीय जातहरूको संरक्षण गरेर भावी पुस्तालाई टेवा पुग्ने र अभियान पनि सफल हुने उनले बताए ।

आगामी दिनमा पाठ्यपुस्तकमा राखेर अध्ययन तथा स्थानीय जातहरूको ज्ञान फैलाउन आवश्यक रहेको उनले बताए । स्थानीय जातहरूलाई बढी प्राथमिकता दिन उनले नगरपालिकालाई आग्रह पनि गरे । मौरी प्रजातिका कीराहरूको संरक्षणका लागि कीरा फिल्जिङ बैंक स्थापना गरिएको सामुदायिक जिन बैंक सञ्जाल नेपाल बाँकेका सविच अर्थात गाभार भ्यालीका सञ्चालक कृष्ण चौधरीले बताए । कीराहरूको बासस्थानका आफूले लागि खोप घर, काठे घार र विभिन्न साइजमा विभिन्न प्रकारका घरहरू बनाएको जानकारी दिए ।

नयाँ पुस्तालाई मौरी संरक्षणका लागि आकर्षित गर्ने र यसको व्यावसायिक प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उद्देश्यले बैंकको स्थापना गरिएको उनको भनाइ छ । विभिन्न विषयगत विद्यार्थीहरूका लागि पनि यो एउटा सिकाइ सेन्टरको रूपमा पनि स्थापना हुन्छ भन्ने विश्वास लिएको बताए ।

विद्यार्थीहरूले प्रत्यक्षरूपमा यसको अध्ययन अवलोकन गर्न सक्ने उनले बताए । सो जिन बैंक विद्यार्थीहरूलाई पठनपाठनमा टेवा पु¥याउने उद्देश्यले स्थापना गरिएको संस्थापक अध्यक्ष केशरबहादुर आलेले बताए । ‘यो एउटा सुरुवात मात्रै हो,’ उनले भने, ‘आगामी दिनमा यसलाई व्यवस्थापन गर्दै लैजान सकिन्छ ।’ यसलाई अगाडि बढाउन सबैको सल्लाह सुझाव अनुसार आफू अघि बढ्ने उनले बताए ।

 

प्रकाशित मिति : २०८० पुस १६ गते सोमबार