वास्तवमा हामी सिस्टममा छैनौं जस्तो लाग्छ । राज्यले पनि सिस्टममा राख्न सकेको छैन । घर भाडा जति घरधनीले लिएको हुन्छ त्यसअनुसार राज्यलाई कर जाँदैन । त्यो वास्तवमा विडम्बना छ । यसलाई सरकारले सिस्टममा लगेर व्यवस्थित गर्नुपर्छ । सरकारले प्रणाली विकास गरेको भए करका दायराका कुरा आउँथे । तर, राज्यमा फितलो अनुगमनका कारण यस्ता समस्या आउने गरेका छन् ।
बालकृष्ण लामिछाने
अध्यक्ष
बढैयाताल उद्योग वाणिज्य संघ
० बढैयाताल उद्योग वाणिज्य संघमा व्यवसायीका कस्ता–कस्ता खालका समस्या अहिले आउने गरेका छन् ?
वास्तवमा समस्या नै समस्याले जेलिएको छ बढैयाताल उद्योग वाणिज्य संघ । खुला सिमानाका र भारतीय बजारहरूले गर्दा समस्या भएको छ । विशेषगरी बलैगाउँ र लौकाही गाउँका कारण आम उपभोक्ता त्यहाँ किनमेल गर्ने जाने गर्दछन् । उनीहरू स्वदेशमा किनमेल गर्न रुचाउँदैनन् । त्यसैले ठगिने पनि गरेका छन् । कडा नियम नहुँदा र राज्यको चरम लापरबाहीका कारण हाम्रो बजार सकिँदै गएको छ । भारतीय बजार बढ्ने क्रममा छ । जसका कारण बढैयाताल उद्योग वाणिज्य संघमा रहेका व्यवसायीहरू पीडित छन् । घरायसी सामान, किराना, हार्डवयर र राइस मिलमा प्रत्यक्ष असर परेको छ ।
० सटर भाडा पनि महँगो र घरधनीले दिनुपर्ने कर पनि भाडामा बस्नेले तिर्नुपर्ने बाध्यतालाई कसरी हेर्नुभएको छ ?
वास्तवमा हामी सिस्टममा छैनौं जस्तो लाग्छ । राज्यले पनि सिस्टममा राख्न सकेको छैन । घर भाडा जति घरधनीले लिएको हुन्छ त्यसअनुसार राज्यलाई कर जाँदैन । त्यो वास्तवमा विडम्बना छ । यसलाई सरकारले सिस्टममा लगेर व्यवस्थित गर्नुपर्छ । सरकारले प्रणाली विकास गरेको भए करका दायराका कुरा आउँथे । तर, राज्यमा फितलो अनुगमनका कारण यस्ता समस्या आउने गरेका छन् ।
० यस्ता मुद्दा आए कसरी समन्वय गर्नुभएको छ ?
‘कर करले होइन रहले तिर्ने बनाऊँ’ भन्ने नाराका साथ तिनै तहका सरकार, च्यानल र उद्योग वाणिज्यमार्फत राज्यलाई नारा नै दिएका छौं– ‘कर करले होइन रहरले तिर्ने बनाउँ ।’ कर वास्तवमा एउटै ठाउँमा तिरेर मुक्त भई अरूमा उद्यमशिलतामा ध्यान दिने वातावरण बनेको छैन । झनै तिनै तहको सरकारलाई कर तिर्नुपर्ने बाध्यता छ । यसको मारमा हामी परेका छौं । व्यवस्था त परिवर्तन ग¥यौं । तर, व्यवस्थापनसँगै प्रणाली बनेको भए हामीले सुख पाउँथ्यौँ ।
० अरू देशमा कर तिर्दा नागरिक गर्व मान्छन्, नेपालमा भने कर तिर्न कर गर्नुपर्छ भनिन्छ नि ! तपाईको पालिकामा के छ ?
हामीले मिस्टमै विकास गर्न सकिएन । ७ सय ५३ पालिकामै यस्तै समस्या छ । राज्यलाई कर तिरेर म धन्य भएको छु भन्ने वातावरण बन्न सकेन । यत्रतत्र फोहोर फालिएका छन्, बाटाघाटा, खानेपानी, स्वास्थ्य र शिक्षा सबै कुराहरू व्यवस्थित भएका छैनन् । हामीले त बढैयाताल गाउँपालिकालाई स्थानीय सरकारसँग सहकार्य गरौं है । कर पनि तिर्ने हो र बढैयाताल गाउँपालिकालाई व्यवस्थित पनि बनाउने हो भनेका छौं । पर्यटन, संरचनालगायत विकास गरी सबैको विकास हुन्छ भनेर झकझक्याउँदै पनि आएका छौं ।
० बढैयातालमा आर्थिक मन्दीले सटरहरू कति खाली भए र बैंकको ब्याजले कति व्यवसायी डिप्रेसनमा परिसकेका छन्?
कोभिडको मारपछि व्यवसायी यस्तो जर्जर अवस्था पुगेका छन् । बैंकले ७ प्रतिशतमा सम्झौता गरेर १६ प्रतिशत ब्याज लिएको छ । एक त खुला सिमानाको मारमा परेका छन् । जसका कारण प्रतयेक वर्ष एक दुईवटा व्यवसायी पलायन हुने गरेका छन् । एकातिर चर्काे ब्याजदर अर्काेतिर चर्काे कोठा भाडा छ । घरधनीलाई सक्नुहुन्छ भने कोभिडको विषम परिस्थतिमा भाडा नलिन निवेदन पनि ग¥यौं । कतिपयले ५० प्रतिशत छुट गरे कतिपयले त त्या पनि गरेनन् । मिटरब्याजी अरू होइनन्, बैंक हुन् । सरकारको नीतिमा एकरूपता नहुँदा समस्या छ । त्यसैले अहिलेको परिस्थिति जर्जर अवस्थामा पुगेको छ ।
० वाणिज्य संघको निर्वाचनका बेला खुला सिमाना भन्सार कडा गर्छाैं भन्ने निर्वाचित भएर आएपछि चुप लागेर बस्ने गरेको तपाईहरूमाथि व्यवसायीको आरोप छ नि ?
म यो कुरामा बिल्कुल सहमत छैन । बढैयाताल उद्योग वाणिज्य संघको मञ्चमा होस् या बाहिर रहँदा यस विषयमा निरन्तर पटकपटक ज्ञापनपत्र बुझाउनेदेखि नाराजुलस गर्नेसम्म गरेका छौं । भर्खरै नेपालगन्ज उद्योग वाणिज्य संघको नेतृतवमा अहिले मिटरब्याजीदेखि राष्ट्र बैंकको नीति राम्रो भएन भनेर भनेका छौं । स्थानीयदेखि राष्ट्रिय मिडियमा समेत कुरा उठायौं । किनभने हामी मर्कामा छौं । निजी क्षेत्रको विकास भएन भने देशको विकास हँुदैन । त्यसैले निजी क्षेत्र जहाँ चलायमान हुन्छ त्यस क्षेत्रको विकास हुन्छ भनेर तिनै तहको सरकारसँग भनेका छौं । त्यो कुरा त सुनिदिनुप¥यो नि ! सरकारले नीति त राम्रो बनाइदिनुप¥यो नि ! खुला सीमा रहिरहे भने देश अझै दुर्घटना हुन्छ ।
० नेपाली पैसा कता गयो भनेर खोजी गर्न स्थानीय सरकारदेखि प्रशासनलाई झकझक्याउनुभएको छ ?
हामीले प्रत्येक महिनाजस्तै प्रशासन घेराउ गर्ने र ज्ञापनपत्र बुझाउने गरेका छौं । पैसा यताबाट भारु साट्ने र उता नेपाली लिएर साट्ने सटैयाहरू बसेका हुन्छन् । भनेपछि कहीँ न कहीँ त केन्द्रिकृत भएको होला । तर, जाने पैसा कहाँ हो भन्दा पनि हाम्रो नीति कतिसम्म सुधार गर्न जरुरी रहेछ भन्ने महत्वपूर्ण होइन होला र ? त्यस कारण नीति राम्रो बनाउनुप¥यो । बढैयातालको हकमा भन्ने हो भने त त्यहाँ छोटी भन्सार दुईवटा थिए । ती भन्सारै उठेर गएका छन् । हामीले पटकपटक भनेका छौं । राजनीतिक दलहरूलाई, तपाईंहरू ठूल्ठूला समृद्धिका नारा दिनुहुन्छ कमसेकम नागरिकहरूलाई आफ्नो देशमा खरिद गर्नुहोस् भन्न सक्नुहुन्न ? हामी निश्चित रूपमा कर तिर्छाैं महँगो हुन्छ । कर तिरेर ल्याएभन्दा महँगो कति छ भनेर अनुगमन गरिएको छ कहिले ? र, खुला सिमाना व्यवस्थित ग¥यौ त कहिले ? त्यस कारण हामीले टोटल नीति परिवर्तन गर्नु आवश्यक छ । तपाईंले बोल्दै गर्दा समृद्धिका नारा लगाउँदै गर्दा कम्तिमा स्वदेशमै खरिद गर्नुस् है, स्वदेशका व्यापारीलाई हामी ठिक पार्छांै भनेर भनिदिए हुने नि ! विदेश जाँदा हुने प्रभावबारे कहिल्यै बताइएन ।
० मूल्यवद्धि गरेर सामान बेच्नाले कतै प्रभाव पारेको हो कि ?
एकदम सही कुरो हो । अनुगमन प्रणालीको विकास गराउनुप¥यो । जिल्ला प्रशासन कार्यालयले घरेलु, खाद्य व्यवस्था विभागहरूलाई लगाएर अनुगमन गर्नुप¥यो । हामीले त भनेका छौं । राज्यलाई कर तिर्नुस् । त्यसैले अनुगमन गरी यदि गलत गरेको भए कारबाही गर्नुप¥यो यदि म नै भए पनि ।
० नेपालगन्ज राष्ट्र बैंक अगाडि हिजोसम्म अरूका लागि लड्यौं आज अब आफ्नो हक हितका लागि लडौं भनेर तपाईहंरू बैंकको विरोधमा उत्रिनुभयो । के भयो त ?
यसको नेतृत्व अब एफएनसिसिआईले नै लिनुपर्छ । हामीले तपाईंलाई नै जन्मायौं । महासंघमा नेतृत्व गरिरहँदा महासंघले बोल्न पर्दैन । यो के उद्योग वाणिज्यको ठेक्का हो । अहिले ‘मर्ता क्या नही कर्ता’ जस्तो भएको छ । अब घर लिलाम हुने बेला भयो । व्यापार छैन्, अगाडि बाटो देख्दैन । भएका जग्गा जमिन बेचौं भन्दा पनि बिक्दैनन् अहिले त । त्यस्तो स्थिति रहेका बेला सडकमा उत्रेर लड्नुबाहेक अरू विकल्प छैन ।
० व्यापारीहरूले नेपालमा अब केही हुँदैन,गर्न सकिँदैन भनेर छोराछोरी बाहिर पठाउने लहर कत्तिको चलेको छ ?
यो एकदमै छ । हाम्रो देशको वास्तवमा यो विडम्बना हो । नेपालमा रोजगारी सिर्जना गर्न नसक्ने, श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा गएर मृत्यु भए निःशुल्क लिएर आउने र रकम दिन्छु भन्नुभन्दा यतै रोजगारी सिर्जना गर्नुपर्दैन । त्यसैले आयातलाई प्रतिबन्ध नगरेसम्म विकास हुँदैन । विकास हुन अभाव जरुरी छ । चीन त्यसै विकास भएको होइन । एक छाक कोदो र रोटी खाए पुग्छ । किन आयात गर्नुप¥यो । हाम्रा नेतृत्वहरू बाहिरीको दबाबमा रहेछन् । कुनै नीति निर्माण गर्न सक्ने स्थिति छैन । देशको यस्तो अवस्थामा बेखबर हाम्रा राजनीतिक अभिभावकहरू सुध्रिनुस् । भोलि माटोको सराप लाग्ला । माटोको माया गर्नुस् । नेपालको माटो कृषि पर्यटनलगायत हरचिजले भरिपूर्ण छ । राष्ट्रवादी देश प्रेमी नेता र पाटी बनिदिनुस् । देश बन्छ । चmायमान हुन्छ यहाँका उत्पादन निर्यात हुन्छ । भोलि यो देशमा कोही नभए कस्को देश हुन्छ ?
० व्यापार महोत्सवले व्यापारीहरूलाई घाटा भएको कतिपय व्यापारीको भनाइ सुनिन्छ । तर व्यापार संघहरू भने धमाधम यस्ता महोत्सवहरू आयोजना गरिरहेका छन् नि ?
वास्तवमा महोत्सव देखाउन र रमाइलो गर्न मात्रै होइन भन्ने मनस्थिति परिवर्तन गर्नु आवश्यक छ । महोत्सवका विभिन्न उद्देश्य हुन सक्छन् । रमाइलोका लागि गरिने महोत्सव, वृद्धि विकासको महोत्सव, कसैले आवश्यकता र अपरिहार्य महोत्सव गरेर बजारीकरण गर्ने महोत्सव गर्छन् । हामीले वृद्धि विकाससहित बजारीकरण र पहिचानको महोत्सव भनेका छौं । हामीले खासमा बढैयाताललाई चिनाउन सकेनौं । यो बढैया तालको नाममा नामकरण गरिएको पालिका हो । जो लाखौं वर्ष पुरानो छ । चुरेबाट थुपारिएर आएर बनेको पानीको ताल होे यो । र, त्यो तालमा पनि विशेषगरी साइबेरीयन चरा आएर बस्ने ठाउँ हो । पहिला २ सय ३६ बिघा रहेछ, अहिले ९ बिघा छ । प्राकृतिक संरचनाको विकास गर्ने हो भने यसलाई अति मनमोहक र लोभलाग्दो पर्यटन क्षेत्रका रूपमा विकास गर्न सकिन्छ । प्रकृतिले दिएको ताल जसको नामले बढैयालाई चिनाउन महोत्सव गरिएको हो । यो हाम्रो प्रथम महोत्सव पनि हो । कृषि पर्यटन र औद्योगिक व्यापार तथा माघी महोत्सव भनेर विशेष नाम राखेका छौैं । यो पहिचानको महोत्सव पनि हो ।
० महोत्सवबाट उठेको आम्दानी के गर्ने उद्देश्य छ ?
बहुउद्देश्यीय सभा भवन निर्माण र व्यवसायीहरूको हितका लागि जस्तै आगलागी, चोरी र व्यवसायी पलायनलाई रोक्न उपयोग गर्नेछौं । महोत्सव सम्पन्न भएपछि हामी सार्वजनिक सुनुवाइ र लेखा परीक्षण गर्छांै । गाउँपालिका संरचनागत हिसाबले बनेका छैनन् । सामान्य कार्यक्रम गर्न ठूला होटल नभएकाले बहुउद्देश्यीय भवन बनाउनेछौं । त्यस्तै, ज्येष्ठ नागरिक, अपाङ्गतालाई पूर्ण छुट हुनेछ ।
० महोत्सवका विशेष आकर्षण के–के हुन् ?
पहिलो त हामीले स्थानीय उत्पादनलाई जोड्छौं । नेपालको दोस्रो ठूलो डेरी उद्योग, ढाका उद्योग व्यवसाय र उत्पादन अनिवार्य देखाउनेछौं । र, संघसंस्थाहरूले गरेको लगानीहरूबाट उत्पादन भएका बस्तु अनिर्वाय ल्याउन आग्रह गरेका छौं । बढैयाताल समृद्ध भयो भने बढैयातालको माछाले कर्णाली पाल्छ । भारतबाट आयात गर्नै पर्दैन ।
प्रतिक्रिया दिनुहोस्