17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

लागूऔषध दुव्यर्सनीमा प्रहरीको भूमिका

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, पुस १३, २०८०  

सुन्दर तिवारी
कुनै पनि समाज विकासका लागि त्यही समाजका व्यक्तिहरूको भूमिका अहम् हुन्छ । घुम्न आउने, अस्थायी रूपमा व्यापारका लागि आउने वा जागिर खान आउनेहरूलाई यो समाजप्रति, यो ठाउँप्रति त्यति धेरै माया र मोह नहुन सक्छ । शान्ति सुरक्षाका सवालमा पनि यही कुरा लागू हुने हो । त्यसैले यो ठाउँको सुरक्षा, विकास र समृद्धिमा यहीँका स्थानीय बासिन्दा जागरुक हुनु जरुरी छ ।

कोहलपुरको शान्ति सुरक्षा बलियो बनाउन यहीँका व्यक्तिहरूको बढी भूमिका हुन्छ । यहाँको पुलिसलाई कमजोर बनाएर यहाँको शान्ति सुरक्षा कायम हुन सक्दैन । शान्ति सुरक्षालाई कसरी बलियो बनाउने भन्ने विषयमा यहाँका स्थानीय र सुरक्षाकर्मी बसेर छलफल र बहस गर्नु आवश्यक छ । स्थानीयको सहयोग भयो र प्रहरीलाई काम गर्ने वातावरण भयो भने मात्र प्रहरीलाई पनि काम गर्न सजिलो हुन्छ । र, यो समाज पनि सुरक्षित र समृद्ध हुन्छ ।

आज समाजमा लागूऔषधको ठूलो समस्या देखिँदै आएको छ । हुन त यो समस्या यो ठाउँको मात्र नभएर मुलुककै एउटा प्रमुख समस्याका रूपमा देखिँदै जान थालेको छ । लागूऔषधको समस्यालाई लिएर प्रहरीलाई विशेषगरी दोषारोपण गर्ने गरिएको पाइन्छ । लागूऔषध नियन्त्रणका लागि प्रहरीले के गरिरहेको छ ? भन्ने प्रश्न आम रूपमा उठाइने गरेको सुनिन्छ । तर त्यहाँभित्रको वास्तविकता बुझ्नेतर्फ भने आमरूपमा चासो लिएको पाइँदैन । यसका लागि हामी को–को जिम्मेवार छौँ ? यसको बहस हुनु आवश्यक छ ।

यो क्षेत्रमा फरकखालको लागूऔषधको समस्या छ । काठमाडौँमा अर्को खालको लागूऔषध प्रयोग हुन्छ, पोखरामा अर्को खालको । तर यहाँ ब्राउन सुगरको प्रयोग बढी हुने गरेको पाइन्छ । यहाँ ब्राउनसुगर भारतीय नाकाबाट आइपुग्दोरहेछ । बर्दियाको बलैगाउँ नाका र बाँकेको रूपैडिया नाकाबाट यसको आयात हुँदोरहेछ । नेपाल भित्रिएपछि यही बाटो हुँदै कर्णाली प्रदेशका विभिन्न जिल्लासम्म पुग्छ ।

यसमा प्रहरीले गर्ने भनेको सप्लाइ कन्ट्रोल मात्र हो । प्रहरीले यसको आयात गर्नेहरूको पहिचान गर्ने, पक्राउ गर्ने र मुद्दा चलाउने हो । तर प्रयोगकर्ताको हकमा प्रहरीको खासै भूमिका हुँदैन । अब कुन तहको प्रयोगकर्ता हो । त्यो पहिचान गर्नुपर्छ । यदि सुरुवाती चरणको प्रयोगकर्ता हो भने त्यसलाई सुधारकेन्द्रमा राखिराख्नु जरुरी हुँदैन । उसलाई फेमिली काउन्सिलिङ गरेर, सँगैसँगै राखेर वा परिवारले उसँग साथीभाइको व्यवहार गरेर सुधार गर्न सकिन्छ । स्कुलसम्म पु¥याउन जाने, लिन जाने गर्न सकिन्छ ।

उसको चेन ब्रेक गरिदिएर दुव्र्यसनबाट फर्काउन सकिन्छ । उसलाई त्यो संगतसम्म पुग्न दिनु भएन । लागूऔषध प्रयोगकर्ताको हकमा उनीहरूको शारीरिक अवस्थाबाट पनि पहिचान गर्न सकिन्छ । सुरुसुरुमा उनीहरूका आँखा राताराता हुने, परिवार वा अभिभावकसँग बोल्न डराउने गर्छन् । कतै परिवार वा अभिभावकले थाहा पाउँछन् कि भनेर तर्किने गर्छन् । यो पहिलो स्टेजका प्रयोगकर्ताको कुरा भयो ।

दोस्रो स्टेजमा नियमित सेवनमा पुगेपछि छोराछोरीले अभिभावकसँग विभिन्न शीर्षकमा पैसा माग्न थाल्छन् । ‘मेरो साथीको आज बर्थडे छ’, ‘स्कुलमा स्पोर्टस् विक चलिरहेको छ’, अथवा ‘मेरो ट्युसन फि बुझाउनु छ’ जस्ता अनेकौँ बहाना बनाएर पैैसा माग्न थाल्छन् । नियमित सेवनमा गएपछि त पैसा चाहियो नि त ! यदि छोराछोरीले पटकपटक पैसा माग्न थाले भने अभिभावकले उनीहरूमाथि निगरानी बढाउनु आवश्यक हुन्छ । सुरुवाती चरणमा अभिभावकलाई थाहा नहुन पनि सक्छ ।

तर दोस्रो स्टेज वा नियमित सेवनमा गएपछि अभिभावक सचेत हुने हो भने सहजै थापा पाउन सक्छन् । यसका विभिन्न आधार हुन सक्छन् । पढाइको स्तर खस्किएको छ, नयाँ–नयाँ साथीसंगाति बनाएको छ भने अभिभावक चनाखो बन्नुपर्छ । यो स्टेजमा पनि राम्रोसँग काउन्सिलिङ गर्ने हो भने उसलाई फर्काउन सकिन्छ । त्योभन्दा पनि माथिल्लो स्टेजमा पुग्यो भने उसलाई दुव्र्यसनीबाट फर्काउन गाह्रो हुन्छ । ऊ विभिन्न सामाजिक अपराधहरूमा संलग्न हुन थाल्छ । उसले चोरी गर्न थाल्छ । यदि तपाईंका छोरा–भतिजाले कतै लागूऔषधको सेवन गर्न थाले कि भन्ने लाग्यो भने तपाईंले दुई चार हजार पैसा उनीहरूले देख्ने गरी कोठामा छोडिदिनुस्् ।

भोलिपल्ट हेर्नोस् त्यसमा पूरा पैसा छ कि छैन । यदि त्यसमा केही पैसा गायब छ भने बुझ्नुस् त्यहाँ केही कैफियत छ । पहिला–पहिला पैसा नचलाउने बच्चाले पैसा निकाल्न थाल्यो भने शंका गर्नुपर्छ, ऊ कतै दुव्र्यसनीमा त फसेको छैन ! यो स्टेज घरमा पैसा उपलब्ध हुने अवस्था भएन भने घरबाहिर पनि चोरी गर्ने, अन्य अपराध गर्नेतिर ऊ सक्रिय बन्छ ।

यो स्टेजमा पुगिसकेपछि बल्ल त्यो केस प्रहरीमा आउँछ । अभिभावकहरू आउनुहुन्छ । हामीसँग सल्लाह गर्नुहुन्छ । भोलि लागूऔषधसहित भेटियो भने त पक्राउ पर्ने डर हुने भयो । मुद्दा चल्ने भयो । जेल जाने भयो । त्यसैले त्योभन्दा त सुधारकेन्द्रमा राख्नुप¥यो भन्दै उहाँहरू आउनुहुन्छ । जुन धेरै ढिला भइसकेको हुन्छ । फेरि अर्कोतिर के सुधार केन्द्रमा राख्दैमा बच्चा सुधारिन्छ त ? यो प्रश्न पनि गम्भीर छ । सुधार केन्द्रप्रतिको उहाँहरूको चासो बल्ल प्रकट हुन्छ ।

अन्यत्रको कुरा छोडौँ, कोहलपुरकै कुरा गरौँ । कोहलपुरमा पाँचवटा सुधार केन्द्र सञ्चालित छन् । तर ती सुधार केन्द्र कस्ता छन् त ? कुनै अभिभावक वा यहाँका स्थानीयले चासो दिनुभएको छ ? पक्कै पनि छैन । ती सुधार केन्द्र आफैँमा सुधार गर्नुपर्नेखालका छन् । सुधार केन्द्र भनेका सेवामूलक हुनुपर्छ, नाफामूलक होइन । तर उनीहरूसँग न काउन्सिलर छन्, न सेवा भाव छ । लागूऔषध दुव्र्यसनीलाई सुधार गर्ने सबभन्दा बलियो पक्ष हो, काउन्सिलिङ । लागूऔषध दुव्र्यसनीलाई रिकभर गर्ने माध्यम सुधार केन्द्र नै हो ।

त्यसैले सुधार केन्द्रले विश्वव्यापी मान्यता पनि पाएको हो । अब हामीले सुधार केन्द्रलाई पनि सुधार र स्तरोन्नति गर्नु जरुरी छ । स्थानीय सरकार, सुधार केन्द्र, सुरक्षाकर्मी र लागूऔषध प्रयोगकर्ताका अभिभावकसहित बसेर सामूहिक छलफल गर्नुपर्छ । मिडियासमेत राखेर खुला छलफल चलाऔँ । त्यसो भयो भने मात्र प्रयोगकर्तामा अब हामीलाई आमसमुदायले नै निगरानी गरिरहेको छ है भन्ने पर्न सक्छ ।

फेरि लागूऔषध दुव्र्यसनीमा परेका बच्चाका बाबुआमालाई एक दिन भए पनि लगेर थुनिदिन पाए आनन्दले सुत्न पाइन्थ्यो कि भन्ने हुन्छ । दुव्र्यसनीमा फसेको बच्चाका दैनिकका क्रियाकलापले बाबुआमा हैरान भइसकेका हुन्छन् । आजै मार्छ कि भोलि मार्छ बनाएका हुन्छन् । त्यसैले पैसाले थेगिन्जेल एकदिन भए पनि लगेर थुनिदिन पाए हुन्थ्यो भन्ने हुन्छ बाबुआमालार्ई । तसर्थ हाम्रा रिह्याब सेन्टरलाई यदि साँच्चिकै रिह्याब सेन्टर बनाउने हो भने हामी सबैको निगरानी आवश्यक छ । यसमा अबेर नगरौँ ।

अर्कोतिर हाम्रा अभिभावकहरूसँग आफ्ना छोराछोरीको दायित्वप्रतिको चेतनाले पनि काम गरिरहेको छ । कतिपय अभिभावकलाई आफ्ना बच्चा कहाँ जान्छन्, कोसँग हिँड्छन्, के गर्छन् भन्ने कुराको वास्ता हुने गरेको पाइँदैन । स्कुल जान भनेर गएका बच्चा स्कुलमा पुग्छन् कि पुग्दैनन् । त्यसको पनि खोजिनिती उहाँहरू गर्नुहुन्न । कतिपय स्कुलहरूले कहिलेकाहीँ लागूऔषध दुव्यर्सनीसम्बन्धी कार्यक्रम गर्नुप¥यो भनेर मलाई बोलाउनुहुन्छ । तर पहिला बच्चा र अभिभावकलाई सँगै राख्ने हो भने मात्र म आउँछु भनेर जवाफ दिने गरेको छु । बच्चा र अभिभावकसँगै भए भने दुवै पक्षलाई सचेत गराउन सकिन्छ ।

यदि तपाईंको बच्चामा यी–यी लक्षण देखिए भने तपाईंको बच्चा लागूऔषध दुव्यर्सनीमा परेको हुनसक्छ है भनिदियो भने बच्चालाई पनि डर हुन्छ । उनीहरू सचेत बन्न सक्छन् । अभिभावकले पनि आफ्ना बच्चाको केयर गर्न थाल्नुहुन्छ । अहिले सामुदायिक विद्यालयहरूको कक्षा ८ को रिजल्ट हेरौँ न ! कक्षा ८ मा अहिले जम्मा १९ प्र्रतिशत मात्र विद्यार्थी पास भएका छन् । ८१ प्रतिशत बच्चा फेल भएका छन् । यो भनेको के हो त ? यसबाट स्पष्ट हुन्छ, न त स्कुलले प्रपर्ली मनिटर ग¥यो न त अभिभावकले नै । बच्चा स्कुलसँग रहने भनेको जम्मा ६ घन्टा हो ।

बाँकी १८ घन्टा त परिवारसँग रहन्छ बच्चा । बच्चाले प्रहरीसँग त समय बिताउँदैन । जब बच्चा लागूऔषध दुव्र्यसनीमा पुग्छ त्यसपछि प्रहरीले के हे¥यो ? भन्ने प्रश्न उठ्छ । झोला बोकेर स्कुल गएका ८१ प्रतिशत बच्चालाई तपाईंले प्रपर्ली शिक्षा दिन नसक्ने, झाडीतिर पठाउने । अनि प्रहरीलाई अपजस ! त्यही बच्चा पछि गएर झाडीमै गएर ब्राउनसुगर लिन थाल्छ । अनि उसैलाई क्लास दिन भनेर फेरि प्रहरी नै पुग्नुपर्छ ! जबकि हामीसँग त बच्चाले समय नै बिताएको हुँदैन । विशेषगरी सामुदायिक स्कुलमा अब इन्टरभेन्सन गर्न आवश्यक छ ।

अभिभावकहरूलाई राखेर समयमै काउन्सिलिङ गर्नु जरुरी छ । संस्थागत विद्यालयमा बच्चाप्रति शिक्षक र विद्यालय प्रशासनको अलिकति चासो हुँदोरहेछ । तर सामुदायिक विद्यालयमा बच्चाप्रति न शिक्षकको चासो हुन्छ न विद्यालयको । जो आफूसँग आइराख्छ शिक्षकहरूलार्ई पनि उनीहरूसँगै अन्तरक्रिया गर्दा नै ठिक्क हुुन्छ । लुकेर हिँड्ने बच्चालाई वास्ता गर्ने कुरा पनि भएन । शिक्षकले जति बेवास्ता ग¥यो बच्चा त्यति खुसी हुन्छन् फेरि । यो बच्चाको स्वभावगत कुरा पनि हो ।

हेर्नोस्, लागूऔषध दुव्र्यसन भनेको एउटा हावा हो । बाहिर ठूलो हावाहुरी चल्यो भने कोठाभित्र जति नै सफा राख्न खोजे पनि सफा हुँदैन । त्यो हावाले धुलो र कसिङ्गर उडाएर कोठाभित्र पनि ल्याउँछ । लागूऔषध दुव्र्यसनी भनेको पनि त्यस्तै हो । यदि समाजमा अरूको जेसुकै होस् मेरो बच्चा त ठीक छ भनेर यसप्र्रति बेवास्ता गर्ने हो भने त्यसले कुन बेला तपाईंका बच्चालाई पनि प्रभावित पार्छ भन्न सकिन्न । आज त तपाईंको घरमा लागूऔषध दुव्र्यसनमा फस्ने उमेरका बच्चा नहोलान् तर कुनै बेला त हुन्छन्् नि ! र यदि समाजमा दुव्र्यसनीको मात्रा बढ्यो भने पछिसम्म तपाईंका बच्चालाई पनि त्यसको प्रत्यक्ष असर पर्न सक्छ ।

त्यसैले म मुक्त छु, मेरा बच्चा मुक्त छन् भनेर ढुक्क भएर वा आँखा चिम्लेर बस्नुहुँदैन । यो समाजलाई नै लागूऔषध दुव्र्यसनीबाट मुक्त बनाउने हामी सबैको लक्ष्य हुनुपर्छ । जबसम्म तपाईंको समाज सुरक्षित हुँदैन तपाईंको जीवन र तपाईंको व्यक्तिगत सम्पत्ति पनि सुरक्षित हुँदैन । त्यसैले समाज सुरक्षित बनाउने हो भने समाजका हरेक नागरिकको भूमिका हुन्छ र हुनुपर्छ ।
(कुराकानीमा आधारित)
                                                                    (लेखक इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, प्रहरी नायब उपरीक्षक हुन् ।)

प्रकाशित मितिः शुक्रबार, पुस १३, २०८०     9:14:27 AM  |