17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

आयुर्वेद पढाउँदै नेपालगन्ज हेल्थ क्याम्पस

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, साउन ११, २०८०  

मिसन संवाददाता ।
स्वास्थ्य प्राविधिक जनशक्ति उत्पादनमा लामो अनुभव रहेको नेपालगन्ज–१० स्थित नेपालगन्ज हेल्थ क्याम्पसले चालु शैक्षिकसत्रबाट तीन बर्से आयुर्वेद हेल्थ असिस्टेन्ट (एएचए) सँगै तीन महिने केयर गीभर कार्यक्रमका लागि भर्ना आह्वान गरेको छ । यि दुवै कार्यक्रम पश्चिममा पहिलोपटक पढाइ हुन लागेको र राम्रो भविष्य भएका कारण विद्यार्थीले भर्नाका लागि चासो प्रकट गरेको क्याम्पसका प्रबन्ध निर्देशक मैकुलाल बाल्मिकीले बताए ।

यिबाहेक उक्त क्याम्पसले डिप्लोमा इन फार्मेसी, तीन बर्से ल्याब टेक्निसियन जस्ता कार्यक्रम पढाइरहेको छ । ‘बिगतमा सञ्चालन भइरहेका कार्यक्रममा एएचए र केयर गीभर नयाँ सञ्चालन गर्दैछौं । यसमा विद्यार्थीको रुची भएको पाइयौं,’ उनले भने, ‘आयुर्वेद शिक्षाको जागर र देशमा आयुर्वेद स्वास्थ्य जनशक्तिको अभाव अन्त्य गर्न यो पढाइ प्रभावकारी हुने विश्वास लिएका छौं ।’ उनका अनुसार, स्वदेश तथा विदेशमा केयर गीभर कामदारको माग अत्यधिक रहेकाले त्यो पढ्ने बढ्ने अपेक्षा गरिएको छ ।

आयुर्वेद शिक्षाकै लागि नेपालगन्जमा पहिलो नेपालगन्ज आयुर्वेद जनरल हस्पिटल सञ्चालनमा ल्याइएको बाल्मिकीले बताए । १५ शैड्ढयाको आयुर्वेद जनरल अस्पताल नेपालगन्ज हेल्थ क्याम्पसले सञ्चालनमा ल्याएको हो । अस्पतालका अध्यक्ष एवम् सञ्चालक बाल्मिकी भने, ‘आयुर्वेद नेपाल जस्तो देशका लागि निकै महŒवपूर्ण सावित बन्ने छ । नेपालमा अझै दुर्गम, ग्रामीण क्षेत्रहरु धेरै छन् । आर्थिक अवस्था कमजोर भएका मानिसहरुको संख्या धेरै छ ।

उनीहरुले सहीरुपमा उपचार पाइरहेका छैनन् । हामी जडीबुटीमा सम्पन्न देश हौं । हाम्रो वरपर भएका जडीबुटी नै उपयोगी छन् । यही कुरा स्थापित गराउन हामीले आयुर्वेद अस्पताल र आयुर्वेद एचए स्तरको अध्यापन गराउने निर्णय गरेका हौं ।’नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलका प्रमुख प्रशासकीय अधिकृत प्रभाकर मिश्रले आगामी दिनमा थप सेवा र उच्च स्तरको आयुर्वेद चिकित्सा शिक्षालाई प्राथमिकता दिने बताए । उनले अस्पताल सञ्चालनसँगै क्याम्पसमा पढ्ने विद्यार्थीलाई प्रयोगात्मक कक्षाका लागि कुनै कठिनाइ नहुने जनाए ।

बाल्मिकी प्राविधिक स्वास्थ्य शिक्षा क्षेत्रमाअनुभवी व्यक्ति मानिन्छन् । उनीले २०६४ सालमा नेपालगन्ज हेल्थ कलेज खोल्दा सिएमलाई प्राथमिकता दिएका थिए । तत्कालीन अवस्थामा सिएमए जनशक्ति उत्पादन गरेर ग्रामीण क्षेत्रमा स्वास्थ्य जनशक्ति अभाव चिर्न सफल भएको उनी बताउँछन् । अहिले कोभिड–१९ यता आयुर्वेद शिक्षा एवम् स्वास्थ्यका बारेमा चासो र चिन्ता प्रकट भइरहेका बेला उनैले आयुर्वेद पढाउन लागेका हुन् ।

देशभरका स्थानीय तहमा आयुर्वेद शाखा खोल्ने नीति बनेको अवस्थामा त्यहाँ आवश्यक पर्ने जनशक्ति नेपालगन्ज हेल्थ कलेजले उत्पादन गर्ने निश्चित छ । बाल्मिकी भन्छन्, ‘आयुर्वेदको ज्ञान सहरदेखि गाउँमा लैजान र त्यसका लागि आवश्यक जनशक्ति उत्पादन गर्न नयाँ कार्यक्रम सञ्चालन गर्न लागेका हौं ।’

प्रकाशित मितिः बिहिबार, साउन ११, २०८०     2:00:48 PM  |