शिक्षासँगै सीप र संस्कार सिकाउने ग्रीन पिस




शुभाकर विश्वकर्मा । कोहलपुर ।

कोहलपुर तीन प्रदेशको ‘ट्रान्जिट प्वाइन्ट’ हो । तीन प्रदेशको प्रवेशद्वारका रुपमा रहेको कोहलपुर बाँके जिल्लाको उदाउँदो सहरसमेत हो । तीव्र सहरीकरण तथा औद्योगिकरण संघारमा रहेको कोहलपुर शैक्षिक थलोका रुपमा समेत विकसित हुँदैछ । कोहलपुर नगरपालिकालाई शैक्षिक हबको रुपमा विकास गर्ने स्थानीय सरकारको योजना छ । सोही योजनालाई कार्यान्वयन गर्नको लागि यहाँका सामुदायिक तथा संस्थागत विद्यालयको ठूलो भूमिका छ ।

कोहलपुरको शैक्षिक क्षेत्रको वृद्धि विकासका लागि कोहलपुरमा स्थापित/सञ्चालित संस्थागत विद्यालयको भूमिका महŒवपूर्ण रहेको नकार्न सकिँदैन । कोहलपुरमा झन्डै पाँच दर्जन बढी संस्थागत विद्यालय सञ्चालित छन् । कोहलपुरमा हाल सञ्चालनमा रहेका पुराना संस्थागत विद्यालयमध्येको एक हो, ‘ग्रीन पिस सेकेण्डरी स्कुल कोहलपुर–१२ चप्परगौडी बाँके ।’

 यो स्कुल २०५२ सालमा तत्कालीन कोहलपुर गाउँ विकास समिति वडा नम्बर ४ चप्परगौडीमा श्री ग्रीन पिस इंग्लिस मिडिएम स्कुलको नाममा जिल्ला शिक्षा कार्यालय बाँकेमा दर्ता भएको हो । त्यतिबेला उक्त स्कुलले पूर्वप्राथमिक तथा प्राथमिक तह (१–५) अंग्रेजी माध्यमबाट शिक्षा प्रदान गर्ने अनुमति पाएको थियो । उक्त स्कुलले २०५६ माघ २४ गते निमावि तहको अनुमति पायो । विस २०५८ कात्तिक २८ गतेका दिन कक्षा १० सम्म अध्ययपनको अनुमति प्राप्त गरेको हो ।

स्कुल स्थापनाको २९ वर्षपछि ग्रीन पिस सेकेण्डरी स्कुलले कक्षा ११ को कक्षा सञ्चालन गर्दैछ । आजभन्दा २९ वर्ष पहिले कोहलपुर यतिबेलाको जस्तो थिएन । त्यतिबेला कोहलपुरमा निजी विद्यालय एकदमै थोरै संख्यामा मात्रै थिए । निजी स्तरबाट स्थापित रामजानकी, बालज्योति र बाल विद्या स्कुल मात्रै सञ्चालनमा थिए । त्यसपछि खुलेको हो, ग्रीन पिस सेकेण्डरी स्कुल ।

ती विद्यालयहरु मुख्य बजार क्षेत्रमा मात्रै सीमित थिए । चप्परगौडी क्षेत्रमा त्यतिबेला विद्यालय थिएनन् । चप्परगौडी क्षेत्रको पहिलो संस्थागत विद्यालय हो, ‘ग्रीन पिस ।’ त्यतातिर सडक पूर्वाधार पनि थिएन । त्यतिबेला डुडुवा तरेर वारिपारि गर्नुपथ्र्याे अध्ययनका लागि ।

विद्यालयको नाम किन ग्रीन पिस ?

ग्रीन पिस नाम सुन्दा अलि फरक सुनिन्छ । ग्रीनअर्थात हरियो । पिसअर्थात शान्ति । हरियो शान्ति । हरियो भन्ने बित्तिकै वातावरण भन्ने बुझाउँछ । शान्ति भनेको वातावरण शान्त होस् भन्ने हो । संयोग नै मान्नुपर्छ, बिएल भारतीहरुले स्कुल सञ्चालनको तयारी गर्दा विश्वमा वातावरण संरक्षणका लागि अभियान सञ्चालन भइरहेको छ ।

नेपालको सन्दर्भमा भन्नुपर्दा वातावरण संरक्षणमा सरकारले समेत त्यति खासो दिन सकेको थिएन । २०५२ सालको फागुनमा सशस्त्र जनयुद्ध नै सुरु भयो । तत्कालीन राज्य सत्ताविरुद्ध तत्कालीन नेकपा माओवादीले जनयुद्धको थालनी गरेको थियो । माओवादीले सरकारलाई बुझाएको मागपत्रमा वातावरण संरक्षणको विषय पनि समेटिएको थियो ।

संस्थापक भारती स्कुलको प्रवेश विन्दुदेखि नै बच्चाबच्चीहरुलाई वातावरण संरक्षणको सन्देश दिनुपर्छ भन्ने हाम्रो उद्देश्यले स्कुलको नाम मै ग्रीन पिस राखिएको बताउँछन् । त्यही उद्देश्यअनुसार नै नाम राखिएको छ । ‘हाम्रो विद्यालयको नाम जुन छ, त्यो भनेको विद्यालयको नाम मात्रै होइन । यो एउटा आन्दोलन । वातावरण र पृथ्वी जोगाउने आन्दोलन हो । यो हाम्रो स्कुल अफ थर्ड पनि हो,’ उनी भन्छन् ।

पूर्वप्राथमिक तहदेखि कक्षा ११ सम्मको कक्षा सञ्चालन गर्दासम्म स्कुलले उतारचडाव युक्त २९ वर्ष पार गरेको छ । स्कुल स्थापनाको २९ बर्से यात्रा निकै रोमाञ्चक भएको बताउँछन्, भारती । सुरुमा चारजना पार्टनर थिए । पछि अरुले छोडे । कतिपय अवस्थामा स्कुल बन्द गर्ने अवस्थामा पुगेको थियो । त्यति नै बेला नेपालमा जनयुद्ध चर्किएको थियो । सुरुमा तराईमा त्यसको प्रभाव थिएन । बिस्तारै जनयुद्धको प्रभाव उक्त स्कुलले पनि भोग्यो । स्कुल बन्द गर्न दबाब आउने गरेको उनले बताए ।

जनयुद्धले प्रभाव पार्दा देश र जनताको सेवाभन्दा पनि विदेशी जनशक्ति उत्पादन गर्दैछन् भन्ने उनीहरुको भनाइ थियो । ग्रीन पिस स्कुल पनि तागे्रटमा थियो । राज्यलाई सहयोग गर्न खुलेको भनेर हामीले कन्भिन्स गर्न सफल भएपछि स्कुल बन्द नै गर्नुपर्ने अवस्था नआएको उनले बताए । तर, आर्थिक अवस्थाका कारण धेरैपटक बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको उनले बताए ।

सुरुमा भौतिक पूर्वाधार पनि राम्रो थिएन । सानो कोठामा धेरै विद्यार्थी पढाउनुपर्ने बाध्यता थियो । त्यहीबेला बंगलादेश बैंकले बिना धितो ऋण प्रदान गरेपछि धेरै सहज भएको उनको भनाइ छ ।

दक्ष जनशक्ति उत्पादन गर्ने थलो

ग्रीन पिस सेकेण्डेरी स्कुल जन जनशक्ति उत्पादन गर्ने थलोको रुपमा छ । यही स्कुलमा अध्ययन गरेका विद्यार्थीहरु राष्ट्रिय खेलाडी, कर्मचारी, सेना, नेपाल प्रहरी, डाक्टर, नर्स तथा जनप्रतिनिधि भएका छन् । सीता राना मगर नेपाली क्रिकेटकी तारा हुन् । उनलाई सम्झिँदा सबैले गौरव गर्छन् । ममता थापा पनि क्रिकेटर हुन् । दुवैजना ९ कक्षामा पढ्दापढ्दै थाइल्याण्ड गएर नेपाललाई पहिलो अन्तर्राष्ट्रिय उपाधि दिलाए ।

उनीहरु त्यतिबेला ग्रीन पिसकै विद्यार्थी थिए । उनीहरु यहाँका विद्यार्थी हुन् । डाक्टर सन्तोष बुढादेखि कोहलपुर नगरपालिकाकी नगर उपप्रमुख संगीता सुवेदीसमेत ग्रीन पिस कै उत्पादन हुन् । उनी अहिले सिंगो कोहलपुर हाक्दैछिन् । आफूले पढाएका विद्यार्थीहरुको यस्तो प्रगति गरेको देख्दा आफूलाई निकै खुसी लाग्ने उनी बताउँछन् ।

पछिल्लो समय तुल्सा दमाई ग्रीन पिसलाई भविष्यमा राम्रो गर्न सक्ने सम्भावना बोकेकी खेलाडी हुन् । २०७९ को कोहलपुर मेयर कपमा उनी सर्वोत्कृष्ट विद्यार्थी घोषित भइन् । प्रतियोगितामा उनले सबैभन्दा धेरै स्वर्ण जितेकी थिइन् । कोहलपुरका मेयरले व्यक्तिगतरुपमा नगद ५१ हजार प्रदान गरेका थिए । देशलाई चाहिने दक्ष जनशक्ति उत्पादन गरिरहेको छ, ‘ग्रीन पिसले ।’ प्ले गु्रपदेखि कक्षा १० सम्म सञ्चालन भइरहेको छ । कक्षा ११ को कक्षा यसै शैक्षिक सत्रदेखि सुरु हुँदैछ ।

विद्यार्थी र अभिभावकको माग थेग्न नसकेर कक्षा ११ सञ्चालन गर्न लागेको उनले बताए । कक्षा ११ मा विज्ञान विषय पढाइ हुन्छ । मानविकी र शिक्षा संकायसमेत पढाइ हुँदैछ । ग्रीन पिसमा साढे सात सयजना विद्यार्थी छन् । एकैपटक ४० जना विद्यार्थीले कम्प्युटरको सेवा लिइरहेका छन् । खेल मैदान पनि राम्रो छ । खेलकुद, रमाइलो गर्न एसेम्ली गर्न मिल्छ । डेढ विगाहा क्षेत्रफलमा फैलिरहेको छ । क्लोज क्याम्प सञ्चालनमा छ । अब होस्टेलको सेवासमेत प्रदान गर्ने तयारी छ ।

ग्रीन पिस अरुभन्दा के कारणले फरक र किन ?

ग्रीन पिस नाम मात्रै फरक छैन यहाँको काम नै फरक छ । जनशक्ति उत्पादनको थलो हो । ग्रीन पिस स्कुल ‘नो पोनिसमेन्ट जोन’ हो । यहाँ कुनै पनि विद्यार्थीलाई कुनै पनि प्रकारको दुव्र्यवहार गर्न पाइँदैन । यदि कसैले गरेको छ भने सिधै जागिरबाट नै निकाला हुन्छ । यहाँ चाइल्ड सेन्टर अप्रोज छ । विद्यार्थी कै चाहना र प्राथमिकताअनुसार पढाइ हुने गरेको छ । विद्यार्थीले खेलेर, बोलेर, नाचेर गाएर सिक्न सक्छन् । आफ्नो रुचिअनुसारको वातावरण स्कुलमा रहेको छ । विद्यार्थीले जसरी सिक्न चाहन्छ त्यस्तै वातावरण छ । बच्चा केन्द्रमा छ ।

यहाँका जनताको आयस्तरअनुसारको शुल्कको व्यवस्था छ । अरु विद्यालयमा त्यस्तो सुविधा कतै पनि छैन । गर्विलो इतिहास बोकेको छ स्कुलले । विदेशी शिक्षकबाट समेत शिक्षण क्रियाकलाप सञ्चालन हुने गरेको छ ।

जर्मनीकी नोसिन राकी बुष्टिंगन विश्वविद्यालयकी हुन् । उनी ग्रीन पिसमा पढाउँछिन् । मिरकल कलेजसँग सम्झौता गरिएको छ । यो स्कुलको अर्को विशेषता भनेको कुनै पनि परीक्षामा शिक्षक परीक्षा सेन्टर जाँदैनन् । विद्यार्थी आफ्नै सिकाइको परीक्षा आफैँ दिन्छन् । उच्च शिक्षामा अब्बल सावित छन् । विद्यालयले विद्यार्थी संस्कारसमेत सिकाउँछ ।

ग्रीन पिसको अबको योजना

यसै शैक्षिक सत्रदेखि कक्षा ११ को पढाइ सुरु हुँदैछ । कक्षा ११ मा विज्ञान विषय हुनेछ । सुविधा सम्पन्न प्रयोगशाला विस्तार हुँदैछ । अत्याधुनिक मल्टिमिडिया रुम निर्माणको अन्तिम चरणमा छ । निकट भविष्यमा सुरु हुँदैछ । इन्टरनेटको जमाना छ । विदेशीले पढाउने छन् । प्रत्येक विद्यार्थीको लागि कम्प्युटर शिक्षा लागू हुँदैछ । पढ्दै कमाउँदै कार्यक्रम लागू गर्ने योजना रहेको स्कुलले जनाएको छ ।

उत्पादन वृद्धिका लागि जग्गा लिजमा लिने योजना रहेको भारतीले बताए । आविस्कारदेखि कृषिको औजार उत्पादन हुन्छ । अनुसन्धानलाई तिव्रता दिइँदैछ । समय सुहाउँदो शिक्षा प्रदान गरिरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० असार ३१ गते आइतबार