
जोगराज चौधरी, नगर प्रमुख
नगरपालिकाको नगर प्रमुखका रूपमा तपाईंको पहिलो कार्यकालको एक वर्ष बितिसकेको छ । जनचाहानाको सम्बोधन हुन सक्यो ?
पहिलो वर्ष भएकाले सोचे जति गर्न नसके पनि केही काम सुरु गरेका छौँ । हामीले धेरै महŒवपूर्ण कार्य सुरुवात गरेका छौँ । मुख्यतः सुशासन प्रवाह गर्नेखालका काम गरिएको छ । शिक्षा ऐनलगायत ऐन कार्य विधि एवम् मापदण्ड निर्माण ग¥यौँ । पूर्वाधार विकासतर्फ नगर क्षेत्रमा धमाधम कच्ची सडक पक्की नालासहितको कालोपत्रे भइरहेका छन् ।
वडा कार्यालयका भवन निर्माण कार्य सम्पन्न, नदीजन्य पदार्थलाई उचित तवरबाट व्यवस्थापन गरिएको छ । सुकुम्बासी समस्या समाधानतर्फ उन्मुख छ । अब लालपुर्जा वितरणको तयारी भइरहेको छ । राजस्वको दायरा फराकिलो गरी नगरपालिकाको आन्तरिक आयमा वृद्धि गर्ने तयारी भइरहेको छ ।
विकास निर्माणका योजना चाहिँ कसरी अगाडि बढ्दै छन् ?
हामी स्थानीय तहमा निर्वाचित भएर आएदेखि नगरको सम्पूर्ण वडाहरुमा विकासका कामहरु तिव्र गतिमा अगाडि बढाइरहेका छन् । यहाँको पहिलो आवश्यकता गुणस्तरीय, व्यावसायिक र प्राविधिक शिक्षा नै हो । दोस्रो यहाँका किसानलाई व्यावसायिक बनाउनु पर्ने छ र कृषि उत्पादनको बजारीकरण गर्नुपर्छ ।
तेस्रो नगरपालिकाभित्रै सरल, सुलभ, निःशुल्क स्वास्थ्यसेवा आवश्यक छ । सबै वडाका दूरदराजका बस्तीमा नगर सरकारको अनुभूति हुने गरी विकासका कामहरु अगाडि बढेका छन् । स्थानीय सरकारको अधिकार क्षेत्रभित्र रहेका कतिपय विषयमा स्पष्ट कानुन एवम् सहकार्यको अभावले गर्दा जनसरोकारका योजनालाई सम्बोधन गर्न लगानीको अभाव छ ।
यो लमही नगरपालिकामा लमही–कोइलाबास हुलाकी सडक विस्तारको मुख्य समस्यामा छ । समस्या समाधानमा नगरपालिकाले कस्तो प्रयास गरेको छ ?
समस्या केही पनि छैन । अब तत्कालै लमही नगरपालिकामा सर्वदलीय बैठक बोलाएर बृहत् छलफल गर्छौं । बैठकले जे निर्णय गर्छ त्यहीँ, निर्णयलाई टेकेर अगाडि बढ्छौँ । संरचना भत्काएर मात्रै हुँदैन, नयाँ संरचना निर्माणको लागि आवश्यक बजेट छैन । बजेट अभाव भएकै कारण लमही–कोइलाबास हुलाकी सडक विस्तार गर्न नसकिएको हो ।
पर्यटन प्रवद्र्धधनका लागि के हुँदै छ नगरपालिकाबाट ?
धार्मिक पर्यटनतर्फ लमही नगरपालिका वडा नम्बर ९ मा रहेको बगार बाबा धार्मिक विकास क्षेत्र रिहारलाई व्यवस्थित गर्ने र पर्यटनलाई अर्थतन्त्रको गतिशिल आयामको रूपमा सबै प्रकारका आर्थिक गतिविधिसँग आबद्ध गरिने छ ।
यस क्षेत्रका पर्यटकीयस्थल, धार्मिक तथा सांस्कृतिकस्थल र वस्तुहरूको विविधिकरण गर्दै कृषिपर्यटन, जलपर्यटन र खेलपर्यटनको रूपमा विकास गरी पर्यटन क्षेत्रमा रोजगारी वृद्धि गरिने छ ।
त्यसैगरी लमही बजारमै रहेको अजम्मरी सामुदायिक वनभित्र रहेको जैविक विविधता ग्रीनपार्क, जखेरा ताललगायतलाई आवश्यक बजेट विनियोजन गरी पार्कलाई लुम्बिनी प्रदेशकै नमुना पार्कको रुपमा विकास गर्ने लक्ष्य छ ।
कृषि र पशुपालनमा पनि लमही नगरपालिका अब्बल छ । कृषि र पशुजन्य उत्पादनको व्यवसायीकरण र बजारीकरणका लागि के गर्दै हुनुहुन्छ ?
सीमित स्रोतसाधन भएकाले सबै आवश्यकता एकैचोटि पूरा गर्न सक्ने अवस्था छैन । कृषि क्षेत्रमा सिँचाइको समस्या तत्काल नियन्त्रण गर्नुपर्ने चुनौती छ । यसलाई समाधान गर्न नगरपालिकाले प्रयास गरेको भए पनि पर्याप्त हुन सकेको छैन ।
कृषिजन्य वस्तुको बजार व्यवस्थापनलाई प्राथमिकतामा राखेका छौँ । यहाँका सडक, पूर्वाधार व्यवस्थित गर्नुपर्ने छ । यी समस्या समाधान नगर्दा समस्या झन बढ्छ । यी समस्या समाधानका लागि हामी काम गरिरहेका छौँ ।
नगरको विकासमा संघीय र प्रदेश सरकारको सहयोग कस्तो पाइरहनु भएको छ ?
सहयोग नभएको होइन, सहयोग भएकै छ तर, हामीले सोचेको जस्तो केन्द्र र प्रदेशबाट प्राप्त गर्न सकेका छैनाँै ।
त्यसमाथि पनि अहिले नयाँ आर्थिक वर्षको बजेट ह्वात्तै घटेर आएको छ । संघ र प्रदेशसँग सहकार्य नगरी अगाडि बढ्न सक्ने विकल्प नै छैन । हाम्रा माग धेरै हदसम्म सम्बोधन भइरहेका छन् ।
नगरको समृद्धिका लागि दीर्घकालीन योजना के कस्ता छन् ?
हाम्रो लमही नगरपालिकाभित्र प्रशस्तै सम्भावनाहरु रहेका छन् । अब हामीले यस वर्षदेखि अलि कडाइका साथ आन्तरिक राजस्व वृद्धि गर्ने र पर्यटकीय पूर्वाधार विकास गर्न निजी क्षेत्रसँग साझेदारी गरी अगाडि बढाउने लक्ष्य रहेको छ ।
कृषि क्षेत्रलाई आधुनिकीरण गरी युवा कृषि उद्यमीलाई कृषि क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने नीति लिएका छौँ । शिक्षालाई यस आर्थिक वर्षमा राष्ट्रसेवक कर्मचारी, शिक्षक र जनप्रतिनिधिहरुले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गर्नका लागि पहल गरिने नीति ल्याएका छाँै ।
सामुदायिक विद्यालयहरुले प्रदान गरेको सेवाको कदर गर्दै खस्कँदै गइरहेको शैक्षिक गुणस्तरलाई उकास्ने नीति ल्याएका छाँै । त्यसैगरी लोपोन्मुख, अल्पसंख्यक, जेहेन्दार र अति विपन्न वर्गका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुको लागि स्नातक तहसम्म शिक्षा क्रमश निःशुल्क पठनपाठनको व्यवस्था मिलाउने र गरिब तथा जेहेन्दार विद्यार्थीहरुको लागि एमबिबिएस अध्ययन गर्न छात्रवृत्ति प्रदान गर्ने व्यवस्था मिलाएका छाँै ।
तपाईंको नेतृत्वमा लमही नगरपालिकाले मुहार फेर्न सक्ला ?
हामी निर्वाचित भएर नगरको नेतृत्वमा आएपछि सुशासन, विकास र जनताका अपेक्षा पूरा गर्ने गरी अगाडि बढेका छौँ । जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला सबै राजनीतिक नेतृत्वले सहयोग गरेमा लमही नगरपालिकाको मुहार फेर्न सकिन्छ । अबको चार बर्से कार्यकालभित्र लमहीलाई प्रदेशकै नमुना नगरको रुपमा विकास गरेर देखाउछौँ ।
अन्त्यमा केही छुट्यो की ?
नगरको विकासमा सबैको सहयोग उतिकै चाहिन्छ । म एक्लैले केही गर्न सकिँदैन । यहाँका जनप्रतिनिधिहरु, कर्मचारी र स्थानीय नगरवासीहरुको पूर्णरुपमा यस्तै सहयोग भइरहेमा नगरमा विकास तिव्र गतिमा बढिरहन्छ ।
प्रस्तुतिः शिवु खनाल/दाङ
प्रतिक्रिया दिनुहोस्