विद्यालयमा दरबन्दी अनुसार शिक्षक अभाव हुँदा गुणस्तरीय शिक्षा प्रदानमा समस्या भइरहेको छ । प्राविका शिक्षकले निमाविसम्म पढाउनुपर्ने बाध्यता छ । पुराना भौतिक संरचनामा साना कोठामा विद्यार्थी राख्नुपर्ने अवस्था छ । करिब साढे दुई जना विद्यार्थी र शिक्षकले दुई कोठे शौचालय प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । लामो समयदेखि विव्यस गठन हुन नसक्दा पनि विद्यालय सञ्चालनमा समेत समस्या भइरहेको छ ।
रिपोर्टरको डायरी । शुभाकर विश्वकर्मा ।
‘भोलीको भरोसामा नबस, मान्छेको भोली कसले जानेको हुन्छ’ ऋग्वेद भनाइ हो यो । कोहलपुर—९ स्थित जनज्योति आधारभूत विद्यालयको भित्तामा कोरिएको छ यो हरफ । माथि उल्लेखित भनाई जस्तै छ, मान्छेको जीवनपनि । वर्तमानमा जिइरहेका हामी भोली नै आशा गर्छौ/गरिरहेका छौँ । साँच्चै भोली कसले जानेको र है ? तर हामी भोलीको भरोसामा हुन्छौँ हमेशा ।
यो कुरा सर्जिव र निर्जिव दुवैमा लागू हुन्छ । आज भरोसै भरोसामा चलिरहेको एउटा विद्यालयको कथा भन्छौ । अघिल्लो हप्तामा रिर्पोटिङको शिलशिलामा पुगेको थिएँ । जनज्योति आधारभूत विद्यालय झण्डहवामा । ४० को दशकमा स्थापना यो विद्यालय । पञ्चायत देख्यो, शसस्त्र द्धन्द्ध खेप्यो । गणतन्त्र देख्यो । संघीयता भोगिरहेको छ । उनले २०४४ देखि २०५६ सालसम्म विद्यालयको नेतृत्वसमेत सम्हाले । विद्यालयको संस्थापक विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत उनी नै हुन् ।
कोहलपुरमा राजनीतिक, सामाजिक र शैक्षिक क्षेत्रमा अहिरको नाम अग्रणी स्थापनमा आउँछ । कोहलपुरको पुरानो विद्यालय त्रिभुवन माविको स्थापनामा भूमिका खेलेका अहिरले साझा सहकारी स्थापनामा समेत भूमिका खेले । यतिमात्रै होइन उनले पिपिरी तथा झण्डहवा बाटो खुलाउन समेत भूमिका खेलेको स्थानीय बताउँछन् । गाउँमा पुल बनाउने देखि मन्दिर बनाउने कार्यसम्ममा उनले अग्रणी भूमिका खेले ।
अहिरको तत्कालीन बेलहरी गाविस अन्तर्गत बानियाँ गाउँमा जन्म भएको थियो । उनका बुबाको नाम बुधैं अहिर हो । उनी अहिर परिवारका एक्लो सन्तान थिए । २००७ सालतिर उनका बुबा राणा विरोधी आन्दोलनमा सक्रिय भएका थिए ।
२०१५ सालतिरको कुरा हो, सन्तरामको परिवार आधा कोहलपुर र आधा बानियाँमा बस्न थाल्यो । सन्तराम पहिलोपटक राजा महेन्द्रले विपी कोइरालाको सरकार अपदस्थ गरी पञ्चायती व्यवस्थान लागू गरेपछि भएको स्थानीय पञ्चायत निर्वाचनमा झण्डहवाबाट वडा अध्यक्ष छानिए ।
त्यसपछि दुई कार्यकाल बाहेक सधै सन्तराम झण्डहवा प्रतिनिधि निर्वाचित भए ।
उनी त्यतिबेला देखि नै नेपाली काँग्रेसको सच्चा कार्यकर्ता थिए । अहिर सधै अरुको भलो चिताउँथे । सात्विक भोजन, सरल पहिरन र साधा जीवन उनको विशेषता नै थियो । उनी रुपैडिहा, नेपालगन्ज, राप्ती सोनारीदेखि कोहलपुरसम्मै किन नहोस जहिल्यै पैदल हिड्थे । सन्तरामका तीन छोरा र एक छोरी छन् । समग्रमा प्रजातान्त्रिक आन्दोलन कै नेतृत्व गरेका अहिरको २०७० कार्तिक २५ गते निधन भएको थियो ।
जनज्योति प्रावि स्थापना गरेका अहिर संस्थापक अध्यक्ष हुन् । उनले तीन कार्यकाल अध्यक्ष भएर काम गरेँ । त्यतिबेला नै कक्षा १ देखि ५ सम्म पढाइ हुन्थ्यो । त्यो बीचमा विद्यालयले धेरै उतारचडाव व्यवहोरेको छ । खासगरी उनको निधनपछि विद्यालयले अहिलेसम्म समस्यै समस्या भोगिरहेको छ । उनको निधनपछि विद्यालयले अभिभावकत्वसमेत गुमायो । २०५६ मा उनले नेतृत्व हस्तान्त्रण गरेपछि २०७८ सम्म आइपुग्दा ९ जनाले विद्यालय व्यवस्थापन समितिको अध्यक्षको रुपमा काम गरे ।
यो विद्यालयमा अहिलेसम्म थारु, यादव र अहिरहरु मात्रै नेतृत्वमा छन् । संस्थापक अहिरको मृत्यु भएको सात वर्षपछि २०७८ मा विद्यालयले कक्षा ६ को अनुमति पायो । कक्षा ७ को २०७९ मा अनुमति प्राप्त ग¥यो । जनज्योति प्राविमा हाल कक्षा आठसम्म पढाइ भइरहेको छ । अहिले विद्यालयमा चार वटा बालविकास केन्द्रसमेत समायोजन भएका छन् ।
बागेश्वरी बालविकास केन्द्र, सिद्धार्थ बालविकास केन्द्र शुभविहानी बालविकास केन्द्र समायोजन भएको विद्यालयले जनाएको छ । हाल अध्ययन भइरहेको बालविकास केन्द्रमा ३६ जना विद्यार्थी भर्ना भएका छन् । विद्यालयमा कक्षा १ देखि ८ सम्म २ सय १ जना र बालविकाका ३६ जना गरेर कूल २३७ विद्यार्थी अध्ययनरत छन् । विद्यालयका अनुसार कक्षा १ मा २९, कक्षा २ मा ३९ जना, कक्षा ३ मा २२, कक्षा ४ मा ३० र कक्षा ५ मा ३२ जना विद्यार्थी रहेका छन् । यस्तै कक्षा ६ मा २० जना, कक्षा ७ मा १२ जना र कक्षा ८ मा १९ जना विद्यार्थी अध्ययन गरिरहेको विद्यालयका प्रधानाध्यापकले बताए ।
शिक्षक जनशक्ति, शौचालयदेखि संरचना अभाव
जनज्योति आधारभूत विद्यालयमा शिक्षक जनशक्तिको अभाव रहेको छ । अहिले स्थायी ३ वटा दरबन्दी रहेको छ । एउटा राहत रहेको छ । निमाविमा १ मात्रै शिक्षक रहेका छन् । अहिले जम्मा ५ जना शिक्षकले कक्षा ८ सम्म अध्ययापन गराइरहेका छन् । अहिले भएको जनशक्ति भन्दा निमाविमा थप ३ जना स्थायी जनशक्ति आवश्यक रहेको उनले बताए ।
यस्तै विद्यालयमा भौतिक संरचनाको समेत अभाव रहेको छ । अहिले तीन वटा मात्रै ब्लक रहेका छन् । ती सबै पुराना ब्लक हुन् । कोठासमेत साना छन् । त्यसले गर्दा विद्यार्थीको पढाइमा समस्या रहेको छ । अहिले थप चार कोठे भवन बन्दैछ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ४५ लाख लागतमा भवन बनिरहेको उनले बताए । यस्तै सामाजिक डिभिजन कार्यालय बाँकेबाट ५ लाख लागतमा पर्खाल निर्माण गरिएको छ । यस्तै प्रदेश सरकारको सहयोगमा ४ लाख लागतमा शुद्ध खानेपानीको योजना रहेको विद्यालयले जनाएको छ । शुद्धखानेपानी निर्माणको पनि काम भइरहेको छ ।
विद्यालयको सबैभन्दा ठूलो समस्या भनेको शौचालयको हो । ‘शौचालय दुई कोठे मात्रै छ । शिक्षक र विद्यार्थी सबै त्यही शौचालय प्रयोग गर्दै आइरहेका छौँ ’ उनले भने । कम्तिमा चार काठे शौचालय भएमा शिक्षक र विद्यार्थीलाई पुग्ने प्राधानाध्यापक गोविन्दप्रसाद मिश्रले बताएका छन् । विद्यालयमा विद्यालय व्यवस्थापन समिति समिति गठन हुन सकेको छैन । चार जना सदस्य आएका छन् । दुई दुई जना फरक पार्टीका भएकाले उहाँहरुले समस्या समाधान गर्न पाउनु भएको छैन ।
विद्यालय सेवा क्षेत्रमा मुस्लिम, यादव र थारु समुदायको बाहुल्य रहेको छ । उक्त समुदायका विद्यार्थीहरु खास्सै विद्यालयको पहुँचमा छैनन् । अभिभावकमा समेत छोराछोरीहरुलाई राम्रो शिक्षादिक्षा दिनुपर्छ भन्ने धारणाको विकास हुन नसकेको अवस्था छ । तर हाम्रो विद्यालय सामुदायिक हो । विद्यार्थी आकर्षित गर्नको लागि सरकारले छात्रवृत्तिको व्यवस्था गरेको छ ।
निःशुल्क शिक्षा प्रदान गर्दासमेत उनीहरु विद्यालयमा आर्कषित हुन सकेका छैनन् । विद्यार्थी भर्ना हुन्छन् तर नियमित विद्यालय आउँदैनन् । हाम्रो विद्यालय विपन्न समुदायका विद्यार्थी बढी अध्ययन गर्छन् ।
विद्यालयले स्थानीय सरकारबाट सहयोग पाउन नसकेको छैन । बारम्बार भौतिक संरचना निर्माण र विद्यालयको गुणस्तरको लागि सहयोग माग्दापनि नपाइएको विद्यालयले जनाएको छ । लङफेलोको भनाइ उल्लेख गर्दै अहिलेलाई विट मार्छु,‘परिश्रम गर्न र प्रतीक्षा गर्न सिक ।’
प्रतिक्रिया दिनुहोस्