नेपालगन्ज (बाँके), मुस्लिम समुदायको इद उल फित्र (इद) शनिबारबाट सुरु भएको छ । एक महिने रमजानपछि मनाइने इद तीन दिनसम्म मनाइन्छ । इदको पहिलो दिन बाँकेका विभिन्न मस्जिदहरुमा मुस्लिम समुदायका व्यक्तिको ठूलो भिड लागेको थियो ।
नेपालगन्जस्थित वीपी चोकमा सबैभन्दा ठूलो भीड थियो । यहाँ नेपालगन्ज–सुर्खेत सडकसमेत अवरुद्ध भएको थियो । मुस्लिम समुदायका व्यक्तिले ठाउँ अभावका कारण सडकमै नमाज अदा गरे । इद उत्साहका साथ सुरु भएको धम्बोझी मस्जिद व्यवस्थापन समितिका अध्यक्ष पिन्तु सिद्दीकीले जनाए ।
‘हाम्रो महान् पर्व उत्साहका साथ सुरु भएको छ,’ उनले भने, ‘यस पर्वले आपसी मेलमिलाप, सद्भाव र भाइचाराको प्रवद्र्धन गर्दै आफ्ना ऐतिहासिक एवम् मौलिक संस्कृति र परम्पराको संरक्षण तथा सम्वद्र्धन गर्न महŒवपूर्ण योगदान पु¥याउँछ ।’
इद उल फित्र मुस्लिमहरूको सबैभन्दा ठूलो चाड हो, जुन रमजान महिना पूरा भएपछि मनाइन्छ । उपवास ईद उल फित्रसँगै समाप्त हुन्छ । इस्लामिक क्यालेन्डरका अनुसार रमजानपछि शवालको पहिलो दिन इद उल फित्र मनाइन्छ ।
यो बिहान प्रार्थनासँगै सुरु हुन्छ । इस्लामिक मान्यताअनुसार, रमजानमा शुद्ध हृदयले व्रत बस्ने र नमाज अदा गर्नेहरूका सबै पापहरू अल्लाहले क्षमा गर्नुहुन्छ ।
ईद उल फित्रको महŒव
इस्लामिक विश्वासअनुसार कुरान पहिलोपटक रमजान महिनाको अन्त्यमा मात्र आएको थियो । मक्काबाट पैगम्बर मोहम्मदको बसाइँ पछि पवित्र सहर मदिनामा इद उल फित्र मनाउन सुरु भएको थियो । यो विश्वास गरिन्छ कि पैगम्बर हजरत मुहम्मदले बद्रको युद्ध जितेका थिए । यो जितको खुसीमा उनले सबैको मुख मीठो बनाएका थिए । यो दिनलाई मेथी ईदी वा ईद उल फित्रको रूपमा मनाइन्छ ।
यस दिन भर्मीसेली, मिठाइ जस्ता मीठो परिकार बनाइन्छ । घरमा आएका पाहुनालाई मीठो सेरा खुवाइन्छ । इदी साथीभाइ र आफन्तहरूमा बाँडिन्छ । मानिसहरूले एकअर्कालाई अँगालो हालेर ईद मुबारकको शुभकामना दिन्छन् । इद उल फित्रलाई परोपकारको पर्व पनि भनिन्छ ।
ईद कसरी मनाइन्छ ?
ईदको अवसरमा मुस्लिम धर्मावलम्बीहरूले बिहान नयाँ लुगा लगाएर नमाज अदा गर्छन् । त्यसपछि आफ्ना साथीहरू र परिवारका सदस्यहरूसँग सँगै चाड मनाउँछन् । यसलाई खुसी बाँड्ने पर्व मानिन्छ ।
यस दिन मुस्लिमहरूले शीर खुर्मा र सेमसेलीजस्ता स्वादिष्ट परिकार र उपहारहरू आदानप्रदान गर्छन् ।
प्रतिक्रिया दिनुहोस्