नेपालगन्ज, रुपैडिया–नेपालगन्जसहित भारत र नेपालका सीमा नजिकका सहर जोड्ने ‘क्रस बोर्डर रेल सेवा’ विस्तारका विषयमा नेपालका भौतिक पूर्वाधार तथा यातायातमन्त्री र भारतीय राजदूतबीच छलफल भएको छ । आइतबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच लामो समयदेखि अलपत्र योजना तोड्ने विषयमा छलफल भएको बताइएको छ । नयाँ पत्रिकाका अनुसार भेटवार्तामा रुपैडिया–नेपालगन्जसहित पठनाह–विराटनगर, न्यू जलपाइगुडी–काँकडभित्ता, जोगबनी–विराटनगर, जयनगर–जनकपुर, नौतनवा–भैरहवा क्रस बोर्डर रेल सेवाका विषयमा कुराकानी भएको हो ।
– रुपैडिहादेखि कोहलपुरसम्म रेल सञ्चालनका लागि रेल लिक बिछ्याउने स्थानको पनि टुंगो लागिसकेको उक्त काममा सहजीकरण गर्दाका साक्षी नेपाली अधिकारीहरु बताउँछन् । तर त्यसको आधिकारिक जानकारी नेपाली पक्षले भने पाउन सकेको छैन ।
– सुरुमा नेपालगन्जको पूर्वी क्षेत्र पिप्रहवा, पुरैना, राँझा हुँदै रेल सेवा सञ्चालन गरिने बताइएको थियो । राँझा विमानस्थल नजिकैबाट पश्चिमतर्फ रेलको लिक डाइभर्सन गरेर सुर्खेत रोडको समानान्तर हुनेगरी बस्तीमा नपर्नेगरी रेलसेवा विस्तार गर्ने विषय टुंगो लागेको बताइएको थियो ।
– नेपाल सरकारले क्रस बोर्डर रेल सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेको छ भने प्रधानमन्त्रीको भारत भ्रमणपछि यो आयोजनाले मूर्तरूप लिने आँकलन गरिएको छ ।
– रेलमागको लम्बाई साढे १८ किलोमिटर हुने अनुमान गरिएको छ ।
मन्त्री र राजदूतबीच भारतीय लगानी र भारतीय निर्माण कम्पनीले जिम्मा लिएका तर लामो समय काम नगरी अलपत्र पारेका योजना तोड्ने विषयमा छलफल भएको जनाइएको छ । नेपाल सरकारले क्रस बोर्डर रेल सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेको छ भने प्रधानमन्त्रीको भारत भ्रमणपछि यो आयोजनाले मूर्तरूप लिने आँकलन गरिएको छ । भारतीय पक्षले क्रस बोर्डर रेल विस्तारको प्रगतिबारे नेपाल सरकारलाई आधिकारिक जानकारी नै दिएको छैन ।
सन् २०११ मा नेपाल र भारत सरकारबीच पूर्व–पश्चिम राजमार्गमा पर्ने नेपालका ६ वटा सीमा नजिकका सहर जोड्ने गरी सम्झौता भएअनुसार सन् २० जुलाई २०१७ मा दुई देशीय सचिवस्तरीय बैठकले फाइनल लोकेशन सर्भे टोली गठन गरेको थियो । उक्त टोलीले २०१७ मा बाँके आएर लोकेशनको सर्वेक्षण पनि गरेर फर्केको थियो । तर उक्त सर्भेक्षणको प्रतिवेदन अहिलेसम्म भारतीय पक्षले नेपाली पक्षलाई बुझाएको छैन ।
भारतसँग सन् २०११ मा भएको सम्झौताअनुसार जयनगरदेखि जनकपुरसम्म रेलसेवा सञ्चालनमा आइसकेको छ भने जोगबनीदेखि विराटनगरसम्मको रेल लाइन विस्तारको काम भइरहेको छ । तर, रुपैडिहा–कोहलपुरसहित झापाको जलपाइगुरी–काकरभिट्टा, रक्सौल वीरगन्ज, नौतन्वा–भैरहवासम्म रेल विस्तारको काम भने सुरु हुन सकेको छैन । रुपैडिहादेखि कोहलपुरसम्म रेल सञ्चालनका लागि रेल लिक बिछ्याउने स्थानको पनि टुंगो लागिसकेको उक्त काममा सहजीकरण गर्दाका साक्षी नेपाली अधिकारीहरु बताउँछन् । तर त्यसको आधिकारिक जानकारी नेपाली पक्षले भने पाउन सकेको छैन ।
भारतीय पक्षले रुपैडिहा–कोहलपुर रेल सञ्चालनका लागि लिकको रेखाकंनको काम सकेर लागत रकम, आवश्यक पर्ने भौतिक संरचना, रेल सेवाले छुने गाउँँ तथा बस्तीहरुको पहिचानलगायतका विषय टुंगो लगाएर प्रतिवेदन दिने बताएको थियो ।
उक्त रेलमागको लम्बाई साढे १८ किलोमिटर हुने अनुमान गरिएको छ । सुरुमा नेपालगन्जको पूर्वी क्षेत्र पिप्रहवा, पुरैना, राँझा हुँदै रेल सेवा सञ्चालन गरिने बताइएको थियो । राँझा विमानस्थल नजिकैबाट पश्चिमतर्फ रेलको लिक डाइभर्सन गरेर सुर्खेत रोडको समानान्तर हुनेगरी बस्तीमा नपर्नेगरी रेलसेवा विस्तार गर्ने विषय टुंगो लागेको बताइएको थियो । तर भारतले नेपालगन्जको जयसपुरमा एकीकृत सुरक्षा जा“च चौकी निमार्णको काम सुरु गरेपछि पश्चिम क्षेत्रबाट रेल सञ्चालन गर्दा उपयुक्त हुने राय पनि दिइएको स्रोत बताउँछ ।
प्रतिक्रिया दिनुहोस्