पहाडी फागु पर्व मनाइयो,,तराईमा आज होली मनाइँदै



सोमबार पहाडी र हिमाली क्षेत्रमा फागुअर्थात् होली पर्व उल्लासका साथ मनाइएको छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रुपमा फागु पर्व मनाउने प्रचलन छ ।


फागु पर्वमा एक आपसमा विभिन्न रङ तथा अबिर लगाएर मनाउने चलन छ । केही वर्षदेखि रङको पर्व होली सभ्य बन्दै गएको छ । केही वर्षअघिसम्म एक हप्ता अघिदेखि नै लोला हान्ने प्रवृत्ति थियो । तर, पछिल्लो समय फागु पर्वलाई अनुशासित भएर मनाउने गरिएको पाइन्छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छाविपरीत रङ र लोला हान्ने क्रम क्रमिक कम भएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व सोमबार पहाडी, हिमाली जिल्लामा र आज तराईका जिल्लामा मनाइँदैछ ।

पर्वले विद्यमान विभिन्न प्रकारका विकृति, विसंगति एवम् कूरीतिहरुलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरुको संरक्षण र संवद्र्धन गर्न होलीले थप टेवा पुर्‍याउने अपेक्षा गरिएको छ । होली पर्वका अवसरमा सोमबार पहाडी जिल्ला र आजअर्थात मंगलबार तराईका जिल्लामा सरकारले सार्वजनिक बिदा दिइएको छ । यसैबीच, प्रहरीले होली सभ्य तरिकाले मनाउन अनुरोध गरेको छ । होहल्ला नगरि, जाँडरक्सी तथा लागुपदार्थ नखाइ एकआपसमा रमाएर होली मनाउन प्रहरीले अनुरोध गरेको हो । अभद्र तरिकाले होली खेलिएको पाइए कारबाही हुनेछ । यस्तै, कसैले इच्छाविपरीत रङ लगाए, लोला हाने वा फोहर पानी र विभिन्न केमिकल मिसिएको पदार्थ लगाइदिए तुरुन्त प्रहरीको १०० नम्बरमा फोन गरेर जानकारी दिन आग्रह गरिएको छ ।

यसैगरी होलीलाई लक्षित गरी ठाउँठाउँमा चेकपोइन्टहरु राखिएको छ । मोबाइल गस्ती बढाइने छ भने सादा पोसाकमा समेत प्रहरी खटिने छन् । ट्राफिक प्रहरीसँगको सहकार्यमा सुरक्षा जाँचलाई कडाइ गरिने इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुन्दर तिवारीले जनाए । मोटरसाइकल चलाउँदा हेलमेट अनिवार्य लगाउन, तीनजना नचढ्न र जाँडरक्सी वा लागुपदार्थ खाएर गाडी नचलाउन प्रहरीले आग्रह गरेको छ ।

हिन्दू धर्मालम्बीहरुको महान् पर्व होली आज बिहानैदेखि तराईका पूर्वी क्षेत्रमा उत्साहका साथ मनाइँदैछ । सामाजिक सद्भाव अभिवृद्धि गर्नु, सबै खुसियालीपूर्वक होली मनाउनु, विगतका वैमनस्यतालाई बिर्सेर नयाँ सम्बन्ध बनाउनु नै यस पर्वको मुख्य उद्देश्य रहेको छ ।

छठ पर्वमा ठेकुवाको महŒव हुन्छ भने होली पर्वमा मालपुवा र दालपुरीको विशेष महŒव हुन्छ । होली पर्व मनाउनेहरु अनिवार्यरुपमा मालपुवा पकाएर घरको देउतालाई चढाउने गर्छन् । यस पर्वमा अधिकांश व्यक्तिहरु मासु पकाएर खाने गर्छन् । पहाडी जिल्लामा फागुपूणर्िमाका दिन होली खेलेर होलीका दहन गरी पर्व सम्पन्न गर्छन् भने तराईका जिल्लामा फागुपूणर्िमाका दिनअर्थात् बेलुकीको समयमा होलीका दहन गरी अर्को बिहान होली पर्व मनाउने गरिएको छ ।

प्रकाशित मिति : २०७९ फागुन २३ गते मंगलबार