अन्तरवार्ता :आयुर्वेदिक पद्धतिबाट स्वास्थ्य सेवा प्रदान गर्छौं



एउटा व्यक्ति धेरै ठाउँमा जोडिएर दैनिक काम गर्दा कस्तो अनुभव हुँदो रहेछ ?
मुख्य कुरा समयको व्यवस्थापन हो । हामीले समयलाई व्यवस्थापन गरेर गर्न हो भने सबै काम गर्न सकिन्छ । अहिले म विभिन्न सामाजिक कामहरुमा जोडिएको छुँ । योग एवम् प्राकृतिक स्वास्थ्य समाजको सचिव छुँ । यो संस्थाले विगत आठ वर्षदेखि हामीले कोहलपुर क्षेत्रको एउटा गौरवमय योजनाको रुपमा सामुदायिक आर्युवेदिक एवम् प्राकृतिक अस्पताल निर्माण गर्न अभियानमा जुटेका छौं ।

शुरुवातबाटै मैले सचिव भएर काम गरेको छुँ । कोहलपुरको अग्रणी शैक्षिक संस्था बालज्योति माध्यमिक विद्यालयको म प्रिन्सिपलको रुपमा छुँ । त्यसै गरी म गोरखापत्रको कोहलपुर संस्करणमा सम्पादकको टिममा रहेर काम गरेको छुँ । साथै प्युठानी समाजको पनि सचिव छुँ ।

योग एवम् प्राकृतिक स्वास्थ्य समाजको उद्देश्य के हो ?

विशेषगरी अहिले हाम्रो दुईवटा उपचार विधि रहेको पाइन्छ । एउटा आधुनिक विधि एलोपेथिक र वैकल्पिक उपचार विधि । अहिले हाम्रो अभ्यासमा छन् । एलोपेथिक उपचार पद्धतिले विभिन्न किसिमका ठूला रोगहरु मुटुको अप्रेसन तत्काल गर्न उपचारको काम गर्छ भने वैकल्पिक उपचार पद्धतिले हिजो पूर्वीय दर्शनअनुसार ऋषिमुनि खानपान योग आयुर्वेदहरु सबैलाई समायोजन गरेर उपचार गरिन्छ । हाम्रो दैनिक जीवनमा यस्ता किसिमका समस्याहरु छन् । खानपान जीवनशैली पुँजीवादको चरम विकासतिर हामी गइरहेका छौँ ।

यसले गर्दा हाम्रो जीवनशैली परिवर्तन भएको छ । हिजोको हाम्रो उपचार पद्धति वैज्ञानिक विधिका छन् । योग आयुर्वेद र प्राकृतिक चिकित्सा यो हाम्रो नेपाली माटोमा हुर्केको विधि हो । यसलाई अगाडि बढाउनुपर्छ भन्ने हो ।

यो अस्पताल निर्माणको योजना कसरी अघि बढेको हो ?

मान्छेहरु प्राकृतिकरुपमा कसरी आउँछन् भने धेरै ठाँउमा उपचार गरेर सञ्चो नभइ र धेरै पैसा खर्च हुन्छ अनि पछि प्राकृतिक उपचारको लागि आउँछन् । हाम्रोमा पनि विभिन्न किसिमका नसर्ने रोगहरु मधुमेह, मुटुको रोग, रक्तचाप गोष्ठी गानोगोला जस्ता महिलाका रोगहरुले धेरै मान्छेहरु पीडित भएका छन् । हरिद्वारबाट स्वामी रामदेवले पतञ्जली योग पीठबाट अभ्यासलाई विश्वव्यापी गर्ने क्रममा नेपालबाट पनि धेरै साथीहरु हरिद्वार पुग्नु भो उपचार गर्नुभयो । उपचारका विधिहरु देख्नुभयो ।

हाम्रो माटो पानी प्राकृतिक खानपान हावाबाट पनि उपचार हुनसक्छ भन्ने भएपछि २०७० तिर एउटा संस्था जन्माउनु भयो । कोहलपुरमा पनि यस्तो संस्था बनाउनु पर्छ भनेर पहिले निजी क्षेत्रबाट सुरु गर्नुभयो । यसमा चाहिँ आम मान्छेहरु जोडिन सकेनन् । त्यसपछि सबै साथीहरुको सहकार्य गरेर सामुदायिक बनायौं भने सञ्चालन गर्न पनि सहज हुने भएकाले साथीहरुको सहकार्यमा यो सुरु भएको हो ।

दामोदर पौडेल
सचिव,

सामुदायिक आयुर्वेद तथा प्राकृतिक अस्पताल
आगामी फागुनदेखि सामुदायिक आयुर्वेद तथा प्राकृतिक अस्पताल निमार्णलाई औपचारिकरुपमा सञ्चालनको पूर्वतयारीमा हुनुहुन्छ । भौतिक संरचना, उपकरण जनशक्तिको हिसाबले के कति निर्माण भएको छ ?
सुरुमा त के थियो भने हाम्रो योभन्दा अघिल्लो प्रदेशसभामा चाहिँ सामाजिक विकासमन्त्री सुदर्शन बराल हुनुहुन्थो । उहाँले सहयोग गर्नु भयो । प्रदेश संसद् कृष्णा केसी नमुनाले काममा थप उत्साह र हौसला दिनुभयो । कृषिमन्त्री आरती पौडेलले पनि सहयोग गर्नुभयो । अहिलेको आधुनिक भवन छ । त्यो भवनमा चाहिँ संसद् विकास कोषको ९० लाखसम्मको सहयोग गर्नुभयो । पूर्वमन्त्री महेश्वर गहतराजले एउटा कर्मचारी आवास बनाउनुपर्छ भनेर संसद् विकास कोषको ३० लाख सहयोग गर्नु भो ।

कोहलपुर नगरपालिकाबाट पनि हामीलाई ठूलो सहयोग भयो । लुटबहादुर रावतले पटकपटक पाँच वर्षमा हामीलाई ७०÷७५ लाख सहयोग गर्नुभयो । आजीवन सदस्य भएर पनि हामीलाई सहयोग मिलेको छ । हिक्मत ढकाल राप्रपाको नेता हुनुहुन्छ । कोभिडको समयमा हामीलाई सहयोग मिलेको थियो । भेन्टिलेटरदेखि अरु पनि सहयोग गर्नुभयो । भौतिक सामग्रीहरु जुटाउँदैछौं । अहिलेको निर्माण सम्पन त भएको छैन तर, अस्पताल सञ्चालन गर्न सकिन्छ । आधारभूत संरचना बनेको छ । जनशक्ति अभाव छ । २५ जना जति आवश्यक छ ।
तपाईंहरुको उद्देश्यअनुसार जनताले गुणस्तरीय सेवा पाउन भन्ने हो ?
अवश्य पनि पाउनु हुन्छ । हाम्रो हावा, पानी, माटो जडीजुटीबाट उपचार गर्न हो । हामीसँग सबै चिज छ । तर जनशक्ति त चाहियो । हामी अब कसरी जाने भनेर सोचिरहेको छौं । अहिले हामीसँग जनशक्ति नभएको भएर हामी मिडियम तरिकाबाट जाने खोजिरहेका छौँ । अब छिटो नै सञ्चालन हुन्छ । जनताले सेवा पाउनु हुन्छ ।

अस्पतालले कस्ताकस्ता प्रकारका सेवा प्रदान गर्छ ?

उपचार पद्धतिमा चाहिँ १५ प्रकारको उपचार पद्धति छ । अकुपन्चर, अकुप्रेसर, आयुर्वेदिक प्राकुतिक, जल चिकित्सा, माट चिकित्सा, शिरोधारालगायत खानपानमा ध्यान दिनुपर्छ भन्ने हो । आहार विहारमा ध्यान दिन जरुरी छ ।

यसमा सेवासुविधा कस्तो हुन्छ ? अस्पतालमा नै उपचारको लागि किन आउने नी ?

पहिलो कुरा हामी स्वस्थ कसरी हुने भन्ने हो । शारीरिकरुपमा, मानसिकरुपमा र आध्यात्मिकरुपमा स्वस्थ हुनुप¥यो । सुरुमा अलि बढी लाग्छ । हामीले हाम्रो वरपर भएको चीजहरुको प्रयोग गरेर औषधि उपचार गर्नु भएकोले पनि सहज हुन्छ ।

महामारी रोगहरुबाट बच्नका लागि पनि प्राकृतिक उपचार विधि आवश्यक छ ?

कोभिडको समयमा धेरैको उपचार प्राकृतिकरुपबाट भएको छ । रोगहरु पनि प्राकृतिकबाट आएका हुन् ? नेपालभरि औषधि उपचार गर्दै प्राकृतिक उपचारको प्रभावकारिता देखियो । आज पनि हामीले तुल्सी बेसार पानी तताएर खायौं भने रुघाखोकी सञ्चो हुन्छ । यस्ता धेरै कुराहरु प्राकृतिमा छन् ।

अहिलेको स्थानीय सरकारसँग कसरी समन्वय भइरहेको छ ?

अहिले हामीसँग युवा मेयर हुनुहुन्छ । उहाँले कोहलपुरको लागि राम्रो गर्नुहुन्छ । अस्ती मात्र हाम्रो कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक ईश्वरीप्रसाद विश्वर्कमाले राम्रो कुरा उठाउनुभयो । पहिले हामीले के गर्न सकिन्छ । योजना तयार पारौं । गाउँगाउँमा कसरी जोड्न सकिन्छ त्यो पनि जोडौँ । नगरपालिकाले के गर्न सक्छ । एउटा बहस गरौं । यस कारण स्थानीय सरकारबाट सहयोग हुन्छ भन्ने आशा छ ।

 

प्रकाशित मिति : २०७९ माघ २३ गते सोमबार