बाँके । आगामी मंसीर ४ गते नेपालमा हुन लागेको प्रतिनिधिा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी तथा सीमा क्षेत्रको सुरक्षालाई ध्यानमा राखेर नेपाल–भारत सीमा क्षेत्रको दशगजामा दुई देशका सुरक्षा निकायले संयुक्त गस्ती गरेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरीअन्तर्गत बिओपी जमुनाहाका ईञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक रोशन जोशी र भारतीय सशस्त्र सीमा बल (एसएसबी) बटालियन नम्बर ४२ को कम्पनी रुपइडिहाका असई अरुणकुमारको संयुक्त कमाण्डमा बाँकेस्थित नेपाल भारत सीमा क्षेत्रको जंगेपिल्लर नम्बर ६५१ देखि ६५१÷११ सम्म संयुक्त गस्ती गरिएको हो ।

afFs], @! j}zfv -/f;;_ M ef/tdf x’g nfu]sf] nf]s;ef lgjf{rg tyf ;Ldf If]qsf] ;’/IffnfO{ Wofgdf /fv]/ g]kfnef/t ;Ldf If]qsf] bzuhfdf ;+o’St u:tL ub}{ b’O{ b]zsf ;’/Iff clwsf/Lx? . ;z:q k|x/L an g]kfn gDa/ #) u0f / ef/tLo ;z:q ;Ldf ;’/Iff an -P;P;aL_ a6flnog gDa/ $@ n] g]kfnef/t ;Ldf If]qsf] h+u] lkn/ g+ @^ b]lv @( ;Dd ;+o’Qm u:tL u/]sf x’g . t:jL/ M sfzL/fd zdf{, afFs]÷/f;;
निर्वाचनको बेलामा सीमा क्षेत्रबाट हुनसक्ने अवाञ्छित क्रियाकलाप तथा अपराध रोक्नका लागि संयुक्त गस्ती सुरु गरिएको जनाईएको छ ।
निर्वाचनको बेलामा मात्र नभएर अन्य समयमा सीमा क्षेत्रबाट हुनसक्ने विभिन्न आपराधिक गतिविधि रोक्नका लागि हरेक महिनामा दुईतीन पटकसम्म यसरी संयुक्त गस्ती गरिँदै आए पनि मंसीर ४ को निर्वाचनलाई लक्षित गरी दुवै देशका सुरक्षा निकायको संयुक्त गस्ती निर्वाचन अवधिसम्म गरिने दुवै देशका अधिकारीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्