8 December 2021  |   बुधबार, मंसिर २२, २०७८

निबन्ध : भ्रष्टाचार विरुद्ध युवा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ ८, २०७८  

आयुष्मा ढकाल

भ्रष्ट र आचार दुई शब्दको सन्धिबाट भ्रष्टाचार शब्द बनेको हो । जुन शब्दले आचार नभएको वा खस्किएको कारोवारलाई जनाउँछ । शक्तिमा रहेकाहरुद्धारा गरिने बेइमानी वा कपटपूर्ण आचरण भ्रष्टाचार हो । सार्वजनिक जीवनमा स्वीकृत मूल्यहरुको विरोधी आचरणलाई भ्रष्ट आचरण अर्थात भ्रष्टाचार मानिन्छ ।

कुनै पनि व्यक्तिले आफ्नो पदीय मर्यादा विपरीत गर्ने सबै किसिमका गैरकानुनी र अनैतिक क्रियाकलापहरुलाई भ्रष्टाचार भनिन्छ । सार्वजनिक पदमा रहेका पदाधिकारीहरुले आपूmमा रहेको शक्ति र अधिकार व्यक्तिगत हित वा फाइदा पु¥याउनको लागि प्रयोग गर्नु नै भ्रष्टाचार हो ।

युवा समग्र जीवनको एउटा यस्तो उर्जाशील उमेर अबस्था हो जहाँ व्यक्तिमा साहस, सृजनशिलता, सिक्ने क्षमता एवंम् उच्च आत्म विश्वास हुन्छ । यही उमेरमा आफ्नो फरक पहिचान निर्माण गर्न चाहने युवाले समाजमा आपूmलाई अब्बल सावित गर्न संघर्षरत रहन्छ । परिवारको प्रत्यक्ष निगरानीबाट मुक्त हुँदै आफ्नो क्षमतामाथि विश्वास गर्न थाल्छन् । जुन अवस्थाले विगत र भविष्यलाई जोड्छ ।

नेपाल एक विकासोन्मुख देश हो । विकासको गतिमा बामे सर्दै हिडेको नेपालमा भ्रष्टाचारले जरो गाड्दै गएको छ जसले गर्दा सोचे अनुसारको विकास हुन सकेको छैन । राज्यमा सुसासन हुन नसक्दा अति भ्रष्टाचारयुक्त देशको सूचीमा नेपाल पनि परेको छ ।
भ्रष्टाचारको परिभाषा फरक फरक किसिमले दिने गरेको पाइएको छ । विश्व वैंकले ‘व्यक्तिगत फाइदाको लागि सार्वजनिक ओहदा र शक्तिको दुरुपयोग नै भ्रष्टाचार हो’ भनेको छ ।

एमेनेस्टि इन्टरनेश्नलले ‘सार्वजनिक क्षेत्रमा चाहे त्यो राजनीतिक वा प्रशासनिक होस् उनीहरुलाई गरिएको विश्वास वा सुम्पिएको कार्यको गलत र गैर न्यायिक प्रयोग नै भ्रष्टाचार हा’े भनेको छ । भ्रष्टाचार निवारण ऐन २०५९ ले ‘परिच्छेद २ अन्तरगत सजाय हुने कसुर सम्झनुपर्छ’ भनेर उल्लेख गरेको छ ।

भ्रष्टाचार सामाजिक अपराध हो । जुन गम्भिर प्रकृतिको हुन्छ । आर्थिक हिनामिना, असामाजिक र अनैतिक क्रियाकलाप र अन्य भ्रष्ट गतिविधिका कारण देशमा अनैतिकता पैदा हुन्छ । जसले गर्दा विकासका कार्यहरु रोकिन्छन् । मानिसहरु बेरोजगार बन्छन् ।
युवाको उमेर विश्व परिवेशमा एकनाशको छैन । विश्व श्रमिक संगठनले १५ देखि २९ वर्ष, विश्व राष्ट्र संघ र विश्व बैंक जस्ता अन्तरराष्ट्रिय संस्थाले १५ देखि २४ वर्षसम्मको उमेर समूहलाई युवा मानेको पाइन्छ । राष्ट्रिय युवा परिषद ऐन २०७२ तथा राष्ट्रिय युवा नीति २०७२ ले १६ देखि ४० वर्षसम्म लाई युवा उमेर समूह निर्धारण गरिएको छ । २०६८ सालको जनगणना हेर्दा १६ देखि ४० वर्ष उमेर समूहको जनसंख्या करिब १ करोड ७ लाख अर्थात कुल जनसंख्याको ४०.३५ प्रतिशत रहेको छ ।

युवाशक्ति कुनै पनि देशको राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनको संवाहक हो । एक निश्चित उमेर समुहको सक्रिय, उर्जावान र गतिशिल युवा समूह मानव विकास संंसाधनको महत्वपूर्ण साधन हो । हरेक राजनीतिक परिवर्तनलाई संस्थागत गरी सबल राष्ट्र निर्माण गर्न युवाहरुको महत्वपूर्ण भूमिका हुन्छ । युवाशक्तिले शोषण, अन्याय, अत्याचार र दमनबाट ग्रसित समाजलाई परिवर्तन गर्न सक्छन् ।

युवा परिचालन, सहभागिता र नेतृत्व विकास विना कुनै पनि देशले विकासमा आसा गरे अनुरुप लक्ष्य हासिल गर्न सक्दैन । युवालाई लक्षित गरेर राष्ट्रिय अभियानहरु संचालन गर्न सके योग्य र दक्ष युवा तयार गर्न सकिन्छ । युवा स्वाबलम्बन बृद्धि गर्न युवा नेतृत्वलाई विकास र स्थापित गर्दै लैजानुपर्छ । युवाहरुको सक्रिय सहभागिताले देशको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमा सहयोग पुग्छ ।

युवा स्वभावैले उर्जा, जोश, जाँगर र जुझारु हुन्छन् । भ्रष्टाचार नियन्त्रणमा युवाशक्तिलाई परिचालन गर्नु आजको आवश्यता हो । नेपालको एकिकरण होस् वा अंग्रेजसँगको लडाइ, युवाहरुले नै अगुवाइ गरेका थिए । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको स्थापना र राज्यका सबै खाले परिवर्तनमा युवाहरुकै भूमिका सक्रिय रहँदै आएको छ । त्यसैले वर्तमान समयमा भ्रष्टाचार नियन्त्रण गर्नका लागि सक्रिय युवाहरुलाई परिचालन गर्नुपर्ने देखिन्छ ।

युवा परिचालन, सहभागिता र नेतृत्व विकास विना कुनै पनि देशले विकासमा अपेक्षित लक्ष्य हासिल गर्न सक्दैन । त्यसैले योग्य, दक्ष र सक्रिय युवा तयार गर्नका लागि युवा राष्ट्रिय अभियान संचालन गर्नुपर्ने दखिन्छ । शोषण, अन्याय, अत्याचार, भ्रष्टाचार र दमनबाट ग्रसित समाजलाई खबरदारी गर्न युवा स्वालम्बन, सशक्तिकरण जस्ता कार्यक्रम संचालन गरि युवा नेतृत्व स्वीकार गर्नुपर्छ ।
मानिस सुविधाभोगी प्राणी हो । मानिसका इच्छा चाहना र आवश्यकताहरु असिमित छन् । आर्थिक पक्षमा सवल मानिसले मात्र आपूmलाई सुखी र खुशी ठान्ने सोंचको विकास हुँदै गइरहेको वर्तमान अवस्थामा मानिसहरु दिनप्रतिदिन भ्रष्ट हुँदै गइरहेका छन् । आफ्नो व्यक्तिगत हितका लागि पद र ओहोदाको दुरुपयोग गर्छन् । समाजमा भ्रष्टाचार पनि एकै स्वरुपमा भएको पाइदैंन । भ्रष्टाचारका विभिन्न स्वरुपहरु छन् जस्तै

– आर्थिक भ्रष्टाचार
– नैतिक सामाजिक भ्रष्टाचार
– नीतिगत भ्रष्टाचार
– नेपालको सन्दर्भमा कानुनले परिभाषित गरेका भ्रष्टाचार र पहिचान नगरिएका भ्रष्टाचार

यी विभिन्न स्वरुपमा देखिने भ्रष्टाचारलाई युवा वर्गले बेलैमा पहिचान गर्न सक्नुपर्छ । भ्रष्टाचारले देशको आर्थिक अर्थतन्त्रलाई नराम्रोसँग पछाडि धकेलेको पाइन्छ । देश बन्नको लागि राष्ट्र र राष्ट्रिय राजनीति सक्षम हुनुपर्छ । नेतृत्व तहमा युवाहरुको उपस्थिति उत्साहजनक नभइ कमजोर हुनु, राजनीतिक अदुरदर्शिता र दलहरुले युवालाई प्रयोगका साधनमात्र बनाइरहेकोले अराजकताको स्थिति सृजना भएको छ । राजनीतिक दलको झण्डा मुनि बसेर हो मा हो मिलाउनुभन्दा देशमा मौलाउँदै गएको भ्रष्टाचार विरुद्ध युवा परिचालन गर्नुपर्ने देखिन्छ ।

सदाचार र भ्रष्टाचार एक अर्काका विपरित धु्रव हुन् । सदाचार भनेको राम्रो आचरण हो । भ्रष्टाचार बढे सदाचार घट्छ । त्यसैले असल र सभ्य समाज निर्माणका लागि आजका युवामा सदाचार शिक्षा र संस्कारको विकास गर्नु पर्ने देखिन्छ ।
युवाहरु आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रुपान्तरणका अग्रदुत तथा समाज परिवर्तनका संवाहक शक्ति हुन् । सृजनशिलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वासका कारण युवा वर्गले भ्रष्टाचार अन्त्यका लागि नयाँ तौरतरिका पत्ता लगाउन सक्ने देखिन्छ । त्यसैले युवाहरुले सर्वप्रथम भ्रष्टाचारजन्य कसुरहरुको बारेमा जानकारी लिनुपर्छ । भ्रष्टाचार निवारण ऐन २०५९ मा उल्लेख गरिए अनुसार भ्रष्टाचारजन्य कसुरहरु निम्न छन् ः रिसवत लिने, विना मूल्य वा कम मूल्यमा वस्तु तथा सेवा लिने, दान, दातव्य उपहार वा चन्दा लिने, कमिसन लिने, राजस्व चुहावट गर्ने, गलत लिखत तयार गर्ने, गलत अनुवाद गर्ने, सरकारी कागज सच्याउने वा नोक्सान गर्ने, प्रश्नपत्रको गोपनीयता भंग गर्ने, परिणाम फेरबदल गर्ने, झुटा विवरण दिने, गैरकानुनी व्यापार गर्ने, सार्वजनिक सम्पत्तिको हानी नोक्सानी गर्ने, गैरकानुनी दबाब दिने, गलत प्रतिवेदन दिने आदि । त्यसैले नगद वा जिन्सीको रुपमा मात्र नभएर विभिन्न किसिमले भ्रष्टाचार हुन्छ भन्ने कुरा बुझ्न जरुरी छ ।

प्राकृतिक सौन्दर्यता हुँदाहुँदै पनि भौगोलिक कठिनाइ र आर्थिक अभाव नेपालीले झेल्नु परेको छ । समाज विकासको जिम्मा लिने व्यक्तिहरु नै भ्रष्टाचारमा संलग्न देखिएका छन् । जनप्रतिनिधिहरु शिक्षित, योग्य, दक्ष र सक्षम नहुँदा बिचौलियाहरु सल्बलाउने अवसर पाएका छन् । स्वतन्त्र र निष्पक्ष निर्वाचन नभइ पैसाको बलमा जित्ने प्रवृत्तिको विकास हुँदै गएको छ । निर्वाचित जनप्रतिनिधिहरु सत्तासिन भैसकेपछि निर्वाचनमा गरेको खर्च असुल गर्नुले पनि भ्रष्टाचार बढेको हो । भ्रष्टाचार बढ्नुका कारणहरुलाई बुँदागत रुपमा यसरी प्रष्ट पार्न सकिन्छ :-

– निर्णायक क्षेत्रमा युवा नेतृत्व कमि हुनु ।
– सबै क्षेत्रमा पारदर्शिताको अभाव हुनु ।
– उत्तरदायित्व र जवाफदेहिताको अभाव हुनु ।
– कर्मचारी सेवकको रुपमा नभइ शासकको रुपमा प्रस्तुत हुनु ।
– भ्रष्ट्राचार विरुद्ध बनेका विद्यमान र ऐन, नियम कानुनी व्यवस्थाको प्रभावकारी प्रयोग नहुनु ।
– भ्रष्टाचारीलाई सामाजिक र राजनीतिक संरक्षण एंवम् प्रोत्साहन प्राप्त भइरहनु । पक्राउ परेपनि रिहा गराउने समूह सक्रिय हुनु ।
– राज्यका हरेक क्षेत्रमा अनुगमन र मूंल्याकन प्रणाली प्रभावकारी नबन्नु ।
– घुस, कमिसन र कोशेली संस्कृति विद्यमान रहनु साथै दण्ड पुरस्कार प्रणालीको अभाव हुनु

भ्रष्टाचार नियन्त्रणका प्रयासहरु विकसित राष्ट्रमा भन्दा अल्पविकसित राष्ट्रमा असफल भएको देखिन्छ । अग्रपंक्तिमा युवाको भूमिका नहुनु र दिन प्रतिदिन भ्रष्टाचार मौलाउँदै जानुले गर्दा विकास हुन सकेको छैन । २०४६ सालपछि नेपालमा धेरै सरकार
बने । सबैले भ्रष्टाचार विरुद्धको सुन्य शहनशीलताको प्रण गरे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि आफ्नो भूमिका सक्रिय रहेको बताइरह्यो तर भ्रष्टाचार घट्नुको साटो बढेर गएको छ । राजनीतिक दलले युवाहरुलाई सधै सत्ता परिवर्तनका लागि मात्र लगाउने र अन्य कार्यमा अग्रसर हुन नदिएकोले भ्रष्टाचार बढेको हो ।

विश्व कोरोना कहरमा छ । पूरै विश्व कोभिड १९ लाई परास्त गर्नका लागि जुटिरहेको अवस्था छ । राज्यका गतिशिल हुनुपर्ने सबै कामहरु रोकिएका छन् । नेपाल पनि यसबाट अछुतो छैन । नेपालका समाचार च्यानलहरुले युवाहरु मुखमा माक्स र हातमा प्लेकार्ड बोकेर सडकमा नारा जुलुस गर्दै चिच्याएका भिडियोहरु सार्वजनिक गरिरहेका छन् । कोरोना भाइरसको परिक्षण गर्ने पिसिआर किट बढाउनु पर्ने, आरडिटि परिक्षणलाई हटाउनु पर्ने, कोरोना परिक्षणमा लागेको खर्च सार्वजनिक गर्नुपर्ने आदि लेखेका प्लेकार्डहरु उनीहरुका हातहातमा देखिएका छन् । ति सबै युवा शक्ति हुन् जसले आन्दोलनका तौरतरिका बदल्न सिकेका छन् । टायर बालेर हिंसात्मक गतिविधिमा उत्रने युवाहरु शान्तिपूर्ण रुपमा सरकारलाई कोरोना परिक्षणको दायरा बढाउन दबाब दिइरहेका छन् । आफ्नो जिउ ज्यानको बाजी लगाउँदै उनीहरु सडकमा छन् ।

करको रुपमा सरकारलाई बुझाएको रकम हिनामिना भएको आशंकामा युवाहरुको रगत उम्लिएको हो । त्यसैले युवाहरुलाई राज्यले कमजोर वर्गको रुपमा लिनुहुँदैन । अवैध धनलाई समाजमा सम्मान गर्ने संस्कारको विकास भएको र राज्यका संवैधानिक निकायलाई दवाव र प्रभावमा राखेको हुनाले पनि भ्रष्टाचार बढेर गएको हो । दण्डहिनताले प्रसय पाउँदै गयो भने सार्वजनिक पदमा बस्ने व्यक्तिहरु झनै गैर जिम्मेवार हुँदै जान्छन् । ‘भ्रष्टाचारीलाई बचाउँदै होइन फसाउँदै जानुपर्छ’ भन्ने शक्ति युवाहरु नै हुन् । राष्ट्रको सबैभन्दा मुल्यवान धन र तागत भनेका युवा शक्ति नै हुन् । देशका कर्णधार हुन् । देशको भविष्य युवाहरुको हात र काँधमा छ । हिजोका पुर्खाले गरेका गल्ती र कमजोरीबाट पाठ सिक्दै भोलिको उज्जवल भविष्यका लागि वर्तमानमा उचित कदम चाल्नका लागि युवाहरु सक्रिय भएर जागेका छन् ।

युवा शक्ति भनेको त्यस्तो शक्ति हो जसले अजंगको पहाड पनि सजिलैसँग भत्काउन सक्छ । उनीहरुसँग भएको बौद्धिक र सक्रिय शक्तिलाई सहि ठाउँमा प्रयोग गर्न सकेमात्र देशमा विकास हुन सक्छ ।

प्रथम र दोस्रो विश्वयुद्ध लड्ने युवाहरु नै थिए । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न थुप्रै युवाले ज्यानको बाजी लगाएका थिए । त्यसैले नेपालमा जरा गाडेर बसेको भ्रष्टाचार विरुद्ध युवाशक्ति सक्रिय हुनुपर्ने बेला भएको छ । युवाले भ्रष्ट्राचार निर्मुल गर्नका लागि निम्न किसिमका उपायहरु अपनाउन सक्छन् :-

– भ्रष्टाचार अन्त्यका लागि म आपूm पनि भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न भनेर प्रतिबद्ध हुने
– नागरिक समाज, संघसंस्था, व्यक्ति, समुदायसँग हातेमालो गर्दै भ्रष्टाचारीको असली अनुहार पहिचान गर्न सहयोग गर्ने
– भ्रष्टाचार अन्त्य गर्न उपचारात्मक विधिभन्दा रोकथाम विधि प्रभावकारी र दिगो हुने भएकोले युवाहरुले गाउँ, शहर, बस्तीबाट भ्रष्ट्राचार विरुद्धका जनचेतनामूलक कार्यक्रम संचालन गरि भ्रष्टाचारजन्य गतिविधिलाई सामाजिक बहिस्कार गर्ने
– युवाशक्ति भित्र रहेको क्षमता प्रदर्शन गर्दै नाटक, गीत, संगित, भाषण आदिको माध्यमबाट आम मानिसले बुझ्ने भाषामा भ्रष्टाचारको विरोध गर्ने
– नेपालमा बनेका तर पूर्ण कार्यान्वयनमा नआएका कानुनको पूर्ण कार्यान्वयन गर्नका लागि जनदवाब सिर्जना गर्ने । भ्रष्टाचारी जुनसुकै राजनैतिक दलको कार्यकर्ता वा नातागोता भए पनि कानुनको दायरामा ल्याउन सहयोग गर्ने
– सार्वजनिक पदाधिकारीहरुलाई आफ्नो जिम्मेवारीप्रति उत्तरदायी र सजग बनाउन अभियान चलाइ खबरदारी गर्ने
– भ्रष्टाचार नियन्त्रण गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सर्तकता केन्द्र माथि नै प्रश्न चिन्ह खडा भएकोले ति निकायहरुबाट गरिने हरेक कामहरुमा पारदर्शिता राख्न दबाब दिदैं सम्बद्ध निकायहरुको क्षमता अभिवृद्धिका लागि सरोकारवाला संघसंस्थाहरुसँग समन्वय गरी राय सल्लाह र सुझाव संकलन गरी सरकारलाई बुझाउने
– सबै नीतिहरुको नीति नै राजनीति भएकाले राजनैतिक दलमा भ्रष्टाचार मौलाउन नदिन आपूm समर्थक रहेको राजनीतिक दलमा आवाज उठाउने । योग्य र सक्षम व्यक्तिलाई समर्थन गर्ने
– सुसासन तथा वित्तिय अनुशासनप्रतिको प्रतिबद्धतामा बृद्धि गर्न सरकारलाई सहयोग गर्ने
– स्वरोजगारीका अवसरहरुको सृजना गरी बेरोजगारी समस्या समाधान गर्ने साथै नातावाद र कृपावादको परिपाटि अन्त्य गरी समुन्नत समाजको निर्माणमा अग्रसर हुने
– फजुल खर्च नियन्त्रण गर्न आम संचारमा माध्यमबाट विभिन्न किसिमका अभिप्रेरणात्मक कार्यक्रमहरु संचालन गर्ने
– राज्यका केन्द्रीय तहदेखि स्थानीय तहसम्म युवाहरुको सक्रियतामा विभिन्न भ्रष्टाचार न्यूनीकरणका विशेष कार्यक्रम संचालन गर्ने
– समाजमा आर्थिक सुसासन, नैतिकता र सदाचार कायम राख्ने दिशामा अग्रसर हुनका लागि जनदवाब सिर्जना गर्ने । भ्रष्टाचारविरुद्ध जनमत तयार गर्ने ।
– देशलाई विकसित बनाउनका लागि असल नेताको नेतृत्व र सक्रिय जनताको साथ आवश्यक पर्ने भएकोले निर्वाचनको समयमा युवा जनशक्तिले योग्य, सक्षम र निडर नेतृत्वको छनोटका लागि सहयोग गर्ने ।
– समय समयमा विभिन्न विद्यालयहरुमा गई बालबालिकाहरुलाई भ्रष्टाचार विरुद्ध सुन्य शहनशीलताको जानकारी दिई योग्य, सक्षम, असल, इमान्दार, कर्तव्यनिष्ठ जनशक्ति बन्नका लागि उत्प्रेरित गर्ने । अर्काको देखासिकी नगर्ने, फजुल खर्च नगर्ने, जुवातास नखेल्ने, लागूपदार्थको सेवन नगर्ने, देशप्रति भक्ति भाव जागृत गर्ने खालका कुराहरु बालबालिकाहरु सिकाउने
– भ्रष्टाचारीहरु विभिन्न रुपमा प्रस्तुत हुने भएकोले उनीहरुको पहिचान गर्न सहयोग गर्ने । न्यायिक क्षेत्रमा समेत बिचौलिया र दलाल हावी हुने भएकोले जस्तो सुकै परिस्थितिमा पनि युवाहरुले आफ्नो इमान नबेच्ने
– भ्रष्टाचारीले पद र प्रतिष्ठाको दुरुपयोग गरी अदालतलाई समेत प्रभावित पारेर आफ्नो पक्षमा पैmसला गर्न लगाउन सक्ने भएकोले यस्तो अवस्थामा युवाहरुले धर्ना, जुलुस, ¥याली गरी खबरदारी गर्ने
– भौतिकभन्दा आध्यात्मिक प्रतिस्पर्धा बृद्धि गरी बालबालिकालाई परावलम्बी होइन स्वावलम्बी र अनुशासित बनाउने शिक्षा प्रदानका लागि सहयोग गर्ने साथै भौतिक लगानीभन्दा बौद्धिक लगानीलाई मान्यता दिने प्रवृत्तिको विकासमा सहयोग गर्ने

यो नेपालको मात्र समस्या होइन । विकसित, अल्पविकसित तथा विकासोन्मुख देशमा समेत भ्रष्टाचार बढ्दै गएको देखिन्छ । भ्रष्टाचार न्यूनिकरण गर्न सकेका देशहरुले मात्र विकासमा फड्को मार्न सकेका छन् । नेपालको सन्दर्भमा सक्षम र सक्रिय युवा शक्तिले नागरिक समाजसँगको समन्वयमा सरकारलाई एउटा बृहत आयोग गठन गरि भ्रष्टाचारका साना ठूला सबै विवादको छानविन तथा अनुसन्धान गर्नका लागि अनुरोध गर्नु पर्छ । जसले गर्दा दोषीहरु कानुनको दायरामा आउने, आम जनतालाई समन्याय, समानता प्राप्त हुने र राष्ट्र भ्रष्टाचार मुक्त भइ समग्र विकास हुने देखिन्छ ।

‘भ्रष्टाचार अन्त्यका लागि म आफू पनि भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न ।’

प्रकाशित मितिः शनिबार, जेष्ठ ८, २०७८     8:23:29 AM  |