श्यामकर्ण नाथ योगी
बैजनाथ–५ जीगाउँ
कुनै पनि मानिसमा सिद्धान्त जरुरी छ । जो मान्छेमा सिद्धान्त नै छैन, त्यो मानिस नै होइन सिद्धान्तले कर्तव्यलाई निम्त्याउँछ । कर्तव्यपुरा गर्न व्यवहार लागु गर्नु पर्छ । व्यवहारबाट नै अनुुभव उत्पादन हुन्छ । जब अनुुभव वृद्धि संङ्गत निष्र्कषमा पुुग्छ, त्यसले ज्ञानलाई मार्गदर्शन गर्छ । यी तीनवटै कर्मलाइ आत्मासात गरेर नै मैले आजभन्दा केही पुस्ता अगाडिका सिम्ताभित्रकै विषयलाई लिएर ऐतिहासिक र रोचक जानकारी पस्किने अवसर प्राप्त गरेको छु ।
यो सिम्ता क्षेत्रको धज्जी उडाउन हैन, त्यहाँको जीवन र पौरखको कदर गर्न खोजिएको छ । मानिस सामाजिक प्राणी हो । जो जहाँ भएपनि उसको आफन्तप्रतिको आशक्ति कायमै रहन्छ । त्यसैले होला सुुर्खेत जिल्लाको पूर्वी उत्तरी भेगमा रहेको सिम्ता क्षेत्र, आफ्नै संस्कृति, रीति रिवाज, भेष भुुषा अनि वातावरणको लोकप्रिय पहिचान दिलाएर ठसक्क बसेको पाइन्छ । मेरा लागि पुर्खाहरुले त्यस सिम्तामा खुुट्टो टेक्ने ठाउँसम्म बाँकी राखीदिएका छैनन् । तर पनि उनीहरुले रमाउँदै आफ्नो जीवन बिताएको त्यो ठाउँ, त्यो गाउँ र सम्पूर्ण सिम्ता मित्रका डाँडा पाखाहरुलाई सम्झेर माया बढी भएर नै हुुनसक्छ, मनै थाम्न गाह्रो भैदिएको छ ।
मैले सिम्ता छोडेको २०२४ सालमा हो । मेरो घर बजेडाको गाउँमा पर्दथ्यो । त्यतिखेर बजेडा छाड्दा म ५ वर्षको मात्र थिएँ । बजेडाको गाउँदेखि बस्ती सरी मेरा बुवा आमा सधैंका लागि बाँके जिल्लाको पुर्नबासले बस्ती बसालेको ठाउँ जीगाँमा प्लट लिई बस्नुभयो । म केही वर्षपछि ठूलो हुुँदै गएँ । विगतको सम्झनाले एकतर्फी सताउन थाल्यो । मेरो मनले विस्तारै त्यहाँका डाँडा पाखाहरुमा समेत सुुरेली खेल्न थाल्यो । मायाको जगनै बलियो हुँदै गएपछि यसरी म सिम्ता क्षेत्रमा पुुग्न बाध्य भएँ । तराई झरे पश्चात यो नै मेरो सिम्ता क्षेत्रको पहिलो
भ्रमण थियो ।
पूूर्वी किनार भएर बग्ने ती भेरी नदी र उनको महिमा बारे जति प्रसंसा गरे पनि थोरै हुुनसक्छ , धर्तीकी अप्सरा झै लाग्ने, रात दिनको अविरल यात्रामा व्यस्त भैरहने, प्रकृतिकै वरदान युक्त भेरी नदी हामीले हेर्दा ठयाक्कै धोतीको खीका झै लाग्ने गर्दछिन् । सिम्ता क्षेत्रको मुख्य प्रवेशद्धार नै राकम हो । राकममा पहिलो पाइला नटेकेसम्म हामी सिम्तामा प्रवेश नै गर्न सक्तैनौं । त्यहाँभन्दा केही अगाडि जामुनेबजार अनि गोजीबजार स्वागतका लागि तेर्सीपरि सुतेका झैं देखिन्छन् । सिम्ताकै वीच भागबाट भएर सिम्ताखोला पूर्वतिर बगिरहेको छ । यसको धेरै पुुरानो विशेषता होला, त्यो आफ्नो ठाउँमा छ । एसै खोलाको नामबाट नै सिम्ताखोला भनेर त्यो ठाउँको नाम रहन गएको हो । यो अलिक बुडो भएर नै होला, हेर्दा सेतै फूले झैं लाग्दछ । तर पनि वर्षमा एकपटक आफ्नो औकात त देखाएरै छाडेको छ । स्वभाव नै रिसाह प्रवृतिको छ । दुुई किनार बदल्दै, ठाउँ ठाउँका बल्डयाङ्ग खाँदै, माथिका कुराहरु तल हतारका साथ लिदैं भेरी समक्ष ‘माचा’ लगाइरहेको छ ।
हाईमाउराईए भन्ने त्यहाँका मान्छेको ओठैमा झुुण्डेको बोली हो । त्यहाँको संस्कारसँग कहीं कतैको संस्कारले मेल खाँदैन । सिम्ता क्षेत्रमा केही समय अगाडि आठ ओटा गा.वि.स.हरु थिए । अहिले सिम्ता गाउँपालिका भैसकेको छ । डाँडा पाखाहरुमा गाउँ वस्तीहरु आफ्नै मौलिक हकअधिकार स्वाभिमानको परिचय दिएर पुुर्खौदेखि बस्दै आएका छन् । जस्तैः.बजेडा, माल्प, चम्पानी, चोल्पा, नागाउँ, राकम, आड्डाँरा, काप्रीचौर, बैजपानी, पसन नाउला, टिमीटययाना, खेल्नेचौर, बजेडीचौर, लापुु, दुर्पाला, शिर्पा, गजुर, जाम्ने बजार, गोजीबजार, सिमलगाउँ, कानीसिम्ता, काफलकोट र घोरेटा पनि यसै अन्तर्गत पर्दछन् । अग्ला डाँडापाखाहरुमा वरपिपलका कुुदिएका ढुँुङ्ग चौतारीहरु, ढँुङ्ग धाराको कलकल बग्ने त्यो चिसो पानी, मनै स्वस्थ बनाउने त्यो चिसो हावा, विभिन्न किसिमका चराहरुको चिरबिर, काफल चोत्रा, ऐसेलुु, तिदु टिप्न जाने तरुनीका कम्मरमा घल्याकले गादा पारीएका ति सैरेली जमातहरु, अनि पल्लो डाँडाबाट तन्नेरीले पाटे सुुसेरा हाली ईशारा गर्दै बोलाएको त्यो क्षेण….!!
‘के गर्ने बाबुु ! पहिला हाम्रो पाला त्यस्ता दिन सम्झयापछि भारा बैराग मात्र लाग्छन् मनै धर्कीन आउँछ । कैथा दिन गया, कैथा दिन आया ? सम्झ्याउनी यो मननुु भक्कानो मात्र छुुट्छ । यो भनाई एकजना बुढी आमैको हो । म बजेडाको आली पुुग्दा मेरो जम्के भेट उनैसँग भएको
हो । बंगारामा हात अडयाउदै, आँसुले आँखा रसाउँदै उनले आफ्नो पुराना दिन सम्झेर नै बिलौना मैसँग पोखेकी हुन् उनले थपिन–मेरी भर्कतै फूरफूरया वैशं आएईथी, पहिलो पाली बरालेखै मेला गयाँ, यीं क्या जानाउँ, हेर्दै निस्सेईलाग्दो लेख रैछ । तल हेरयापछि डरलाग्दो भीर देखिन्या, माथि हे¥यापछि सग्लै भाराउ थाब्लो देखिन्या सँगी साथ्यासँग लागिगिन घौधौका मेलानु पुुग्याँ, क्या पुदाउँ रातैभरी जाराले मुुटुु छिर पादयौ हुुनी !!
ब्यानीपख झुुसमुुस्या उज्यालो भयाउथ्यो, सबै गाउँका मान्छ आफ्ना –आफ्ना थौलाती नाईना र गाउँना लाग्या, झुल्क्या घाम लागेर्ईथी, त्यसैबेला परीपट्टी धुर्मुसीमान गरिगिन बजे¥याले बाजा बजाउन लाग्या थ्या हेर्न जाउँ भनिगिन तिं ति पुुग्याथ्यौं जात्तेरीमा टोक्नेईनी …!! हुुईतिलाई ठूलै मानई लठ्ठया मार परी र मैले भारीका मान्ठाउ भागाभाग् पडिगै । कोई भिर्नुु छ¥या कोई सिस्नाँ गाजनुु पडया कोईका टाउका फुट्या हात खुुट्टा भाँच्या म त करौतिका झाँगनुु पडया छु र लामा कपडा च्यातिगिन अख्ख –अख्ख भैग्या जीउभरी काँराले खोबिगीन रग्त्यौल भयाउ हुनी रुनै–रुनै घर पुुगेई हुुँ ।
त्याँ देई अन्तै मेला जान्थ्याँ, त्यो बरालेखई मेला जानई छोडदया पछि एकै चोटि भन्या काफल खाना गई हुँ हवाँ देईत सप्पै गाउँकान बजेस्याले खेदयाभनि गिन उसैको साईतारा पार्न लाग्या हुनि जित्दया भनिगिन पगरी बान्दयाहुन भन्न सुनेई हुँ त्यसैका ४–५ महिना पछि त बजेराबाट गईगिन काफलकोटा गल्फाती दोेबा बस्या रैछन् मंगन तीबाट रक्चिगिन बजेरा ठाउँनुल्याल्या । मुुईले नाई त भनेईगि हुँ, कर्म अगारी लाग्या नि म क्यारुँ तो ? गतिली छोटया देख्यानी बजेरया ले घेरा हालिगिन पनि समाती ल्याल्ने ।’
बुढी आमैका यी टोगारा सुनिसके पछि मेरो मन केही समयका लागि बजेडाको आलि ति नै केन्द्रीत हुन पुुग्यो किनकी बजेडाको आलीको चर्चा मैले धेरै अघिदेखि नै सुन्दै र बझदै आएको थिए । दायाँ किनार देखि पनाल खोलाले र बायाँ किनार देखि बाँस खोलाले आलिलाई फुुत्कीन नदिन विषेश सुुरक्षा सहितको घेराउ गरिरहेका छन् । यो सिम्ता गाउँपालिकाकै मध्ये भागमा अवस्थित छ । मुुख्यतया चौडा र फराकीलो ठाउ हुनाले पनि आलिको सोभा बढदै गएको हो । भन्ने कुरा प्रष्ट हुँन सक्छ । तलतिर लस्करै पाटा परेका खेतका हरियाली गडाहरुले झनै स्वभायमानको परिचय दिइरहेका छन् । तल गोरयानमा च्यान्मा भन्ने ठाउँ रहेको छ । जहाँ एउटा ठुलो पिपलको रुख पनि छ । त्यस ठाउँलाई च्यान्माको बुदबुदे भनिन्छ । किनकी हिड्दा खट्टा भासिन्छन् भन्ने भनाई छ । आलिकै बिच भागबाट गाडी मोटर हिड्ने सडक बनेको छ । यो सडकमाथि बजेडाको गाउँसम्म नै पुुगेको छ ।
भोलिपल्ट बिहानै तल आलिबाट माथि बजेडाको गाउँ पुुग्नालाई बाटो लाग्ये मेरो साथमा त्यही आलिमा बस्ने एक जना भाई छन् । उनी मेरा काका को छोरा हुँन र उनको नाम फकिर नाथ योगी हो हामी रमाइला कुरा गर्दै ठाडो उकालो काट्दै हाँसी बिसाउँसम्म पुुग्यौं र केही समय पसिना ओबायौं । बाटोमा पाइला फेरि अगाडि बढायौं । मैले नजानेका नबुुझेका कुराहरु उनी समक्ष सोधी नै रहे उनी त्यहीका स्थानिय बासिन्दा भएका कारण धेरै कुराको जानकारी मलाई गराउँदै हामी खाली भन्ने ठाउँमा पुुग्यौं ।
म बजेडा मै जन्मीएर पाँच वर्षसम्म त्यही हुुर्किएको मान्छे त्यसैले धेरै वर्ष पहिले देखिनै म मधिसे बनिसकेको हुुँनाले पनि छिटो गाउँमा गएर पुुरानो झल्को कसरी र कति खेर मेटाउ भन्ने भावनामा बगिरहेको छु । कपोल कल्पित दृष्यहरु झलझली देखिरहेको छु । फुलबारीको झुले बल्ल जुुझनको बैरी त्यही झुुल्या बल्ल अनि कैलो भैसीको याद जो अहिले पनि मेरो सम्झनामा आई नै रहेको छ । धेरै वर्षपछि बजेडाको गाउँमा प्रवेश गर्न लागेकैले होला बाल्यकालका समृद्धिहरु मेरा मन भरी पलाइरहेका छन् । त्यो समयमा मैले केही गल्ती त गरेको थिइन् । हृदयको गति एक्कासी बढिरहेको छ ।
खालीबाट हिड्ने क्रममा हामी केही समय पछि बजेडाको मुखैमा पुुग्यौं सबैभन्दा तल कटिगाउँ अनि यसको केही माथि सुुनार डेरा बिचमा रोका डेरा र थड डेरा माथि सिरानमा भेदी डेरा आ–आप्mना जातित्व फडकाएर गुुज्जुुक्क परी बसेका यी बस्ती टोलहरु उनीहरुकै संस्कारमा छुुटा–छुुटै परिवेश भित्र जिविका चलाइरहेका भेटिन्छन् । मेरा आदरणीय पुुर्खाहरुको थात थलो भनेको भेदी डेरा हो । भेदी भनेको नाथ योगी (सन्यासी) भनेर चिनीने गर्छन् । उहीलेका दिनहरुमा भेद खोप्ने चलन थियो ।
भेदीहरु टाढा–टाढासम्म गएर भेद खोप्ने गर्दथे । भेदीका टाउकामा गेरु रङ्गको पकडी गुुथिएका हुन्थे सुुरुवाल भोटी कोट पहिरिएर कही कतै जाँदा घोडामा सवार हुुने गर्दथे । कुनै गाउँमा भेद खोप्न जाँदा त्यहाँ पहिले नै खबर पुुग्दथ्यो । भेदीहरु गाउँ नजिक आए भन्न सुुन्न साथ सबै गाउँका मान्छेहरु गएर भव्य स्वागतका साथ बाजा बजाउदै गाउँ भित्र्याइन्थ्यो भनिन्छ । भेदीहरुलाई बस्ने व्यवस्था त्यहाँका जिमुुवाल मुुखियाहरुले नै गर्नुु पर्दथ्यो ।
शरुमा भेदी टोलकै दायाँ सिरानमा रहेको भैरब स्थानको मन्दिरमा भैरबको दर्शन गर्न पुुगे दर्शन पश्चित अलिकति माथि उकालो लागिसके पछि मैले सोझै खरबारीतिर प्रवेश गरे । त्यस ठाउँलाई ढरगाउँ भनेर चिनिदो रहेछ । यो भेदि डेराको सोझै माथि पर्दछ । त्यहाँ जीवनदेखि मुुक्ति पाइसकेका हाम्रा आदरणीय पितृहरुको बसोबास रहेको छ ।
दुुई वटा पाखाबारीमा असंख्या धुुमकीला देखिन्छन । ती ढँङ्गा र माटोले अड्याएर बनाएको छ । नजिकै एउटा जीङरिङ्ग भएर उभिएको पिपलको रुख पनि छ । उसैले नै पितृहरुको विशेष हेरचाह र कदर गरिरहेको छ । मैले आत्म सम्मानका साथ सबै पितृहरुलाई दुुई मुुठी जोडी घोप्टो परेर प्रणाम गरे अनि म सोझै तल गाउँमा झरे ।
बजेडाको गाउँभित्र प्रवेश गरे सँगै मेरो समयले सुुनौलो अवसर प्राप्त गदै अगाडि बढ्न थाल्यो मान्या जनहरु सँगको भेटघाट र आर्शिवाद बटुुल्दै सम्पूर्ण आफना आफनत र बाई बन्धुहरु प्रति माया र प्रेम साटासाट अनि सदभाव पूूर्ण सुुखानी दुुखानी गर्दा गर्दै त्यो दिन बितेको थाहा नै भएन । साँझ परेपछि मेरो नजीक एकजना भाई आए ।
बस्ने व्यवस्था मेरै घरमा गरेको छु । भनेर त्यहाँबाट आप्mनो घर तर्फ मलाई साथमा लिएर गए । उनले खानको अग्रिम परिपाटी मिलाउन थाले । मेरा आँखा घर अगाडिको एउटा सिस्नोको बुुटामा प¥यो र बचपनमा एक पटक मैले यस्तै खाना खाएको सहस्र याद आयो । अनि इच्छयानुुभूति प्रकट गरे ‘भाइ आज मलाई मकैको ढिडो सिस्नोको तिउन र भैसीको मही खुुवाएर ईच्छा पुरा गरिदेउ ।’ उनले सद्भाव देखाउदैै भने हुुन्छ । दाजु म यस कुुराको व्यवस्था मेरो परिवारलाई गर्न लगाई हाल्छु । उनले कतिखेर रातो सिउर भएको काठे भाले ढाली सकेका रहेछन् ।
पाँच दिनको हिडाइ त्यसमा थकाई र भोकले रनथननिएको खाना पश्चात भुुसुुक्क निद्रा आयो । सुुत्ने कोठा तर्फ गएर आरामको लागि खाटमा पल्टीएँ । भोलि पल्ट बिहान उज्यालो भयो । सबैरे पाँच बजे उठेर म अनिदा जस्तै आँखा मल्दै घरको ठाँटीबाट तल झरे । त्यस घरको केही उत्तर तर्फ एउटा ठूलो खरीको रुख पनि रहेछ । त्यसकै तल फेदबाट मुुल फुुटेर केही तल धारा बनेको छ । यो धेरै पुुरानो धारा हो । मैले थाहा पाए अनुुसार यो काठको हतासोबाट निर्माण गरिएको थियो ।
त्यही गएर मैले मुख धोए, मुुख धुुदै गर्दा खरीको रुखमाथि मेरो दृष्टि पुुग्यो । शिशिर कालमा नाङ्गिएको त्यो रुख अहिले बसन्त पार गरेसँगै हरिया मुना छँदै पल्लवित हुुँदै छ । बिहानीको समयमा मैले हेर्दा वन पाखामा सुुसेलीले सबै संगितहरु त्यही रुखबाट नै सुुसेलिदै थिए । चरा चुुरुङ्गीका अनेक थरीका गुुञ्जनहरु त्यही रुखबाट गुुञ्जिदै थिए, मानौ हरियाली पर्व मनाई रहेजस्तो !
म त आनन्द लिदै चारै तिरको सल्लेरी बन पाखा र डाँडाकाँडाको अवलोकन गदै थिए, वनको सौन्दर्यताको, चरीको मन्त्र मुुग्ध गायनको, प्रकृतिक रमनियतासँगको अनि श्रृष्टिको रचनाको रुपरंगसँग स्पन्दित हुँदै थिए । समाजसँग, घर परिवारसँग, आफ्नै जीवन शैलीसँग विरक्तियको मानिसको मन खोलानाला, वनजङ्गल, भिरपाखा, झरना नदी नाला अनि हिमाल तिर बढी जाँन खोज्छ । यसरी फेरि पनि मेरो दृष्टि हर्कत्ले भ्याएसम्म वडालेकको थुुम्कोमा परि नै रह्यो । हेर्दा हेदै दबित् हुँदै मेरो मन पहरा र छहराहरुमा छाङ मार्न थाल्यो । कहिले खुुसीले उफ्रिदै, कहिले प्रकृतिको आश्चर्यतामा बिलिन हुुँदै, एक पागल प्रेमीझै भएर !
बडालेकको पूर्वी काखमा बजेडाको गाउँ रहेको छ । उत्तरमा लापुु र दुुर्पाला, पश्चिममा शिर्पा र नागाउँ अनि दक्षिणमा सिमाको गाउँ वस्ती रहेको छ । यो सिम्ताको बीच भागमा अवस्थित एक ठूलो लेक हो । यसले त्यो क्षेत्रकै रखवारी गरेको छ । यस पटक मेरो समयको अभावले नै वडालेक सम्म पुुग्न सकिना । अर्को पटक सिम्ता भ्रमणको अवसरमा माथि चुुचुुरोमै पुुगेर दृष्टि भोग गर्ने मेरो अन्तिम लक्ष्य रहेको छ ।
अगाडि तिर डाँडामा एउटा ढँुुङ्गा र माटोबाट निर्मित पुुरानो सरकारी भवन जस्तो देखिन्छ । त्यो हाम्रो पालाकै स्कुल हो । यसको पश्चिम भागमा ठूलो चेप्टो आकारको ढुुँङ्गा ठाडो किसिमले फिजिएर बसेको छ । यसको अघितिरको भाग प्रायः चिप्लो नै देखिन्छ । हामी सानो हुुँदा यसै ढुुँङ्गामा एक तमासले चिप्लेटी खेलेको याद मेरा मानसपटलमा ताजै छ, अर्थात् त्यति बेलाकै मुुख्य निर्णायक बनिदिएको छ । बिहान उज्यालो हुुनासाथ हात हातमा गुुड्का डल्ला समातेर दउडदै हामी त्यही चिप्लेटी ढुुँङ्गामा पुुग्ने गर्दथ्यौं ।
दुुई बाटा बनाएर नाकका घोक्राहरु तल ओठसम्म झर्ने गर्दथे, कोही नजिक आउन साथ सुुर्किएर माथि लुुक्न पुुग्थे । भोटाका बाहुुलाले पुुछो लगाएर नै हामी चिरिच्याट बन्न पुुग्थ्यौ । केही समयका लागि ! भिर कटेरा, पानी पधेरा, चिउरी खोला, खार, निगालचुुली, बेतखोला, देवलपारी, देउतीको थान आदि यहाँका मुुख्य ठाउँहरु हुुन् । अहिलेत सबै पाखा पखेराहरुमा सडक पुुगेका छन्, मोटर गाडी दैडिरहेका छन् । गाउँठाउँमा बजार व्यवस्थापन भैइरहेका छन् । चौतारी सहितका वरपीपलहरु धेरै ठाउँहरुमा अवस्थित छन् पहिलेका पुुर्खाहरुले जर्गेना गरेर नै बचाई राखेका मुुख्य सम्पदा हुुन्, यी ।
साँच्चीकै पुुर्खाहरुले गरेका योगदानका विषयमा त्यहाँ सबैसँग कुरा बुुझ्न र सुुन्न पनि पाइयो । प्रत्यक्ष आँखाले देखेर स्मरण गर्न पनि पाइयो । यी पुुर्खाहरु अहिले हाम्रा माझ छैनन् । सबैले त्यही बाटोबाट जाने कुरात शाश्वत् सत्य हो । जीवन भोगाई र जीवन जीउने शैली फरक हुुन्छ, त्यही अनुसार मृत्यु पनि फरक–फरक किसिमले हुुन्छ ।
मानिसको जीवनमा अनेक तरगंहरु आउछन, कहिले आँसुुका भेल बग्छन् त कहिले गुुलाबका फुुल फुुल्छन् । यसरी आपत विपत सहेर, धैरेधारण गरेर नै पुुर्खाहरुले आफ्नो जीवन त्यही सिम्ताकै ठाउँमा बसेर निर्वाह गरेका हुुन् सतगुुनलाई माया गर्नुु मानवता हो । अबगुुणलाई माया गर्नुु दानवता हो । तर आफ्नो जीवनकालमा गरेका महत्वपूर्ण कृतिहरु पक्कै पनि हाम्रा माझ सुुरक्षित छदैछन् । र भैरहुुन पनि ।
मेरो मामाको घर कार्पी चौरमा पर्दथ्यो म सानो छदा आमाले बजेडाबाट पिठ्युँमा बोकेर लगेको मलाई याद आउने गर्छ । मेरा कान्छा मामा स्व.प्रेम देव गिरीले राजनीतिको सुुरुवात त्यही काप्रीचौरबाट नै गर्नुु भएको थियो । त्यहाँका ठकुुरी खान्दानका जीमुुवाल मुखियाहरुसँग सधैं भरी सघर्ष गरी–गरी नै आफ्नो जीवन बिताउनुु भएको हो । ठूलाले गदै आएको दमन र अत्याचारलाई सहनै नसक्ने खालको एक प्रभावशाली कम्युुनिष्ट नेता हुुनुुहुुन्थ्यो उहाँ ।
एकपटक धेरै चर्चित नेताहरुकै पंक्तिमा पर्नुुभयो । प्रेम देव गिरी भन्न साथ उहाँको सम्मान र कदर धेरै हुुन थल्यो । पञ्चायत कालमै सुुर्खेत जिल्लाको सभापति समेत बन्नु भयो । उहाँ अहिले हाम्रो माझ हुुनुु हुुन्न २०७० सालमा निधन भइसकेको छ । मेरो तीनवटा मामा हुुनुुहुुन्थ्यो । जेठा मामा नारायण गिरी सुुर्खेत बस्ती सरेर जानुु भयो । माइला हिरा गिरी गोजी बजारमा हुुनुुहुुन्छ अनि कान्छा मामा बर्दिया जिल्लाको सोरहवा गाउँपालिकामा बस्नुु हुुन्थ्यो र सम्पूर्ण परिवार फुुटाहा र भोला गौडीमा बस्नुु हुुन्छ । अहिले हाम्रो साथमा माइला मामा हिरा गिरी मात्र हुुनुुहुुन्छ ।
एक दिन घुुम्ने उद्देश्य लिएर बजेडाबाट लापुुको देउलीसम्म जाने विचार गरी म त्यहाँबाट हिडे । हिड्दै जाँदा केही छिनमा छिर्नाको डाँडामा पुुगे । चिसो हावाले मनै आनन्दित बनायो । त्यहाँबाट बल्ले जुुरी भन्ने ठाउँ नजिकै पर्दो रहेछ । त्यसकै माथि थुुम्कोमा शिवको मन्दिर रहेको छ । वर्षमा एक चोटी त्यस ठाउँमा जात्रा पनि लाग्ने रहेछ । आश्चार्य लाग्ने कुुरात अर्को देखे मैले । त्यहाँ कुुन जमनामा कहाँबाट कसरी पल्टिएर आएका ढँुुङ्गा होलान् ? घरभन्दा ठुुला ढँुुङ्गाहरु अडिएर लापुुको गाउँमाथि बसेका छन् । एक जना मान्छेलाई सोद्धा बडालेखबाट धेरै अगाडिको कुन जमानामा हो खसेर त्यहाँ अडिएका हुन भन्दै थिए ।
केही अगाडि जाँदै गर्दा बाटैमा एउटा घर भेटियो । पानी पिउने बिचार गरेर म त्यस घर तर्फ गएँ । त्यस घरमा एउटी अधवैंसे महिला थिइन् । पानी माग्दा उनले दिइन् र बस्ने चकटी ल्याएर बिच्छायाइदिइन् । म केही समय त्यहाँ बसेर उनको घर परिवारका विषयमा केही कुुरा सोद्धा दुुःख व्यक्त गर्न थालिन् र भनिन् ‘के गर्ने हजुर ! यस्तोरी बाँच्नुु भन्दा त मरिग्या आनन्द हुुन्थ्यो कालपनि सजिलै आउदैन । मंगन हयाउनुु धौदिन काट्नु प¥याउँछ । पोई माउरो रातदिन रक्सि खाईगन हल्लीन्छ ।
भन्याउ पनि मान्दैन । केही भन्थ्यो कि उल्टै छर्वालबदो हान्छ । जेठो छोरो बैसले हयाउन डाँडाकाँडा नाघने गर्छ, को भाइ टुुक्ती यहीका पछि परेइछ दे ! माउराई डाँडी काँडी झल्काउनन् र मंगन गनन्दै–गनन्दैन। बैसैले बाटो पैरो नदिगिन हो कि, मान्छइ त्यस्तै हो केही बुुझ्न सकेइछुुइन मुुइले । माइलो छोरो मुुख्या घरनुु ग्वालो बस्याउछ । साइलो हुुने छोरो तल ठकुुरीका घरनुु छ । पछयारा दुुई भाई भन्या सानै
छन । यी नी नै पाल्नपथ दुुनियाँ घरनुु काम गरिगीन गुुजरा चलाउन प¥याउछ । मङ्गन ! छोरी एउटै थिई टाढै पोइल गयाई छ । खजुरा ठाउँनु एच गाउँ भन्छन् ती हो छोरीको घर । मंङ्गन आइजौ भनिगिन बोलाई छ । गैजानीउ म ।’
हाम्रो गाउँ समाजमा यस्ता घर परिवारहरु पनि भेटिने गर्छन् जो देख्दा र सुुन्दा पनि मनै गलेर आउँछ । कहिलेसम्म यो समाजले काचुुली फेर्ने हो ? यसको कुुनै ग्यारेन्टी छैन । उनले रुदै आफ्ना पीडा त मैसँग बिसाइन् तर मन बुुझाउन त मलाई पो गाह्रो भो । प्यास मेटाउन गएको मान्छे, झन खरो भएर विदा माग्नुु पर्ने । मैले केही सहानुुभूुति दिदै भने तपाईहरु जस्ता असहाय र गरिबीको मारमा परेका तल्लो निकायका वर्गहरुकै लागि ठूला–ठूला सँग संस्थाहरु खुुलेका छन् ।
सबैभन्दा नजिकको त हाम्रो आफ्नै सिम्ताली एकता समाजको स्थापन भैइसकेको छ । त्यस ठाउँमा गएर तपाईसँग भएका सबै कुराहरु राख्नोस् र तपाई जस्ता नारीहरुका लागि अवस्य पनि त्यो संस्थाले केही सेवा र सहयोग गर्ने छ । यति सल्लाह दिएर म देउलीसम्म पुुगे । साँझ पुुन बजेडा मै फर्र्र्र्र्र्किएर भोलिपल्ट बिहानै आफ्नै घर बाँके तिर बाटो लागे ।
प्रतिक्रिया दिनुहोस्