बाँकेको कोहलपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको लागि भोली शनिवार निर्वाचन हुँदैछ । संघको नयाँ नेतृत्वको लागि व्यवसायीका दुई प्यानलहरु चुनावी मैदानमा उत्रिएका छन् । बिष्णु प्रसाद खनाल नेतृत्वको साझा समावेशी व्यवसायी प्यानलबाट उद्योग उपाध्यक्ष तर्फ व्यवसायी कमल खड्काले उम्मेदवारी दिएका छन् ।
कोहलपुरको सामाजिक क्षेत्रका साथै विभिन्न व्यवसायी कार्यमा सक्रिय खड्का संघमा भने नयाँ अनुहार हुन । नयाँ अनुसार भएपनि सबैसँग मिलनसार र सहयोगी स्वाभावका खड्का पनि सबैले रुचाएका उम्मेदवारमा
पर्छन् । २०६० सालदेखि नै व्यवसायदेखि शैक्षिक क्षेत्रमा हात हालेका उद्योग उपाध्यक्ष खड्कासँग मिसन अनलाइनले गरेको संक्षित कुराकानी ।
…………………………………………………………………………
१. संघको उद्योग उपाध्यक्ष पदमा तपाईको उम्मेदवारी किन ?
समग्र रुपमा मेरो उम्मेदवारी किन हो भने म २०६० सालदेखि नै कोहलपुरमा प्रवेश गरेसँगै व्यवसायीक क्षेत्रमा नै छु । सामाजिक रुपमा मैले आफुले गर्नुपर्ने दायित्वहरुलाई निर्वाह गर्नुपर्ने कामहरु पनि गरे ।
औद्योगिक क्षेत्रमा पनि आफ्नो लगानीलाई अगाडि बढाए । शैक्षिक क्षेत्रमा समेत आफ्नो लगानीलाई त्यही अनुसार अगाडि बढाए । सबै क्षेत्रमा म आफ्नो ढंगले सहभागि भइरहेकको छु ।
अहिले आफुले एउटा उद्योग बाणिज्य संघको उद्योग तर्फको उपाध्यक्षमा उम्मेदवारी दिएर थप जिम्मेवारी बोध गर्नको निमित्त र त्यहाँ भएका विविध समस्याहरु हल गर्नको लागि जिम्मेवारीपूर्वक पदमा पुगिसकेपछि मात्र हल गर्न सकिन्छ भनेर उम्मदेवारी दिएको हुँ ।
२. तपाईका जित्ने आधारहरु के–के हुन् ?
व्यवसायीहरुले मलाई मत किने दिने भन्दाखेरी अहिलेसम्मको मेरो इतिहासमा मैले कसैप्रति त्यती नराम्रो ढंग र समाजमा हुने क्रियाकलापको नेगेटिभ सेन्समा त मैले कहिल्यै काम गरेन । म सबै व्यापारीहरुको हकहित र अधिकारका निमित्त लडे । सम्पूर्ण व्यवसायीक साथिहरुले मेरो महत्व उहाँहरुले महसुस गर्नुभयो ।
संघमा जानुपर्छ र उहाँ गएपछि हाम्रो समस्या समाधान गर्नको निमित्त सहज हुन्छ । हामीलाई सजिलो हुन्छ, हाम्रा मागहरुलाई सम्बन्धित निकायमा पु¥याउन सक्नुहुन्छ भन्दै उहाँकै आवाजहरुलाई मध्यनजर गर्दै मैले उद्योग उपाध्यक्षमा उम्मेदवारी दिएको हो । मैले चुनाव जित्ने आधार भनेकै व्यवसायी साथिहरु नै हुनुहुन्छ ।
३. तपाई उद्योग उपाध्यक्षमा चुनावी मैदानमा उत्रिदैं गर्दा यहाँका उद्योगीहरु समस्याहरु कसरी सम्बोधन गर्ने योजना बनाउनुभएको छ ?
यहाँ केछ भने साना तथा मझौला उद्योगहरुले भोग्नुपर्ने विविध समस्याहरु धेरै छन् । उहाँहरुका दर्ता प्रक्रियादेखि लिएर माल उत्पादन गर्दासम्म सबै समस्याहरु अझै पनि समस्याहरु यथावत् नै छन् । नौवस्ता क्षेत्रमा पनि वृहत् खालको औद्योगिक क्षेत्र शिलान्यास भएको छ ।
ठूला ठूला उद्योग स्थापनाको लागि हामीले पहल गर्नुपर्छ भन्ने मेरो र मेरो प्यानलको मान्यता रहेको छ । यी सबै कुराहरुलाई एकमुष्ट रुपमा हल गर्नको लागि हामी संघमा पुगेपछि मात्रै त्यो कामलाई अगाडि बढाउन सक्छौं । उद्योगी व्यवसायी साथिहरुलाई परेका समस्याहरुलाई संघमा पुगेपछि मात्रै समाधानको लागि सम्बन्धित निकायमा लैजान सक्छौ भन्ने नै हो ।
४. अन्त्यमा तपाई आम मतदाताहरुलाई के भन्न चाहानुहुन्छ ?
म आम मतदाताहरुलाई के भन्न चाहान्छु भन्दाखेरी म आम मतदाताहरुको आम हाम्रा मतदाता साथिहरुको आम औद्योगिक क्षेत्रका साथिहरुको हित, विकास र उन्नतीको लागि सबै साथमा हुनेछु ।
उहाँहरुले दिएको मतको मुल्यांकन गर्दै मैले कुनै बेला पनि उहाँहरुसँग परेका समस्याहरुलाई एकिकृत गर्दै ती आवाजहरुलाई बुलन्द गर्दै अगाडि बढाउन एकदमै गहन भूमिका निर्वाह गर्नेछु । त्यसकारण उहाँहरुले म र मेरो प्यानलका उम्मेदवारहरुलाई मतदान गर्नुहुनेछ । धन्यवाद ।
प्रस्तुतीः कृष्ण ओली