आँरन दलित समुदायको पुख्यौली पेसा हो । यो एक पेसा मात्रै होइन दलित समुदायको प्रमुख जिविकोपार्जनको स्रोत समेत हो ।देशभरका अधिकांश दलित समुदाय यसैको भरमा जिविकोपार्जन गर्दै आएको छ । नेपालमा विद्यामान कथित जातव्यवस्थाको एक उज्वलन्त उदाहरण समेत हो । नेपालमा कामको आधारमा जात व्यवस्था अहिले पनि लागु छ । यसलाई मानिस बीचको असमनताको प्रतिकको रुपमा समेत मान्न सकिन्छ । किनभने यही पेसा गर्ने मानिसलाई समाजले दलित अर्थात अछुत मान्दै आएको छ ।यो विभेदकारी समाजमा गरिएको कथित वर्गीकरण हो । मानिस मानिस बीचको खाडल हो । कुनै पनि मानिसलाई उनको काम, जात, वर्णका आधारमा होच्याउनु र विभेद गर्नुका कानुनतः वर्जित हो । त्यसैले यो पेसा गर्ने मानिसलाई जसरी राज्यले दमन गर्दै आएको छ । त्यसरी नै यो पेसा पनि सरकारको प्राथमिकतामा पर्न सकेको छैन ।
यो पेसा परम्परागत समेत हो । समय र प्रविधिको प्रयोगसँगै यसको आधुनिकिकरण समेत आवश्यक भएको छ । बढी परिश्रम र कम प्रतिफल दिने भएका कारण यो पेसा लोपउन्मुख अवस्थामा समेत पुगेको छ । दलित समुदायले यस पेसाको लागि समय सापेक्ष परिवर्तनको महशुस गरिरहेको छ । यसपेसाबाट पलाएन हुने सम्मको अवस्था आइपुगेको छ । त्यसैले हाम्रो समाजको एक पुरानो सँस्कृतिको रुपमा रहेको आँरन पेसालाई जोगाइराख्न आवश्यक छ । किन भने यो दलित समुदायको जीवनसँग जोडिएको विषय हो । यो पेसा लोप हुनु भनेको मानिस भोको हुनु हो । किन भने यो कृषि देखि अन्य पेसा र व्यवसायमा आवश्यक छ । नेपालीमा कृषि क्रान्ति गर्नको लागि आँरनमा बनेका सामग्री नै प्रयोग हुने हो ।
अबको यस पेसाको संरक्षण र प्रवद्र्धन सररकारी तवरबाटै हुन आवश्यक छ । त्यसैले सरकारी उचित ध्यान दिनु पर्ने बेला भएको छ । एकातिर दलित समुदायको मुलप्रवाहीकरण र यस पेसाको आधुनिकरण टट्कारो समस्याका रुपमा देखा परेको छ । त्यसैले सरकारको नीतिगत रुप मै यस्ता कुरा समेट्नु पर्ने भएको छ । अहिले त तीन तहका सरकार छन् । ती सरकारहरुको प्राथमिकताको एक विषय यो पनि भएमा वर्षो देखि दमित अवस्थामा रहेको पिछडिएको वर्गलाई सहज हुने थियो । मन्दिर र शवदाह गृह बनाउने सरकारले आँरन व्यवसाय आधुनिकिकरण गर्न ध्यान दिने पो होकी । आँरन पेसामा प्रविधिकरण र आधुनिकिकरणको खाँचो छ ।
प्रतिक्रिया दिनुहोस्