विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बाँके जिल्लामा पनि देखा परेपछि यहाँका सबै पालिकाहरुमा उच्च सर्तकता अपनाइएको छ । सरकारले जारी गरेको लकडाउनलाई थप प्रभावकारी बनाउन आ–आफ्ना पालिका प्रवेश गर्ने सिमानाकाहरुमा कडाई गर्नुका साथै शिल समेत गरिएको छ । पालिकाले अत्यावश्यक काम बाहेक अन्य सवारी आवागमन तथा भिडभाड नगर्न आग्रह गरेका छन् । जिल्लाको छिमेकी पालिका नेपालगञ्जमा समेत यसको संक्रमण देखा परेपछि बैजनाथ गाउँपालिकाले पनि निगरानी बढाएको छ । खजुरातर्फबाट गाउँपालिका प्रवेश गर्ने नाका शिल नै गरेको भने अन्य नाकाहरुमा समेत आवश्यक निगरानी बढाएको छ । यसै सन्र्दभमा बैजजनाथ गाउँपालिकामा कोरानाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि वडास्तरबाट के कस्ता प्रयासहरु भइरहेका छन् भनेर यानबी साहुले बैजनाथ गाउँपालिका वडा नम्बर २ का अध्यक्ष प्रेम बहादुर थापासँग गरेको कुराकानी ।
१. कोरोना भाइरसको संक्रमण रोकथामका लागि तपाइको वडाबाट के कस्ता कार्यहरु भइरहेका छन् ?
- विश्व महामारीका रुपमा देखिएको नोवल कोरोना भाइरसको संक्रमण फैलिन सक्ने उच्च जोखिममा नेपाल पनि रहेको छ । यसको रोकथाम तथा नियन्त्रणका लागि केन्द्र, प्रदेश र स्थानीय तीनै तहका सरकारले आवश्यक तयारीसँगै उच्च सर्तकता अपनाएका छन् । स्थानीय सरकार अन्तर्गत रहेको हरेक वडास्तरमामा प्रचारप्रसारदेखि विभिन्न सचेतनामूलक कार्यक्रम गरिरहेको अवस्था छ । यस्तै बैजनाथ गाउँपालिका वडा नं.२ ले पनि वडाका विभिन्न टोलहरुमा सचेतानामूलक जिङ्गल प्रचारप्रसार तथा माईकिङ्ग गरिहेको छ । विभिन्न पर्चा पम्पलेट, ब्यानर छपाई गरेर गाउँ टोलमा वितरण तथा मुख्य ठाउँहरुमा टाँस्ने काम ग¥यौँ । वडावासीहरुलाई साबुन पानीले राम्ररी हात धुने, मास्कको प्रयोग गर्ने, अनावश्यक भिडभाडमा नजाने जस्ता आवश्यक सचेतना दिँदै घरमै सुरक्षित बस्न आग्रह गरियो । र अहिले सम्म हाम्रो वडामा कुनै त्यस्तो संक्रमित फेला परेको छैन् । सबै वडावासीहरु सुरक्षित आ–आफ्नै घरमा बसिरेको अवस्था छ ।
२. यतिबेला आफू सुरक्षित रहनका लागि संक्रमण फैलिएका क्षेत्रबाट केहि व्यक्तिहरु लुकिछिपी वडाहरुमा प्रवेश गर्न सक्ने सम्भावना हुन्छ । यसको निगरानी कसरी गर्नु भएको छ ?
- यसको लागि बैजनाथ गाउँपालिकाको समन्वय समितिको निर्णय अनुसार नै गाउँपालिका प्रवेश गर्ने दक्षिण तर्फको नाका बन्द गरिएको छ । नेपालगञ्जबाट खजुरा हुँदै बैजनाथ प्रवेश गर्ने सबै नाकाहरु बन्द गरिएकोले आवतजावत हुन पाएको छैन । लकडाउन भएपनि केहि समय अघि सामान्य आवतजावत भइरहेको पाइन्थ्यो भने अहिले त्यस्तो छैन् । वडामा कोही लुकिछिपी आएको रहेछ भने पनि वडावासीहरुलाई तुरुन्तै खबर गर्न भनेका छौँ । यदि त्यस्तो व्यक्ति भेटिएमा तुरुन्त क्वारेन्टाइनमा पठाउँछौँ । अपरिचित व्यक्तिहरु गाउँ टोलमा निषेध गरिएको छ । वडावासीहरु आफै पनि सचेत हुनुहुन्छ । त्यस्ता व्यक्तिहरुलाई उहाँहरुले नै निगरानी गरिरहनु भएको छ ।
३. भारत लगायत अन्य तेस्रो मुलुकबाट वडामा आएकाहरुको लगत संकलन गर्नु भएको छ ?
- हामीले वडामा भारत लगायत अन्य तेस्रो मुलुकबाट आएकाहरुको सबै व्यक्तिको लगत संकलन गरेका छौँ । हाम्रो वडामा बैशाख ९ गतेभन्दा पछाडि कोहि पनि अन्य मुलुकबाट आएको अवस्था छैन । त्यो भन्दा पहिले भारतबाट ५ जना, कुबेत र मलेसियाबाट आएका ३ जना आउनु भएको छ । उहाँहरुलाई होम क्वारेन्टाइनमा बस्नु आग्रह ग¥यौ । त्यस्तो कुनै लक्षणहरु नदेखिएपछि घर अहिले घरपरिवारको सम्पर्कमै हुनुहुन्छ ।
४. वडाबाट कति जना व्यक्ति तथा घरपरिवारलाई राहत वितरण गर्नुभयो ?
- विशेष गरेर वडा नं. २ मा सुकुम्वासी र बसाइ सराइँ गरेर आउनेहरुको संख्या धेरै छ । त्यसैले गर्दा पनि पहिलो चरणमा राहत लिनको लागि ४ सय ७२ जनाको निवेदन आएको थियो । उनीहरुमध्ये ४ सय ५६ जनालाई हामीले राहत वितरण ग¥यौ । त्यसमा छुटेकाहरुसँगै दोस्रो चणमा निम्न आयस्रोत भएका, दैनिक ज्याला मजदुरी गर्नेहरु ७ सय १५ जनालाई राहत वितरण गरिएको थियो । उनीहरु सबैलाई हामीले दुई तहमा वर्गिकरण गरेर वितरण गरेर दुई जनासम्म सदस्य भएको परिवारलाई ‘हाफ् प्याकेज’ र दुई जनाभन्दा धेरै सदस्य भएका परिवारलाई ‘फुल प्याकेज’ का आधारमा वितरण गरेका छौँ । ‘फुल प्याकेज’अन्तर्गत ३० किलो चामल, ३ किलो दाल, २ किला नुन, २ लिटर तेल र ४ वटा सावुन वितरण गरिएको छ भने हाफ् प्याकेजमा त्यसको आधा वितरण गरिएको छ ।
५. कयाँै ठाउँमा राहत वितरण गर्दा वास्तविक पीडित भन्दा पहुँचवालाहरुले पाए भन्ने गुनासाहरु पनि आएका छन् । तपाइको वडामा के छ ?
- जति राम्रो काम गरेपछि त्यस्तो छिपफुट गुनासाहरु त आइहाल्छनु नै । त्यसमा सयमा सय प्रतिशत नै हामी सफल भयौ जस्तो त लाग्दैन । तर पनि जनताका गुनासाहरुलाई समेट्दै अघि बढ्ेका छौँ । सरकारको मापदण्डअनुसार नै दैनिक ज्याला मजदुरी गर्ने अतिविपन्न नागरिकहरुसम्म राहत पु¥याएका छौँ । त्यसमा पनि कोहि छुट्न् भयो
होला । उहाँहरुलाई पनि क्रमशः वितरण गर्दै जानेछौँ । नत्र त्यस्तो कुनै कसैलाई पहुँच वा राजनीतिक आस्थाका आधारमा वितरण गरिएको छैन । निष्पक्ष रुपमा आवश्यकताका आधारमा वितरण गरिएको छ ।
६. कयौँ ठाउँमा लकडाउनका कारण कृषकहरुले उत्पादन गरेका कृषिजन्य वस्तुहरु विक्रि नहुँदा खेतबारीमै कुहिने अवस्था छ । तपाइको वडामा के छ ?
- वडा नं.२ को हकमा कुरा गर्ने हो भने कृषकहरुले उत्पादन गरेका कृषिजन्य वस्तुहरु विक्रि वितरण नभएर खेतबारीमै कुहिएको देखिएको छैन र त्यस्तो कुनै गुनासो पनि आएको छैन । हाम्रो वडामा अलि धेरै उत्पादन हुने भनेको टमाटर हो । त्यो पनि सहज रुपमा विक्रि वितरण भइरहेको छ । अन्य तरकारी फलफुलहरु पनि विक्रि भइरहेको छ र यदि विक्रि नभएको खण्डमा प्रदेश ५ सरकारले सञ्चालन गरेको कृषि एम्बुलेन्स मार्फत विक्रि वितरण गर्ने भन्ने कुरा भएको छ । अहिलेसम्म कृषकहरुबाट कुनै गुनासो आएको छैन । आएको खण्डमा हामी सहजीकरण गर्न पनि तयार छौँ ।