20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

‘ट्रान्जिट प्वाईन्ट भएकाले उच्च निगरानी बढाएका छौँ’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख २६, २०७७  

नोवल कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बाँकेको कोहलपुर नगरपालिकाले लकडाउनलाई कडाइका साथ लागू गरेको छ । छिमेकी पालिका नेपालगञ्जमा समेत यसको संक्रमण देखापरेपछि उच्च निगरानी बढाउँदै कोहलपुर प्रवेश गर्ने चार वटै नाका शिल गरेको छ । नेपालगञ्जमा मात्रै २३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । २३ जनामा पुष्टि भएसँगै अहिले बाँकेका सबै पालिकाहरुले उच्च सर्तकता अपनाएका छन् । यसै सन्र्दभमा छिमेकी पालिका नेपालगञ्जमा कोरोना संक्रमण देखा परेपछि कोहलपुर नगरपालिकामा यसको रोकथाम तथा नियन्त्रणका लागि वडास्तरबाट के कस्ता प्रयासहरु भइरहेका छन् भनेर यानबी साहुले वडा नम्बर ११ का वडा अध्यक्ष कर्ण बहादुर थापासँग गरेको कुराकानी ।

१. कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि वडा कार्यालयबाट के कस्ता कार्यहरु भइरहेका छन् ?

अहिले छिमेकी पालिकामा समेत नोवल कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमण देखापरि सकेपछि कोहलपुर नगरपालिकाका सबै वडाहरुमा उच्च सर्तकता अपनाइएको छ । वडा नं.११ कोहलपुरको मुख्य बजार क्षेत्र र कर्णाली र सुदूर–पश्चिम प्रवेश गर्ने ट्रान्जिट प्वाईन्ट भएकाले यहाँ झनै उच्च जोखिम छ । त्यसका लागि आवश्यक निगरानी बढाएका छौँ । अनावश्यक आवतजावत तथा भिडभाडमा कडाई गरिएको छ । वडावासीहरुलाई सचेत गराउँदै आ–आफ्नो घरमै सुरक्षितसँग बस्न आग्रह गरिएको छ । अनावश्यक रुपमा आवतजावत तथा भिडभाड नगरि घरमै सुरक्षित बस्न भनिएको छ । आफू र अरुलाई पनि सुरक्षित राख्न वडाका हरेक टोल टोलमा समितिहरु गठन गरेर निगरानी गरिररहेका छौँँ । टोलमा गठित समितिहरुले टोल छिमेकमा लकडाउनलाई थप प्रभावकारी बनाउन निगरानी गरिरहेका छन् ।

२. यतिबेला आफू सुरक्षित रहनका लागि संक्रमण फैलिएका क्षेत्रबाट केहि व्यक्तिहरु लुकिछिपी वडाहरुमा प्रवेश गर्न सक्ने संभावना हुन्छ । यसको निगरानी कसरी गर्नु भएको छ ?

हामीले वडाका हरेक टोलमा समिति गठन गरेका छौँ । ति समितिहरुले हरेक दिन निगरानी गरिरहेका छन् । त्यसका साथै सबै वडावासीहरुलाई पनि भारत लगायत संक्रमित ठाउँहरुबाट कोहि नयाँ व्यक्तिहरु आएको पाइएमा तुरुन्त खबर गर्न भनेको छौँ । अहिलेको अवस्थामा आफूसँगै अरुलाई पनि सुरक्षित गर्न जरुरी भएकाले सचेत रहन आग्रह गरिएका छौँ । वडाका कुनै व्यक्तिमा कोरोनाको संक्रमण देखिएमा तुरुन्त स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क राख्न भनेका छौँ । अहिले सबै ठाउँमा लकडाउन भएकाले अन्य ठाउँहरुबाट भित्रन सक्ने सम्भावना त छैन । यदि कोहि व्यक्ति संक्रमित ठाउँबाट लुकिछिपी भित्रिएको रहेछ भने त्यस्ता व्यक्तिलाई तुरुन्तै नियन्त्रणमा लिएर क्वोरन्टाइनमा राख्ने व्यवस्था गरिएको छ ।

३. कोहलपुर नगरपालिका वडा नम्बर ११ बाट कति जना व्यक्ति तथा घरपरिवारलाई राहत वितरण गर्नुभयो ?

हामीले पहिलो चरणमा लकडाउनका कारण प्रभावित दैनिक ज्याला मजदुरी गर्ने अतिविपन्न ९ सय ४० घरपरिवारलाई राहत वितरण ग¥यौँ भने दोस्रो चरणमा दाताहरुबाट संकलन भएको खाद्य सामग्री तथा नगदबाट करिब ३ सय बढी परिवारलाई राहत वितरण ग¥यौँ । फेरि पछिल्लो चरणमा ४ सय परिवारका १ हजार ६ सय सदस्यहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको थियो । अन्य राहत वितरणमा छुटेका तथा भाडामा बस्ने करिव ६ सय जनाको विवरण संकलन गरिएको छ । तर अहिले नगरपालिकाले राहत वितरण लगायत सबै कार्यक्रमहरु स्थगित गर्न भनेकोले वितरण गर्न सकिएको छैन ।

४. कयाँै ठाउँमा राहत वितरण गर्दा वास्तविक पीडित भन्दा पहुँचवालाहरुले पाए भन्ने गुनासाहरु पनि आएका छन् । तपाइको वडामा के छ ?

कुनै ठाउँमा त्यस्तो पनि भएको होला । तर वडा नं.११ मा वास्तविक दैनिक ज्याला मजदुरी गर्ने अतिविपन्न नागरिकहरुले नै पाएको हामीले महसुश गरेका छौँ । किनकि सरकारले तोकेको मापदण्ड अनुसार नै हामीले विवरण संकल गरेर राहत वितरण गरेका छौँ । हुन सक्छ, विवरण संकलन गर्दा कोही व्यक्ति तथा परिवारको नाम छुट्न सक्छ । पछि फेरि टोल टोलमा गएर तिनीहरुको विवरण पनि संकलन वितरण गरेका छौँ । र त्यसरी पनि कोहि छुटेको रहेछ भने पनि उनीहरुलाई उपलब्ध गराइन्छ । नत्र वडा नं.११ मा त्यस्तो कुनै पहुँच पा राजनितिक आस्थाका आधारमा वितरण भएको जस्तो मलाई लाग्दैन ।

५. लकडाउनका कारण कृषकहरुले उत्पादन गरेका कृषिजन्य वस्तुहरु विक्रि नहुँदा खेतबारीमै कुहिने अवस्था छ । वडा कार्यालयले यसको व्यवस्थापन गर्न सक्ने अवस्था हुँदैन ?

लकडाउनपछिको अहिलेको अवस्थामा सबै क्षेत्र मारमा परेका छन्  नै त्यसमा पनि कृषकहरु बढी मारमा परेको हामीले पनि महसुश गरेका छौँ । कृषकहरुले उत्पादन गरेका कृषिजन्य वस्तुहरुको बजारी करणका लागि नगरपालिकाले सहजीकरण गरिदिएर सामाजिक दूरी कायम गर्दै बजारसम्म सहजै पु¥याउन सकिने व्यवस्था मिलाई दिनु पर्ने मेरो पनि माग हो । अहिलेको अवस्थामा एकातिर लकडाउनले गर्दा कृषकका खेतबारीमा रहेको तरकारी तथा फलफुल बजारसम्म पु¥याउन सकिएको छैन भने अर्कोतर्फ प्रतिकूल मौषमका कारण खेतबारीमै कुहिने अवस्था छ । किसानहरु दोहोरो मारमा परेका छन् । यसको लागि नगरपालिकाले भिडभाड नहुँने गरि सामाजिक दूरी कायम गर्दै बजारीकरण गर्ने व्यवस्था मिलाई दिनुपर्छ भन्ने वडा कार्यालयको पनि माग छ ।

प्रकाशित मितिः शुक्रबार, बैशाख २६, २०७७     7:47:18 AM  |