शुभाकर विश्वकर्मा, कोहलपुर
सुनसरीका ताङचुक बासुक मियाँ विगत तीन महिना देखि सुर्खेतमा मजदुरी गर्थे । लकडाउन सुरु भएदेखि विभिन्न आयोजनामा जाली बुन्ने काम गर्ने उनी सुर्खेतमा बिना काम डेरामा बसे । कोरोना भाइरसका कारण करिब एक महिना बसेपछि अलिअलि कमाएको पैसा सकियो । भोकै बस्नु पर्ने अवस्था आएपछि उनले आफ्नो घर जाने निर्णय गरे ।
चार हप्ता देखिको लकडाउनका कारण मियाँ सँग एउटै उपाय थियो, हिडेर जाने । कोरोनाको भयका कारण दुःख र भोकको प्रवाह नगरि हिडेर घर पुग्ने निर्णय गरे । त्यसपछि उनको पैदल यात्रा सुरु भयो । सुर्खेत देखि कोहलपुर सम्म ८६ किलोमिटरमा कतै हिडेर त कतै प्रहरीको स्कटिङमा कोहलपुरका चौराहा पुगे । शनिबार चौराहामा भेटिएका उनी रुमाल बिछ्याएर चाउचाउमा चिउरा मिसाएर खादैँ थिए । सुर्खेतबाट भोकै हिडेका रहेछन् । ‘म सुर्खेतमा मजदुर गर्छु । दुई छोरा भारतमा । घर बुढि एक्लै छिन् । बिरामी छिन्, रुदैँ एक्लै बिरामी परे भन्दै फोन गरेपछि मन मानेन हिड्ने निधो गरे ।’ काख मै राखिएको भएको बोतलको पानी पिएर लामो श्वास फैर्दै भने । चाउचाउ र पानीको बोतल पनि मियाँ कोहलपुरको चौराहामा पुगेपछि लायन्स क्लबका स्वंयमसेवकले दिएका थिए । उनीसँगै बाटो खर्च गर्ने समेत पैसा छैन । चौराहामा केही समय आराम र खानपिन पछि प्रहरीको सहयोगमा ट्रकमा बुटवल सम्म पठाइयो ।
यस्तै सुर्खेतका ६ जना मजदुर गोरखाबाट चार दिन हिडेर चौराहा पुगेका थिए । गोरखाको एक स्थानीय तहको भवनमा निर्माणमा डकर्मीको काम गर्ने उनीहरु पनि लामो समय काम रोकिएपछि हिडेर आएका रहेछन् । ६ जनाको समूहमा रहेका मध्येका एक भिम परिवारले गाउँपालिकाको भवन निर्माणको काम रोकिएपछि केही सय त्यतै बसेको बताए । गाउँपालिकाले केही व्यवस्थापन गरौला भनेपनि बिचल्लीमा परिने डरले आफूहरु हिडेर आएको परिवारले जानकारी दिए ।‘रातदिन नभनि हिडेरै हामी यहाँ आइपुगेका छौ । मजदुरी गर्नेलाई सहयोगले सहयोग गर्दै रैनरैछ । भोकभाकै हिड्नु पथ्र्यो । अब त यहाँ आइएको छ । हिडेरै पनि पुग्न सकिन्छ ।’ उनले भने ।
कोरोनाको भय भन्दा पनि विपत्तिमा लामो समय बाहिर हुँदा घरको मायाले सताएको सुर्खेत कै सुरेन्द्र खत्री बताउँछन् । ‘म अहिले ४६ वर्षको भए देश विदेश घुमियो । पैदल कहिल्यै हिडिएको थिएन । यस पाली रहरले भन्दा बाध्यताले हिडियो ।’ खुट्टामा परेका घाउ देखाउँदै उनले भने,‘धेरै हिड्डा हिड्दा त भोक र प्यास पनि मर्दाे रहेछ । ठाउँठाउँमा पानीको भरमा बाँचेर यहाँ सम्म पुगियो ।’उनीहरुलाई पनि सुर्खेतका सम्बन्धित स्थानीय तह र प्रहरीसँगको सहकार्यमा घर पठाइएको छ ।
उता लकडाउनको समयमा हिडेर आएका मजदुर, अलपत्र परेका नागरिकको उद्धारको लागि तीन प्रदेशको टान्जिट प्वाइन्टको रुपमा रहेको चौराहामा आराम खानपिन र उद्धारको कार्य जारी छ । जारदिनको अवधिमा करिब २ हजार नागरिकलाई चौराहाबाट गाडीमा पठाइएको कोहलपुर नगरपालिकाले जनाएको छ । उप–प्रमुख सञ्जुकुमारी चौधरीका अनुसार प्रतिदिन ५ सय जनाका दरले खासगरि विभिन्न जिल्लाबाट आएका मजदुरलाई गन्तव्यमा पु¥याउने काम गरिएको छ ।
उनले विभिन्न सहयोगी निकायहरुको सहयोगमा हिडेरै आएका नागरिकहरुलाई खानपिन, आराम तथा स्वास्थ्य जाँचको व्यवस्था मिलाइएको उनले जानकारी दिइन् ।‘कोरोना संक्रमणलाई मध्येनजर गर्दै कोहलपुर भित्रिने नागरिकको लागि विशेष सावधानी अपनाएका छौ । सम्बन्धित स्थानीय तहलाई जानकारी गराएर नगरपालिकाको सिमा क्षेत्र सम्म गाडीमा पु¥याउने व्यवस्था समेत गरिएको छ ।’ मिसन टुडे दैनिकसँग कुरा गर्दै चौधरीले भनिन् । नागरिकको व्यवस्थापनको लागि दैनिक बिहानै देखि साँझ सम्म ठूलो मात्रामा सुरक्षाकर्मी समेत परिचालन गरिएको छ ।