12 September 2024  |   शुक्रबार, भदौ २८, २०८१

‘लकडाउन’ थप तयारी र ज्ञान वृद्धि गर्ने अवसर हो’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, बैशाख ७, २०७७  

नोवल कोरोना भाइसर अर्थात कोभिड–१९ को संक्रमण अहिले विश्वमा महामारीका रुपमा फैलिएको छ । यसको प्रभाव नेपालमा पनि दखिएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गत चैत ११ गतेदेखि लागू गरेको लकडाउन अहिले पनि जारी छ । लकडाउन कै कारण अभिभावक र विद्यार्थीहरुको चिन्ता र चासो विषय माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि स्थतिग भएको छ । गत चैत ६ गते तोकिएको एसईको परीक्षा स्थगित भएसंगै विद्यार्थीहरुमा अन्यौलता समेत छाएको छ । परीक्षा कहिले हुन्छ ? अथवा हुन्छ कि हुँदैन ? पढेका कुराहरु पनि बिर्सन्छ कि भनेर चिन्ता छ नै । अर्कोतिर अहिलेको यो विषम परिस्थितिमा कोरोनाको संक्रमण बढ्दै गएकोले उनीहरुमा मनोवैज्ञानिक असर समेत परेको छ । उनीहरुको मनमा डर, त्रास, चिन्ता र तनाव जस्ता कुराहरुले पनि सताइरहेको छ । यसै सन्दर्भमा यस्ता डर, त्रास, चिन्ता र तनाव जस्ता कुराहरुबाट उनीहरुलाई कसरी टाढा राख्न सकिन्छ ? अथवा विद्यार्थीहरुले यो समयलाई कसरी सदुपयोग गर्न सक्छन् ? भनेर कोहलपुर नगर शिक्षा, शाखा प्रमुख अनन्त कुमार पौड्यालसंग यानबी साहुले गरेको कुराकानी :-

१. विश्वमा कोरोना भाइरसको महामारी फैलिएसंगै अभिभावक र विद्यार्थीहरुको चिन्ता र चासोको विषय रहेको एसईई पनि स्थतिग भएको छ ? यो समयलाई विद्यार्थीहरुले कसरी सदुपयोग गर्न सक्छन् ?

लकडाउनका कारण घरभित्रै बस्नु पर्ने वाध्यकारी अवस्था त हो नै । तर पनि विद्यार्थीरुले यसलाई वाध्यकारी भन्दा पनि परीक्षाका लागि थप तयारी गर्ने समय र ज्ञान वृद्धि गर्ने अवसरका रुपमा लिनु पर्दछ । लकडाउनको समयमा स्वाध्ययन गरेर ज्ञान वृद्धि गर्ने अवसरका रुपमा लिँदै आफूलाई अभ्यस्त बनाउने हो । ज्ञान विकास गर्नका लागि शिक्षकहरुले व्याख्या गरिदिएका पाठहरु आफूले नै विस्तारै पढ्नु प¥यो । पढाइका पनि चार चरण हुन्छन् । तिमध्ये पहिलो विस्तृत अध्ययन गर्ने, दोस्रो गहन रुपमा पढ्र्ने, तेस्रो महत्वपूर्ण कुरा वा बँुदाहरु पढ्ने र चौथो सारांश वा विषयवस्तुको सार सिक्ने । यी चार चरणका अभ्यासहरु विद्यार्थीहरुले घरमा गरे भने, यो समयमा परीक्षाका लागि र आफ्नो ज्ञान बढाउन उत्तम उपाय हुन्छ ।

२. अहिलेको यो विषम परिस्थितिमा परीक्षा स्थगित हुँदा विशेष गरेर एसईई दिने विद्यार्थीहरुले पढेका कुराहरु बिर्सने, परीक्षा कहिले हुन्छ ? अथवा हुने हो कि होइन ? जस्ता थुप्रै अन्यौलताहरु छन् । उनीहरुलाई कसरी विश्वस्त पार्न सकिन्छ ?

अहिलेको यो उमेरका विद्यार्थीहरु विद्यालयमा शिक्षकहरुले पढ, गृहकार्य गररे ल्याउ अनि घरमा पनि अभिभावकहरुले परीक्षा आयो राम्रोसंग पढ्नु पर्छ भनेपछि पढ्ने बानी परेका हुन्छन् । यि सबै कार्यहरु निर्देशनमा आधारित कार्यहरु हुन् । यसरी निर्देशनमा आधारित काम गर्ने बानी परेका विद्यार्थीहरुमा अहिले कतैबाट पनि त्यस्तो निर्देशन नआउँदा नगरेपनि हुन्छ भन्ने भान परेको पनि हुन सक्छ । त्यसैले यो समयमा स्वाध्ययन गरेर पनि अध्यनमा स्वावलम्बी बन्न सकिन्छ भन्ने कुरा अहिलेको लकडाउनको अवस्थाबाट विद्यार्थीहरुले सिक्न जरुरी छ । लकडाउनको अवस्थालाई सदुपयोग गर्ने सन्दर्भमा पढेका कुराहरु सम्झिने भनेको कस्तो भने, विद्यार्थीहरुले वाल विकासदेखि कक्षा १० सम्म पढ्न लागेको दश वर्ष भयो । दश वर्षसम्म पढेका कुराहरु बिर्सेर शुन्य हुँदैन । त्यस कारण केहि मुख्य मुख्य बुँदाहरु बिर्सेका हुन सक्छन् । बिर्सियो भनेर छोड्नु भन्दा ति बिर्सेका महत्वपूर्ण बुँदाहरु लेखेर आफू बस्ने कोठाको भित्तामा टाँस्ने वा डायरी बनाएर टिपोट गरेर बेलाबेलामा हेर पुग्छ । अर्को महत्वपूर्ण कुरा रेडियो मिसनले पनि एसईई विशेष कार्यक्रम सञ्चालन गरेको छ । त्यो सुनेर पनि धेरै ज्ञान लिन सकिन्छ । त्यसैगरी अन्य विभिन्न संघसंस्थाहरुबाट पनि यस्ता दूरशिक्षामा आधारित कार्यक्रमहरु सञ्चालित भइरहेका छन् । यस्ता माध्यमबाट शिक्षण सिकाइका कार्यहरु भइरहेका छन् । ति कार्यक्रममा सहभागी हुनका लागि कहिँकतै नगएर घरमै बसिबसी सुन्न र हेर्न सकिन्छ । यसबाट विद्यार्थीहरुले पर्याप्त ज्ञान हाँसिल गर्न सक्छन् । पर्ने अवस्था छैन् । यो सबैमा आएको समस्या हो । परीक्षा एक दिन अवश्यक हुन्छ । यसका लागि राज्यका सबै अंगहरु परिचालित भएका छन् । यसमा सबैको ध्यान आकृष्ट भएको छ । आफ्नो अध्ययनलाई निरन्तरता दिआँै।

३. विद्यार्थीहरुले अहिलेको अवस्थामा साथीहरुसंग छलफल तथा खुला वातावरणमा घमफिर गर्न पाएका छैनन् । पाठ्यपुस्तहरु मात्रै पढेर पनि बोर लाग्न सक्छ । यस्तो अवस्थामा उनीहरुलाई सहयोग पुग्ने कुनै त्यस्ता सहायक सामग्रीहरु छन् ?

मैले अध्ययनमा भेटेअनुसार विद्यार्थीहरुमा नौ प्रकारका चुलबुले वौद्धिकताहरु हुन्छन् । भाषिक, गणितिय, चित्रात्मक, स्थानात्मक, अन्तर वैयक्तिक, व्यक्ति–व्यक्ति विच लगायत प्रकृतिसंग सम्वन्धित विभिन्न प्रकारका वौद्धिक प्रक्रियाहरु हुन्छन् । यो भनेको कसैले पढेर सिक्छन्, कसैले गित सुनेर, कसैले खेलेर, कसैले स्थान पाएर, कसैले एक्लै चिन्तन गररे, कसैले साथीहरुसंग छलफल तथा अन्तरक्रिया गरेर सिक्छन् त कसैले अध्ययन अवलोकन गरेर सिक्छन् । सिक्ने तरिकाहरु यिनैभित्र पर्दछन् । यसरी विद्यार्थी भाइबहिनीहरुले आफूलाई कुन तरिकाले सिक्दा उपयुक्त लाग्छ, पहिले त्यो छनौट गर्नुप¥यो । अध्ययन गरेर सिक्ने बानी छ भने धेरै अध्ययन गर्ने, चित्रहरु हेरेर सिकिने बानी छ भने चित्रात्मक सामग्रीहरु हरेर सिक्न सकिन्छ । ति चित्रहरु हेरेर चित्रहरुलाई चिन्तन गर्ने र चित्र कोर्ने गरेमा पनि सिकिन्छ । कसैले गित संगितको माध्यमबाट पनि सिक्ने भएकाले आफूले पढने विषयवस्तुलाई गितमा रुपान्तरण गरेर पनि सिक्न सकिन्छ । आफूभन्दा ठूलासंग बसेर अन्तरक्रिया गरेर, प्रकृतिको अवलोकन गरेर, वरपरको बारेमा अवलोकन गरेर सिक्न सकिन्छ । त्यस्तै गणितको कुराहरु घरमा भएका वस्तुहरुको नापजाँप गरेर, विज्ञानका बारेमा जान्नु छ भने घरमा रहेको वस्तुहरुलाई वैज्ञानिक दृष्टिकोणबाट अध्ययन गर्न सकिन्छ । यसरी घरमै पनि सिकाइको ठूलो स्रोत छ ।

३. एसईई दिने विद्यार्थीहरुमा परीक्षासंगै कोरोना संक्रमणको सन्त्रासले झनै मनौवैज्ञानिक असर परेको देखिन्छ । यस्तो अवस्थामा उनीहरुले आफूलाई डर, त्रास, चिन्ता, तनावबाट कसरी टाढा राख्न सक्छन् ?

यसअघि पनि मैले भने, दिनभरि शिक्षकको निगरानीमा रहेको र बिहान बेलुका अभिभावकको निगरानीमा रहेर पढ्ने बानी बसको विद्यार्थीहरु त्यो निगरानी नहुँदा उनीहरुमा चिन्ता अथवा के हराए जस्तो हुने, के नपुगे जस्तो हुने, अल्मलिए जस्तो, आज अल्छी लागेको छ भोलि पढौँ, भोलि पनि अल्छी लागे पर्सि पढौँ जस्तो लाग्ने हुन्छ । यस्तो अवस्थाबाट आफुलाई अनुकुलन गर्नु पर्दछ । समय अनुसार नै मानिसले आफूलाई अनुकुल गराउन सक्ने बनाउनु पर्दछ । मानिसलाई प्रकृतिले नैे जस्तोसुकै परिस्थितिमा पनि सोही अनुुकुल भएर बाँच्न सक्ने क्षमता दिएको छ । त्यसैले पहिलो कुरा त विद्यार्थीहरुले आफ्नो मनोवल उच्च पार्नुप¥यो । दोस्रो कुरा रेडियो, टेलिभिजनका कार्यक्रमहरुबाट पाठ सिक्नु प¥यो । तेस्रो कुरा घरमा आफूभन्दा जान्ने बसझ्ने अभिभावकहरुसंग अन्तरक्रिया गर्ने र अभिभावकहरुले पनि उनीहरुसंग प्रश्नोत्तर गरेर, निगरानीमा राखेर, जिज्ञासा तथा प्रश्नहरुका बारेमा खोजी गरेर उनीहरुलाई डर, चिन्ता, तनावजस्ता कुराहरुबाट टाढा राख्न सकिन्छ ।

४. विद्यार्थीहरुले शिक्षक तथा आफ्ना सहपाठी साथीहरुसंग छलफल गरेर धेरै कुराहरु सिक्न सक्ने हुन्छ । तर अहिले त्यो अवस्था छैन् । यसलाई उनीहरुले कसरी सहज बनाउन सक्छन् ?

मानिसमा व्यक्ति भित्रै र एक व्यक्तिबाट अर्को व्यक्ति विच गरी दुई प्रकारको अन्तरक्रिया हुन्छ । तिमध्ये एक व्यक्तिबाट अर्को व्यक्तिमा गरिने अन्तरक्रियामा अहिले लकडाउनका कारण वैयक्तिक र सामाजिक दुरी कायम राख्ने भन्ने सिद्धान्त आएकोले त्यो सम्भव भएन । र वैयक्तिक अन्तरक्रियामा कुनै पनि व्यक्तिले आफूले आफै भित्र अन्तरक्रिया गर्ने वातावरण वा भावना सृजना गर्नुपर्छ । त्यो कसरी हुन्छ भन्दा, चित्रहरु हुर्ने, चित्रहरुसंगै कुरा गर्ने, पुस्तकहरु भएका संवादहरु पढ्ने, चिन्तन गर्ने, रेडियो सुन्ने, टेलिभिजन हेर्ने, घरमा इन्टरनेटको सुविधा छ भने अनलाइनमा कुराकानी गर्ने, आवश्यक भिडियोहरु हेर्ने, अन्य सहायक सामग्रीहरु हेर्ने जस्ता कार्यले पनि थुपै्र ज्ञानहरु सिक्न सकिन्छ ।

४ अहिलेको यो असहज परिस्थितिमा विद्यार्थीहरुप्रति अभिभावकहरुको भूमिका कस्तो रहन्छ ?

अभिभाववहरुले पनि अहिलेको अवस्थामा आफ्ना बालबालिकाहरुलाई उनीहरुको मनोवल गिर्ने गरी कुनै हल्ला र अनुमानका भरमा त्रसित गर्ने÷गराउने, अनावश्यक कुराहरु मनमा खेलाएर शंक उपशंका गर्ने कुराहरु गर्नु हुँदैन । यस्तै बालबालिकाहरुको हातमा किताब राखेर एकल वा सामुहिक अध्ययन गराउने, अडियो सुनेर, भजनकृतन गरेर, उपलब्ध भएको खण्डमा वाद्यवाधनका सामग्रीहरु बजाएर, कथा, कविता लेख्ने, वाचन गर्ने जस्ता क्रियाकलापमा गर्न लगाएर अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई व्यस्त गराउन सक्नुहुन्छ ।

५. कयाँै अभिभावकहरुले जतिबेला पनि आफ्ना बालबालिकाहरुलाई पढाइमा नै बढी दवाव दिने गरेको देखिन्छ । ताकि उसको रुचि नै छैन भने त्यस्तो अवस्थामा गरेको अध्ययन कत्तिको प्रभावकारी हुन्छ ?

यो हाम्रो परम्परागत सोच नै हो । विद्यार्थी तथा बालबालिकाहरुलाई पढ पढ भनिरहनु पर्ने, उनीहरुलाई देख्न बित्तिकै खोई पढेको भन्ने, खाली बसेको देखेमा खोई पढेको भन्ने जस्ता कुराले बालबालिकाहरुमा के धारणा पैदा हुन्छ भने अभिभावकहरुले मलाई नदेखे पनि हुन्थयो अथवा घरिघरी नभनिदिए हुन्थ्यो भन्ने हुन्छ । अभिभावकहरुले निरन्तर पढ पढ भनेर दवावले पढेर सिक्ने भन्दा पनि विद्यार्थी आफैले सचेत भएर, बुझेर पढ्यो भने सिकाइ प्रभावकारी हुन्छ । अर्काले पढ पढ भन्दैमा अगाडि किताब राख्दैमा पढाइ हुँदैन । बरु बालबालिकाहरुको लागि यति बजे पढ्ने, यति बजे खेल्ने, यति बजे खाना खाने जस्ता कार्यहरुको सेड्यूल बनाइ दिने गर्नले पनि उनीहरुलाई सहज हुन्छ । बारम्बार पढ पढ भनिरहँदा उनीहरुमा मनोवैज्ञानिक असर पर्न सक्छ । कतिबेला बाहिर निस्कौँ जस्तो लाग्ने हुन सक्छ । त्यस कारण उनीहरुलाई घरमा खुला रुपमा मित्रवत व्यवहार गरेर आफैले स्वःउत्प्रेरित रुपमा अध्ययन गर्ने वातावरण अभिभावकले मिलाउनु पदर्छ ।

६. विद्यार्थीहरुमा परीक्षा दिँदा प्रश्नपत्र हातपरिसकेपछि पनि पहिले कुन प्रश्नको उत्तर लेख्ने ? कति उत्तर लेख्ने, कसरी सुरु गर्ने, कहाँबाट सुरु गर्ने भन्ने जस्ता अन्यौलताहरु पनि देखा पर्दछन् । यसमा उनीहरुले के कसरी लेख्दा सहज हुन सक्छ ?

विद्यार्थीहरुले जुन माध्यमिक शिक्षा परीक्षा (एसईई) छ । जीवनभरिमा सहभागी परीक्षा यो पहिलो र नयाँ उनीहरुको लागि होइन । कक्षा १ देखि १० सम्म आइपुग्दा त्रैमासिक, अर्धवार्षिक र वार्षिक गरी करिव ३० वटा परीक्षामा सहभागी भइसकेका छन् । यसबाट पनि उनीहरुले धेरै कुराहरु सिकिसकेका हुन्छन् । परीक्षामा जाने, बस्ने, लेख्ने तरिकाहरु सिकिसकेको हुन्छन् । कक्षा १० को सन्दर्भमा यसलाई हामीले बढि चर्चा परिचर्चा गरेको हुनाले पनि उनीहरुमा सन्त्रास छाएको हुन सक्छ । कोहलपुरको हकमा हेर्ने हो भने यसअघि नै धेरैजसो विद्यालयहरुमा नमुना एसईई भईसकेको छ । त्यो भन्दा बाहेक विद्यालयहरुले लेबल टेस्ट पनि गरेका छन् । सबै विद्यालयहरुले एसईईको लागि तयारी गराएका छन् । त्यसले गर्दा तिनै आधारहरुमा टेकेर विद्यर्थीहरुले विगतमा मैले कसरी परीक्षा दिए, कसरी लेख्दा कति अंक पाए, अब मैले के गर्नुपर्छ भन्ने विगतका अनुभवहरुका आधारमा लेखे पुग्छ । सिकाउने अभिभावकहरुले पनि त्यसरी नै सिकाए भने उनीहरुलाई सहजता हुन्छ ।

७. विद्यार्थीहरुमा के पनि देखिन्छ भने थोरै अंकको भएपनि सजिलो प्रश्नको उत्तर एक पाना लेखिदिने लोमो प्रश्नको उत्तर पनि समय नपुगेर एक पाना नै लेखेको पाइन्छ । यसलाई उनीहरुले कसरी व्यवस्थापन गर्न सक्छन् ?

प्रश्नहरुको उत्तर लेख्ने तरिका सबै भन्दा पहिले विद्यालयबाट नै सिकाइनु पदर्छ । सम्भावना परीक्षा आउनु भन्दा अगाडि नै छोटो प्रश्नको उत्तर लेख्ने तरिका यो, लामा प्रश्नको उत्तर लेख्ने तरिका यो, यसलाई यति समयमा गरिसक्ने भन्ने कुरा मोटामोटी रुपमा शिक्षकहरुले सिकाएको हुनुपर्छ । उहाँहरुले यस्ता तरिका र अभ्यासहरु पनि गराएको हुनु पर्दछ । विद्यार्थीहरुले पनि परीक्षामा सहभागी हुँदा सबैभन्दा पहिले उच्च मनोवल राख्ने र आफूले जानेको छोटा उत्तर आउने प्रश्नहरुको गरिहाल्ने । ताकि पछि लामा उत्तर आउने प्रश्नहरु लेख्दा समय पनि पुग्छ । त्यसकारण विद्यार्थी भाइबहिनीहरुलाई म के आग्रह गर्न चाहन्छु भने, सबैभन्दा पहिले परीक्षामा बसिसकेपछि प्रश्न हेर्ने बित्तिकै उत्तर लेखिहाल्ने होइन, प्रश्नले जे उत्तर मागेको छ, त्यो लेख्ने हो । फेरि पनि दोहो¥याएर भन्न चाहन्छु । हेर्ने बित्तिकै जानेको कुरा लेख्ने होइन, प्रश्नले मागेको कुरा लेख्ने हो । आफ्नो मनमा जे लाग्यो अथवा जे जानियो, त्यो लेख्न थाल्यौँ भने समय पनि पुग्दैन र प्रश्नहरु छुट्न सक्छन् ।

८. अन्त्यमा विद्यार्थीहरुलाई के सुझाव दिन चाहनु हुन्छ ?

विद्यार्थीहरुलाई म के सुझाव दिन चाहन्छु अहिले कलडाउन छ, परीक्षा आउने समय धेरै छ भनेर भोलि पढौँला, पर्सि पढौँला भनेर भाका नराखौँ । भोलि भोलि भन्दा पढेका कुराहरु पनि बिर्सन सक्ने सम्भावना हुन्छ । बिर्सने भन्ने कुरा कस्तो हुन्छ भने जुन बढि दोहोरिएर आउँछ । त्यो कुरा बिर्सदैन, जुन कुरा दोहोरिदैँन, त्यो कुरा छिटो बिर्सिइन्छ । म त बिर्सिहाल्छु भन्ने धेरैको भनाई हुन्छ । यो विद्यार्थीहरुका मात्र होइन, सबैको विशेषता हो । त्यसैले नबिर्सिनका लागि आफूले पढेका कुरा बारम्बार दोहो¥याएर हेर्नु पदर्छ । यसरी हेरियो भने मात्रै स्मरणमा आउँछ । र त्यसलाई फेरि आफूले नहेरिकन भन्ने प्रयास गर्नु पर्दछ । नत्र समय छ भन्दै खाली बस्यो, सुत्यो भने पढेका कुराहरु बिर्सने सम्भावना हुन्छ । नबिर्सनका लागि चाहिँ मुख्य कुरा भनेको दोहो¥याउने र अभ्यास गर्ने नै हो । अर्को कुरा चाहिँ अनावश्यक रुपमा चिन्ता र तनाव नलिऔँ । यसको व्यवस्थापन सरकारले गर्छ । यो सबैको चिन्ता र चासोको विषय हो । राम्रोसंग पढौँ । रेडियो र टेलिभिजनहरुबाट प्रशारण हुने कार्यक्रमहरुबाट पनि ज्ञान लिनुहोस् । यति भए तपाइहरुलाई पुग्छ । धेरै आत्तिनु पर्दैन । मनमा अनावश्यक कुराहरु खेलाउनु पर्दैन भन्दै यहाँहरुको आगामी दिनको परीक्षाको सानदार सफलताको शुभकामना व्यक्त गर्दछु ।

अन्त्यमा रेडियो मिसन ९०.६ मेगाहर्जका लागि यानबी साहुले कोहलपुर नगर शिक्षा शाखा प्रमुख पौड्यालसंग गरिएको कुराकानी :

प्रकाशित मितिः आइतवार, बैशाख ७, २०७७     8:56:59 AM  |