- भरत बहादुर रानाभाट
प्रिय चाँदनी,
आशा छ तिमी आराम छौँ । त्यो दिन काठमाण्डौँको मौसम खराब थियो । हावा चलेर पानी पर्ने र आकाश अन्धकार हुने क्रम चलीरहेको थियो । पहाडमा प्राय बादल लाग्ने र आकाश धुम्म हुने गथ्र्यो नै । तर त्यस दिन तराईमा पनि मौसम बिग्रेको थियो । आफ्नो फ्लाइटको समय अनुशार नै म समयमै एयरपोर्ट पुगे । एयरपोर्ट पुगेर यति एयरलाइन्सको काउन्टरमा टिकट देखाएर बोणीङपास लिए । हाते ब्याँग मात्र भएकोले म सरासर भित्र गए । एक्सरे मेशिनमा हाते ब्याँग राखेर थोरै अगाडि बढेर ब्याँग समाए । डयूटीवाला प्रहरीले बोणीङपासमा छाप लगाइदियो, म भित्र
पसे । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको डोमेस्टीक पेसिन्जर बिश्राम हलमा यात्रुहरु अटाई नअटाई थिए । बस्ने कुर्ची एउटै खाली थिएन । धेरै मानिसहरु आपसमा गफ गरेका देखिन्थे । कतिपय मोबाइलमा कुरा गरिरहेका थिए । कोही च्याट गर्दै मसक्क मस्केका देखिन्थे । वालवालिकाहरु यताउता दौडेको देखिन्थ्यो । कतिपयले अगाडिको टि. भि. स्क्रीनमा पनि नजर लगाईरहेका थिए । परिचित कोही छन् कि भनेर मैले यताउता नजर डुलाए । त्यो भिडभाडमा मैले चिने जस्तो कोही लागेन । म पूर्व तर्फको बाथरुममा पसेर हात मुख धोएर बाहिर आए । कतै पनि बस्ने ठाउँ नभएर धेरै यात्रुहरु उभ्भिएका थिए । म पनि उभ्भिनुको बिकल्प थिएन । म उभ्भिएर चारै तर्फ नजर डुलाइरहेको थिए । मौसमले गर्दा समयमा प्लेन उड्न नसकेर यात्रुहरु बिश्राम कक्षमा थपिएका थपियैँ थिए । त्यहाँ यति भिडभाड थियो कि जात्रा जस्तै देखिन्थ्यो यात्रु बिश्राम कक्ष ।
म उभ्भिएको नजिकै तिमी र अर्की युवती संगै हातमा मोबाइल खेलाउँदै गफ गरेर बसेका थियौँ । मैले त्यो भिडमा तिमीलाई ख्याल गरेको पनि थिएन । तिमिले मोबाइल खेलाएको समयमा मेरो नजर तिमी माथि अचानक पर्याे । तिम्रो आँखा मेरा आँखामा आएर ठोक्किएँ । त्यो कुरा तिम्रो हुस्सु साथीले पत्तै पाइन् । त्यो दृश्यले मेरो मन ढक्क फुल्यो । म त्यो बेला किंकर्तव्यबिमूढ भए । कता कता देखे जस्तो पनि चिने जस्तो पनि । एकै साँसमा गएर बोलु बोले जस्तो पनि । मनमा डर डर लागे जस्तो र लाज लागे जस्तो पनि भयो । त्यो बेलाको परिस्थितिलाई काबुमा राख्न पनि मैले खल्तीबाट मोबाइल झिकेर कसैलाई कुरा गरे जस्तो वहाना बनाए । तर त्यो तिमीलाई लुकेर हेर्ने कुचेष्टा मात्र थियो
मेरो । यो सबै हर्कत पूर्व तयारी गरी बनाइएको थिएन ।
यो ता अकाश्मत घटेको एउटा अबर्णनिय घटना मात्र थियो । तिम्रो हातमा बुद्ध एयरको बोणिङपास भएकोले तिम्रो र मेरो प्लेन एउटै होइन भन्ने कुरा त्यसले प्रमाणित गरेको थियो । तिम्री जाने गन्तब्य कहाँ हो ? एकमन गएर सोधु जस्तो पनि हुन्थ्यो । फेरी सोध्नु पनि कसरी र
किन ? के प्रयोजनको लागि सोध्नु ? म खुब रनहमा परे । मेरो स्मरणमा पहिला कतै तिमीलाई देखे जस्तो पनि लागीरहेको
थियो । तर कहाँ देखे कहाँ एकिन भएन । मेरो मनमा त्यस्तो लागेको पनि हुनसक्छ । त्यहाँ यात्रुहरु धेरै भएको हुँदा कोलाहाल र हल्ला यथावत नै थियो । मौसम खराबको कारण प्लेन क्यान्सिल हुने डर यात्रुहरुको अनुहारमा प्रष्ट देखिन्थ्यो । तिमीले तेस्रो पटक पुलुक्क हेयौँ मलाई । तिम्रो हुस्सु साथीले त्यहाँ भएका ति सबै गुप्त लुकामारीको गन्ध समेत पाउन सकिन । तिम्रो ओठमा मन्द मुस्कान र अनुहारमा बेग्लै चमक देखिन्थ्यो । मलाई देखेर अनुहारमा चमक छाए जस्तो महसुस गरे मैले, तर त्यो मेरो मनको अनुमान
मात्र पनि हुन सक्ला । म तिमीसंग बोल्नै नसक्ने कायर भएर एउटा असजिलो मोडबाट गुज्रीरहेको थिए । वास्तवमा तिमी को हौँ ? म जान्न चाहान्थे । हुनता जानेर मात्र पनि मैले के नै गर्नु थियो र तिमीलाई । तर पनि तिमीलाई देखेपछि मलाई आफ्नोपन र आत्मियता बढ्दै
गएको छनक मिल्थ्यो ।
तिमीलाइ देखेपछि बर्षौ देखि बिर्सीएर गर्भमा निस्सासिएको एउटा प्रेमको भुत फेरि कतै बिउँतने चेष्टा गरे झै लाग्थ्यो मलाई । बुद्ध एयरको फलाइट बाट बिराटनगर जाने पेसिन्जरहरु गेट नम्बर एक तर्फ आउन भन्दै माइकिङ भइरहेको थियो । तिमी र तिम्रो साथी बुद्ध एयर भन्ने बित्तिकै जुरुक्क उठेर एक नम्बर गेट तर्फ अगाडि बढ्यौँ । म पनि लहै लहैमा तिम्रा पछि लागे । म चार पाँच जना पेसन्जिरको पछाडि छेलिएर केही हेरे जस्तो केही कुरे जस्तो बहाना बनाएर तिमीलाई नै हेरीरहेको थिए । यति एयरलाइन्सको बोणीङपास भएको ब्यक्ति म आफै गेट नम्बर एक मा गएर वेकुफ बन्दै थिए । तर मलाई त्यसको कुनै पर्वाहा थिएन ।
एक नम्बर गेटबाट बिराटनगर जाने पेसिन्जर अगाडि बढ्दै थिए । तिम्री साथी अगाडि थिई , तिमी पछाडि थियौँ । तिमीले फेरि एक पटक परिचित झै गरेर मलाई पुलुक्क हेर्दै मन्द मुस्कानले बिदाई गर्यौ । म एक छिन टोलाएर त्यहीँ उभ्भिए । त्यो तिम्रो बिर्सनै नसकिने मायालु मिठो हेराईले फेरि एक पटक ठाउँकोठाउँ ठहरै भए । म त्यहीँ घुप्लुक्क ढल्छु झै भयो । अपरिचितसंगको नमिठो बिछोडले मलाई मन भरी नैराश्यको कालो बादलले छपक्कै छोप्यो त्यो बेला । मैले सिसाबाट बाहिर तिमीलाई हेरी रहे । तिमी बसमा चढेको देखे पछि म त्यहाँ उभ्भिनुको कुनै अर्थ थिएन । म पछाडि खाली भएको सिटमा गएर घोत्लिएँ । मलाई किन यस्तो नरमाइलो लाग्यो । के कारणले तिमी प्रति आक्रषित भयो मेरो मन मैले केही ठम्म्याउँन
सकिन् । । म निरही युद्ध हारेको सिपाही झै भएर अगाडिको स्क्रीनमा लगेर आँखा जोत्न थाले ।
प्रिय चाँदनी, तिमी उडेपछि मलाई जिन्दगीमा पहिलो पटक सारै खाल्लो र नमिठो लाग्यो । यो सबै किन भइरहेको छ म बेखबर छु । वास्तवमा तिमी को हाँै ? तिम्रो नाम के हो ? तिमीले एयरपोर्टमा मलाई नजर लगाउँनु एउटा संयोग मात्र थियो कि ? मेरो भ्रम मात्र ? या अरु केही खास कारण ? यि सबै कुरा एकाएक अकस्मात भएको ले पनि म अनभिज्ञ थिए । त्यो बेला मलाई भ्रमको जालोले छपक्क छोपेको हो वा खाली एउटा छोटो तर आकास्मिक नाटकको मन्चन मात्र । यथार्थ के हो ? यथार्थको धरातलबाट म आफु निकै टाढा भए झै लाग्यो मलाई । तर तिम्रो हेराइले तिमी प्रतिको आशक्ती र लगाव यति बढ्यो कि त्यो नापेर, तौलेर, जोखेर जोख्नै नसकिने अवस्थाबाट म गुज्रे ।
म आफु वेकुफ भएको हो वा तिम्रो सम्झनाले तानेको हो ? म गहिरो सोचमा डुबेर कहिल्यै उठ्नै नसक्ने गहिरो भाषमा फस्दै गए । मेरो मनको मझेरीमा कसैले नदेख्ने गरी लुकाएर राखु झै भयो तिमीलाई । कसैको एक पलको हेराइको महत्व किन यति धेरै हुन्छ ? किन मन भित्रको एउटा कुनामा खिल बनेर सधै भरि निको नहुने रोग बनेर बल्जीरहन्छ ? बादल बिनाको चहकिलो पुर्णिमाको जुन जस्तो कसैको एउटा सुन्दर तस्बीर । यहीँ सत्यलाई बुभ्ःन नसकेर मैले आफैलाई नजानिदो तरीकाले सजाय दिइरहेको छु । यति एयरलाइन्सबाट नेपालगन्ज जाने पेसिन्जरहरु गेट नम्बर दुई तर्फ आउन गरेको अनुरोध सुनेर सबै पेसिन्जरहर उठेर अगाडि बढे । बसमा चढेर केही अगाडि पुगेपछि हामी सबै प्लेन भित्र आ आफ्नो सिटमा बसेर सिट बेल्ट बाध्यौँ । मलाई फेरी उही अगाडिको कुरा नै मनमा खेलीरहेको थियो । मलाई हजार भोल्टको तरङ्गले छुन नसकेको काम एउटा सुन्दर हेराईले हायल कायल बनाईदिएको थियो । तिमी प्रतिको आस्था र तिमी प्रतिको श्रद्धाले मेरो शिर झुकेको थियो । तिमीले जित्यौँ मैले हारे । तिमीले जित्यौँ भन्नुको खास अर्थ तिमी आफैले बुभ्mने छौँ । तिमी प्रतिको मेरो लगाव, मेरो झुकाव र मेरो दृष्ट्रीकोण पुरै परिवर्तन भयो । यर्थाथ यहीँ हो ।
म कहाँ छु । तिमी कहाँ छौँ । तर पनि फेरी दुनियाँका यि सबै जन्जीर र सबै बन्दन तोडेर फेरी तिम्रो काखमा निदाउँने सपनाले मलाइ दिनहुँ मारी मारी भष्म खरानी बनाएर छोड्यो । प्रिय चाँदनी , पौषको बाइस गतेको त्यो दिन मौसमले धोका दिई रहेको थियो । म पनि प्लेन भत्रि बसेर आफ्नो गन्तव्यमा जान हतारिएको थिए । अचानक एयरपोर्टको यात्रु बिश्राम कक्षमा तिम्रो उपस्थितिले मलाई यो पृथ्वीबाट अनेत्र कतै पु–याएको कल्पनामा म हराएँ । हामी उडेको दश मिनेट सम्म प्लेन आफ्नो गतिमा अगाडि बढ्यो । तेह्र मिनेट पछि प्लेनले बेस्सरी हल्लाउन थाल्यो । घरी तल घरी माथी गर्दै प्लेन थरथर कापीरहेको थियो । यात्रु सबै डराए र बच्चाहरु रुन कराउन थाले । एक एक प्याकेट मम्फली र पानीको गिलास दिईरहेका दुईजना एयरहोस्टेजहरु पनि मुखा मुख गर्दै बिचको ग्यालरीमा पिङ खेल्न थाले । उनीहरु आफु अडिन पनि नसक्ने भएपछि बाढ्न लागेको पानी र मुम्फलीको प्याकेट बन्द गरेर पेसन्जिरलाई नआत्तिन अनुरोध गरीरहे ।
जिन्दगीको त्यो आखिरी समयमा सबै भन्दा बढी जस्को माया लाग्छ उसैको सम्झना हुनेरहेछ । सायद त्यो जिन्दगीको आखिरी दिन पनि हुन सक्थ्यो ? तर क्याप्टेन सहासी रहेछ । करीब पन्ध्र मिनेट हावासंग पैठेजोरी खेल्दै उसले आफनो बहादुरी प्रर्दशन गरेर सकुशल आफ्नो गन्तब्य तय गर्यो । हुन सक्छ त्यो जिन्दगीको अन्तिम दिन भएर पनि तिमीसंग अप्रत्यासित भेट हुन लेखेको थियो कि ? अगाडिको सिटलाई दुबै हातले कर्याप्प पारेर सामउँदै आँखा चिम्म गरेर पहिलो पटक आमा बुबा र दोस्रो पटक तिम्रो त्यो सुकुमार कोमल अनुहार सम्झेर मैले बाच्ने आशा गरेको थिएँ । चाँदनी , करिब पन्ध्र मिनेट हावासंग टकराव र पैठेजोरी खेल्दै प्लेन आफ्नो नियमित रफ्तारमा अगाडि बढ्यो ।
मैले आँखा चिम्म गरेर पुराना अतितहरु केलाउन थाले । करीब आठ बर्ष अगाडि म काठमाण्डौँको नक्सालमा बस्थे । नक्साल र हाँडीगाउँको दुरी अन्दाजी चार सय मिटर थियो । अलि कोल्टो पर्ने हुँदा काम परे मात्र घुम्न जान्थे म । हाँडीगाउँमा एउटा गहना पोखरी थियो । त्यो पोखरीमा बर्षको एक पटक मेला लाग्थ्यो । मेला लागेको समयमा म मेरो साथीसंग घुम्न गएको थिए । त्यहँँ सयौँ मानिसहरु रमाई रमाई मेलामा यताउती घुमीरहेका थिए । म डुलीरहेको समयमा एउटी अन्दाजी सत्र बर्षकी युवतीसंग सानो एउटी नानीपनि हाँसीहाँसी घुमीरहेकी थिई । त्यो सानी नानी सायद उसको बहिनी हुनुपर्छ । उनिहरु पटकपटक ओहोरदोहोर गरीरहदा त्यो युवतीसंग अन्जानवस आँखा जुधे । उसले पनि लाज मानी मानी आँखा जुधाई ।
मलाई पनि त्यो दृश्य निकै रमाइलो लागेर मेरा आँखाले उसैलाई पछ्रयाइरहेका थिए । हरियो कुर्थासुरवालमा सजिएकी साधारण मेकअपमा पनि धपधपी बलेकी त्यो युवतीको सुन्दरता सम्झेर म धेरै दिनसम्म टोलाएको थिए । अफिसको कामबाट फुर्सद हुने बित्तिकै म एक्लै त्यो गहना पोखरीमा टहलिन जान्थे । यताउता नजर डुलाउथे तर सधै हार मानेर मलिनो अनुहारमा र उर्जाविहिन मनस्थितिमा अफिस फिर्ता हुन्थे । तर हार नमानी फुर्सद हुँदा त्यहाँ गईरहन्थे । मेरो त्यो युवतीलाई देख्ने लालसा मरेको थिएन । अचानक मेरो अनेत्र सरुवा भयो । सरुवा भएपछि तोकएिको स्थानमा छिट्टै जानु पर्ने हुँदा एक दिन विहानै नुहाई धुवाई गरे पश्चात म एक्लै पशुपतिनाथको दर्शन गर्न गए । दर्शन गर्दा एक पटक त्यो युवतीलाई देख्न पाउँ प्रभु भनेर पशुपतिनाथसंग बिन्ती गरे । उसको एक झुल्को अनुहार देख्ने लालसा मनमा रहीरहेको थियो । पशुपतिनाथको दर्शन पश्चात म हाँडीगाउँको बाटो भएर नक्साल फर्कदै थिए ।
अचानक हाँडीगाउँको एउटा तरकारी पसलमा आँखे पुगे, नभन्दै त्यो युवती तरकारी किन्न अर्को एकजना महिलासंग आएकी रहिछ । उसलाई तरकारी पसलमा देख्ने बित्तिकै मेरा खुट्टा लगलग काप्न थाले । ओठ सुक्का भयो । मेरो वाक्य फुटेन । उसले मलाई पुलुक्क हेरी अनी टाउँको तल झुकाई । मैले ठुलोसहास बटुलेर पसलेसंग गोभीको भाउँ सोधे । उसको दायाँ आँखा माथी कालो कोठी थियो । उसको आवाज सुन्ने रहर मात्र भयो । उसंग बोल्ने आँट नभएपछि म सरासर अफिस फर्के र भोलीपल्ट काठमाण्डौँलाई वाइवाइ गरे मैले ।
प्रिय चाँदनी माठमाण्डौँको हाँडीगाउँमा देखिएको त्यो सुन्दर अनुहार सम्झेर मैले धेरै दिन आफुलाई बेचैनमा राखेर दिन बिताए । तर सम्झना मात्र पनि ठुलो औषधी रहेछ बाच्नको लागि । न कुनै चिठ्ठी पत्र न कुनै खबर । सम्झनाले मात्र पनि जीवनबुटी को काम गर्दो रहेछ मान्छको घिटीघिटी साँस धान्न । जीवनभर मनभरी सधै अशान्तीको ज्वालामा जलेर भष्मखरानी भई आफुले आफैलाई नजानिदो गरेर ज्यूँदै मार्नु भन्दा तिमीलाई यो यथार्थ जानकारी दिएर आफ्नो दायित्व पुरा गर्दैछु । तिमी जहाँ भएपनि तिम्रो नाम जे भएपनि मैले आठ बर्ष अगाडि काठमाण्डौँको हाँडीगाउँमा देखेको र काठमाण्डौँको एयरपोर्टमा त्यो दिन अकास्मत जम्काभेट हुने तिमी एउटै व्यक्ति हौँ भन्ने कुरामा अव मलाई कुनै दुविदा रहेन । तर त्यो मेरो मनको अनुमान मात्र पनि हुन सक्छ ।
आफैले आफैलाई जलाएर यातना दिई दिई मार्नु भन्दा यो पत्र लेखेर तिमीसंग याचना गर्दै तिम्रो नाम जे भएपनि तिमी स्वर्गकी अप्सरा हौँ । त्यसैले मैले तिम्रो नाम चाँदनी राखेको छु । प्रिय चाँदनी , तिमीलाई मैले मेरो मन मस्तिषकमा मेरो मनको देवी मानेर श्रद्धाले हरेक साँझ बिहान तिम्रो लागि आरती बालेर पुजिरहेको छु । माया भन्दा ठुलो कुनै औषधी देखिन मैले बाच्नको लागि । त्यसैले सम्भव हुन्छ भने तिम्रो मुटुको एउटा सानो छेउँ तिर के सधैका लागि मलाई बास बसाल्न मिल्दैन् र ?