प्रेम विश्वकर्मा : बर्दिया,३० वैशाख/ पछिल्लो पुस्ताका युवा पीडिहरुले सिप सिक्न इच्छा नगरेपछि बाँस र निगालोबाट बनेका सामाग्री पाइन छोडेका
छन् । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर २ पण्डितपुरका बिरे कामीले माग अनुसार आफूले डोकाहरु पु¥याउन नसकेको बताए ।
उनले भने, “उमेरले पनि ७० वर्ष पुगे, धेरै काम गर्न सक्क्तिन, गाउँमा अरु त्यति यस्तो सिप जानेका कोही छैन्न् । अब त झन वर्षेबालीको समय आयो, गोठे मल बोक्नका लागि धेरै जनाले डोका बुनिदिन भनेका छन् ।”
पहिले भन्दा आजभोली बाँस पनि महँगो भएकाले रु ३ सयसम्म एउटा डोका बिक्री हुने गरेको बिरे कामीको भनाइ छ । खासगरि ग्रामिण क्षेत्रमा घाँस, दाउरा तथा दैनिक उपभोक्य वस्तुहरुको ओसार पसार गर्न बाँस, निगालोबाट बनेका डोका र अन्य सामाग्रीहरुको प्रयोग हुन्छ ।
एम्बुलेन्स तथा अन्य यातायातका सवारी साधानको सुविधा नपुगेका दुर्गम, विकट गाउँबस्तीहरुमा बिरामी बोक्नका लागि पनि डोकाको प्रयोग गरिन्छ । विपन्न वर्गका व्यक्तिहरुले यस्तो सिप जानेका हुन्छन् ।
व्यवासायिक भन्दा पनि फुर्सदको समयलाई सदुपयोग गर्दै हातले बुनेका बाँस, निगालोका सामाग्रीहरुले केही वर्ष अघिसम्म राम्रै बजार लिएको देखिन्थ्यो । तर अहिले त्यो अवस्था भने छैन ।
घाँस दाउराको लागि डोका, कुखुरा ओसार पसारका लागि कोर्रका, अन्नाबाली केलाउनका लागि सुपो लगायतका सामाग्रीहरु बाँस र निगालोबाटै तयार हुन्छन् । छुटफुट सिमित सख्ंयामा रहेका केही पसल र मेलापातमा भने एउटा÷एउटा यस्ता सामाग्रीहरुको कारोबार हुने गरेको पाइन्छ ।
प्रतिक्रिया दिनुहोस्