टकटाईम विथ केशव
भाद्र १७ गतेदेखि नेपाली कथानक चलचित्र बृन्दावन देशभरका हलहरुमा एकसाथ प्रदर्शनमा आउँदैछ । बृन्दावन टिमले प्रचारप्रसारलाई तीव्रता दिएको छ । बृन्दावन चलचित्रको प्रमोशनका कामहरु र चलचित्रका विषयवस्तुहरुसँग सम्बन्धित रहेर हामीले बृन्दावनका निर्माता रुद्र खनालसँग कुराकानी गरेका छौं ।
खनालजी, टकटाईममा यहाँलाई स्वागत छ ।
– धन्यवाद ।
कता व्यस्त हुनुहुन्छ, आजभोलि ?
– ‘बृन्दावन’ कै प्रचारप्रसारमा जुटेको छु ।
प्रचारप्रसारलाई कसरी अगाडि बढाइरहनुभएको छ ?
– विभिन्न कार्यक्रमहरु गरेका छौं । पहिलो चरणमा देशैभरीका हलहरुमा पुग्यौं । अब दोश्रो चरण पनि पुग्ने तयारी छ । त्यसका अलावामा प्रमोशनका कामहरु पनि गरिरहेकै छौं ।
बृन्दावन चलचित्रमा के छ ? किन हेर्ने दर्शकले तपाईको चलचित्र ?
– बृन्दावन नारी प्रधान चलचित्र हो । नारीहरुले पनि चाह्यो भने पूरुष सरह शक्तिहरु प्रदर्शन गर्न सक्छन् भन्ने देखाउन खोजिएको छ । यो सँगसँगै बाँदरको भूमिका पनि रोचक छ ।
सुन्नमा आएको कुरा, नायिकालाई भन्दा बाँदरलाई धेरै पारिश्रमिक दिनुभयो रे नि ?
पारिश्रमिक महंगो त होइन तर पनि बाँदरलाई पाल्दा बढी खर्च भयो । अभ्यासका लागि बाँदरलाई एकमहिना अघि नै ल्याउनुप¥यो । उसले फलफूल बाहेक अरु नखाने, त्यसपछि बाँदरलाई बादर्नी (सुन्दरी) पनि चाहिने र गुरु पनि चाहिने भएपछि तीनजनालाई पाल्दा खेरी बढी खर्च भएको हो ।
कुम्भकर्ण फिल्मस् प्रा.लि. चलाएर मोफसलमा पनि काम गर्नुभयो र अहिले रुद्राक्ष फिल्म्स प्रा.लि.को ब्यानरमा चलचित्र बृन्दावन निर्माण गर्नुभएको छ ? मोफसल भन्दा केन्द्रमा काम गर्न कत्तिको गाह्रो छ ?
– गाह्रो त छ नै । देशैभरीका कुराहरुलाई हेर्नुपर्ने । मोफसलमा एक ठाउँ ‘भिजिट’ गरे पुथ्यो भने केन्द्रीय तहमा सबै घुम्नुपर्ने । तर, एउटा के सजिलो भयो भने केन्द्रबाट नेटवर्किङ्ग फैलँदो र’छ । धेरैसँग चिनजान हुँदो र’छ, आफूले गरेका कामको मूल्यांकन हुने मैले अनुभव गरेको छु ।
चुनौती के के छन् ?
– चुनौती पनि उत्तिकै छ । सिण्डिकेट सबैभन्दा चुनौती भेट्टाएँ । यसमा राज्यले पनि चासो देखाएको जस्तो लागेन । चलचित्र विकास बोर्डमै पनि सिण्डिकेट लागेको जस्तो देखेँ ।
बृन्दावनबाट संकलन भएको रकमले के गर्ने विचार गर्नुभएको छ ?
– सामाजिक काम गर्नुपर्छ, समाजलाई रुपान्तरण गर्नुपर्छ भन्ने मान्छे हो म । बृन्दावनको पैसाले सामाजिक काम गर्ने सोचमा छु ।
आफ्नै क्षेत्रमा छायाँकन गर्नुभयो, किन ?
– पहिलो कुरो, बृन्दावन मेरो पहिलो फिल्म हो । आर्थिक समस्याको लेखाजोखा गर्न गाह्रो भयो । आफ्नै ठाउँमा ग¥यो भने नपुगेको ठाउँमा साथीभाइहरुले सहयोग गर्नुहोला भनेर हो । अर्को कुरा बाह्य ठाउँमा जाँदा लोकेसन थाहा हुन्न, त्यहाँका स्थानीयसँग भिज्न सकेको हुँदैन । त्यसैकारण पनि मेरो पहिलो फिल्म यस क्षेत्रमै सुटिङ्ग गरेको हो ।
बृन्दावन कुन वर्गलाई लक्षित गरेर बनाइएको हो ?
– यो विशुद्ध सामाजिक विषयमा बनेको चलचित्र हो । परिवारमा बसेर हेर्न मिल्छ ।
नेपाली फिल्म चल्न मुस्किल भैरहेको अवस्थामा बृन्दावन चल्छ भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
– पहिलो कुरा त मेरो अनुभवका लागि पनि हो । मैले बाहिर ३५% बेचिसकेको अवस्था छ । अन्य मैले भिसिडीहरु पनि विक्री गरेको छु । नितान्त सामाजिक विषयवस्तु, नारीप्रधान चलचित्र भएकाले पनि दर्शकहरुले मनपराइदिनुहुन्छ भन्ने विश्वास लिएको छु ।
नेपाली चलचित्रको भविष्य कस्तो देख्नुभएको छ ?
– चलचित्र र चलचित्रकर्मीहरुको हकहितका निम्ती लड्नुपर्छ भन्ने मान्यता राख्ने मान्छे हो । नेपाली चलचित्रको उचाई आगामी दिनमा बढ्छ भन्ने मलाई लाग्छ ।
तपाई चलचित्र क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
– बाल्यकाल देखि नै कलाकारिता क्षेत्रमा अली बढी रुची राख्थे । बालक्लबबाट विभिन्न किसिमका सडक नाटकहरु गथ्र्यौं ।
अन्त्यमा के भन्नु हुन्छ ?
– नेपाली चलचित्रलाई माया गर्नुहोस् । तपाईकै माया र ममताले हामीलाई हौसला मिल्नेछ । बृन्दावन भाद्र १७ गतेदेखि प्रदर्शनमा आउँदैछ । बृन्दावनसँगै नेपाली चलचित्रलाई पनि माया गर्नुहुनेछ भन्ने अपेक्षा राखेको छु ।