‘रिसले नै राजनीतिमा आएँ’



एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूका केन्द्रीय सचिवालय सदस्य सूर्य रोकायासँग समग्र विद्यार्थीका कुरा, शैक्षिक समस्या र समाधानका विषयसँग सम्बन्धित रहेर कुराकानी गरेका छौं ।
१. टकटाइममा स्वागत छ ?
– धन्यवाद ।
२. के गर्दै हुनुहुन्छ आज भोली ?
– भर्खरै अनेरास्ववियूको २१ औं महाधिवेशन सम्पन्न भएर फर्किएको छु । अखिल केन्द्रले अहिले देशमा विद्यमान कालोबजारी, भ्रष्टाचारी, लापरबाहीका विरुद्ध अभियन्ता बनेको छ । प्रशासनिक क्षेत्रमा सेवाग्राहीका काममा ढिलासुस्ती, भ्रष्टाचार, कालोबजारी विरुद्ध १३ विद्यार्थी संगठनको मोर्चा खडा गरिएको छ । अहिले त्यतैतिर लागेका छौं ।
३. सरकार विरोधी आन्दोलन हो ?
– सरकार विरोधी भन्दा पनि नेपाली समाजमा जे हुनुपथ्र्यौ, त्यो हुन सकिरहेको छैन । त्यसलाई स्थापित गराउन लागि हाम्रो आन्दोलन हो ।
४. अघोषित नाकाबन्दी अघोषित रुपमै हटेको यत्तिका दिन भैसक्यो, अहिलेसम्म कालोबजारी हट्न सकेको छैन । तपाईलाई के लाग्छ ?
– सरकारलाई असफल बनाउनका लागि जुन तत्वहरु छन् । उनीहरुले गाडेको जरा एकैचोटी उन्मुलन गर्न गाह्रो हुँदो रै’छ । राष्ट्रले नयाँ काँचुली फेरेको छ । नयाँ संरचनामा जाँदा विभिन्न अप्ठ्याराहरु आउने गर्दछन् । सरकारले आफ्नो गतिमा काम गरिरहेको छ । तर, चाहेजति काम गर्न सकेको छैन । यसमा हामीले सरकारलाई सहयोग ग¥यौं भने यस्ता कुराहरु उन्मुलन हुन्छन् ।
५. विद्यार्थीका समस्या के छन् ?
– खासगरी भन्ने हो भने, विद्यार्थीले चाहेनुसार पढ्न पाएको छैन । विद्यार्थीले पाउनुपर्ने परिणामहरु पाउन सकेका छैनन् । विद्यार्थीहरुमा राजनैतिक चेतना कमि भएकाले पनि यस्ता समस्याहरु आएका हुन् ।
६. स्ववियु चुनाव किन हुन सकेको छैन ?
– स्ववियू निर्वाचन हुन नसक्नुमा राज्य, त्रिभुवन विश्वविद्यालयको कमीकमजोरी हो । साथै विद्यार्थी संगठनको पनि चरम लापरबाही हो । विद्यार्थी संगठनहरुले आफ्नो संगठनको उपस्थिति स्ववियूमा रहन्छ कि रहन्न भन्ने हेक्का राखेका कारण पनि स्ववियू निर्वाचन हुन नसकेको हो ।
७. स्ववियू चुनाव हुने छाँटकाँट कत्तिको देख्नुभएको छ ?
– स्ववियू चुनाव नहुनाले विद्यार्थीमा राजनैतिक चेतना अभाव छ । जसका कारण विद्यार्थीहरुले पाएको अधिकारलाई प्राप्त गर्न सकिरहेको छैनन् । स्ववियु चुनाव हुनुपर्छ भन्ने हो । हामीले यसबारेमा कुरा उठाइरहेका छौं ।
८. स्ववियु चुनाव आउने बेलामा विद्यार्थीबीच कुटाकुट हुने, क्याम्पसहरु तोडफोड हुन्छन्, किन हुन्छ यस्तो ?
– आफ्नो बलियो उपस्थिति नदेखिने भएपछि विद्यार्थी संगठनहरुले प्रशासनमा तालाबन्दी गर्ने, तोडफोड गर्ने लगायतका घृणित कामहरु गर्ने गरेका छन् । साथै बलियो संगठनका राजनैतिक चेतना भएका विद्यार्थीहरुमाथि आक्रमण गरेर भय, आतकं सिर्जना गर्ने गर्छन् । अनुशासित, राजनैतिक, वैचारिक र शिक्षाका एजेण्डा बोकेका विद्यार्थीहरुलाई उपस्थिति नगराउनका लागि त्यस्ता हमला गर्ने गरेका छन् ।
९. युवाको आकर्षण केमा देख्नुहुन्छ ?
– समाजमा आफू कसरी स्थापित हुने भन्नेमा छन् । राष्ट्र, समाज कस्तो बनाउने भन्ने विषयमा सोच्ने गरेको पाएको छैन । कमी कमजोरी हाम्रो पनि छ । हामीले नै राष्ट्रियता सम्बन्धी चेतना दिन सकेका छैनौं ।
१०. युवामा राजनीतिप्रति वितृष्णा किन छ ?
– राजनैतिक वितृष्णा देखिएको छ । २०६२÷६३ को आन्दोलनबाट लोकतन्त्र ल्याइयो । जुन उद्देश्यले बिजयी हासिल ग¥यौं, त्यो उद्देश्य पूरा गर्न राजनैतिक दलहरु चुकैकै हुन् । देशमा व्याप्त बेरोजगारी, दैनिक उपभोग्य वस्तुसँग सहज पहुँच नहुने लगायतका समस्याका कारण पनि राजनैतिक दलहरुप्रति वितृष्णा जागेको हो ।
११. तपाई राजनीतिमा कसरी आउनुभयो ?
– वि.सं. २०५९–६० तिरको बागेश्वरी बहुमुखी क्याम्पसको ब्याच हो मेरो । गाउँबाट आएकालाई सोझा साझा विद्यार्थीको पहुँच नहुने प्रशासन, ल्याब्रेरीमै पनि नपत्याउने भएपछि मैले रिसकै कारण मैले राजनीति रोजेको हुँ । मैले जसरी यो परिस्थितिको सामना गरेँ, अन्य विद्यार्थीले यस्तो परिस्थितिको सामना गर्न नपरोस् भन्नकै निम्ती, विद्यार्थीको अगुवाई गर्नकै लागि र गलत परिपाटीलाई च्यात्नका लागि म राजनीतिमा आएको हुँ ।
१२. एमालेकै विद्यार्थी संगठन चाँही किन ?
– राजनैतिक पृष्ठभूमिकै कुरा गर्नुहुन्छ भने, मेरो घर भनेको गैरराजनीतिक छ । जननेता मदन भण्डारीको विचारहरु मेरो बालमस्तिष्कमा प¥यो । त्यसपछि अनेरास्ववियूले राष्ट्रियताका पक्षमा गरेको आन्दोलन, उठाइएका आवाजहरु रेडियोमा सुन्दा यो देशको आमूल परिवर्तन गर्ने संगठन अनेरास्ववियू गर्ने रै’छ भन्ने सोचेपछि मैले यो संगठन रोजेको हुँ ।
१३. घरबाट प्रतिक्रिया चाँही कस्तो पाउनुभएको छ ?
– घरले चाँही शुरुमा राजनीतिमा नलाग, जागिर खाएर बस्नुपर्छ भन्नुभएको थियो । तर, मैले विद्यार्थीको एजेण्डा बोकेर राजनीति गरिहेको भन्ने थाहा भएपछि भने घरपरिवार पनि सन्तुष्ट नै हुनुहुन्छ ।
१४. कत्तिको गाह्रो छ ?
– गाह्रो त एकदमै छ । सामाजिक एजेण्डा बोकेर हिँड्नुपर्ने हुन्छ । सबै सबैले सामाजिक एजेण्डा बोकेर हिँड्न सक्दैनन् ।
१५. विद्यार्थी नेतालाई त पार्टीले खर्च दिन्छ भन्छन्, के सत्य हो ?
– अन्य संगठनकालाई के गर्छन्, थाहा छैन । तर, हाम्रो संगठनमा भने त्यस्तो छैन । संगठनले गरेका कार्यक्रमहरुमा भने पार्टीले सहयोग गर्ने गरेको छ ।
१६. तपाईले खर्च चाँही कसरी चलाइरहनुभएको छ ?
– कतिलाई थाहा नहुन पनि सक्छ । मैले पनि एउटा बिजनेश गर्छु । यहाँका व्यापारीहरुका लागि ठूला ठूला सामानहरु जस्तै गलैचा, ब्लांकेट लगायतका सामानहरु मगाइदिने काम गर्छु ।
१५. अन्त्यमा के भन्नु छ ?
– राज्यले नयाँ काँचुली फेरिसकेको छ । सरकारलाई अब सकेसम्म सहयोग गर्नुपर्छ । देखिएका कमीकमजोरीहरुलाई सम्बन्धित सरोकारावाला निकायमा सूचना पू¥याउनुपर्छ । यति त्यति गर्दा पनि भएन भने सरकारको आलोचना गर्नुपर्छ । अहिले सरकारलाई पूर्ण रुपमा सहयोग गर्नूपर्छ ।
‘टकटाईम विथ केशव’ मिसन मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित कार्यक्रम हो । हामी हप्ताको ३ दिन मंगलबार, बिहीबार र शनिबार रेडियो प्रतिबोध एफएम १०२.४ मेगाहर्जको तरंगमा बिहान ८ बजे र पुनः प्रशारण दिउँसो ३ बजे तपाईमाझ यो कार्यक्रम लिएर आउने गर्दछौ । रेडियोबाट प्रशारित कुराकानीको संक्षिप्त अंश कार्यक्रम प्रशारणको भोलिपल्ट मिसन टुडे दैनिक र सोही दिन मिसन न्यूज डटकम लगअन गरेर पनि पढ्न र सुन्न सक्नुहुनेछ ।

प्रस्तुतीः केशव राना

  • No tags available
प्रकाशित मिति : २०७२ चैत २१ गते आइतबार