ग्रीस, माघ १९ । ग्रीसमा गत वर्षको तुलनामा ३५ गुणा बढी शरणार्थी प्रवेश गरेका छन् । समुद्री मार्गहुँदै ग्रीस प्रवेश गरेका शरणार्थीहरुले प्रयोग गरेको ‘लाइफ ज्याकेट’ फालिएको ठाउँले एउटा पहाड कै रुप धारण गरेको छ ।
समाचार एजेन्सीहरुका अनुसार तट क्षेत्रमा आइपुगेपछि शरणार्थीहरुले ‘लाइफ ज्याकेट’ छाडेर जाने गरेका छन् । यसरी शरणार्थीहरुले छाडेको ‘लाइफ ज्याकेट’ को तस्वीर हालै सार्वजनिक गरिएको छ ।
मानवरहित विमानबाट लिइएको तस्वीरमा ‘लाइफ ज्याकेट’ ले सानोतिनो पहाडकै रुप धारण गरेको देखिन्छ । करिब १० एकड क्षेत्रफलमा फालिएका लाइफ ज्याकेट पाँच मिटरसम्म अग्लो चाङमा परिणत भएका छन् ।
संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी एजेन्सीका अनुसार गत महिनामात्र ५८ हजार पाँच सय ४७ शरणार्थी युरोप प्रवेश गरेका छन् ।
ग्रीसमा मात्र नौ लाख १५ हजार दुई सय ७० शरणार्थीले आश्रय लिइरहेको बताइन्छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्