4 June 2020  |   बिहिबार, जेष्ठ २२, २०७७

कोहलपुर तनाव ग्रस्त,, प्रहरीद्धारा हवाई फायरिङ

रेडियो मिसन
प्रकाशित मितिः आइतवार, मंसिर २२, २०७६  

कोहलपुर :

बाँकेको कोहलपुर क्षेत्र निकै तनावपुर्ण रहेको छ । कोहलपुरको मुख्य सडक क्षेत्रमा विद्यार्थी ट्रकले किच्दा स्थिति निकै तनावपुर्ण अवस्थामा रहेको छ । एक विद्यार्थीको मृत्यु भएपछि प्रहरी र विद्यार्थी वीच निकै तनाव सिर्जना भएको छ ।

अहिले ईलाका प्रहरी कार्यालय र विद्यार्थी बीच ढुंगा हानाहान समेत भएको छ । अहिले यहाँको स्थितिलाई साम्य पार्नको लागि हवाई फायरिङ समेत गर्नु परेको छ । विद्यार्थी मृत्युको कारण विद्यार्थीहरु आक्रामक रुपमा रहेको छ । लाठि चार्ज समेत भएको अवस्था रहेको छ । सुरक्षाकर्मी संख्यामा खटिएको छ । प्रहरीले केही विद्यार्थीलाई समेत गिरप्तार गरिहेको छ । ट्रकमा समेत आगजनी भएको छ ।

प्रकाशित मितिः आइतवार, मंसिर २२, २०७६     11:21:29 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *