रेडियो मिसन
प्रकाशित मितिः आइतवार, मंसिर २२, २०७६
कोहलपुर :
बाँकेको कोहलपुर क्षेत्र विहानै देखि निकै तनावपुर्ण छ । अहिले सम्म २४ जना भन्दा बढी घाईते भएका छन् । प्रहरी र विद्यार्थीहरुका सबै भन्दा बढी घाईते भएको अवस्था छ ।
विद्यार्थी सहित ईकाला प्रहरी कार्यालयका प्रमुख सहित दर्जनै घाईते भएक छन् ।
कोहलपुरको मुख्य सडक क्षेत्रमा विद्यार्थी ट्रकले किच्दा स्थिति निकै तनावपुर्ण अवस्थामा रहेको हो ।
ट्रकले किच्दा विद्यार्थी प्रकृति चन्द गम्भिर घाईते भएकी छन् भने अन्य एक विद्यार्थी पनि गम्भिर रहेको जनाईएको छ ।
यस्तै गम्भिर घाईतेलाई थप उपचारको लागि हेलिकप्टर कोहलपुर आईपुगेको छ ।
क कसलाई हेलिकप्टर मार्फत लगिएको हो भन्ने यर्थात जानकारी आई सकेको छैन ।