4 June 2020  |   बिहिबार, जेष्ठ २२, २०७७

समाज सेवा संस्था नेपालको तेस्रो साधारण सभा सम्पन्न

रेडियो मिसन
प्रकाशित मितिः आइतवार, कार्तिक १०, २०७६  

कोहलपुर।

बाँकेको कोहलपुरमा समाज सेवा संस्था नेपालले तेस्रो साधारण सभा तथा बार्षिकोत्सव मनाएको छ । कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले सो कार्यक्रम उद्घाटन गरेका हुन् ।

उद्घाटन गर्दै प्रमुख रावतले समाज रुपमान्तरण गरी सभ्य समाजको निर्माण गरेको बताए ।

‘अहिलेका युवाहरु लागुऔषधमा फसिरहेको बेलामा समाज सेवा संस्था नेपालले सुधार गर्नका लागि अग्रणी भूमिका खेलेको छ’ उनले भने, तीन बर्षको अवधिमा राम्रो कार्य गरेको छ । कोहलपुर नगरपालिकाका विभिन्न स्थानहरुमा जनचेतना कार्यक्रम गरी यूवाहरुलाई सचेत बनाएको उनको भनाई थियो ।

यस्तै समाज सेवा संस्था नेपालका अध्यक्ष विनोद थापाले संस्थाले समाज परितर्ण गर्नका लागि निकै टेवा पुगेको बताए । ‘हामीले लागुऔषध र बालविबाह विरुद्ध घरदैलो अभियान चलाएका छौं’ उनले भने, ‘एक सय ५० वटा भन्दा बढि सडक नाटक, घरदैलो साथै अन्य कार्यक्रमहरु प्नि चलाएका छौं ।

प्रकाशित मितिः आइतवार, कार्तिक १०, २०७६     3:19:37 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *