19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

राजनीति

बाँके क्षेत्र नम्बर २ मा डा. धवल विजयी

बाँके क्षेत्र नम्बर २ मा डा. धवल विजयी

    प्रकाशित मितिः बुधबार, मंसिर ७, २०७९       |
नेपालगन्ज, ७ मंसिर बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) का डा. धवल शमशेर जबरा विजयी भएका छन् । उनले निटकतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का मोहम्मद इस्तियाक राईलाई ६ हजार ५७ मत अन्तरका साथ पराजित गरेका हुन् । डा. धवलले २९ हजार पाँच सय ७७ मत पाउँदा निकटतम प्रतिस्पर्धी जसपाका राईले २३ हजार पाँच २० मत पाए । यता तेस्रो स्थानमा रहेका नेपाली क
बाँके २(ख)मा आदेश अग्रवाल विजयी

बाँके २(ख)मा आदेश अग्रवाल विजयी

    प्रकाशित मितिः बुधबार, मंसिर ७, २०७९       |
नेपालगन्ज, ६ मंसिर बाँके क्षेत्र नम्बर २ प्रदेशसभा क्षेत्र (ख)मा जनता समाजवादी पार्टी जसपाका आदेशकुमार अग्रवाल विजयी भएका छन् । आदेशले पाँच हजार चार सय १५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रमुख प्रतिस्पर्धी नेकपा एमालेका निरकबहादुर गुरुङले चार हजार सात सय ५२ मत ल्याउँदा नेपाली कांग्रेसका सुरेन्द्रबहादुर हमालले चार हजार चार सय ५० मत ल्याए । हमाल निवर्तमान प्रदेश सभा सदस्य एवं लुम्बिनी प्रदेशका
बाँके २ (क) मा जसपाका भण्डारी विजयी

बाँके २ (क) मा जसपाका भण्डारी विजयी

    प्रकाशित मितिः मङ्लबार, मंसिर ६, २०७९       |
बाँके : बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टीका भण्डारी लाल अहिर विजयी भएका छन् । नेकपा एमालेका विजयबहादुर यादवलाई पछि पारै अहिरले विजय प्राप्त गरेका हुन् । भण्डारीले ११ हजार ५०४ मत प्राप्त गरेका छन् । नेकपा एमालेका विजयबहादुर यादवले ९३५८ मत पाएका छन् । दुई हजार एक सय ४६ मतको अन्तरले भण्डारी विजयी भएका हुन् । तेस्रो स्था
भक्तपुर-२ मा महेश बस्‍नेतसँग अग्रता बढाउँदै दुर्लभ थापा

भक्तपुर-२ मा महेश बस्‍नेतसँग अग्रता बढाउँदै दुर्लभ थापा

    प्रकाशित मितिः सोमवार, मंसिर ५, २०७९       |
काठमाडौं । भक्तपुर क्षेत्र नम्बर-२ को जारी मतगणनामा नेपाली कांग्रेस अगाडि देखिएको छ भने दोस्रो स्थानमा नेकपा एमाले रहेको छ । आइतबार दिउँसो १ बजेसम्‍म १० हजार ४३६ मतगणना सकिँदा कांग्रेसका दुर्लभ थापा क्षेत्रीले ४ हजार ११९ मतसहित अग्रस्थानमा छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका नेता महेश बस्नेत ३ हजार ६८४ मतसहित दोस्रो स्थानमा छन् । यस्तै नेपाल मजदूर किसान पार्टीका अनुराधा थापामगर ८
पम्फालाई पछाडि पार्दै तोसिमा दोस्रो, एमालेको अग्रता कायमै

पम्फालाई पछाडि पार्दै तोसिमा दोस्रो, एमालेको अग्रता कायमै

    प्रकाशित मितिः सोमवार, मंसिर ५, २०७९       |
ललितपुर क्षेत्र नम्बर तीनमा एमाले उम्मेदवार अमृत खड्काले ९३६ मत ल्याएर अग्रता कायमै राखेका छन्। गठबन्धनको तर्फबाट माओवादीकी उम्मेदवार पम्फा भुसाललाई राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले पछाडि पारेकी छन्। स्वतन्त्रकी तोसिमाले ८७५ मत ल्याउँदा माओवादीकी भुसालले ७ सय ७५ मत प्राप्त गरेकी छिन्। पहिलो नम्बरमा एमालेका उम्मेदवार खड्काले सुरुवातदेखि नै लिड गरिरहेका छन्। तर, दोस्र
डडेल्धुराको मतगणना २ बजेबाट सुरु हुने

डडेल्धुराको मतगणना २ बजेबाट सुरु हुने

    प्रकाशित मितिः सोमवार, मंसिर ५, २०७९       |
डडेल्धुरा । डडेल्धुराको मतगणना आज दिउँसो २ बजेबाट सुरु हुने भएको छ । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले सर्वदलीय बैठक बसिररहेको र २ बजेपछि मतगणना सुरु हुने जानकारी दिए । प्रतिनिधि सभातर्फ एक र प्रदेश सभातर्फ दुई निर्वाचन क्षेत्र रहेका डडेल्धुरामा ५६.६४ प्रतिशत मत खसेको छ । ९१ हजार २०१ जम्मा मतदातामध्ये ५१ हजार ६६० मत खसेको मुख्य निर्वाचन अधिकृत वाग्लेले जानकारी दिए । प्रतिनिधि सभामा प्
काठमाडौंका पाँच निर्वाचन क्षेत्रमध्ये तीनवटामा घण्टीको अग्रता

काठमाडौंका पाँच निर्वाचन क्षेत्रमध्ये तीनवटामा घण्टीको अग्रता

    प्रकाशित मितिः सोमवार, मंसिर ५, २०७९       |
काठमाडौं । मतगणना सुरु भएका काठमाडौंका पाँच निर्वाचन क्षेत्रमध्ये तीनवटामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले अग्रता लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले काठमाडौं क्षेत्र नम्बर ६, ७ र ८ मा अग्रता लिएका हुन् । काठमाडौं-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल, ७ मा गणेश पराजुली र ८ मा विराजभक्त श्रेष्ठले प्रतिस्पर्धीहरुलाई पछि पारेका छन् । काठमाडौं-१ मा राष्ट्रिय स्व
मुस्ताङमा कांग्रेसले निकाल्यो विजयी जुलुस

मुस्ताङमा कांग्रेसले निकाल्यो विजयी जुलुस

    प्रकाशित मितिः सोमवार, मंसिर ५, २०७९       |
काठमाडौँ — प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि नेपाली कांग्रेसले मुस्ताङमा विजयी जुलुस निकालेको छ । कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली सोमबार निर्वाचित भएका हुन्। देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमध्ये मुस्ताङबाट पहिलो मतपरिणाम आएको हो । २९ वर्षीय गौचनले एमालेका पूर्वसांसद ६० वर्षीय प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन् । सार्वजनिक मत परिणाम अनुसार गौचनले ३ हजार ९९२ मत प्राप्त गरेक
मतदाताको रुपमा नेता र उम्मेदवार (फोटो फिचर)

मतदाताको रुपमा नेता र उम्मेदवार (फोटो फिचर)

    प्रकाशित मितिः आइतवार, मंसिर ४, २०७९       |
काठमाण्डौ – देशभर छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा मतदान भैरहेको छ । मुख्य दलका शीर्ष नेता, अरु नेता र उम्मेदवारहरुले पनि आआफ्नो मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । मतदान गरिसकेपछि पत्रकारसँगको कुराकानीमा सबै दलका नेता र उम्मेदवारले आफू र आफ्नै पार्टीको जित हुने दावी गरेका छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा आफ्नै जन्मथलो डडेल्धुरा गन्यापधुरा गाउपालिका- १ को
हेटौंडामा निर्वाचन बिथोल्न खोजेको आरोपमा नेकपा बहुमतका ७ जना कार्यकर्ता पक्राउ

हेटौंडामा निर्वाचन बिथोल्न खोजेको आरोपमा नेकपा बहुमतका ७ जना कार्यकर्ता पक्राउ

    प्रकाशित मितिः आइतवार, मंसिर ४, २०७९       |
हेटौँडा–१० बसपार्कमा रहेको मतदान केन्द्रमा निर्वाचन बिथोल्न खोजेको भन्दै नेकपा बहुमत समूहका नेता–कायकर्ता पक्राउ परेका छन् । निर्वाचन बिथोल्न खोजेको भन्दै सो समूह मकवानपुरका इन्चार्ज हेटौँडा–१० बस्ने ४१ वर्षीय रवि खड्कासहित ७ जनालाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार पक्राउ पर्नेहरूमा नेकपा बहुमत समूहका जिल्ला इन्चार्ज हेटौँडा
संखुवासभा मतपत्र साटफेर भएपछि मतदान रोकियो

संखुवासभा मतपत्र साटफेर भएपछि मतदान रोकियो

    प्रकाशित मितिः आइतवार, मंसिर ४, २०७९       |
संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–३ स्थित महेन्द्र मावि मानेभञ्ज्याङ मतदानस्थल र चैनपुर नगरपालिका–६ स्थित सरस्वती मावि हिटी टोल मतदान स्थलका ‘ख’ केन्द्रमा मतदान रोकिएको छ । महेन्द्र माविको ‘ख’ केन्द्रमा ३१ वटा मतपत्र र सरस्वती माविको ‘ख’ केन्द्रमा ४१ वटा मतपत्र साटफेर भएपछि मतदान रोकिएको हो । महेन्द्र माविमा प्रतिनिधि सभाको मतपत्र प्रदेश सभामा र सरस्वती माविमा प्रदेश सभाको मतपत्र प्रत
नेकपा बहुमतका कार्यकर्ताले कास्कीमा मतपेटिका फुटाए

नेकपा बहुमतका कार्यकर्ताले कास्कीमा मतपेटिका फुटाए

    प्रकाशित मितिः आइतवार, मंसिर ४, २०७९       |
काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा नेकपा बहुमतका एक कार्यकर्ताले मतपेटिका फुटाएका छन् । माछापुच्छ्रे गाउँपालिका ९ बस्ने ३२ वर्षीय सूर्य परियारले आज बिहान पौने ११ बजेतिर मतदान गरिसकेपछि मतपेटिका उचालेर भुइँमा बजारेका थिए । उनले मतपेटिका फुटाएपछि केहीबेर मतदान रोकिएको थियो । बिहान करिब सवा ११ बजे पुनः मतदान सुरु भएको जिल्ला प्रहरी कार्य