20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

अन्तर्राष्ट्रिय खबर

उत्तर र दक्षिण कोरियाका नेताबीच ऐतिहासिक भेटवार्ता

उत्तर र दक्षिण कोरियाका नेताबीच ऐतिहासिक भेटवार्ता

    प्रकाशित मितिः शुक्रबार, बैशाख १४, २०७५       |
काठमाडौं,१४ वैशाख/ उत्तर कोरियाका नेता किम जोङ्ग उन दक्षिण कोरियाको राष्ट्रपति मुन जे इनसँग कुराकानी गर्न दक्षिण कोरिया पुगेका छन् । सन् १९५३ मा कोरियाली युद्धपछि उत्तर कोरियाको नेताले दक्षिण कोरियामा पाइला टेकेको यो पहिलो पटक हो । युद्धपछि कोरिया उत्तर र दक्षिण कोरियाको रुपमा विभाजित भएको थियो । वार्ता सुरु गर्नुभन्दा पहिले उत्तर र दक्षिण कोरियाका नेताले दुवै देशको सीमा क्षेत्रमा भेटेका थिए
भारतीय प्रधानमन्त्री मोदी चीन पुगे, आज शीर्ष वार्ता हुने

भारतीय प्रधानमन्त्री मोदी चीन पुगे, आज शीर्ष वार्ता हुने

    प्रकाशित मितिः शुक्रबार, बैशाख १४, २०७५       |
काठमाडौं,१४ बैशाख/  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति शि जिनपिङबीच आज शीर्ष वार्ता हुने भएको छ । चीन भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मादीले चिनियाँ राष्ट्रपति शिबीच दुईदेशबीच रहेका थुपै्र समस्यामाथि गहन वार्ता हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । खासगरी सीमाक्षेत्रको समस्या समाधान खोज्नुका साथै दुबै देशले क्षेत्रीय मुद्दाहरुलाई संबोधनको प्रयास गर्ने बताइएको छ ।
फेसबुकमा ‘लाइभ’ गरिरहेको समयमा गोली हानेर पत्रकारको हत्या

फेसबुकमा ‘लाइभ’ गरिरहेको समयमा गोली हानेर पत्रकारको हत्या

    प्रकाशित मितिः सोमवार, बैशाख १०, २०७५       |
निकारागुवा,१० वैशाख/  निकारागुवामा सरकारविरुद्ध हुँदै आएको प्रदर्शनका क्रममा एक पत्रकारको हत्या भएको छ । स्थानीय पत्रकार तथा एल मेरिदिआनो कार्यक्रमका निर्देशक एन्जेल गहोनाको हत्या भएको हो । दक्षिणी क्यारेबियाली तटमा रहेको ब्लुफिल्ड्स सहरमा हत्या हुनुअघि उनी फेसबुकमा प्रत्यक्ष (लाइभ) रिपोर्टिङ गरिरहेका थिए । सामाजिक संजालमा उनले हत्या हुनुअघि तयार पारेको भिडियो भाइरल भएको छ । भिडियोमा उनी सरक
हावाहुरीका कारण भारतमा १५ जनाको मृत्यु, ताजमहलमा पनि क्षति

हावाहुरीका कारण भारतमा १५ जनाको मृत्यु, ताजमहलमा पनि क्षति

    प्रकाशित मितिः बिहिबार, चैत्र २९, २०७४       |
नयाँदिल्ली,२९ चैत/  भारतको उत्तर प्रदेश राज्यमा वर्षासहितको उच्च गतिको हावाका कारण कम्तीमा १५ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारीअनुसार प्रतिघन्टा १३० किलोमिटरको गतिमा हावा आएको थियो । उत्तर प्रदेशको ब्राजनजिकै बुधबार राति भीषण वर्षासहितको हावाहुरी चलेको र यसबाट मानवीय क्षतिसमेत हुन पुगेको भारतीय प्रहरीले जनाएको छ । उत्तर प्रदेश राज्यको राजधानी लखनउमा पनि वर्षा
उभिएर गीत नगाएको भन्दै गायिकाको गोली हानी हत्या

उभिएर गीत नगाएको भन्दै गायिकाको गोली हानी हत्या

    प्रकाशित मितिः बिहिबार, चैत्र २९, २०७४       |
पाकिस्तान,२९ चैत/ पाकिस्तानको सिन्ध प्रान्तमा एक २४ वर्षीया गायिकाको गोली हानेर हत्या गरिएको छ । समीना समून नामकी गर्भवती अवस्थामा रहेकी गायिका एउटा कार्यक्रममा गएकी थिइन । उनले कार्यक्रममा गीत गाउँदै गर्दा त्यहाँ उपस्थित केही व्यक्तिले उनलाई उभिएर गीत गाउन भनेका थिए । उनले उभिएर गीत गाउन नसक्दा कार्यक्रममा उपस्थित एक व्यक्तिले उनीमाथि गोली चलाएका थिए । प्रहरीका अनुसार तारिक जटोई नाम गरेका ए
स्कुल बस दुर्घटना हुँदा २७ को मृत्यु

स्कुल बस दुर्घटना हुँदा २७ को मृत्यु

    प्रकाशित मितिः मङ्लबार, चैत्र २७, २०७४       |
काठमाडौं,२७ चैत/ भारतको हिमाञ्चल प्रदेशमा स्कुल बस दुर्घटना हुँदा २७ जनाको ज्यान गएको छ । काँगडा जिल्लाको नुररपुरमा वंजिर राम सिंह मेमोरियल पब्लिक हाई स्कूलको बस दुर्घटना धेरै बालबालिकाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । ज्यान गुमाउनेमा २३ बालबालिका, दुई शिक्षक, चालक र एक महिला रहेका पुष्टि भएको छ । स्कुल बिदा भएपछि ६० जना विद्यार्थीलाई घर छोड्न गएको बस दुर्घटनामा परेको हो । दु
अमेरिकामा ट्रम्प टावरमा आगलागी

अमेरिकामा ट्रम्प टावरमा आगलागी

    प्रकाशित मितिः आइतवार, चैत्र २५, २०७४       |
२५, चैत/ न्यूयोर्कमा रहेको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घर र कार्यालय रहेको भवन ट्रम्प टावरको पचासौं तल्लामा आगो लागेको छ । आगोले कति नोक्सानी पु्रयायो भन्ने जानकारी अझै सार्वजनिक भएको छैन । अमेरिकी अग्नी नियन्त्रण विभागले आगो निभाउने प्रयास गरिरहेको जनाएको छ । भवन आसपासमा गाडी चलाउन रोक लगाइएको छ । आगलागीबाट अहिलेसम्म एकजना गम्भिर घाइते भएको बीबीसीले जनाएको छ । राष्ट्रपति ट्रम्पले
बलिउड अभिनेता  सलमान जेलबाट रिहा

बलिउड अभिनेता सलमान जेलबाट रिहा

    प्रकाशित मितिः शनिबार, चैत्र २४, २०७४       |
काठमाडौ,२४ चैत/  कृष्णसार (कालो हरिण) मारेको अभियोगमा जेल परेका बलिउड अभिनेता सलमान खान रिहा भएका छन् । उनी शनिबार ५० हजार धरौटीमा रिहा भएका हुन् । उनलाई शनिबार नै जोधपुरको सेसन्स अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उनी जेलबाट छुटेर जोधपुर एरपोर्ट पुगेका छन् । उनी मुम्बई जानेछन् । उनको साथमा उनकी दुई बहिनी पनि रहेका छन् । कृष्णसारको शिकार गरेको विषयमा न्यायाधीशले बिहीबार २ सय १ पृ
श्रीमतीकाे सहमतिबिना हुने यौनसम्पर्क बलात्कार होइन: उच्च अदालत

श्रीमतीकाे सहमतिबिना हुने यौनसम्पर्क बलात्कार होइन: उच्च अदालत

    प्रकाशित मितिः बुधबार, चैत्र २१, २०७४       |
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह राज्य गुजरातको उच्च अदालतले सोमबार सुनाएको एउटा फैसला पूरै भारतमा चर्चाको विषय बनेको छ। गुजरात उच्च अदालतले श्रीमतीको सहमतिबिना गरिने यौन सम्पर्कलाई ‘वैवाहिक बलात्कार’ भन्न नमिल्ने फैसला सुनाएको हो। ‘श्रीमतीको मञ्जुरीबिना गरिने यौन सम्पर्क बलात्कार होइन। मुख मैथुन र समलिंगी यौन सम्पर्क क्रुर हुन्’, फैसलामा भनिएको छ। एक जना महिला डाक्टरले आफ्नै पतिव
यूट्युब च्यानलको मुख्यालयमा गोली चल्यो, आक्रमणकारीद्वारा आत्महत्या

यूट्युब च्यानलको मुख्यालयमा गोली चल्यो, आक्रमणकारीद्वारा आत्महत्या

    प्रकाशित मितिः बुधबार, चैत्र २१, २०७४       |
काठमाडौं,२१ चैत/  अमेरिकाको क्यालिफोर्नियास्थित यूट्युब च्यानलको मुख्यालयमा एक महिला बन्दुकधारीले गोली चलाएर तीन जनालाई घाइते बनाएकी छन् । उनी आफूले पनि आफैलाई गोली हानेर आत्महत्या गरेकी छन् । प्रहरीका अनुसार गोली लागेर घाइते भएकाहरुको अस्पतालमा उपचार जारी छ । घाइते भएका ३६ वर्षका एक युवकको अवस्था गम्भीर छ । सीबीसीएस न्यूज रिपोर्टका अनुसार घाइते युवक आक्रमणकारी महिलाको ब्वाएफ्रेण्ड हुन् । गो
फेसबुक मालिक जुकरबर्गद्वारा क्षमायाचना

फेसबुक मालिक जुकरबर्गद्वारा क्षमायाचना

    प्रकाशित मितिः आइतवार, चैत्र ११, २०७४       |
लन्डन,११ चैत/  विश्वप्रसिद्ध सामाजिक सन्जाल फेसबुकका मालिक मार्क जुकरबर्गले बेलायती राष्ट्रिय पत्रिकाहरूको आइतबारको अंकमा पूर्णपृष्ठको विज्ञापन छापी फेसबुकबाट व्यापक गोप्य तथ्यांक सार्वजनिक भएकोप्रति क्षमायाचना गरेका छन् । ‘फेसबुकमा आएको तपाइँको सूचनालाई संरक्षण गरी राख्ने जिम्मेवारी हामीलाई छ । यदि यो गर्न सक्दैनौं भने हामी योग्य हुन सक्दैनौं’–विज्ञापनमा भनिएको छ । ‘सन् २०१४ मा फेसबुकका लाख
विश्व चर्चित बैज्ञानिक स्टीफन हकिङ्गको निधन

विश्व चर्चित बैज्ञानिक स्टीफन हकिङ्गको निधन

    प्रकाशित मितिः बुधबार, फाल्गुन ३०, २०७४       |
एजेन्सी , ३० फागुन । विश्व चर्चित बैज्ञानिक स्टीफन हकिङ्गको ७६ वर्षको उमेरमा निधन भएको छ । स्टीफन हकिङ्गलाई न्युटनपछिका सबैभन्दा ठुला अनुसन्धानकर्ता बैज्ञानिक मानिन्थ्यो । ब्याक होल पत्ता लगाएका हकिङ्गलाई खगोलशास्त्रका चर्चित बैज्ञानिक मानिन्छ । हकिङ्गलाई उनलाई अमेरिकाले सबैभन्दा उच्च नागरिकको सम्मान दिएको छ । हकिङ्गको अ ब्रिफ हिस्ट्री अफ टाइम नामक पुस्तक चर्चित छ । यो सर्वाधिक बिक्री भएको पुस्तक