13 April 2024  |   शनिबार, बैशाख १, २०८१

अन्तर्राष्ट्रिय खबर

दुर्घटनामा परी भारतमा दुई नेपालीको मृत्यु

दुर्घटनामा परी भारतमा दुई नेपालीको मृत्यु

    प्रकाशित मितिः बुधबार, भदौ २७, २०८०       |
बाँके । भारतको हिमाञ्चल प्रदेशमा सवारी दुर्घटनामा परेर रोजगारीका लागि गएका दुई नेपालीको मृत्यु भएको छ । रूकुम पश्चिमको आठबीसकोट नगरपालिका–११ बुढ्डेराका जयबहादुर बुढा र डिलबहादुर सुनारको दुर्घटनामा परेर मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । दुर्घटनामा परेर आठबीसकोटका तीन जनासहित अन्य केही नेपाली घाइते भएको आठबीसकोटका स्थानीय दलजित विकले जानकारी दिए । उनका अनुसार घाइते हुनेमा आठबी
मणिपुरमा गोली हानी तीन जनाको हत्या

मणिपुरमा गोली हानी तीन जनाको हत्या

    प्रकाशित मितिः मङ्लबार, भदौ २६, २०८०       |
नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरको काङपोकी जिल्लामा मङ्गलबार बिहान अज्ञात बन्दुकधारीले तीन जनाको गोली हानी हत्या गरेका छन् । “बिहान बन्दुकधारीले काङपोकीको कुकी–जोमी समुदायका तीन जना गाउँलेमाथि आक्रमण गरेका थिए । तीनै जना गाडीमा यात्रा गरिरहेका बेला जिल्लाको काङगुई क्षेत्रमा आक्रमण भएको थियो,” एक अधिकारीले भने । आक्रमणकारीले उक्त गाडीमा एम्बुस प्रहार गरेको समाचारमा जनाइएको छ ।
भारतीय सेनाका लेफ्टिनेन्ट कर्णेलद्वारा नेपाली महिलाको हत्या

भारतीय सेनाका लेफ्टिनेन्ट कर्णेलद्वारा नेपाली महिलाको हत्या

    प्रकाशित मितिः मङ्लबार, भदौ २६, २०८०       |
देहरादुन । भारतीय सेनाका एक अधिकारी नेपाली महिलाको हत्या आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा लेफ्टिनेन्ट कर्णेल रमेन्दु उपाध्याय रहेका छन् । उत्तराखण्डको देहरादुनमा पोस्टिङ रहेका उपाध्याय र नेपाली महिला श्रेया शर्माबीच पश्चिम बंगालको सिलिगुरीमा एक डान्सबारमा भेट भएको थियो । ३० वर्षीया शर्मा सिलिगुरीमा नै बस्दै आएकी थिइन् । देहरादुन प्रहरीका अनुसार दुईबीच प्रेम सम्बन्ध सुरु भएपछि उपाध्य
एक एयर होस्टेसको निर्ममतापूर्वक हत्या, क्लिनर पक्राउ

एक एयर होस्टेसको निर्ममतापूर्वक हत्या, क्लिनर पक्राउ

    प्रकाशित मितिः मङ्लबार, भदौ १९, २०८०       |
एजेन्सी । मुम्बईमा एक एयर होस्टेसको हत्याको सनसनीपूर्ण घटना बाहिर आएको छ। जहाँ एक एयर होस्टेसको आफ्नै फ्ल्याटमा निर्ममतापूर्वक हत्या गरिएको थियो। उनको रगतले लत्पतिएको शव प्रहरीले फ्ल्याटबाट बरामद गरेको छ। यस घटनाको अनुसन्धान अगाडि बढाउँदै प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्राविधिक प्रमाणका आधारमा निजी हाउसकिपिङ फर्ममा क्लिनरको काम गर्ने अभियुक्तलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। अहिले
सन्नी देओलको ५६ करोडको ऋण अक्षय कुमारले तिरिदिने ? अभिनेताले बताए वास्तविकता

सन्नी देओलको ५६ करोडको ऋण अक्षय कुमारले तिरिदिने ? अभिनेताले बताए वास्तविकता

    प्रकाशित मितिः बुधबार, भदौ ६, २०८०       |
बलिउड अभिनेता अक्षय कुमार कसैलाई सहयोग गर्ने कुरामा सधैँ अग्रसर हुन्छन् । यद्यपि, लामो समयदेखि उनका फिल्महरू लगातार फ्लप भइरहेका छन् । हालै रिलिज भएको फिल्म ओएमजी २ ले पनि सन्नी देओलको फिल्म गदर २ सँग कडा प्रतिस्पर्धा गर्नु परिरहेको छ । गदर २ का कारण अक्षयको फिल्मले कम स्क्रिन पाइरहेको छ । जसका कारण १० दिनपछि पनि फिल्मको कमाई ११० करोड मात्रै हुन सकेको छ । यस्तै गदर २ को विश्वव्यापी कमाई ५०० करो
नेपालबाट टमाटर भित्रिएपछि भारतमा टमाटरको मूल्य घट्यो

नेपालबाट टमाटर भित्रिएपछि भारतमा टमाटरको मूल्य घट्यो

    प्रकाशित मितिः मङ्लबार, साउन ३०, २०८०       |
नयाँ दिल्ली । नेपालबाट आयात गर्न थालेपछि भारतमा टमाटरको मूल्य घट्न थालेको छ । भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सको रिपोर्टमा बढ्दो मूल्यलाई नियन्त्रण गर्न भारतले नेपालबाट टमाटर आयात गर्न थालेको उल्लेख गरे पनि आयातको परिणाम भने खुलाएको छैन । आयात गरिएका थप टमाटरहरू ट्रान्जिटमै रहेको र यसले भारतको उत्तरी भागमा रहेका राज्यहरू, विशेष गरेर उत्तर प्रदेश, टमाटरको हाहाकार अन्त्य गर्ने बताइएको छ
भारतको स्वतन्त्रता दिवसमा सुरक्षा कडा, १० हजार सुरक्षाकर्मी परिचालन

भारतको स्वतन्त्रता दिवसमा सुरक्षा कडा, १० हजार सुरक्षाकर्मी परिचालन

    प्रकाशित मितिः मङ्लबार, साउन ३०, २०८०       |
नयाँदिल्ली । भारतमा मंगलबार अर्थात अगस्ट १५ मा ७७ औँ स्वतन्त्रता दिवस मनाइँदैछ । जसकाकारण राजधानी दिल्लीमा कडा सुरक्षा व्यवस्था गरिएको छ । राष्ट्रिय राजधानी सुरक्षित रहन र मानिसहरूलाई कुनै असुविधा बिना आवतजावत गर्न सुनिश्चित गर्न अगस्ट १५ को स्वतन्त्रता दिवसमा १० हजार भन्दा बढी पुलिसकर्मीहरू शहरभर खटाइएको छ । प्रहरी जनसम्पर्क अधिकारी सुमन नलवाले दिल्ली पुलिसले स्वतन्त्रता दिवस समारोहको सुरक
मध्य युगमा लाखौँको ज्यान लिने ‘ब्लाक डेथ’ का सङ्क्रमित चीनमा भेटिए

मध्य युगमा लाखौँको ज्यान लिने ‘ब्लाक डेथ’ का सङ्क्रमित चीनमा भेटिए

    प्रकाशित मितिः सोमवार, साउन २९, २०८०       |
बेइजिङ। चीनको उत्तरी क्षेत्रमा रहेको भित्री मङ्गोलियामा बुबोनिक प्लेगका थप दुई घटना भेटिएपछि त्यहाँ हलचल मच्चिएको छ । गत अगस्ट ७ मा पहिलो केस फेला परेको एउटै परिवारमा यी दुवै नयाँ केस फेला परेको चिनियाँ सरकारले जनाएको छ । अहिले उनीहरूलाई आइसोलेसनमा राखेर निरन्तर निगरानी भइरहेको छ । डब्ल्यूएचओका अनुसार ‘बुबोनिक प्लेग’ निकै खतरनाक महामारीमा परिणत हुन सक्ने जनाएको छ। मध्य युगमा यसले लाखौँ मानि
उत्तराखण्ड पहिरो अपडेट : बेपत्ता खोज्न कुकुर परिचालन

उत्तराखण्ड पहिरो अपडेट : बेपत्ता खोज्न कुकुर परिचालन

    प्रकाशित मितिः सोमवार, साउन २२, २०८०       |
महेन्द्रनगर । चार दिनअघि भारतको उत्तराखण्ड राज्यमा पर्ने रूद्रप्रयागको गौरीकुण्डमा बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र पारिएको छ । सो ठाउँमा स्थानमा नेपालीले सञ्चालन गरेका तीन होटेल पहिरोले बगाएको थियो । सो क्रममा कालिकोटका तीन पुरुषको शव भारतीय प्रहरीले फेला पारेको थियो । कालिकोटको मान्मका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको शव भेटिएको थियो । भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली
भारतको उत्तराखण्डमा पहिरो : १३ नेपालीसहित १९ जना अझै बेपत्ता, ३ जनाको शव भेटियो

भारतको उत्तराखण्डमा पहिरो : १३ नेपालीसहित १९ जना अझै बेपत्ता, ३ जनाको शव भेटियो

    प्रकाशित मितिः शनिबार, साउन २०, २०८०       |
केदारनाथ । भारतको उत्तराखण्डस्थित केदारनाथ प्रवेश गर्ने मुख्य बिन्दुमा पर्ने गौरीकुण्डमा गएको पहिरोमा परी १३ नेपालीसहित १९ जना बेपत्ता भएका छन् । बिहीबार रातिबाट भएको भीषण वर्षासँगै खसेको पहिरोमा नेपालका १३ र भारतका ६ जना बेपत्ता भएका हुन् । उक्त स्थानमा नेपालीले सञ्चालन गर्दै आएका तीन होटेल पहिरोले बगाएको छ । पहिरोमा परी जुम्ला जिल्लाका १० र हुम्लाका ३ जना बेपत्ता भएका हुन् । जुम्लाको प
भारतको राजमार्ग निर्माणस्थलमा क्रेन खस्दा १७ जनाको मृत्यु

भारतको राजमार्ग निर्माणस्थलमा क्रेन खस्दा १७ जनाको मृत्यु

    प्रकाशित मितिः बुधबार, साउन १७, २०८०       |
काठमाडौं । भारतको पश्चिमी राज्य महाराष्ट्रमा राजमार्ग निर्माणस्थलमा क्रेन खस्दा कम्तीमा १७ जनाको मृत्यु भएको छ । महाराष्ट्रको राजधानी मुम्बईबाट करिब ७१ किलोमिटर उत्तरपूर्वमा पर्ने ठाणे जिल्लाको शाहापुर नजिकै उक्त घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा पाँचजना इन्जिनियर थिए भने बाँकी मजदुर रहेको प्रहरीले जनाएको छ । राष्ट्रिय प्रकोप उद्धार बल, दमकल विभाग र प्रहरीका उद्धारकर्मीहरूक
२०२० को चुनावी नतिजा उल्ट्याउन खोजेका ट्रम्पविरूद्ध ४ अभियोग

२०२० को चुनावी नतिजा उल्ट्याउन खोजेका ट्रम्पविरूद्ध ४ अभियोग

    प्रकाशित मितिः बुधबार, साउन १७, २०८०       |
एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय चुनावको नतिजा उल्ट्याउन प्रयास गरेको भन्दै अनुसन्धान हुने भएको छ। द न्युयोर्क टाइम्सका अनुसार संघीय अभियोजनकर्ताहरूले मंगलबार डिस्ट्रिक्ट कोर्ट इन वासिङ्टनमा ट्रम्पविरूद्ध मुख्य ४ अभियोग लगाएर अभियोग पत्र दर्ता गरेका छन्। ४५ पृष्ठ लामो अभियोग पत्रमा ट्रम्पले अमेरिकालाई जालसाजी गर्न षडयन्त्र गरेको, राजकीय प्रक्रिय