20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

विचार

कुरा समताका, काम भने समानताकै किन ?

कुरा समताका, काम भने समानताकै किन ?

    प्रकाशित मितिः बिहिबार, पुस १२, २०८०       |
साँच्चि कति धनी छ हाम्रो सरकार ? जसलाई आवश्यकता नै छैन उसलाई पनि जबर्जस्ती लैजाउ भनेर दिन्छ । साँच्चि कति अविवेकी छ हाम्रो सरकार ? धनीलाई पनि त्यही रकम दिन्छ र गरिबलाई पनि त्यही रकम दिन्छ । यस्तो लाग्छ कि अघाएको र भोको मान्छेलाई एउटै परिमाणमा उही खाना दिएर अघाएकोलाई जबर्जस्ती खानुपर्छ भनेर कर गर्छ भने भोकोलाई योभन्दा बढी थपेर खाना पाउँदैनस् भनेर धम्काउँदै भोकै बस्न बाध्य बनाउँछ हाम्रो सरकार । ज
के यो देश दलित युवाका लागि पनि हो र ?

के यो देश दलित युवाका लागि पनि हो र ?

    प्रकाशित मितिः बुधबार, पुस ११, २०८०       |
दिनभर गैरदलितको बस्तीमा काम गरेपछि बास बस्न अर्काे दलित समुदायकै बस्ती वा घरमा बास माग्न जाने गर्थें । त्यसरी नै मैले त्यहाँ दुई वर्ष काम गरेँ । जब म त्यहाँबाट आफ्नो जागिरको समयावधि सकाएर फर्कँदै थिएँ । ‘दलित र छाउ बसेको हुनाले घर  नचोख्याइकन बस्नै हुन्न’ भनेको सुनेँ । त्यो वचन सुनेपछि यो ठाउँ फर्केर आउन नपरोस् भन्ने सोच्दै म त्यहाँबाट हिडेँ । ज्योति सुनाम तीन सन्तानलाई हुर्काउन धौ–धौ परिरहे
हार्दिक बधाई छ कबिरजी !

हार्दिक बधाई छ कबिरजी !

    प्रकाशित मितिः मङ्लबार, पुस ३, २०८०       |
अर्जुन सुबेदी । कबिरजी हार्दिक बधाई छ । मानिस अनुभव सिकाइ विचारले मात्र खारिएर नहुने रहेछ । तपाईंले वैचारिक हिसाबले यो डिग्री उहिले प्राप्त गर्नुभएको थियो । तर यहाँ बुर्जुवा मापनको मूल्य छ, परिवर्तनको एक कमान्डर, परिवर्तनको एक गुरु, परिवर्तनको एउटा योद्धा तपाईंको मुहारमा आएको यो खुसीको अनेक कोणबाट विश्लेषण गरेँ । तपाईंमा यतिबेला मन भित्रैबाट आएको खुसी थाम्न नसकेर सुखका आँसु आएको तस्बिरमा देखेँ
पुस १ गतेको त्यो कालो दिन

पुस १ गतेको त्यो कालो दिन

    प्रकाशित मितिः आइतवार, पुस १, २०८०       |
विष्णुकुमारी चौधरी । कुरा २०५८ सालको हो । कक्षा ८ मा बर्दियाको जनकनगरस्थित श्री जानकी माविमा पढ्दा निकै हैरानी भोग्नुप¥यो । बुबा जनयुद्धको पक्षमा हुनुहुँदो रहेछ । सबै गाउँघरमा राज्यआतंक थियो । सेना र प्रहरी घरमा आउने र अनेक प्रश्न गर्ने गर्थे । यो आतंककारीको छोरी हो । त्यसैले आतंककारी गतिविधिमा संलग्न छ भन्ने उनीहरूको ठहर थियो । मलाई के थाहा र ! म त सानै थिएँ । अहिले पनि बोल्ने र लेख्ने सीप
हमास–इजरायल युद्वबिराम : के रोकिएला युद्व ?

हमास–इजरायल युद्वबिराम : के रोकिएला युद्व ?

    प्रकाशित मितिः बुधबार, मंसिर १३, २०८०       |
हमासको चंगुलबाट बन्धक छुटाउनसमेत इजरायल असफल रह्यो । उसले सारा उपाय लगाउँदा पनि ऊ बन्धकसम्म पुग्न सकेन । यतिसम्मकि हमासले बन्धकहरूलाई कहाँ लुकाएको छ भन्ने सुइकोसम्म पाएन । कुनै बेलाको गुल्जार गाजा सहर खण्डहरमा परिणत भएको थियो । सहरका गगनचुम्बी भवनहरू जमिनमा इँटा, बालुवा र फलामका थुप्रामा परिणत भएका थिए । स्कुल, कलेज र मस्जिद खण्डहर बनेका थिए । मानिसहरूको जीवन नारकीय भएको थियो । हजारौँ बालबालिका, म
सानाबाट सिक्नुपर्ने समृद्ध सवालहरू

सानाबाट सिक्नुपर्ने समृद्ध सवालहरू

    प्रकाशित मितिः बिहिबार, कार्तिक १६, २०८०       |
जुन क्षमता वस्तुगतभन्दा टाढा भएर विषयगत भइदियो भने राम्रो हुँदैन । बालबालिका आफ्नो बुद्धिविवेकले भ्याएसम्म खराबलाई खराब भन्छन् । असललाई असल भन्छन् । हामी सिनियरहरू उनीहरूभन्दा बुद्धिविवेकको हिसाबले अब्बल भए पनि समीक्षा र विश्लेषण गर्दा त्यसलाई आफू अनुकूल हुने गरी बङ्ग्याउँछौं र सकेसम्म आफू पानी माथिको ओभानो हुने गरी प्रस्तुत हुन्छौं । जसले गर्दा आफ्नो पालाका देश विकासको गति चुस्त नभए पनि तर्कवितर्
महासचिव गुटेरेसको नेपाल भ्रमणको औचित्य

महासचिव गुटेरेसको नेपाल भ्रमणको औचित्य

    प्रकाशित मितिः सोमवार, कार्तिक १३, २०८०       |
विश्वका शक्ति राष्ट्रहरूको अति महत्वाकांक्षा र निरन्तर बदलिँदै गएको शक्ति सन्तुलनको मारमा अहिले स्वयम् संयुक्त राष्ट्रसंघ कतै आफैँ निकै निरीह हुँदै गएको त होइन भन्ने प्रश्न उठेको छ । हालैको युक्रेन संकट र मध्यपूर्वमा यो संस्थाले आफ्नो भूमिकालाई अपेक्षित रूपमा देखाउन नसकेको कुरा जगजाहेर छ । कतिपय अवस्थामा संयुक्त राष्ट्रसंघले गरेका अनुरोध र आह्वानलाई शक्ति राष्ट्रहरूले बेवास्ता नै गरेको देखिन्छ । न
स्त्री शरीर : युद्धमा सधैँ ‘हतियार’

स्त्री शरीर : युद्धमा सधैँ ‘हतियार’

    प्रकाशित मितिः आइतवार, कार्तिक १२, २०८०       |
संगीता श्रेष्ठ । दुई देशबीच होस् वा दुई समुदायबीचको द्वन्द्व, त्यसको नकारात्मक परिणाम महिलाले नै भोग्नुपर्छ । रिस साँध्ने माध्यम महिलालाई बनाइन्छ । भूगोल, धर्म, जाति, समुदायको युद्धमा स्त्रीको शरीर ‘हतियार’ बन्छ । अनि बलात्कार र यौनहिंसाको भयावह अवस्थामा तिनै महिला पर्न विवश हुन्छन् । शक्ति, सत्ता र प्रतिष्ठाका लागि हुने युद्धमा प्रायः प्रत्यक्ष रूपमा जोडिएका हुन्छन् पुरुष । अनि तारो बनाइन्छ
दसैँको योजनादेखि देशको योजनासम्म

दसैँको योजनादेखि देशको योजनासम्म

    प्रकाशित मितिः बिहिबार, कार्तिक २, २०८०       |
जीतबहादुर शाह । मुगुमा सुपथ मूल्य पसलले त्यहाँका नागरिकहरूलाई निकै राहत पुगेको कुरा मिडियामा आइरहेको छ । खाद्यान्नको समस्या हुने बझाङमा सरकारी तवरबाट सुपथ मूल्यको पसलको व्यवस्था नहुँदा दसैँको समयमा पनि नागरिकको चुल्होमा आगो नबल्ने हो कि भन्ने पिरलोलाई पनि मिडियाले सम्प्रेषण गरिरहेको छ । दसैँको मौका छोपेर प्लेन र गाडीवालाहरूले नागरिकबाट राम्रोसँग दसैँ मनाउन नपाउने गरी दोहन गरेका कुराहरू पनि सामा
गाउँमा छुटेको दसैँ

गाउँमा छुटेको दसैँ

    प्रकाशित मितिः बिहिबार, कार्तिक २, २०८०       |
पट्यारलाग्दो झरी सकिएलगत्तै गाउँघरमा दसँैले चिहाउन थाल्थ्यो । शारदीय आकाश नीलो रङमा गज्जबले खुल्थ्यो । कताकति सेता बादलका टुक्रा देखिन्थे । ती कपासजस्तै स्निग्ध हुन्थे । चिसो हावा चलिरहन्थ्यो । हावामा गौँथलीहरू रमाउँदै कावा खान्थे । घामकिरीहरू उडेको दृश्य साँच्चै मोहक हुन्थ्यो । खोलाकिनार वा सिमसारहरूमा मनै लोभ्याउने किसिमले काँश फुल्थे । बारीका बार र थाँक्रामा घिरौँला, चिचिन्डा फलेका हुन्थे
लगानी संवाद, आइसिटी स्टार्टअप तथा इनोभेसन

लगानी संवाद, आइसिटी स्टार्टअप तथा इनोभेसन

    प्रकाशित मितिः आइतवार, अशोज २८, २०८०       |
नेत्र सुवेदी ‘प्रयास’ ।  भेला हुनु, मेला आयोजना गर्नु, हाटबजार सञ्चालन हुनु, नयाँ–नयाँ विषयमा सोधपुछ गरी जानकारी हासिल हुनु, नवप्रवर्तनका लागि प्रोत्साहन गरिनु यी सबै राम्रा काम हुन् । समय परिवर्तनसँगै यस्ता मेला वा संवादहरूमा नयाँ र सिर्जनशील विषयहरू पनि किन्न, सुन्न, जान्न पाइन्छ । स्थानीय तहहरूले आफ्नो बजेट आफैँ निर्माण गर्ने क्रम सुरु भएसँगै कतिपय स्थानीय तहले लगानी सम्मेलन गर्ने भनेर बज
‘ह्यापी फादर्स डे’

‘ह्यापी फादर्स डे’

    प्रकाशित मितिः बिहिबार, भदौ २८, २०८०       |
अर्जुन सुबेदी । सानोमा जब अलिअलि थाहा पाउने भएँ, मेरा बा मेरो भविष्य र परिवारका लागि २/४ पैसा जोहो गर्न परदेसिनु भएको रहेछ । कहिले मुग्लान त कहिले कता गएर पसिना चुहाइरहनुभयो बाले । आफूले पढ्न नपाएको कुरा सम्झँदै मेरा बाले मलाई स्कुल भर्ना गरिदिनुभयो । म पनि स्कुल जान थालेँ । समय मिलेसम्म बाले मेरा हात समाउँदै स्कुल पुगाउनुहुन्थ्यो, लिन पनि जानुहुन्थ्यो । घरमा आमालाई मेरा लागि मिठो खाना नास्ता ब