16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

प्रदेश नं. ७

बझाङको चैनपुर केन्द्रविन्दु भएर फेरि गयो भूकम्प

बझाङको चैनपुर केन्द्रविन्दु भएर फेरि गयो भूकम्प

    प्रकाशित मितिः शुक्रबार, अशोज १९, २०८०       |
बझाङ । सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रविन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ। ‍राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गए राति १०:५२ बजे बझाङको चैनपुर केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युड र राति १२:२३ बजे चैनपुर नै केन्द्रविन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो। मङ्गलबार अपराह्न २:४० बजे बझाङको तालकोट केन्द्रविन्दू भएर ५.३ म्याग्निच्युडको भूकम्
केरा खेतीले उकासेको रानाको जीवन

केरा खेतीले उकासेको रानाको जीवन

    प्रकाशित मितिः आइतवार, अशोज १४, २०८०       |
कञ्चनपुर । वैदेशिक रोजागरीबाट फर्केका शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीका मोहन रानाले केरा खेती गरी गतिलो आम्दानी लिन थालेका छन् । तीन वर्ष मलेसियामा वैदेशिक रोजगारीमा गएका रानाले घर फर्केर आधुनिक तरिकाले व्यावसायिक रूपमा केरा खेती गर्न थालेका हुन् । पाँच वर्षदेखि उनले केरा खेती गर्दै आएका छन् । उनले वार्षिक रूपमा २५ लाखदेखि ३० लाख रुपैयाँसम्मको केरा बिक्री गर्दै आएका छन् । केरा बिक्रीबाट आ
हेलिकोप्टरमार्फत एक गर्भवतीको उद्धार

हेलिकोप्टरमार्फत एक गर्भवतीको उद्धार

    प्रकाशित मितिः शुक्रबार, अशोज १२, २०८०       |
अछाम । अछाममा एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। ढकारी गाउँपालिका वडा नम्बर-७ निवासी २५ वर्षीय मङ्गली थापाको आज नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। थापालाई लगातार ज्वरो आएको, ब्लड प्रेसर कम भएपछि थप उपचारका लागि महिला बालबालिका तथा राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी
१ लाख बढी नगदसहित १० जुवाडे पक्राउ

१ लाख बढी नगदसहित १० जुवाडे पक्राउ

    प्रकाशित मितिः बिहिबार, अशोज ११, २०८०       |
कैलाली  । कैलालीमा नगदसहित १० जुवाडे पक्राउ परेका छन्। जिल्लाको जोशीपुर गाउँपालिका ५ बनकट्टा स्थित प्रबेस चौधरीको कुखुरा फारममा जुवातास खेलिरहेको अबस्थामा सोही ठाउँका ४० वर्षीय शिब चौधरीसहित १० जनालाई बुधवार राति प्रहरीले पक्राउ गरेको हो। गोप्य सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय भजनीबाट खटिईएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रदे
गाडीको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु, दशरथचन्द राजमार्ग अवरुद्ध

गाडीको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु, दशरथचन्द राजमार्ग अवरुद्ध

    प्रकाशित मितिः बुधबार, अशोज १०, २०८०       |
बैतडी । गाडीको ठक्करबाट बैतडीमा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ। मृत्यु हुनेमा पाटन नगरपालिका–८ हरिचन घर भई सशस्त्र प्रहरी बाजुरास्थित आश्रित गुल्ममा कार्यरत हबल्दार ४० वर्षीय नरेन्द्रसिंह महरा रहेका छन्। बाजुराबाट घर आइरहेका महरालाई दशरथचन्द राजमार्गअन्तर्गत हरिचन मोडमा गाडीले बिहान ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश ख
छाडा चौपायाबाट प्राङ्गारिक मल उत्पादन

छाडा चौपायाबाट प्राङ्गारिक मल उत्पादन

    प्रकाशित मितिः सोमवार, अशोज ८, २०८०       |
कञ्चनपुर । कृष्णपुर नगरपालिका–४ मा छाडा चौपायाको व्यवस्थापनसँगै व्यावसायिक रूपले प्राङ्गारिक मल उत्पादन गर्न थालिएको छ । उत्पादित मल तरकारी खेती, फलफूल खेती र माछापालनमा लागेका किसानले खरिद गरेर लैजान थालेका छन् । प्रतिट्राली मल चार हजारका दरले बिक्री हुन थालेको छ । हालसम्म तीन सय ट्राली मल बिक्री भएको छ । ‘मल बिक्री गरेर आएको केही रकम गौशाला व्यवस्थापनमा खर्च हुन्छ,’ वडाध्यक्ष धर्मबहादुर स
युवतीमाथि जबरजस्ती करणी गरेको अभियोगमा ३ पक्राउ

युवतीमाथि जबरजस्ती करणी गरेको अभियोगमा ३ पक्राउ

    प्रकाशित मितिः बिहिबार, अशोज ४, २०८०       |
डडेल्धुरामा २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भागेश्वर गाउँपालिका ३ ओड गाउँ बस्ने २३ वर्षीय कमल ओड, २२ वर्षीय तपेन्द्र ओड, २८ वर्षीय दिपक ओड र एकजना १८ वर्षीय किशोर रहेका छन् । कमल र २ जना १८ वर्षीय किशोरले ती युवतीलाई गत वैशाख ५ गते दिउँसो सोही ठाउँस्थित नानिगाड खोलामा तथा तपेन्द्र र दिपकले गत वैशाख १२ गते साँझ सोही गाउँपाल
तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

    प्रकाशित मितिः बुधबार, अशोज ३, २०८०       |
काँक्रोसँगै मौसमी बेमौसमी तरकारी खेती पनि गर्छन् । काँक्रो र तरकारी खेती गरी वर्षमा १५ लाख रुपैयाँ बढीको बिक्री हुन्छ । जसबाट १२ लाख रुपैयाँजति आम्दानी हुने गरेको छ । श्रीमान्–श्रीमतीसँगै घरका अन्य सदस्यले व्यावसायिक तरकारी खेती र काँक्रो खेतीमा गोडमेल, मल राख्ने, सिँचाइ गर्ने, टिप्ने र बजारमा लगेर बेच्नेसम्मका काममा सहयोग गर्छन् । तरकारी खेतीबाटै गाउँमा पक्की घर, सिँचाइका लागि पम्पसेट, खेत जोत्नक
डडेल्धुरामा अटोरिक्सा दुर्घटनामा दुई जनाको मृत्यु

डडेल्धुरामा अटोरिक्सा दुर्घटनामा दुई जनाको मृत्यु

    प्रकाशित मितिः बिहिबार, भदौ २८, २०८०       |
डडेल्धुरा । डडेल्धुरामा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको मेलखर्कमा अत्तरियाबाट डोटीतर्फ जाने क्रममा गए राति अटोरिक्सा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता एवम प्रहरी निरीक्षक कुसुम नायकका अनुसार अटोमा तीन जना सवार रहेकामा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा मृत्यु हुनेमा डोटीको शिखर नगरपालिकाका
डेंगीका कारण एक किशोरीको मृत्यु

डेंगीका कारण एक किशोरीको मृत्यु

    प्रकाशित मितिः सोमवार, भदौ १८, २०८०       |
कैलाली । दार्चुलामा डेंगी संक्रमणबाट एक किशोरीको मृत्यु भएको छ । महाकाली नगरपालिका–९ की १४ वर्षीया किशोरी जेलिना चैसिरको मृत्यु भएको हो । जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि उनलाई भारतको हलद्वानी लगिएको थियो । उनको उपचार क्रममा शनिबार हलद्वानीमा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । विगतमा तराईका जिल्लामा मात्रै देखिने डेंगी पछिल्लो समय उच्च पहाडी र हिमाली जिल्लाहरूमा स
धनगढीमा अटो दुर्घटना हुँदा चालकको मृत्यु

धनगढीमा अटो दुर्घटना हुँदा चालकको मृत्यु

    प्रकाशित मितिः शनिबार, भदौ १६, २०८०       |
धनगढी । धनगढीमा अटो दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । शुुक्रबार साँझ धनगढी उपमहानगरपालिका-५ को तारानगरमा से१ह २८९९ नम्बरको अटो रिक्सा दुर्घटना हुँदा चालक ५० वर्षीय गंगा केसीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार अटो आफैं अनियन्त्रित भएर पल्टिंदा घाइते भएका केसीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । अटो तारानगरबाट
मोटरसाइकल दुर्घटनामा परि घाइते भएका प्रहरीको मृत्यु

मोटरसाइकल दुर्घटनामा परि घाइते भएका प्रहरीको मृत्यु

    प्रकाशित मितिः मङ्लबार, भदौ ५, २०८०       |
कैलाली । कैलालीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ। गत साउन १४ गते आइतवार साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–३ को चौकीडाँडामा सुपप्र ०१०११ प ७३२० नम्बरको मोटरसाइकललाई सुपप्र ०१ ००२ त ६४१९ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो। उक्त ट्याक्टरको ठक्करबाट अस्थाइ प्रहरी पोष्ट राजपुर डोटीमा कार्यरत प्रहरी जवान हेमराज डाउका गम्भीर घाइते भए