25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

प्रदेश नं. ६

जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प

जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प

    प्रकाशित मितिः सोमवार, कार्तिक २०, २०८०       |
काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएकाे छ । अपरान्ह ४ बजेर ३४ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएकाे हाे । राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्प गएको पुष्टि गरेको छ । भूकम्पको धक्का काठमाडौँमा समेत महसुस गरिएको थियो । यसबारेमा विस्तृत विवरण आउन बाँकी छ ।
कर्णालीका मन्त्री भूकम्प प्रभावित क्षेत्रमा खटिने, कार्यक्षेत्र अनुसार तोकियो जिम्मेवारी

कर्णालीका मन्त्री भूकम्प प्रभावित क्षेत्रमा खटिने, कार्यक्षेत्र अनुसार तोकियो जिम्मेवारी

    प्रकाशित मितिः सोमवार, कार्तिक २०, २०८०       |
सुर्खेत । कर्णाली प्रदेशका मन्त्रीहरू भूकम्प प्रभावित क्षेत्रमा खटिएर समन्वय तथा व्यवस्थापनको काम गर्ने भएका छन्। प्रदेश सरकारका मन्त्रीहरूबीच सोमबार प्रभावितको व्यवस्थापनबारे छलफल भएको थियो। छलफलबाट केही मन्त्री भूकम्प प्रभावित क्षेत्रमा बसेर समन्वय गर्ने निर्णय भएको हो। छलफलअनुसार आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंह जाजरकोट जाजरकोटमा बस्ने छन्। कृषि मन्त्री भीम शर्मा रूकुम पश्चिम र
राउटे ‘महामुखिया’ महिनको मृत्यु

राउटे ‘महामुखिया’ महिनको मृत्यु

    प्रकाशित मितिः सोमवार, कार्तिक २०, २०८०       |
सुर्खेत । राउटे समुदायका महामुखिया महिनबहादुर शाहीको मृत्यु भएको छ । ६९ वर्षको उमेरमा शाहीको आइतबार बिहान मृत्यु भएको हो । दैलेखको भैरवी गाउँपालिका–३ रतुवाखोलामा उनको निधन भएको राउटे परियोजनाका जोडी शिक्षक लालबहादुर केसीले जानकारी दिए । कोइराला गाउँबाट रतुवाखोलामा बसाइँ सरेको पाँचौँ दिन महामुखियाको निधन भएपछि मुखिया सूर्यनारायण शाहीको टोली बस्ती सार्ने नयाँ ठाउँको प्रबन्ध गर्न जुटेको छ ।
भूकम्पमा रुकुम पश्चिममा ५२ को मृत्यु, १ सय ३२ घाइते (मृतकको नाम सहित)

भूकम्पमा रुकुम पश्चिममा ५२ को मृत्यु, १ सय ३२ घाइते (मृतकको नाम सहित)

    प्रकाशित मितिः आइतवार, कार्तिक १९, २०८०       |
शुक्रवार मध्यरातमा जाजरकोट केन्द्र बिन्दु भएर गएको भूकम्पमा परी रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । जिल्लाका आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा गरी ५२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । जसमा महिला २७ जना र पुरुष २५ जना रहेका छन् । सबैभन्दा बढी क्षति आठबीसकोटमा भएको छ । त्यहाँ २३ महिला र १९ पुरुष गरी ४२ जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नाय
रुकुम पश्चिममा पहिलो चरणको उद्धार सकियो, राहत वितरण थालिँदै

रुकुम पश्चिममा पहिलो चरणको उद्धार सकियो, राहत वितरण थालिँदै

    प्रकाशित मितिः आइतवार, कार्तिक १९, २०८०       |
रुकुम पश्चिम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले शुक्रबार राति गएको भूकम्पमा परी मृत्यु भएकाहरूको सम्झनामा आज सार्वजनिक बिदा दिएको छ । साथै नगरकार्यपालिकामा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरेको छ । नगरप्रमुख रवि केसीले जाजरकोट र रुकुम पश्चिम जिल्लामा भूकम्पबाट मानवीय एवं भौतिक संरचनामा पनि क्षति पुर्‍याएकाले आठबीसकोट नगरपालिकाले सार्वजनिक विदा दिइ उद्धारमा एकीकृत हुन आह्वान
जुम्लामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु

जुम्लामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु

    प्रकाशित मितिः आइतवार, कार्तिक १९, २०८०       |
जुम्ला । जुम्लाको हिमा गाउँपालिका १ स्थित बड्कीमा अटो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा हिमा १ का अटोचालक ४५ वर्षीय पदम शाही र सोही वडाका ४२ वर्षीय बली रोकाया रहेका जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिए । भे१ह ३१९७ नम्बरको अटो नाग्मबाट हिमा गाउँपालिका १ देवारगाउँ जाँदै गरेको अवस्थामा आज बिहान हिमा १
भूकम्पको डरले खुला आकाश मुनि रात बिताउँदा…

भूकम्पको डरले खुला आकाश मुनि रात बिताउँदा…

    प्रकाशित मितिः आइतवार, कार्तिक १९, २०८०       |
जाजरकोट । शुक्रबार बेलुकी खाना खाएर सुतेकी नलगाड नगरपालिका–३ का भावना पुनलाई मध्यरातमा अकल्पनीय रुपमा आएको भूकम्पले ब्युँतायो । उनी भूकम्पको त्यो धक्काको त्रास सम्झिएर सुत्न पाएको अवस्था छैन । उनको परिवारमा भूकम्पको त्रास भने जहाँको तहीँ छ । बस्ने घर भूकम्पले धुजाधुजा बनाएको छ, केही परिवारका सदस्य खुला आकाशमा रात बिताइरहेका छन् भने कोही अस्पतालमा बिरामी कुरुवाको काम गर्दै त्रासमा छन् । पु
भूकम्प अपडेटः रुकुममा थप १४ जनाको शव भेटियो, मृतकको संख्या १ सय ५७ पुग्यो

भूकम्प अपडेटः रुकुममा थप १४ जनाको शव भेटियो, मृतकको संख्या १ सय ५७ पुग्यो

    प्रकाशित मितिः शनिबार, कार्तिक १८, २०८०       |
काठमाडौं। शुक्रबार मध्यरातिको भूकम्पमा मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ। प्रहरीले दिएको जानकारी अनुसार रुकुम पश्चिममा थप १४ जनाको शव भेटिएपछि मृतकको संख्या डेढ सयमाथि पुगेको हो। घटनामा मृत्यु हुने १ सय ५७ जना पुगेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। जाजरकोटमा १०५ जनाको मृत्यु भएको छ। त्यस्तै रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको हो। त्यस्तै भूकम्पमा परेर
भूकम्पमा परेकाहरूको उद्धार कार्य करिब सकियो

भूकम्पमा परेकाहरूको उद्धार कार्य करिब सकियो

    प्रकाशित मितिः शनिबार, कार्तिक १८, २०८०       |
जाजरकोट । जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पमा परेकाहरूको उद्धारकार्य करिब सकिएको प्रहरीले जनाएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी गोपालचन्द्र भट्टराईका अनुसार भूकम्पमा परेका मानिसहरूको उद्धारकार्य अपराह्नसम्म करिब सकिएको हो। ‘अब केही घरहरू मात्रै बाँकी छन्, उद्धारकार्य करिब सकिएको छ’ उनले भने। एसएसपी भट्टराईका अनुसार मृत्यु हुनेको संख्या दुबै जिल्लामा गरी १३८ पुगेको छ।
भारतमा ट्रकको ठक्करबाट एकै परिवारका पाँच नेपालीको मृत्यु

भारतमा ट्रकको ठक्करबाट एकै परिवारका पाँच नेपालीको मृत्यु

    प्रकाशित मितिः शनिबार, कार्तिक १८, २०८०       |
बाँके । भारतमा सवारी दुर्घटनामा परेर एकै परिवारका पाँच जना नेपालीको ज्यान गएको छ । कर्नाटक राज्यको गुलवर्गा जिल्लाअन्तर्गत अवजलपुरको तलका भन्ने ठाउँमा सवारी दुर्घटनामा परी एकै परिवारका ५ जना नेपालीको मृत्यु भएको हो । मृत्यु हुनेमा रोजगारीको सिलसिलामा गएका सुर्खेत चौकुने गाउँपालिकाका एकै परिवारका सदस्य रहेका छन् । भारतीय प्रहरीका अनुसार सवारी दुर्घटनामा ज्यान गुमाउनेहरूमा चौकुने गाउँपालिका
जाजरकोटमा भूकम्पमा परेका १२ जनाको सशस्त्र प्रहरीले गर्‍यो जीवितै उद्धार

जाजरकोटमा भूकम्पमा परेका १२ जनाको सशस्त्र प्रहरीले गर्‍यो जीवितै उद्धार

    प्रकाशित मितिः शनिबार, कार्तिक १८, २०८०       |
जाजरकोट । जाजरकोट रामीडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्पबाट १२८ जनाको मृत्यु भएको छ। सशस्त्र प्रहरी बलका अनुसार जाजरकोटमा ९२ जना र पश्चिम रुकममा ३६ जनाको मृत्यु भएको हो। अहिले सुरक्षाकर्मीले खोजी तथा उद्धारको काम गरिरहेको छ। सशस्त्र प्रहरीले २१ जनाको जीवितै उद्धार गर्न सफल भएको छ। उद्धारका लागि गृहमन्त्रालयको निर्देशनमा छिमेकी जिल्लाहरुबाट पनि सुरक्षाकर्मी परिचालन गरिएको छ। काठमाडौंबाट स
भूकम्प प्रभावित क्षेत्र पुगे प्रधानमन्त्री दाहाल

भूकम्प प्रभावित क्षेत्र पुगे प्रधानमन्त्री दाहाल

    प्रकाशित मितिः शनिबार, कार्तिक १८, २०८०       |
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा स्थलगत अनुगमन र उद्धारको लागि जाजरकोट पुगेका छन् । स्वास्थ्यकर्मीको १६ जनाको टोली र आवश्यक उद्धार सामग्रीसहित प्रचण्ड भूकम्प प्रभावित क्षेत्र पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । उनका अनुसार सुर्खेत लगायत छिमेकी जिल्लाहरूबाट खोज तथा उद्धार लागि पनि तीनवटै निकायका थप सुरक्षाकर्मीहरू