20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

प्रदेश नं. ३

स्कुटर दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान घाइते

स्कुटर दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान घाइते

    प्रकाशित मितिः बिहिबार, कार्तिक ९, २०८०       |
काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं ६ जुरीखेतमा स्कुटर दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् । काठमाडौंबाट हेटौंडा जाँदै गरेको ०२–०२७–प ४८४२ नम्बरको स्कुटर बुधबार साँझ दुर्घटना हुँदा स्कुटरको पछाडि सवार काठमाडौं–२७ महाबौद्ध निवासी ६२ वर्षीया राज्यश्री थापा क्षेत्रीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण
टीकाको साइत मङ्गलबार बिहान ११:०२ बजे उत्तम

टीकाको साइत मङ्गलबार बिहान ११:०२ बजे उत्तम

    प्रकाशित मितिः सोमवार, कार्तिक ६, २०८०       |
काठमाडौँ । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यस वर्ष कात्तिक ७ गते मङ्गलबार विजयादशमी परेको छ । विजयादशमीमा दिनभर मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सकिने भएपनि साइत खोज्नेका लागि बिहान ११ : ०२ बजेको साइत उत्तम रहेको छ । दुर्गाको प्रसाद कोजाग्रत पूर्णिमाका दिनसम्म लगाउन सकिने शास्त्रीय नियम छ । यसरी १५ दिनसम्म नेपालीले बडा दशैँ पर्व भव्य
इजरायलमा ज्यान गुमाएका विद्यार्थीको शव काठमाडौं ल्याइयो

इजरायलमा ज्यान गुमाएका विद्यार्थीको शव काठमाडौं ल्याइयो

    प्रकाशित मितिः आइतवार, कार्तिक ५, २०८०       |
काठमाडौं । इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका चार नेपाली विद्यार्थीको शव आज नेपाल ल्याइएको छ। इजरायलमा मारिएका १० मध्ये ४ नेपालीको शव आइतबार बिहान ल्याइएको हो। चार शव नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिष्ट र आशिष चौधरीको रहेको छ। इजरायल सरकारले पहिचान भएका ४ शवको कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासलाई बुझाएसँगै ती शवहरू शनिवार नेपाल पठाइएको हो। इजरायलस्थित
बिहान गएको भूकम्पले धादिङमा ठाउँठाउँमा पहिरो

बिहान गएको भूकम्पले धादिङमा ठाउँठाउँमा पहिरो

    प्रकाशित मितिः आइतवार, कार्तिक ५, २०८०       |
काठमाडौं । आइतबार बिहान ७ः३९ बजे धादिङ, ज्वालामुखी गाउँपालिका-५ केन्द्रविन्दु गरी भूकम्प गएको छ। खरी आसपासका क्षेत्रमा ठूलो कम्पन महसुस गरिएको गाउँपालिका उपाध्यक्ष धनबहादुर अर्यालले जानकारी दिए। ‘६.१ म्याग्निम्युडको भनेर आइरहेको छ। तर, हामीले त्योभन्दा ठूलो कम्पन महसुस गर्‍यौं,’ गाउँपालिका उपाध्यक्ष अर्यालले भने, ‘भूकम्पका कारण बूढीगण्डकीको तटीय क्षेत्रमा जमिनमा चिरा परेको विवरण आइरहे
६.१ रेक्टर स्केलको भूकम्प: धादिङको खरी केन्द्रबिन्दु

६.१ रेक्टर स्केलको भूकम्प: धादिङको खरी केन्द्रबिन्दु

    प्रकाशित मितिः आइतवार, कार्तिक ५, २०८०       |
बाँके । धादिङको खरी आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ । आज बिहान ७ बजेर ३९ मिनेटमा खरी केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । काठमाडौं उपत्यकालगायत धादिङ आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो । सो भूकम्प २०७२ सालको ‘गोरखा भूकम्प’को परम्कप भएको उनले बताए ।
देशभर घट्दै छ तापक्रम, बढ्दै छ चिसो

देशभर घट्दै छ तापक्रम, बढ्दै छ चिसो

    प्रकाशित मितिः मङ्लबार, अशोज ३०, २०८०       |
बाँके । मनसुन बिदा भएसँगै मुलुकभर बिस्तारै चिसो बढ्दै गएको महसुस भएको छ। काठमाडौँ उपत्यकामा त बिहान–बिहान पातलो ज्याकेट लगाउनुपर्ने भइसकेको छ। मौसमविद्का अनुसार मनसुन (पूर्वी वायु) हटेसँगै पश्चिमी वायु सक्रिय हुन थालेकाले चिसो बढ्न सुरु भएको हो। पश्चिमी वायुले उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात गराउँछ भने अन्य स्थानमा वर्षा गराउँछ। जसले तापक्रम घटाउने मौसम पूर्वानुमान महाशाखाका मौसमविद्
आजदेखि नयाँ नोट साट्न पाइने

आजदेखि नयाँ नोट साट्न पाइने

    प्रकाशित मितिः सोमवार, अशोज २९, २०८०       |
काठमाडौँ । आजदेखि नयाँ नोट साट्न पाइने भएको छ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट साट्न थालेको हो । काठमाडौँ उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ । काठमाडौँ उपत्यका बाहिर राष्ट्र बैङ्कको प्रदेशमा रहेका कार्यालय वा वाणिज्य बैङ्कका शाखा कार्यालयमा गई नोट साट्न सक
मनाङ एयरको हेलिकप्टर लोबुचेमा दुर्घटना

मनाङ एयरको हेलिकप्टर लोबुचेमा दुर्घटना

    प्रकाशित मितिः शनिबार, अशोज २७, २०८०       |
काठमाडौँ । मनाङ एयरको हेलिकप्टर शनिबार बिहान करिब सवा सात बजे सोलुखुम्बुको लोबुचेमा दुर्घटनामा परेको छ। हेलिकप्टरमा पाइलट प्रकाश सेढाइँ एक्लै थिए। मनाङ एयर स्रोतका अनुसार हेलिकप्टर लुम्लाबाट नाम्चेबजारतर्फ जाँदै थियो। दुर्घटनामा पाइलटको अवस्थाबारे औपचारिक रुपमा जानकारी आइनसकेको मनाङ एयर स्रोतले बताएको छ।
बाँके र सर्लाहीका एसपी प्रहरी प्रधान कार्यालय तानिए

बाँके र सर्लाहीका एसपी प्रहरी प्रधान कार्यालय तानिए

    प्रकाशित मितिः शुक्रबार, अशोज २६, २०८०       |
बाँके । प्रहरी प्रधान कार्यालयले बाँके र सर्लाहीका प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ। बाँकेका सन्तोषसिंह राठौर र सर्लाहीका नरेशराज सुवेदीलाई हटाएर बाँकेमा सुवासचन्द्र बोहरा र सर्लाहीमा प्रवीण धिताललाई पठाइएको छ। ती जिल्लामा हालै हिन्दु–मुस्लिमबीच सद्भाव बिग्रिएको थियो। शान्ति सुरक्षामा चुकेपछि कारबाहीस्वरूप दुई जिल्लाका एसपीलाई हटाइएको प्रहरी स्रोत बताउँछ। गृह मन्त्रालयले बिहीबार नै
प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद्‌को विशेष बैठक

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद्‌को विशेष बैठक

    प्रकाशित मितिः सोमवार, अशोज २२, २०८०       |
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्‌को विशेष बैठक बोलाएका छन्। इजरायलमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, राहत लगायतका विषयमा छलफल गरी निर्णयमा पुग्न मन्त्रिपरिषद्‌को बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। सोमबार अपराह्न ४ बजे सिंहदरबारमा बोलाइएको बैठकमा इजरायलमा विकसित पछिल्लो परिस्
अवैध बाटोहुँदै अमेरिका पुग्ने पहिलो व्यक्ति दाबी गर्ने हस्त गौतम जेल चलान

अवैध बाटोहुँदै अमेरिका पुग्ने पहिलो व्यक्ति दाबी गर्ने हस्त गौतम जेल चलान

    प्रकाशित मितिः बुधबार, अशोज १०, २०८०       |
काठमाडौं। अमेरिका बसेर मानव बेचबिखन गरेको आरोपमा पक्राउ परेका नेपाली मूलका अमेरिकन नागरिक ५२ वर्षीय मृदुल भन्ने हस्त गौतम पुर्पक्षको लागि जेल चलान भएका छन्। सयौँ नेपालीलाई अवैध बाटो’ हुँदै अमेरिका पुर्‍याउँदै आएका उनलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्ष लागि थुनामा राख्न आदेश दिएको हो। हस्तले आफूले अवैध बाटो हुँदै सयौँ नेपालीलाई अमेरिका पुर्‍याएको अदालत समक्ष स्वीकार गरेका छ
भदौमै आए ७ सय ८८ वटा विद्युतीय कार

भदौमै आए ७ सय ८८ वटा विद्युतीय कार

    प्रकाशित मितिः मङ्लबार, अशोज ९, २०८०       |
काठमाडौ । चालु आर्थिक वर्षको दुई महिनामा ८ सय ९८ वटा विद्युतीय कार आयात भएको छ । यो वर्षको भदौ महिनामा मात्र ७ सय ८८ वटा विद्युतीय कार आयात भएको भन्सार विभागको तथ्यांक छ । चाडपर्व नजिकिँदै गरेको र नाडा अटो शो २०२३ का लागि लक्षित गर्दै विद्युतीय कार आयात बढेको हो । साउन र भदौमा ८ सय ९८ वटा विद्युतीय कार आयात भएको छ । दुई महिनामा आयात भएको कुल विद्युतीय सवारीमा सबैभन्दा धेरै ५१ देखि १ सय कि