26 February 2020  |   बुधबार, फाल्गुन १४, २०७६

प्रदेश नं. २

नगरपालिकाद्वारा विद्यार्थी सम्मानित

नगरपालिकाद्वारा विद्यार्थी सम्मानित

    प्रकाशित मितिः मङ्लबार, भदौ २४, २०७६       |
बनेपा । पनौती नगरपालिकाले शिक्षा शाखाको आयोजनामा ४०औँ राष्ट्रिय शिक्षा दिवस तथा ५३आँै अन्तरराष्ट्रिय साक्षरता दिवसको अवसर पारेर आइतबार ५६ विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ । शाखाले गत शैक्षिक सत्रमा एसइई परीक्षा र आरधारभूत तहको २०७५ मा उत्कृष्ट अङ्क ल्याउन सफल पनौती नगरपालिकाभित्रका सामुदायिक र निजी विद्यालयका विद्यार्थीलाई नगदसहित सम्मान गरेको हो । एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउन सफल ११
बीआरआई र केरुङ-काठमाडौं रेलवेमा प्रतिबद्धता दोहोरियो, समझदारी भएन

बीआरआई र केरुङ-काठमाडौं रेलवेमा प्रतिबद्धता दोहोरियो, समझदारी भएन

    प्रकाशित मितिः मङ्लबार, भदौ २४, २०७६       |
काठमाडौं । आजका पत्रिकाहरु चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणमा केन्द्रित छन् । तीनदिने भ्रमणको क्रममा गत आइतबार नेपाल आएका वाङले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतलाई भेट गर्नुको साथै परराष्ट्रमन्त्रीस्तीय द्विपक्षीय वार्ता पनि भएको थियो । यी भेटघाट र वार्तामा चीनले सुरु गरेको बीआरआई परियोजना तथा केरुङ-काठमाडौं रेलवेमा प्रतिबद्धता मात्र दोहोरिएको तर
महालक्ष्मी नगरपालिकामा घरजग्गा विवादको उजुरी बढी

महालक्ष्मी नगरपालिकामा घरजग्गा विवादको उजुरी बढी

    प्रकाशित मितिः सोमवार, भदौ २३, २०७६       |
ललितपुर। महालक्ष्मी नगरपालिका न्यायिक समितिमा घरजग्गा विवादका उजुरी सङ्ख्या धेरै दर्ता भएका छन् । बाबुबाजेको नाममा घरजग्गा रहने, उनीहरुको मृत्युपछि सो घरजग्गा भोगचलन गर्ने नातिपनातिको पालामा परिवार सङ्ख्या बढ्दै जाँदा बस्न अपुग भई समस्या भएका कारण अन्यत्र बास हाल्न बाध्य भएर उजुरी हालेको देखिन्छ । विगतका दुई आर्थिक वर्ष २०७४÷७५ मा २६ र २०७५÷७६ को असार मसान्तसम्ममा सो नगरपालिकामा ६२ गरी कूल ८
महिला लायन्स क्लबको हस्तकला उद्योग

महिला लायन्स क्लबको हस्तकला उद्योग

    प्रकाशित मितिः शुक्रबार, भदौ २०, २०७६       |
चिप्लेढुङ्गा । विश्वको पहिलो महिला क्लब लायन्स क्लब अफ पोखरा गण्डकीले आर्थिक सशक्तीकरणका लागि महिला उद्यमशीलता भन्ने नारासहित पहिलो हस्तकला उद्योग सञ्चालनमा ल्याएको छ । लायन्स क्लबका ३२५ बी १ का डिष्ट्रिक गभर्नर इन्दु लम्सालले ल्याएको ‘सशक्तीकरणका लागि जागौँ’ भन्ने मूल नारालाई सफल बनाउन आफूहरुले आर्थिक समृद्धिका लागि उद्यमशीलतलाई जोड दिएको लायन्स गण्डकीका अध्यक्ष एवं महिला उद्यमी हिरा भट्टराईल
हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई राहत

हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई राहत

    प्रकाशित मितिः बुधबार, भदौ १८, २०७६       |
इनरुवा । जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका पीडित परिवारलाई राहत रकम प्रदान गरेको छ । कोशी गाउँपालिका–३ का अनमोल मुखियाको शनिबार हात्तीकोे आक्रमणबाट घटनास्थलमै मृत्यु भएको थियो । गाउँपालिकाले सोमबार मृतक मुखियाको परिवारलाई किरिया खर्चबापत रु २५ हजार प्रदान गरिएको समाजसेवी धर्मेन्द्र विश्वासले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीको अगुवाइमा गएको टोलीले मृतक परिवारलाई राहत रकम हस
छोराछोरीसहित नदीमा हामफाल्ने आमाको उद्धार, छोराछोरीको मृत्यु

छोराछोरीसहित नदीमा हामफाल्ने आमाको उद्धार, छोराछोरीको मृत्यु

    प्रकाशित मितिः बिहिबार, साउन २३, २०७६       |
नवलपरासी/ नारायणी नदीमा हामफालेकी एक महिलाको उद्धार गरिएको छ । दुई बालबालिकाको भने मृत्यु भएको छ । नवलपरासीपूर्व विनियी त्रिवेणी गाउँपालिका–७ ब्यारेज पुलस्थित छाताचोकबाट नारायणी नदीमा हामफाल्दा पाल्हिनन्दन गाउँपालिका–५ बस्ने सुधा विश्वकर्माका छोरा साढे दुई वर्षीय अभिनाथ विश्वकर्मा र डेढ महीनाकी छोरी निकिता विश्वकर्माको मृत्यु भएको छ । आमा २४ वर्षीय सुधा विश्वकर्मालाई भने स्थानीयवासीले उद्धार गर
बाघ दिवस,  ‘थोरै क्षेत्रफलमा धेरै बाघ’

बाघ दिवस, ‘थोरै क्षेत्रफलमा धेरै बाघ’

    प्रकाशित मितिः सोमवार, साउन १३, २०७६       |
भीमदत्तनगर तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ पाटेबाघ छन् । क्षेत्रफलका हिसाबले बाघका लागि पर्याप्त नभए पनि शुक्लाफाँटा थोरै क्षेत्रफलमा धेरै बाघ भएको निकुञ्जका रूपमा परिचित छ । विश्वमै बाह्रसिङ्गाको ठूलो झुण्ड देख्न पाइने शुक्लाफाँटामा दुई हजार दुई सयभन्दा बढी दुर्लभ बाह्रसिङ्गा छन् । कञ्चनपुरको भीमदत्तनगरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्याल
सवारीसाधनको ठक्करबाट मृत्यु

सवारीसाधनको ठक्करबाट मृत्यु

    प्रकाशित मितिः बिहिबार, साउन ९, २०७६       |
दमौली । पहिचान नखुलेको सवारीसाधनको ठक्करबाट आज बिहान तनहुँमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बगुवा बस्ने ७९ वर्षीय खड्कबहादुर दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय तनहँुले जनाएको छ । सवारीसाधनको ठक्करबाट घाइते भएका दर्लामीको अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान ५ बजे डुम्रेदेखि आँबुखैरेनीतर्फ जाँदै गरेको सवारीसाधनले पैदलयात्री दर्ल
बाढिपहिराेमा परी कम्तीमा २५ को मृत्यु, १० जना बेपत्ता, हजारौं परिवार विस्थापित (अपडेट)

बाढिपहिराेमा परी कम्तीमा २५ को मृत्यु, १० जना बेपत्ता, हजारौं परिवार विस्थापित (अपडेट)

    प्रकाशित मितिः शनिबार, असार २८, २०७६       |
काठमाडाैं । विहीबारदेखिको अविरल वर्षाले देशभरको जनजीवन अस्तव्यस्त बनेको छ । दुईदिन देखिको लगातार वर्षाका कारण मुलुकभर कम्तीमा २५ जनाको मृत्यु भएको छ । पाँच जना भन्दा बढी बेपत्ता भएका छन् । शुक्रबार बेलुकीसम्ममा खोटाङ र काठमाडौंमा ३/३, काभ्रे, झापा, भोजपुर र धादिङमा २/२, इलाम, सिन्धुली, रामेछाप, ओखलढुंगा, ललितपुर, मकवानपुर, रुकुम पश्चिम, महोत्तरी, रौतहट, बारा र पर्सामा १/१ जनाको मृत्यु भएको हो ।
डुबानमा परेका राजधानीवासीलाई उद्धार गर्न सेनाले चलायो डुंगा (फोटो फिचर)

डुबानमा परेका राजधानीवासीलाई उद्धार गर्न सेनाले चलायो डुंगा (फोटो फिचर)

    प्रकाशित मितिः शुक्रबार, असार २७, २०७६       |
बिहीबारदेखि आएको अविरल वर्षाका कारण राजधानीका विभिन्न भागमा बाढी र पहिरो आएको छ। पहिरोले मूलपानीमा ३ जना र ललितपुरको बागमती-३मा एक जनाको मृत्यु भएको छ। पाटन, भक्तपुर, कलंकी, कुलेश्वर, ढुंगेअड्डालगायत क्षेत्र डुबानमा परेका छन्। कुलेश्वरको ओरेन्टल कोलोनी डुबानमा परेपछि सुरक्षाकर्मीले डुंगाको प्रयोग गरेर नागरिकको उद्धार गरेका छन्। बाढीले आफ्ना घरभित्रका सरसामान बगाएर लगेको प्रभावितले बताएका छन्