25 January 2020  |   शनिबार, माघ ११, २०७६

प्रदेश नं. २

उपनिर्वाचन २०७६ : निर्वाचनको गतिविधि तीव्र

उपनिर्वाचन २०७६ : निर्वाचनको गतिविधि तीव्र

    प्रकाशित मितिः शनिबार, कार्तिक ३०, २०७६       |
राजविराज। आगामी मङ्सिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि सप्तरीमा मनोनयन दर्ता भएपछि निर्वाचनको गतिविधिसमेत तीव्र बनेको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ को वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा उक्त पदका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी नौ जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिनुभयो
दुर्घटनामा एक जनाको मृत्यु

दुर्घटनामा एक जनाको मृत्यु

    प्रकाशित मितिः आइतवार, कार्तिक २४, २०७६       |
महोत्तरी । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिवास–८ विश्वकर्माचोक नजिकै टेम्पो पल्टँदा एक जनाको मृत्यु भएको छ । ना३स ५२०६ नंको टेम्पो पल्टँदा बर्दिवासचोकबाट घरतर्फ जाँदै गरेका बर्दिवास–५ गणन्ताका ३५ वर्षीय रमेश विश्वकर्माको ज्यान गएको हो । दुर्घटनामा परी टेम्पोचालक बर्दिवास–५ ढुङ्ग्रेका २५ वर्षीय टीकाराम पाण्डे घाइते भएका छन् । उनको बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको इला
अपहरणको आरोपमा दुई भारतीय नागरिक पक्राउ

अपहरणको आरोपमा दुई भारतीय नागरिक पक्राउ

    प्रकाशित मितिः शनिबार, कार्तिक १६, २०७६       |
सप्तरी। सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–९ स्थित मामाघर आएकी आठ वर्षीया बालिकाको अपहरण गर्ने प्रयास गरेको आरोपमा दुई भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत विहार राज्य सुपौल बैरियाघाटका २२ वर्षीय अमिर झा र सुपौलकै बथनाहाका २० वर्षीय आनन्द गोस्वामी रहेको प्रहरीले जनाएको छ । हजुरबुबाको श्राद्धमा मामाघर आएकी बालिका घरपरिवारका सदस्य भोजभतेरमा व्यस्त रहेका बेला आरोपितहरुले चिय
तीन जनाको लिङ्ग काटेर हत्यापछि तिहारमा सिङ्गो गाउँ शोकमा

तीन जनाको लिङ्ग काटेर हत्यापछि तिहारमा सिङ्गो गाउँ शोकमा

    प्रकाशित मितिः मङ्लबार, कार्तिक १२, २०७६       |
बैतडी । सबैतिर तिहारको रौनक छाइरहेका बेला बैतडीको पुर्चौडी नगरपालिका–४ र ५ भने तीन जनाको सामूहिक हत्यापछि सिङ्गो गाउँ नै शोकमा डुबेको छ । भारतको पिथौरागढमा मजदुरी गर्दै आएका पुर्चौंडी नगरपालिका–५ दहतोलीका ३६ वर्षीय हरे बोहरा र २७ वर्षीय वीरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४ भटना तडीखेतका ३६ वर्षीय कासी बोहराको हत्या भएपछि सिङ्गो गाउँ शोकमा डुबेको स्थानीय तथा जिल्ला समन्वय समिति उपप्रमुख धनबहादुर
आलम पक्राउ विरूद्ध कांग्रेसका सांसददेखि मेयरसम्म जुलुसमा

आलम पक्राउ विरूद्ध कांग्रेसका सांसददेखि मेयरसम्म जुलुसमा

    प्रकाशित मितिः शुक्रबार, कार्तिक ८, २०७६       |
१२ वर्षअघिको रौतहट बमविष्फोट र सामुहिक हत्याकाण्डमा संलग्न भनिएका नेपाली कांग्रेसका मोहम्मद अफताब आलमको पक्राउ विरूद्ध रौतहट कांग्रेसले मौन जुलुस निकालेको छ। पौने १२ देखि १ बजेसम्म रौतहटको गौरस्थित बसपार्कदेखि राइसमिलसम्म मौन जुलुस निकालिएको थियो। मौन जुलुसका सहभागीहरूले मुखमा कालोपट्टी बाँधेर हिँडेका थिए। जुलुसमा प्रदेश सांसद धनलाल थोकरदेखि राजपुर नगरपालिकाका मेयर शेख सकिलसम्म सहभागी थिए। ज
झिनो अङ्कले बढ्यो नेप्से

झिनो अङ्कले बढ्यो नेप्से

    प्रकाशित मितिः बिहिबार, कार्तिक ७, २०७६       |
काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.४० विन्दुले बढेर एक हजार १३४.७९ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.५० विन्दुले बढेर २४८.४९ विन्दुमा पुगेको छ । कारोबार रकम सोमबारकै हाराहारीमा रहेको छ । कूल १५५ कम्पनीको ६ लाख ४५ हजार ४५३ कित्ता शेयर रु १६ करोड ५२ लाख ९६ हजार पाँच बराबरको कारोबा
कमला नदीको किनारमा सकेट बम भेटियो

कमला नदीको किनारमा सकेट बम भेटियो

    प्रकाशित मितिः सोमवार, अशोज २७, २०७६       |
सिरहा र धनुषाको बिचमा रहेको कमला नदीमा सकेट बम भेटिएको छ । सोमबार बिहान सिरहा करजन्हा नगरपालिका–३ स्थित कमला खोलाको बगरमा बालुवाले पुरिएको अवस्थामा बम भेटिएको हो । बम गिटी तथा बालुवा चाल्ने कामदारले गिटी चाल्ने क्रममा बम जस्तो बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी उमाप्रसाद चर्तुवेदीका अनुसार बम कसैले नराखी बाढीमा कतैबाट बगाएर ल्याएको हुनसक
पशुपतिस्थित बज्रघरअघि भेटिएको बम निस्क्रिय

पशुपतिस्थित बज्रघरअघि भेटिएको बम निस्क्रिय

    प्रकाशित मितिः शनिबार, अशोज ४, २०७६       |
काठमाडौँ । पशुपति क्षेत्रस्थित बज्रघर अघि भेटिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ । करीब दुई घण्टा बम भएको हल्ला चलेपछि नेपाली सेनालाई खबर गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । बम निस्क्रिय बनाएपछि पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइ बम राख्ने समूहको खोजी भइरहेको महानगरीय
विदेश छाडेर गाउँमै प्राङ्गारिक तरकारी खेती

विदेश छाडेर गाउँमै प्राङ्गारिक तरकारी खेती

    प्रकाशित मितिः मङ्लबार, भदौ २४, २०७६       |
–कमल खत्री बेनी  । पछिल्लो समय तरकारीबारीदेखि भान्सा र मुखसम्मनै विषादीयुक्त तरकारी र फलफूल पुग्ने गरेको सन्दर्भमा म्याग्दीको मङ्गला गाउँपालिका–२ कोत्रबाङका चार युवाले सामूहिक प्राङ्गारिक तरकारी खेती शुरु गर्नुभएको छ । लामो समय वैदेशिक रोजगारीमा समय व्यतीत गर्नुभएका तेजेन्द्र आचार्य, ओमबहादुर दर्जी, दलबहादुर नेपाली र भविलाल सुवेदीले सात रोपनी जग्गा भाडामा लिएर तरकारीखेती शुरु गर्नुभएको हो । कत
पत्रकार महासङ्घका अध्यक्ष आचार्यलाई पितृशोक

पत्रकार महासङ्घका अध्यक्ष आचार्यलाई पितृशोक

    प्रकाशित मितिः मङ्लबार, भदौ २४, २०७६       |
काठमाडौँ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यलाई पितृशोक परेको छ । उहाँका पिता यामप्रसाद आचार्यको ६९ वर्षको उमेरमा आज बिहान कीर्तिपुरस्थित निवासमा निधन भएको थियो । अर्घाखाँचीमा जन्मिनुभएका दिवङ्गत आचार्यका श्रीमती, एक छोरी र दुई छोरा हुनुहुन्छ । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो । आचार्यको श्रद्धाञ्जलिका लागि सभामुख कृष्णबहादुर महरा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध