19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

समसामयिक

भेरीमा उपचाररत कोरोना संक्रमितको मृत्यु

भेरीमा उपचाररत कोरोना संक्रमितको मृत्यु

    प्रकाशित मितिः मङ्लबार, साउन ५, २०७८       |
नेपालगञ्ज । बाँकेमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत बर्दियाको बारबर्दिया नगरपालिका ४ बर्दियाका ४५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए । असार २३ गते कोरोना पुष्टि भएपछि त्यसै दिन अस्पताल भर्ना भएका उनको आज विहान सवा ८ बजे मृत्यु भएको हो ।
जीवन बीमा शुल्क २८.७ र निर्जीवन बीमा शुल्क १५ प्रतिशतले बढ्यो

जीवन बीमा शुल्क २८.७ र निर्जीवन बीमा शुल्क १५ प्रतिशतले बढ्यो

    प्रकाशित मितिः मङ्लबार, साउन ५, २०७८       |
काठमाडौं एक वर्षको अवधिमा जीवन बीमा शुल्क २८.७ तथा निर्जीवन बीमा शुल्क १५ प्रतिशतले बढेको छ। बीमा समितिका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा जीवन बीमा कम्पनीहरुबाट कुल १ खर्ब २० अर्ब ५५ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुबाट कुल ३० अर्ब ९० करोड रुपैयाँ गरी कुल १ खर्ब ५१ अर्ब ४५ करोड रुपैयाँ बीमा शुल्क संकलन भएको छ। अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्षमा जीवन बीमातर्फको क
विवादमा तानिएर हटाइएको ‘अबको तिज, नो व्रत प्लिज’ पुन: सार्वजनिक

विवादमा तानिएर हटाइएको ‘अबको तिज, नो व्रत प्लिज’ पुन: सार्वजनिक

    प्रकाशित मितिः मङ्लबार, साउन ५, २०७८       |
काठमाडौं अघिल्लो वर्ष तिजको छेको पारेर सार्वजनिक भएको सोफिया थापाको गीत पुन: सार्वजनिक गरिएको छ। एक वर्षअघि ‘अबको तिज, नो व्रत प्लिज’ गीत हाइलाइट्स नेपालको च्यानलबाट अपलोड भएको थियो। अपलोड भएलगत्तै उक्त गीतले तिजको मर्म र हिन्दू महिलाहरुको आस्थामा ठेस पुर्‍याएको भन्दै चर्को प्रतिक्रयाको सामना गर्नु परेको थियो। विभिन्न समूहले धम्की दिएपछि उक्त हाइलाइट्स नेपालले आफ्नो च्यानलबाट हटाएक
स्विमिङ पुलमा हट सुन्दरीहरु : प्रियंकासँग आस्था र सहानाको रोमान्टिक सेलिव्रेसन (तस्विरहरु)

स्विमिङ पुलमा हट सुन्दरीहरु : प्रियंकासँग आस्था र सहानाको रोमान्टिक सेलिव्रेसन (तस्विरहरु)

    प्रकाशित मितिः मङ्लबार, साउन ५, २०७८       |
काठमाडौं । गर्भावस्था मात्र हैन, अन्य क्षणलाई पनि कसरी सेलिव्रेसन गर्नुपर्छ भन्ने मामिलामा प्रियंका कार्की अगाडि छिन् । विहे, अफेयर, फिल्मदेखि पछिल्लो समय गर्भावस्थामा उनले खिचाएका तस्विरहरु ट्रेन्डिङमा छन् । कान्स फिल्म फेस्टिभल ताका चर्किएको कन्ट्रोभर्सी होस् या पछिल्लो पटक बेबी–बम्पवाला तस्विर । सामाजिक संजालमा उनी हटकेक बनेकी छिन् । कतिपयले उनी उत्ताउलो बनेको टिप्पणी गरेका छन् भने कति
अमेरिकाको ओरिगन राज्यमा फैलिएको डढेलोले भीषण रुप लिँदै

अमेरिकाको ओरिगन राज्यमा फैलिएको डढेलोले भीषण रुप लिँदै

    प्रकाशित मितिः मङ्लबार, साउन ५, २०७८       |
अमेरिकाको ओरिगन राज्यमा फैलिएको डढेलोले भीषण रुप लिँदै गएको छ। अमेरिकामा हाल सक्रिय रहेका डढेलो मध्ये ओरिगनको जंगलमा फैलिरहेको आगो सबैभन्दा भीषण छ। डढेलोका कारण अहिलेसम्म १२ सय १४ स्क्वायर किलोमिटर क्षेत्र जलेको छ। डढेलो बिस्तार हुँदै जाँदा आसपासका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। ओरिगनको इतिहासमा भीषण मध्ये एक रहेको बूटलेग फायर भनिएको डढेलो नियन्त्रणका लागि दुई हजार भन्
तालिबानको व्यवहार मुसलमानको जस्तो भएन: टर्की राष्ट्रपति

तालिबानको व्यवहार मुसलमानको जस्तो भएन: टर्की राष्ट्रपति

    प्रकाशित मितिः मङ्लबार, साउन ५, २०७८       |
काठमाडाैं टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले तालिबानको व्यवहार मुसलमानको जस्तो नभएको बताएका छन्। सोमबार इस्तानबुलमा पत्रकारहरूसँग कुरा गर्दै उनले उक्त कुरा बताएका हुन्। ‘मेरो विचारमा तालिबानीको व्यवहार कुनै मुस्लिमले अर्को मुस्लिमसँग गर्ने खालको जस्तो छैन,’ उनले भने। अफगानिस्तानमा शान्ति पुन: स्थापित भएको चाँडोभन्दा चाँडो संसारलाई देखाउन उनले तालिबानलाई अपीलसमेत गरेका छन्। ‘तालिबा
इराकमा ६ महिनापछिको भयानक बम बिस्फोट: कम्तीमा २५ को मृत्यु, आइएसले लियो जिम्मेवारी

इराकमा ६ महिनापछिको भयानक बम बिस्फोट: कम्तीमा २५ को मृत्यु, आइएसले लियो जिम्मेवारी

    प्रकाशित मितिः मङ्लबार, साउन ५, २०७८       |
एजेन्सी । इराकको राजधानी बगदादको एक बजारमा सोमबार भएको एक बम बिस्फोटमा कम्तीमा २५ जना मारिएका छन् भने दर्जनौं घाइते भएका छन् । यो बिस्फोटमा ज्यान गुमाउने र घाइते हुनेहरु धेरैजसो बजारमा इदको किनमेल गर्न गएका थिए । यो बगदादमा पछिल्लो ६ महिनामा भएको सबैभन्दा भयानक बम बिस्फोट हो । व्यस्त अल–वुहालियत बजारमा यो बिस्फोट एक डिभाइसमार्फत् गरियो । हमलाको जिम्मेवारी इस्लामी आतंकी संगठन इस्लामिक स
तीनदिन भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह

तीनदिन भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह

    प्रकाशित मितिः मङ्लबार, साउन ५, २०७८       |
काठमाडौं । मनसुन सक्रिय हुँदा आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन-चट्याङ्गसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । काठमाडौं उपत्यकामा पनि आज दिउँसो सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको उनको भनाइ छ । आज राति द
बाग्लुङमा खानेपानी आयोजनामा काम गर्ने चार जना मजदुरको ज्यान गयो

बाग्लुङमा खानेपानी आयोजनामा काम गर्ने चार जना मजदुरको ज्यान गयो

    प्रकाशित मितिः मङ्लबार, साउन ५, २०७८       |
बाग्लुङ : बाग्लुङमा खानेपानी आयोजनामा काम गर्ने चार जना मजदुरको ज्यान गएको छ । गलकोट नगरपालिका–७ मल्ममा खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१ वर्षका दीपेन्द्र पुन, ३९ वर्षका दूधबहादुर राना, ५१ वर्षका रेखबहादुर राना र ३० वर्षका प्रविन घर्तीको ज्यान गएको हो । विषाक्त जाँडरक्सी खाएर उनीहरुको ज्यान गएको हुनसक्ने र थप अनुसन्धान भइरहेको बाग्लुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी
राप्ती नदि बाँधमा माछा मार्न प्रतिबन्ध

राप्ती नदि बाँधमा माछा मार्न प्रतिबन्ध

    प्रकाशित मितिः मङ्लबार, साउन ५, २०७८       |
काेहलपुर  बाँकेको राप्तीसोनारी गाउँपालिकामा रहेको राप्ती नदिमा माछा मार्न प्रतिबन्ध लगाइएको छ । सिक्टा सिँचाइ आयोजनाको आग्रह अनुसार राप्ती नदि किनारमा माछा मार्न प्रतिबन्ध लगाइएको गाउँपालिकाले जनाएको छ । सोमबार एक सूचना जारी गर्दै गाउँपालिकाले राप्ती नदिका विभिन्न क्षेत्रमा माछा मार्न मार्न पूर्णरुपमा प्रतिबन्ध लगाइएको जनाइएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर शाहीका अनुसा
‘जनताले अनुभूत गर्ने गरी विकास गरेका छौँ’

‘जनताले अनुभूत गर्ने गरी विकास गरेका छौँ’

    प्रकाशित मितिः मङ्लबार, साउन ५, २०७८       |
नेपालको संविधान २०७२ मा नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा व्याख्या गरिएको छ । सोही व्यवस्था अनुसार अहिले देशभर ७ सय ५३ स्थानीय सरकार सञ्चालनमा छन् । सात प्रदेश सरकार सहित एक संघीय सरकार छ । पहिलोपटक निर्वाचन मार्फत स्थानीय सरकारको नेतृत्व गरिरहेका जनप्रतिनिधि आएको पनि चार वर्ष पुरा भइसकेको छ । लुम्बिनी प्रदेशको बाँके जिल्लामा आठ स्थानीय तह छन् । कोहलपुर यहाँको एकमात्र नगरपालि
देशभर थपिए २४४५ संक्रमित

देशभर थपिए २४४५ संक्रमित

    प्रकाशित मितिः मङ्लबार, साउन ५, २०७८       |
कोहलपुर । नेपालमा पछिल्लो २४ घण्टा सोमबार २ हजार ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ६६४ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा २ हजार ४४५ जनामा संक्रमण पुष्टि भएको थियो । ७ हजार ८३३ जना पीसीआर परीक्षण गर्दा १ हजार ६४२ र ३ हजार ८३१ जनाको एन्टीजेन परीक्षण गर्दा ८०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ