16 April 2024  |   मङ्लबार, बैशाख ४, २०८१

समसामयिक

बाँकेमा बाढीसँगै बगे १६ सीमा स्तम्भ

बाँकेमा बाढीसँगै बगे १६ सीमा स्तम्भ

    प्रकाशित मितिः मङ्लबार, बैशाख ४, २०८१       |
नेपालगन्ज । बर्सेनि राप्ती नदीमा आउने बाढीले गाउँबस्तीलाई मात्रै होइन नेपाल–भारत सीमा छुट्याउने दशगजा क्षेत्रमा पनि निकै असर पु¥याउने गरेको छ । वर्षाको बाढीसँगै बाँकेमा राप्ती नदीलगायतका नदीनाला क्षेत्रमा रहेका सीमा स्तम्भ बग्ने गरेका छन् । नेपाल र भारतको सीमा नदीका रूपमा रहेको राप्ती किनारमा रहेका सीमा स्तम्भहरू बाढीले कटान गर्दा स्तम्भहरू नदीमै हराउने गरेका छन् । बाँकेका नदीनाला क्षेत्रमा
कोहलपुर परीक्षा नतिजा विवाद : छानबिन समितिको म्याद एक साता थपियो

कोहलपुर परीक्षा नतिजा विवाद : छानबिन समितिको म्याद एक साता थपियो

    प्रकाशित मितिः मङ्लबार, बैशाख ४, २०८१       |
कोहलपुर । कोहलपुर नगरपालिकाद्वारा आधारभूत तह उत्तीर्ण (कक्षा ८) परीक्षाको नतिजा प्रशासनमा भएको अनियमितताबारे छानबिन गर्न गठित समितिले समयमै आफ्नो प्रतिवेदन पेस गर्न नसकेपछि एक साताका लागि म्याद थप गरिएको छ । छानबिन नसकिएकाले एक साताको म्याद थप गरिएको नगरपालिकाले जनाएको छ । एक साताको समय दिएर कोहलपुर नगरपालिकाले चैत २५ गते कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष वीरेन्द्र शाहको संयोजकत्वमा ५ सद
बर्दियाको फुटाहाबाट २३ किलो चरेशसहित एक पक्राउ

बर्दियाको फुटाहाबाट २३ किलो चरेशसहित एक पक्राउ

    प्रकाशित मितिः मङ्लबार, बैशाख ४, २०८१       |
बाँके । सशस्त्र प्रहरी बलले बर्दिया बढैयाताल गाउँपालिका– २ फुटाहाबाट लागूऔषध चरेशसहित एक जनालाई पक्राउ गरेको छ । नेपाल भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरी नायब निरीक्षक सूर्य बहादुर ओलीको कमाण्डको खटिएको टोलीले ठूलो परिमाणको चरेशसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रुकुम पश्चिम सानोभेरी गाउँपालिका– ५ का ३४ वर्षीय बम बहादुर पुन रहेको सशस्त्र प्रहरी बल नेपाल ३१ नम्बर गण गुलरियाले
‘टिभिएस मेरो साथी’ स्किममा लाइफटाइम वारेन्टी अफर

‘टिभिएस मेरो साथी’ स्किममा लाइफटाइम वारेन्टी अफर

    प्रकाशित मितिः शनिबार, बैशाख १, २०८१       |
बाँके । टिभिएसले नयाँ वर्षको अवसर पारि ‘टिभिएस मेरो साथी’ स्किम सार्वजनिक गरेको छ । ‘टिभिएस मेरो साथी’ स्किम अन्तर्गत ग्राहकहरूले उत्कृष्ट डिजाइन, अत्याधुनिक इन्जिनियरिङ तथा नवीन प्रविधि रहेको टिभिएसको बाइक तथा स्कुटर खरिद गर्दा लाइफटाइम वारेन्टीको सुविधा उपलब्ध गराउने जनाइएको छ । यस स्किम अन्तर्गत ग्राहकहरूले टिभिएसका बाइक तथा स्कुटरको खरिदमा लाइफटाइम वारेन्टीको सुविधा छ भने हरेक हप्ता १
कोहलपुर–देउराली अपहिल साइक्लिङ प्रतियोगिता सुरु

कोहलपुर–देउराली अपहिल साइक्लिङ प्रतियोगिता सुरु

    प्रकाशित मितिः शनिबार, बैशाख १, २०८१       |
कोहलपुर । लुम्बिनी प्रदेशस्तरीय मेयर कप कोहलपुर–देउराली अपहिल साइक्लिङ प्रतियोगिता सुरु भएको छ । कोहलपुर नगरपालिका मेयर पूर्ण प्रसाद आचार्यले प्रतियोगिताको उद्घाटन पश्चात प्रतियोगिता सुरु भएको हो। सो अवसरमा बोल्दै मेयर आचार्यले नयाँ वर्षको अवसर पारेर गरिएको साइक्लिङ प्रतियोगिताले वातवरण र स्वास्थ्यलाई समेत फाइदा पुग्ने बताए । नयाँ वर्षको शुभकामना दिदै मेयर आचार्यले प्रतियोगितको सफलताको शुभ
साइक्लिङमा मानिसको आकर्षण बढ्दैछः आले

साइक्लिङमा मानिसको आकर्षण बढ्दैछः आले

    प्रकाशित मितिः शनिबार, बैशाख १, २०८१       |
केशर आले संरक्षक स्वर्गद्वारी साइक्लिङ क्लब १. नयाँ वर्षको अवसर पारेर तपाईंहरूले साइक्लिङ प्रतियोगिताको आयोजना गर्दै हुनुहुन्छ । यसको खास उद्देश्य के हो ? साइक्लिङका धेरै फाइदा छन् । यसले मानिसको स्वास्थ्यदेखि वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेल्छ । यसलाई पर्यटनसँग जोडेर आय आर्जनको स्रोत पनि बनाउन सकिन्छ । साइक्लिङले दुर्घटना न्यूनीकरण गर्न पनि मद्दत गर्छ । हामीले मुख्यगरी तीन उद्दे
‘साइकल कल्चर’को विकास गर्न प्रतियोगिता

‘साइकल कल्चर’को विकास गर्न प्रतियोगिता

    प्रकाशित मितिः शनिबार, बैशाख १, २०८१       |
कोहलपुर । सवारी साधनको बढ्दो प्रयोगले मानव स्वास्थ्यदेखि वातावरणसम्म प्रतिकूल प्रभाव पारिरहेका बेला ‘साइकल कल्चर’को विकास गर्न कोहलपुरमा साइक्लिङ प्रतियोगिताको आयोजना गरिँदै छ । नयाँ वर्ष २०८१ को अवसर पारेर आज (वैशाख १ गते) कोहलपुरस्थित स्वर्गद्वारी साइक्लिङ क्लबले लुम्बिनी प्रदेशस्तरीय मेयर कप साइक्लिङ प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको स्वर्गद्वारी सा
सवारी दुर्घटनामा बागेश्वरी बहुमुखीका शिक्षक अधिकारीको मृत्यु

सवारी दुर्घटनामा बागेश्वरी बहुमुखीका शिक्षक अधिकारीको मृत्यु

    प्रकाशित मितिः शुक्रबार, चैत्र ३०, २०८०       |
बाँके । कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पसका शिक्षक हरिप्रसाद अधिकारीको मृत्यु भएको छ । अधिकारीको शुक्रबार पूर्व पश्चिम राजमार्गको बैजनाथ गाउँपालिका– ६ गैर चोक नजिकै भएको सवारी दुर्घटनामा परेर मृत्यु भएको हो । दुई मोटरसाइकल ठोक्किदा भएको दुर्घटनामा परेर शिक्षक अधिकारीको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका कोहलपुर नगरपालिका– ८ पिपिरी
आरएम अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर

आरएम अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर

    प्रकाशित मितिः शुक्रबार, चैत्र ३०, २०८०       |
कोहलपुर । आरएम अस्पताल प्रालि कोहलपुरले नव वर्ष २०८१ सालको पावन अवसरमा सुगर, प्रेसर र मिर्गौलासम्बन्धी निःशुल्क एकदिने स्वस्थ्य शिविर सम्पन्न गरेको छ । ‘तपाईंको स्वास्थ्य हाम्रो प्रथमिकता’ भन्ने मूल नाराका साथ बिहीबार निःशुल्क एकदिने स्वास्थ्य शिविर सम्पन्न गरिएको हो । बिहीबार बिहान ७ बजेबाट १ सम्म कोहलपुर नगरपालिकाभित्र रहेका स्थानीयहरूलाई निःशुल्क चेकचाँज गरिएको आरएम अस्पतालले जनाएको छ । नया
नेपालगन्ज आइसिपी सञ्चालनको तयारी

नेपालगन्ज आइसिपी सञ्चालनको तयारी

    प्रकाशित मितिः शुक्रबार, चैत्र ३०, २०८०       |
नेपालगन्ज । नेपाली र भारतीय सरोकारवाला पक्षले नेपालगन्जस्थित एकीकृत भन्सार जाँच चौकी (आइसिपी) अबको एक हप्ताभित्र पूर्णरूपमा सञ्चालन गर्ने सहमति गरेका छन् । बुधबार आइसिपीस्थलमै बसेको दुवै देशका अधिकारीहरूको बैठकले यस्तो सहमति गर्दै बाँकी रहेका काम तीव्ररूपमा गर्ने रणनीति बनाएको हो । नेपाल र भारतका सरोकारवाला निकायका अधिकारीहरूले आइसिपीस्थलमै आइसिपी चाँडोभन्दा चाँडो कसरी सञ्चालन गर्न सकिन्छ भन्न
नैनीतालमा जीप दुर्घटना हुँदा बैजनाथको एउटै वडा ६ सहित ७ नेपालीको मृत्यु

नैनीतालमा जीप दुर्घटना हुँदा बैजनाथको एउटै वडा ६ सहित ७ नेपालीको मृत्यु

    प्रकाशित मितिः बुधबार, चैत्र २८, २०८०       |
भारत उत्तराखण्डको नैनीताल जिल्लामा भएको जीप दुर्घटनामा परेर बाँके बैजनाथ गाउँपालिका– ८ का ६ जनाको मृत्यु भएको छ भने अन्य २ जना गम्भीर घाइते भएका छन् । सोही दुर्घटनामा परेर बाँसगढी नगरपालिका–१ चेपाङका १ जनाको समेत मृत्यु भएको छ । बाँके । भारत उत्तराखण्डको नैनीताल जिल्लाअन्तर्गत बेतालघाट क्षेत्रमा भएको जीप दुर्घटनामा परी बाँके बैजनाथ गाउँपालिकाको एउटै वडाका ६ जनाको मृत्यु भएको छ । सोमबार राति
कोहलपुरमा प्रदेशस्तरीय साइकल प्रतियोगिता हुँदै

कोहलपुरमा प्रदेशस्तरीय साइकल प्रतियोगिता हुँदै

    प्रकाशित मितिः बुधबार, चैत्र २८, २०८०       |
कोहलपुर । नयाँ वर्षको अवसर पारेर लुम्बिनी प्रदेशस्तरीय मेयर कप कोहलपुर–देउराली अपहिल साइक्लिङ प्रतियोगिता हुने भएको छ । स्वर्गद्वारी साइक्लिङ क्लब कोहलपुरको आयोजनामा २०८१ वैशाख १ गते लुम्बिनी प्रदेशस्तरीय मेयर कप कोहलपुर–देउराली अपहिल साइक्लिङ प्रतियोगिता हुन लागेको हो । कोहलपुरमा पहिलोपटक लुम्बिनी प्रदेशस्तरीय साइक्लिङ प्रतियोगितामा हुनलागेको स्वर्गद्वारी साइक्लिङ क्लब कोहलपुरका सचिव अमितकुमा