25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

मुख्य समाचार

ठूलो ब्यूरेनी सवारी दुर्घटनाः रित्तियो आमाको काख

ठूलो ब्यूरेनी सवारी दुर्घटनाः रित्तियो आमाको काख

    प्रकाशित मितिः बुधबार, कार्तिक २४, २०७८       |
सुर्खेत । श्रीमान साथमा नभएपछि भेरीगंगा नगरपालिका– १२ की दुर्गादेवी राना दुई सन्तानलाई हुर्काएर बसेकी थिइन् । कमजोर आर्थिक स्थिती भएकी उनले एक छोरा र एक छोरीलाई दुःख गरेर पढाइन । छोरा र छोरीसहित दुर्गादेवी आफन्त (नन्द) को घरमा बस्दै आएकी थिइन् । दुःख गरेर पढाएका छोराछोरी जागिरे भएपछि उनले केही भएपनि सुखको सास फेर्न थालेकी थिइन् । छोरा रवीन चार वर्षअघि नेपाली सेनामा भर्ती भएका थिए । ३२ वर
चितवन बस दुर्घटनाः कोहलपुरबाट भ्रमण हिडेका ४६ जना यात्रु घाइते

चितवन बस दुर्घटनाः कोहलपुरबाट भ्रमण हिडेका ४६ जना यात्रु घाइते

    प्रकाशित मितिः बुधबार, कार्तिक २४, २०७८       |
चितवन । कोहलपुरबाट सौराहा जाँदै गरेको बस नारायणगढको सडक छेउको घोलमा खसेको छ । सौराहा घुम्न आएका यात्रु बोकेको भे२ख २८३६ नम्बरको रिजर्भ बस आज बुधबार बिहान करिब साढे ८ बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ लायन्सचोकमा रहेको घोलमा खसेको हो । बसका चालकसहित बसमा सवार ४६ जना यात्रु सामान्य घाइते भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक रघुसिंह विष्टले जानकारी दिए । ‘य
कैलालीमा ग्याङफाइटः चक्कु प्रहार गरेर युवकको हत्या

कैलालीमा ग्याङफाइटः चक्कु प्रहार गरेर युवकको हत्या

    प्रकाशित मितिः बुधबार, कार्तिक २४, २०७८       |
कैलाली । कैलालीमा चक्कु प्रहार गरेर एक युवकको हत्या गरिएको छ । मंगलबार राति टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटल नजिकै दुई समूहबीच भएको झडपमा चक्कु प्रहार गरेर लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको हत्या गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले पूर्व रिसिबीलाई लिएर दुवै समूहबीच भएको झडपका क्रममा बडुवालको चक्कु प्रहार
कोहलपुरबाट भ्रमणको टोलि लिएर सौराहा जाँदै गरेको बस चितवनमा दुर्घटना, उद्दार कार्य चल्दै

कोहलपुरबाट भ्रमणको टोलि लिएर सौराहा जाँदै गरेको बस चितवनमा दुर्घटना, उद्दार कार्य चल्दै

    प्रकाशित मितिः बुधबार, कार्तिक २४, २०७८       |
कोहलपुर । बाँकेको कोहलपुरबाट अवलोकन भ्रमणमा गएकाहरुलाई लिएर गएको बस चितवनमा दुर्घटनामा परेको छ । कोहलपुरमा रहेको मगर समाजका सदस्यहरु तिहारमा देउसी भैलो खेलेर अवलोकन भ्रमणमा गएका थिए । उक्त बस आज बिहान नारायणगढस्थित लायन्सचोकको नहरमा बस दुर्घटनामा परेको हो । अवलोकन भ्रमण गर्न सौराहा आउँदै गर्दा भे २ ख २८३२ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । सो बसले म्याजिक र ट्याम्पोलाई ठक्कर
India organizing Security Conference on Afghanistan; 7 countries, including Russia and Iran to participate

India organizing Security Conference on Afghanistan; 7 countries, including Russia and Iran to participate

    प्रकाशित मितिः बुधबार, कार्तिक २४, २०७८       |
NEW DELHI: Key countries, including Russia, Iran, Tajikistan, Uzbekistan, Turkmenistan, Kazakhstan and Kyrgyzstan are participating in the Delhi Regional Security Dialogue on Afghanistan on November 10. Sources have said that the meeting will look at evolving “regional security architecture” to deal with the challenges arising out of the Taliban takeover of Afghanistan, particularly ter
कोहलपुरमा एम्बुलेन्स किन्न देउसी भैलो

कोहलपुरमा एम्बुलेन्स किन्न देउसी भैलो

    प्रकाशित मितिः मङ्लबार, कार्तिक २३, २०७८       |
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर– १४ मा रहेको समाज सेवा संस्था नेपालले एम्बुलेन्स खरिद गर्नका लागि देउसी भैलो खेलेर आर्थिक अभियान सञ्चालन गरेको छ । तिहारको अवसरमा संस्थागत रुपमै देउसी भैलो खेलेर एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग जुटाइएको हो । संस्थाका अध्यक्ष विनोद थापाले चार दिनसम्म खेलिएको देउसी भैलो कार्यक्रमबाट कुल १२ लाख रुपैयाँ संकलन भएको बताए । उनका अनुसार संस्कृति स
निर्मला कुर्मी बेपत्ता प्रकरणः हत्या आरोपमा ७ पक्राउ

निर्मला कुर्मी बेपत्ता प्रकरणः हत्या आरोपमा ७ पक्राउ

    प्रकाशित मितिः मङ्लबार, कार्तिक २३, २०७८       |
नेपालगन्ज । लामो समयदेखि बेपत्ता रहेकी बाँके नेपालगन्जकी निर्मला कुर्मीलाई बेपत्ता पारेको आरोपमा ७ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले कुर्मीलाई बेपत्ता पारी करोडौं मूल्य बराबरको जग्गा हडपेको आरोपमा ७ जनालाई पक्राउ गरेको हो । एक वर्षदेखि बेपत्ता कुर्मीबारे छानबिन गर्न प्रहरीले आनाकानी गरेपछि अधिकारवादीले आन्दोलन नै गर्नुपरेको थियो । नेपालगन्जदेखि काठमाडौंसम्म पैदल यात्र
चिसोसँगै प्रदूषण बढ्दै, सतर्क रहन मौसम विज्ञको आग्रह

चिसोसँगै प्रदूषण बढ्दै, सतर्क रहन मौसम विज्ञको आग्रह

    प्रकाशित मितिः मङ्लबार, कार्तिक २३, २०७८       |
कोहलपुर । मौसम पूर्वानुमान महाशाखाले चिसो बढ्दै गएकोले सतर्क रहन आग्रह गरेको छ । महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जाडो मौसम शुरु भएसँगै चिसो बढ्दै गएकोले चिसोबाट बच्न शतर्क रहन आग्रह गरेका छन् । उनले गत १० दिनको तापक्रम हेर्दा काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको बताए । वरिष्ठ मौसमविद् पौडेलका अनुसार गत १० दिनमा काठमाडौंको तापक्रम १७ डिग्रिबाट ८ डिग्रि सेल्सियससम्म झरेको छ । कार्
सीमावर्ती क्षेत्रमा बीओपी: ‘नागरिकलाई सुरक्षाको आभास’

सीमावर्ती क्षेत्रमा बीओपी: ‘नागरिकलाई सुरक्षाको आभास’

    प्रकाशित मितिः मङ्लबार, कार्तिक २३, २०७८       |
शिवु खनाल । दाङ । सीमामा सशस्त्र प्रहरीको बीओपी नहुँदा चोरी तस्करी व्यापक हुन्थ्यो । भारतसँग जोडिएका दाङका अधिकशं खुला सीमानाका कारण सीमा क्षेत्रका बस्तीहरू सुरक्षित थिएनन् । चोरी, तस्करी लगायतका गतिविधि मौलाएका थिए । तर, अहिले अवस्था केही फेरिएको छ । ‘खुला सीमा थियो । वारपारमा कोही कसैको रोक थिएन । तर अहिले त्यो अवस्था छैन, हामीले सुरक्षा पाएका छौँ । राजपुर–७ भैसाहीँनाका निवासी पूर्णबहादुर
एकताको महाधिवेशन बनाउनुपर्नेमा जोड

एकताको महाधिवेशन बनाउनुपर्नेमा जोड

    प्रकाशित मितिः मङ्लबार, कार्तिक २३, २०७८       |
नेपालगन्ज । नेपाली कांग्रेसका नेताले आसन्न १४ औं महाधिवेशनले पार्टीलाई ‘पुर्नजीवित’ गर्ने विश्वास गरेका छन् । नेपाली कांग्रेस बाँकेले नेपालगन्जमा सोमबार आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै नेताहरुले यस्तो बताएका हुन् । लुम्बिनी प्रदेशका उर्जा, सिंचाई तथा जलस्रोत मन्त्री बीर बहादुर रानाले आसन्न १४ औं महाधिवेशनले पार्टीलाई ‘पुर्नजीवित’ गर्ने विश्वास गरेका थिए । वडादेखि केन्द्रसम
सामान किन्न गएकी बालिकाको घाँटी रेटेर हत्या, बलात्कार गरिएको आशंका

सामान किन्न गएकी बालिकाको घाँटी रेटेर हत्या, बलात्कार गरिएको आशंका

    प्रकाशित मितिः मङ्लबार, कार्तिक २३, २०७८       |
सुर्खेत । सुर्खेतमा एक बालिका मृत भेटिएकी छिन् । आइतबार बिहान घरबाट पसलमा सामान किन्न भनेर निस्किएकी सुर्खेत लेकवेशीकै बालिका घाँटि रेटिएको अवस्थामा मृत फेला परेकी हुन् । इलाका प्रहरी कार्यालय लेकवेशीका अनुसार आइतबार बिहान लेकवेशी नगरपालिका–१ का गगनबहादुर सुनारकी सात वर्षीया छोरी मनिषा सुनार घर नजिकैको पसलमा गएकी थिइन् । तर, उनी घर फर्किनन् । त्यसपछि प्रहरीलाई खबर गरेपछि प्रहरीले सोमबार ब
राँझा चोकमा नेपालगन्ज जाँदै गरेको बस डिभाइडरमा ठोक्कियो (फोटोफिचर)

राँझा चोकमा नेपालगन्ज जाँदै गरेको बस डिभाइडरमा ठोक्कियो (फोटोफिचर)

    प्रकाशित मितिः सोमवार, कार्तिक २२, २०७८       |
नेपालगन्ज । कोहलपुर नेपालगन्ज सडक खण्डको राँझा चोकमा यात्रुबहाक बस दुर्घटनामा परेको छ । सडक छेउमा रहेको डिभाइडरमा ठोक्किदा यात्रुबहाक बस दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा मानवीय क्षती भने भएको छैन । केही यात्रुहरु सामान्य घाइते भएका छन् । दुर्घटनाबारे थप जानकारी आउन बाँकी रहेको छ । तस्बिरः विकल भट्टराई