19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

उपाध्यायको नेतृत्वमा नगरस्तरीय समिति चयन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, अशोज ७, २०७७  

कोहलपुर ।

बर्दियाको बाँसगढी नगरस्तरीय पशुपालन समन्वय समितिको अध्यक्षमा गोविन्दप्रसाद उपाध्याय चयन भएका छन् । मंगलबार भएको तेस्रो अधिवेशनले उपाध्यायको नेतृत्वमा ११ सदस्सीय समिति चयन गरेको हो । जसको उपाध्यक्षमा गंगाराम विसी र सचिवममा झरणकुमार मल्ल चयन भएका छन् ।

यस्तै समितिको सदस्यहरुमा निलकण्ठ अधिकारी, राजु ढकाल जिवय भण्डारी र ऋषिराम चापागाईलाई चयन गरिएको नव निर्वाचित अध्यक्ष उपाध्यायले जानकारी दिए । उनका अनुसार कोषाध्यक्षसहित अन्य तीन जना सदस्य समितिले पछि चयन गर्नेछ ।

शहिद स्मृति भवनमा सम्पन्न अधिवेशन बाँसगढी नगरपालिकाको सामाजिक विकास समितिका संयोजक तुलप्रसाद गौतमको प्रमुख आथित्यता रहेको थियो । यस्तै विशेष अतिथि केन्द्रीय किसान महासघ सदस्य खड्क बहादुर खड्का, अथितिहरुमा पशु कार्यालयका प्रमुख प्रेम कुमार मण्डल,शान्तिराम पौडेल र इन्द्रजित बुढाक्षेत्री रहेका थिए । अधिवेशन सावित्री पौडेलको अध्यक्षयतामा सम्पन्न भएको थियो ।

प्रकाशित मितिः बुधबार, अशोज ७, २०७७     9:46:48 AM  |