20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

फुड बैंकको उद्घाटन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, अशोज ७, २०७७  

मधुर पौडेल । बर्दिया ।

बर्दियाको बाँसगढीमा माक्स एन फुड बैंकको उद्घाटन गरिएको छ । युवा सञ्जाल बाँसगढीले सञ्चालनमा ल्याएको फुड बैंकको एक कार्यक्रमका बीच मंगलबार बाँसगढी नगरपालिकाका प्रमुख सालिकराम अधिकारीले उद्घाटन गरेका थिए । ‘हुनेले दिएर जाआंै, नहुनेले आएर लैजाऔं’ भन्ने नाराका साथ फुड बैंकको उद्घाटन गरिएको हो ।

फुड बैंकको उद्घाटन गर्दै नगर प्रमुख अधिकारीले यस्ता सामाजिक कामहरुमा सबैंले अग्रसरता देखाउनुपर्ने बताएका थिए । ‘बाँसगढीका युवाहरुले ल्याएको यो कार्यक्रम एकदमै सह्रानिय रहेको छ’ उनले भने, ‘महामारीको बेला सरकारको मात्र मुख ताकेर हुँदैन । सबैले आफ्नो ठाउँबाट सक्ने सहयोग गर्नुपर्छ । ‘उद्घाटन समारोहमा बोल्दै नगर उप–प्रमुख सुष्मा चौधरीले व्यवस्थित तरिकाले फुड बैंक सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।

उद्योग बाणिज्य बाँसगढीका अध्यक्ष राम सिंह थारुले युवाहरुले गरेको कार्यमा सधैं सहयोग हुने बताए । सोही अवसरमा अत्यन्तै निम्न आय भएका परिवारहरुलाई राहत समेत दिइएको युवा सञ्जाल बाँसगढीका अध्यक्ष एकनारायण अधिकारीले जानकारी दिए । उनले कोरोना महामारीका कारण बाल श्रममा परेका, निम्न आय भएका परिवार जसले एक छाक टार्न सकिदैन उनीहरुलाई लक्षित गरेर फुड बैंकको स्थापना गरिएको बताए ।No description available.

कार्यक्रमको उद्देश्यले यस्ता परिवारको केही भएपनि छाक टार्न सकियोस् भन्ने उद्देश्य रहेको छ । मंगलबार प्रति परिवार ३ किलो चामल, १ पोका तेल, १ किलो दाल, १ वटा साबुन, १ पोका नुन, स्वाबिन आधा किलो, १ वटा माक्स वितरण गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए । मंगलबार मात्रै २ सय बढी घर परिवारलाई राहत बाँडिएको थियो ।

प्रकाशित मितिः बुधबार, अशोज ७, २०७७     9:44:14 AM  |