25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

सामाजिक सेवा दिवसको अवसरमा विपन्नलाई सहयोग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, अशोज ६, २०७७  

कोहलपुर :
बाँकेको कोहलपुरमा उप शाखा रहेको सन नेपाल लाइफ बीमा कम्पनीले एक विपन्न महिनालाई राहत सहयोग गरेको छ ।

सामाजिक सेवा दिवसको अवसरमा बीमा कम्पनीले कोहलपुरकी एक महिनालाई सहयोग गरेको हो ।

कम्पनीका कोहलपुर उपशाखा प्रमुख दलबहादुर थारुका अनुसार दिवसको अवसरमा कोहलपुर वडम नम्बर ८ की ललिता सुनारलाई ६ हजार बराबरको राहत वितरण गरिएको हो ।

उनले सुनारलाई तीन बोरा चामल, दाल र तेल सहयोग गरिएको जानकारी दिए । सहयोग वितरणमा कार्यक्रममा नेपालञ्ज शाखाका प्रबन्धक कमल शाही लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः मङ्लबार, अशोज ६, २०७७     7:58:44 PM  |